Sunday, September 25, 2011

‘समायोजन’को विवाद र जनमुक्ति सेनाको अन्तिम परिक्षा

सेना समायोजन भन्ने शव्दलाइ सारतः अब नेपाली सेनाको संख्या वृद्धीकरणको अर्थमा भनेपनि फरक नपर्ने भइसकेको छ । ए.न.ेक.पा. (माओवादी) को स्थाइ समितिको पछिल्लो निर्णय र कन्टेनरको चाबी विशेष समितिलाइ हस्तान्तरण तथा माओवादीको तर्फवाट प्रस्तुत संभावित ‘समायोजनको मोडालिटि’ मा समेत आइपुग्दा अन्ततः जनमुक्ति सेनालाइ नेपाली सेनामा विभिन्न तहको ‘जागिर’को व्यवस्था गर्ने सिवाय सैद्धान्तिक हिसावले खासै बाšकि रहेको केहिपनि छैन । यद्यपी जनमुक्ति सेनाले पार्टिको यस निर्णलाइपनि सहजै स्वीकार गरेको छ । जनमुक्ति सेनाको यस स्वीकारोक्तिले जनमुक्ति सेनाका कतिपय शुभचिन्तकलाइ आश्चर्यमा समेत पारेका छ भने यसका विरोधीहरुलाइ फिसल्नको लागी मसला मिलेको छ । तर जनमुक्ति सेनाको शैक्षिक मनोविज्ञान के हो भन्ने बारे थाहापाउनु यस प्रति चासो राख्ने हरेक व्यक्तिको दायीत्व हो । नेपालको आमुल परिवर्तनको लागी भनेर उर्लेको जनयुद्धवाट जन्मेका हरेक जनमुक्ति सिपाइहरु, देशको भविष्यको लागी निर्माण गरिएको संस्था र स्वयं व्यक्तिमध्य एकलाइ चुन्नु प¥यो भने व्यक्तिले वलिदान गर्नुपर्छ र संस्थालाइ वचाउनुपर्छ भन्ने मान्यता राख्छन् । साथै संस्था र देश मध्य एकलाइ चुन्नु प¥यो भने संस्थालाइ त्याग गरेर भएपनि देशलाइ रोज्नुपर्छ भन्ने ठान्दछन् । उनीहरुले जनयुद्धमार्फत प्राप्त गरेको मूल शिक्षा यहि हो । जनयुद्धमा जनमुक्ति सेनाले आफ्ना उर्जा संस्थाको लागी खर्च गरेर माओवादी पार्टि, जनमुक्ति सेना र विभिन्न वृहत संगठनहरुको निर्माण गरेको थियो । यतिवेला जनमुक्ति सेना आफ्नो संस्थाको अस्तित्व धान्ने वा समग्र देशको निर्माणमा अगाडी वढ्ने भन्ने चुनावको घडीमा उभिन वाध्य भयो । उक्त वाध्यतालाइ आफ्नो कर्तव्य मान्दै उसले यो चुनावमा देशलाइ प्राथमिकतापूर्वक छानेको छ ।
यहि सन्दर्भमा निस्केको चाबी विवादले माओवादी भित्र भुकम्प नै ल्याए जस्तो भएको छ । यथार्थमा यो भुकम्प नभएर भाद्र महिनाको तिते फुल्नेवेला गर्जिने गड्याङगुडुङ मात्र हो भन्दा फरक पर्दैन । किनभने यो एउटा आवेगको ज्वालामात्र हो । राजनीतिमा हाम फालेका नेताहरु यथार्थवादी हुनुपर्छ । भावनावादी नेताले राजनीतिक उपलव्धीलाइ खाल्डोमा त हाल्छ हाल्छ, थाहै नपाइ देशलाइ समेत भष्म हुने वाटोतिरसमेत डो¥याउदै लैजान्छ । यसर्थ राजनीतिक नेतालाइ भावनावादी हुने छुट हुदैन । भावनाको कुरा गर्ने हो भने शान्ति प्रकृयामा जनमुक्ति सेनाको जति मुटु सायदै कसैको चुडिएको छ । जनमुक्ति सेनाको विषयलाइ लिएर पार्टिले गर्ने हर संझौतासंगै हुने दर्दका असिम व्यथाहरु जनमुक्ति सेनाले नै वोकिरहेका छन् । तर उनीहरुले यसलाइ पचाउनु परेको छ र देशको लागी निकाश दिनु परेको छ । साšचो विवाद गर्ने साथीहरुलाइ जनमुक्ति सेना र इतिहासको समेत सदा प्रश्न भइरहन्छ र भइरहेको छ – ‘तपाइहरुले किन त्योवेला प्रश्न उठाउनु भएन जुनवेला जनमुक्ति सेना लाम लागेर खैरेहरुको अगाडी आफ्नो इमान्दारिताको प्रमाण पेस गर्दै ‘अयोग्य’ को तक्मा पहिरीरहेका थिए ।, तपाइहरुले किन त्यतिवेला प्रश्न उठाउनु भएन जतिवेला जनमुक्ति सेना आšखामा आšशु अड्याउदै आफ्ना हतियारलाई सेता कन्टेनरमा थन्क्याउदै थिए ।, तपाइहरु किन त्यतिवेला मौन वस्नुभयो जतिवेला आफ्ना हितैसि कमरेडहरु जनयुद्ध लडेको उपाहार स्वरुप अयोग्य भएको प्रमाण लिएर क्यान्टोनमेन्ट वाट गाउš फर्कदै थिए ।, तपाइहरुले त्यतिवेला किन तालि पड्काउदै खुट्टा हल्लाएर मन्चमा वस्नुभयो जतिवेला शक्तिखोरबाट आफ्नो जनमुक्ति सेनाको सिंगो फर्मेशन माधव नेपालको कठपुतलि सरकारको कमाण्डमा रहेको विशेष समितलाइ वुृझाइदै थियो ।, बावुराम भट्टराइ नेतृत्वको सरकार वन्नुभन्दा अघि वसेको स्थाइ कमिटिको वैठकवाट किन काइते भाषा प्रयोग गरी सर्वसहमतिले चावि वुझाउने निर्णय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्नुभयो । अनि, वेकारमा केको विलौना गर्नुहुन्छ, जुन निर्णयको कार्यन्वयन प्रचण्डले गरिदिए भनेर । यो वठ्याइको अर्थ क्रान्ति होइन बरु यो वठ्याइको अर्थ अरुनै केहि लाडेपना हो भनेर सबैले वुझिसकेका छन् । तथापी सिंगै जनमुक्ति सेनाको अन्तरमनले तपाई क्रान्तिका ठेकेदारहरुसंग प्रश्न गरिरहेको छ – तपाइहरुलाइ जनमुक्ति सेना र त्यस संस्थाको धेरै माया लाग्छ कि उनले वोक्ने केबल हतियारको धेरै ?
यद्यपी देख्नमा यो स्तरसम्मको लचकता भनेको माओवादी पार्टिको लागी असोभनिय समेत देखिएको छ । रुखो शव्दमा भन्ने हो भने यसलाइ आत्मसमर्पणकै अर्थ लगाउने पंक्ति पनि गणनिय संख्यामा छन् । जनमुक्ति सेनाले सहज रुपमा स्वीकार गरेका यस्ता निर्णयलाई सिथलताको संज्ञापनि दिइएको छ । तर जसले जे भनेतापनि देशमा परिवर्तन गर्ने वा नगर्ने, देशको आर्थिक उन्नती सहित छोटो अवधिमा जनताको जीवनस्तर अर्को उचाइमा उठाउने वा नउठाउने ?, ठोस परिस्थितको ठोस विश्लेषण गर्ने या आफनै मुडाग्रहविना र्पथ्वी घुम्दैन भन्दै हिड्ने भन्ने प्रश्नमा आएर विषय अड्कििएको छ । माओवादीको अन्तरसंघर्ष जतिसुकै उत्कर्षको भएतापनि उक्त विषयलाइ अड्काउने वा फुकाउनेमा मूलत माओवादी र कांग्रेस दुइ शक्ति हुन् । संख्यामा एमाले पार्टिको गणना गरिएतापनि यस्ता विषयहरुको निर्णय गर्ने वेलामा एमाले अन्ततः कांग्रेसको रिजर्भफोर्स वाहेक अरु केहि होइन । वितेको तीन वर्षमा शान्ति प्रकृया र संविधान निर्माणको वाधक माओवादी नै हो भनेर चारैतिर झ्यालि पिटाइएपनि अन्ततः‘.... विरालोले म्याउ गरिछाड्छ’ भन्ने उखानलाइ चरितार्थ गर्दै कांग्रेसले माओवादीले राखेको ‘जनमुक्ति सेनाको पुनवर्गिकरण’को प्रस्ताव समेत अस्वीकार ग¥यो । त्यसवाहेक का अडानमाथी अडानको त हिसाव नै नुहने भइसकेको छ । अब प्रष्ट भइसक्यो यदि माओवादीले प्रस्ताव राखेको पुनर्वगिकरणको त कुरै छाडौं कथंकदाचित ‘दुइ दुइ लाख दिएर जनमुक्ति सेनाको पुनस्थापना मात्रै गरौं !’ भन्ने प्रस्ताव ल्याइहाल्यो भनेपनि –कांग्रेसले आफ्नो अडान राख्ने छ– ‘.....हुšदैन वढिमा पचास हजार सम्म दिन सकिन्छ’ । यस्तै खालको वठ्याई नै अब नेपाली कांग्रसको पथ हुन सक्छ । कारण, कांग्रेसको वर्गविश्लेषण गर्ने हो भने उसलाइ राज्यको पुर्नसंरचनाले घाटा पु¥याउछ, शासकिय स्वरुपमा हुने परिवर्तनले उसको चलखेलमा प्रतिवन्ध हुन्छ । राज्यका हरेक अंगमा हुने परिवर्तनले उसको साख गिराउन सक्छ । तसर्थ सेनाको समायोजन अर्थात शान्तिप्रकृया टुंगिनु भनेको संविधान वन्नु हो र संविधान वन्नु भनेको नेपाली कांग्रसको अनुदार पंक्तिलाइ घाटा पर्नु हो । यद्यपी कांग्रेस भित्रपनि परिवर्तनशिल सचेत युवाहरु छन् जसको भुमिका अझ गहन हुदै गएको छ र उनीहरुको काšधमा कांग्रेसलाइ परिवर्तनको मार्गमा डो¥याउने वा परिवर्तनको वाधक वनाउने भन्ने चुनावमा मत व्यक्त गर्ने वेला भएको छ ।
अन्तमा, परिस्थितिले हामीलाइ निश्कर्षतिर लैजान पर्ने हो र सिंगो देशलाइ एकताको सुत्रमा वाध्दै लौजान पर्ने हो तर दुखको कुरा माओवादी भित्रका कथित क्रान्तिकारिहरु अन्ततः कांग्रेसको अनुदार गुटसंग एकता हुने साथै कांग्रेस–एमालेका परिवर्तनशिल युवाहरु माओवादी अभियानमा साथ दिने र भिन्न खालको ध्रुवीकरण भएर नया संघर्षको थालनी हुने संभावनालाइ पनि हामी नकार्न नसक्ने परिस्थितितिर लम्कदै छौं । ‘क्रान्तिकारि’ कमरेड तथा मित्रहरु, व्यक्तिका मुडाग्रह र महत्वाकांक्षा क्रान्ति होइनन् । ,क्रान्ति भनेको त्यो हो जुन कुरा अधिकांश जनतालाइ सहि लाग्छ रपनि त्यसलाइ रोक्न खोजिन्छ । त्यहि अवरोधलाइ तोड्नलाइ क्रान्तिको जन्म हुन्छ । हामीलाइ क्रान्तिको नाममा लडाइवाट लडाइ फेरि लडाइवाट लडाइमा जानु छैन । हामीलाइ क्रान्तिवाट परिवर्तनशिल शान्तिमा जानु छ । र नेपाललाइ विश्वको नमुना वनाउनु छ । आशा गरौं शान्ति र परिवर्तनका वाधकहरुको दिमागमा परिवर्तन आओस र देशका सपुतहरुले पुन रगत वगाउन नपरोस । सम्पूर्ण जनताको अपेक्षामाथी जब घात हुन्छ त्योवेला सपुतहरु रगत वगाउन पछि पर्दैनन् तर केबल कपुतहरुलाई कुर्शिमा वसाउन जनताका छोराहरुले कहिल्यै रगत वगाउन नपरोस ।

माओवादी नेताको क्षमताको प्रश्न

यदि माओवादी आन्दोलनमा वुद्धिजीवी र विज्ञहरुको संख्या अधिक भएको भए जनयुद्धको उचाइ कुन लेभल सम्म पुग्ने थियो ? यो केबल कल्पना गरिने विषयमात्र हुन सक्छ । तर जसले कलमभन्दा वन्दुक ठुलो हो र कितावको अध्ययन भन्दा जीवन व्यवहार ठुलो हो भन्ने आदर्शलाइ आफ्नो लक्षमार्ग वनाए ती इमान्दार माओवादी कार्यकर्ताहरुको मनमा आजभोली बारबार उत्पन्न भइरहने प्रश्न यहि हो । यो प्रश्न सहजतामा उत्पन्न हुन जरुरी छैन, यो प्रश्न केवल चियागफको लागीपनि व्यक्त हुšदैन । जव आदर्शका स्मरणहरु झनझन ताजा वन्न थाल्छन् तब यी प्रश्न उर्जाशिल दशकहरु विताइएका इमान्दार मनहरुमा मडारिन थाल्छन् । यसभित्र गहिरो पिडा र आम सामान्य राजनैतिक कार्यकर्ताहरुको भावना जोडिएको छ साथै कौतुहलता जोडिएको छ । जनयुद्धको शिक्षा अन्तर्गतको एउटा भाग भनेको, ‘केबल विज्ञता हुनु भनेको अवसरवादी हुनु हो, र व्यवहारिक हुनु भनेको ज्ञानि हुनु हो भन्ने हो ।’ आजको परिस्थितिले ज्ञानी अर्थात व्यवहारिक व्यक्तिहरु र विज्ञ अर्थात अवसरवादी व्यक्तिहरुको बीचको फरक छुट्याउन वाध्य वनाइहरको छ । इमान्दारहरु अपहेलित र अवसरवादीहरु सम्मानित भइरहेका छन् । समयको यति छोटो अन्तरालमा माओवादी व्यवहारमा १८० डिग्रिको परिवर्तन आउनेछ भन्ने सोचाइराख्ने राजनैतिक योद्धाहरु माओवादीमा सायद कमै थिए होलान । तथापी हामी के वुझ्न सक्छौं भने द्धन्वादको नियमनै यस्तो छ, हरवस्तु पूर्ण हुšदैन यद्यपी वस्तुमा विपरित गुणहरु भने विद्यमान हुन्छन् । कुन पक्षलाइ अगाडी ल्याउने भन्ने सवालमा वाहिरी पक्षको भुमिका महत्वपूर्ण हुन जान्छ । तर माक्र्सवादी द्धन्दवादको विपरित आजको वाहिरि पक्षको चरित्र वदलिएको छ ।
माओवादी पार्टिको धरातल कम्युनिष्ट विचारको धरातल हो र माओवादी नेताहरुको धरातल शहिदहरुको लासले वनेको छ । शहिदहरु अपवादलाइ छाडेर तीनै योद्धाहरु छन् जसले पढ्ने कुरालाइ वुर्जुवा शिक्षाको उपमा दिए, आफ्ना शैक्षिक प्रमाणपत्रहरु आगोमा पोले र विज्ञता भनेको जनताको सेवा र पार्टिको आदेशको पालना गर्नु हो भन्ने ठाने । यसर्थ माओवादी नेताहरु फुलेको धर्ति विज्ञहरुको होइन, उनीहरु फुलेको धर्ती इमान्दार व्यवाहारिक व्यक्तिहरुको हो अर्थात साहासि र वीरहरुको हो, रगत आšशु र पसिनाको हो । तर समयको यस अन्तरालमा माओवादी नेताको सल्लाहाकारहरुको झुण्ड फेरिएको छ । उनीहरु जनयुद्धका प्रतिवद्ध व्यक्तिहरुको घेरावाट भाग्दैछन् । उनीहरुलाइ त्यस्ता व्यक्तिहरुको जरुरी भएको छ जसले आफ्ना हर व्यवहारलाइ ‘ओके’ भनिदिन्छन् । जनयुद्धका आधिमय दिनमा आफ्नो ज्यान जोगाउन भागेका र युद्ध छल्नलाइ कोठाभित्र अध्ययन गर्दै वसेका ‘एक्सपर्ट’हरुप्रतिको विश्वास चुलिएको छ ।, पत्रकारहरु जसले जुनसुकै तरिकाले आफ्ना नाम कमाएका छन् उनीहरुलाइ व्यापक ठान्नु र आफ्ना कार्यकर्ताहरुप्रति अविश्वास गर्नु नेताहरुको दैनिकी वन्दै छ, वुद्धिजीवीहरु जसको काम नै केवल पढ्ने र तर्क गर्नकै लागीमात्र पढ्ने हो उनीहरुसंगको अन्तरक्रियालाइ प्राथमिकता दिइन्छ तर एकजना कार्यकर्ता नेतासंगको भेटमा महिनौं व्यग्र प्रतिक्षामा वसेर दर्शन भेट समेत नपाइ गाउ फर्किंन्छ यो कार्यकर्ताको जीवन शैली वनेको छ । नेताहरु आफ्ना तल्लो स्तरका नेताहरुबाट सल्लाह लिन योग्य मान्दैनन् किनकी नेताका नजरमा आप्mना कार्यकर्ता विज्ञ होइनन्, जनमुक्ति सेनाहरु जसको सल्लाहको अर्थ छैन किनकि आज उनीहरुको न त भुमिका छ न त नेतालाइ सेनाको काम छ । यद्यपी योसंग जोडिएको अर्को नकरात्मक सत्यचाहिं के हो भने माओवादीका धेरै नेताहरुसंग आफुसंग भएको क्षमता प्रतिनै अविश्वास वढ्दै गएको छ । तर उनीहरुले विर्सेको सत्य के हो भने हिजोपनि नेताहरुको क्षमता सामूहिक क्षमताको केन्द्रिकृत अभिव्यक्तिमा व्यक्त भएको थियो र आजपनि उनीहरु कमजोर भएका छन् भने यहि सत्यलाइ विर्सेको कारण कमजोर भएका छन् । विगतमा माओवादी नेता शक्तिशालि, वुद्धिमान र परिस्थितिको ठिक आंकलन गर्न सक्ने आदर्श मानिन्थे तर आज उनीहरु यहि सत्यलाइ मतलव राख्दैनन् र एक्लै संसार जित्ने मुर्खतामा कुद्न खोज्छन् जसको परिणाम उनीहरु हल्का र क्षमताहिन सावित भइरहेका छन् । माओवादी नेताले थाहा पाउन सक्नुपर्छ आखिर विज्ञता भनेको के हो र त्यो परिवर्तनशिलतासंग र सर्वहारा संस्कृतिसंग कति हद सम्म जोडिएको छ ? यो कुरा खोज्न इमान्दार माओवादी कार्यकर्ताको पंक्तिभन्दा वाहिर कुद्नु भनेको कस्तुरि ले आफ्नै विनाको गन्ध खोज्दै सिकारिको सिकार हुनु जस्तै हो तपाई नेताहरुले यो कुरा मान्नु पर्छकि वर्षौवर्षसम्म दुख गरिएका अनुभवहरु नै यथार्थमा विज्ञता हुन् । वर्षौ वर्षको पिडा खेपेर र कर्यौ विषहरुको प्रयोग गरेर वनाइएको समाजीक मल्हमलाइ औषधि मान्नै पर्छ । हामी नेपाली जनताको पिर मर्का, आर्थिक रुपले नाजुक अवस्था, भोगैलीक विकटता, रोग, भोक, प्यास, अशिक्षा सारा कुरालाइ हामी गहिरो अध्ययन गर्न सक्छौं, महशुष गर्न सक्र्छौ र त्यसको समाधानको उपाय दिन सक्छौं भने हामी नै यो समाजका डक्टर हौं । तपाइहरु यसको अलावा अरु डक्टरको खोजी गर्दै हिड्नु हुन्छ भने तपाइहरुको महामुर्खता हो । हामी दावाका साथ भन्न सक्छौं हामीसंग भएको विज्ञता अरुसंग छैन र हुनसक्छ अरुसंग भएको विज्ञतापनि हामी संग नहुन सक्छ । जे होस माओवादी कार्यकर्तासंग भएको क्षमता तपाइ नेताहरुको हो । यो नै तपाइहरुको वास्तविक क्षमता हो । अन्यथा तपाइहरु केहि होइन । औंला र मुड्कि मध्य कुन शक्तिशालि हुन्छ भनेर तपाइ नेताहरुलाइ सोध्न जरुरी छैन । तर १० औला जोडेर मुठि वनाउने भन्दैमा आफ्ना औंला काटेर अरुको औला माग्ने हो भने सयओटा औला जोडेपनि कमजोर सिवाय केहि हुšदैन । माओवादी नेताहरु अहिले अरुका सयओटा औला जोडेर ठुलो न ठुलो मुठि वनाउने मुर्खतामा हुनुहुन्छ भने माओवादी कार्यकर्ताले आइन्दा मुर्ख कालिदासको किताव पढ्ने मन भए आफ्नै नेताको व्यवहार हेरे हुन्छ । यद्यपी कालिदाश मुर्ख भएतापनि अन्ततः वुद्धिमान वन्न सफल भए यो वुद्धि माओवादी पार्टिका नेताहरुमा छिट्टै पलाओस ।

Wednesday, June 8, 2011

एमाओवादीका तीन नेतालाई खुल्ला पत्र

एकिकृत माओवादीका तर्फबाट तीन धारमा बाढिनुभएका आदरणीय नेताज्यूहरु,
                 मैले आदरणीय मेरा तीन नेताको नाममा केहि शव्द खर्चिदै गर्दा म भित्र दुविधायुक्त प्रश्न खडा भएको छ – “म यो हैसियत राख्छु कि राख्दिन ?” तर मलाइ के विश्वास छ भने हैसियत भन्दा इमान्दारिता निकै महान कुरा हो । आजसम्म त्यो इमानदारितावाट च्युुत नभएकोले म यो अधिकार स्वतः राख्छु । तपाईहरुमार्फत एमाओवादीका सबै नेता तथा युवावर्गलाइपनि म केहि भन्ने अनुमति माग्दछु ।
प्रकृतिको वसन्त हरेक वर्ष फेरिन्छ र विस्तारै वर्षाततिर लाग्छ । जीन्दगीका वसन्त यति चाडै वदलिन्छ र श्रावणको भेलले वनाएको अस्तव्यस्तता जस्तै हून्छ भन्ने कुरा मैले यसअघि सोचेको थिइन । तर वितेको पॉच वर्षलाइ फर्केर हेर्दा मलाइ हाम्रो जीन्दगीको वसन्तहरु छिटो छिटो वदलिएको भान हुन्छ । हुनत समय गतिशिल र परिवर्तनशिल छ, यसको गतिसंग हरव्यक्ति वा संस्थाले आफुलाइ वदल्न सकेनन् भने उनीहरुको अन्त प्राकृतिक सत्य हो । तर हर इतिहासले वर्तमान र भविष्यको लागी सकरात्मक संस्कारको विकाश गराएको हुन्छ । परिवर्तनको नाममा यस्ता परम्परालाइ त्याग गर्दै जाने हो भनेपनि उसको विनष्ट अनिवार्य छ ।
जनयूद्धका आधिमय १० वसन्तहरुमा माओवादी योद्धाहरुले जतिपनि सकरात्मक संस्कार र आदर्श सिके त्योप्रति कुनै क्रान्तिकारिहरुले दुखी मन गर्छन भने आफैंप्रति घोर अन्याय गरेको वरावर हुनेछ । म आफुलाइ अन्याय गर्दिन । तर वर्तमान परिवेशवाट वितेका दशबर्षलाइ संझदा, तपाइहरु लगाएत माओवादी केन्द्रीय नेताहरुलाइ संझदा, स्थानिय स्तरका नेता तथा म आफैं स्वयं समेत जनमुक्ति सेनाका कमाण्डरहरुलाइ संझदा इतिहास र तपाईहरुसंग हठात व्यांग्यात्मक प्रश्नहरु निस्कने गर्छ – हामीले किन यति ठुलो आदर्श वुझ्ने मुर्खता ग¥यौं ? वा हामीलाइ किन यत्रो आदर्शको भारि वोकाइयो ?, माओवादी नेता भनेको सर्वहारा वर्गका असलि र अग्रगामी नेता भएको कारण फुट्ने होइन जुट्ने गर्छन र प्रतिक्रियावादीको विरुद्धमा आगो ओकल्छन् भन्ने भान किन गराउनु भयो ?, कुनैपनि हालतमा नेपाली जनताको चाहना माथी कुठाराघात हुनेछैन भन्ने विश्वास दिलाएर हजारौं वीर योद्धाहरुलाइ वम जतिकै कठोर किन वनाउनुभयो र पड्काइदिनुभयो ?, यदाकदा जनताले ०७ साल, ०२८ साल र ०४६ सालको कटु इतिहास संझदै “अन्ततः माओवादी नेताहरुपनि कुर्शिको लागी लुछाचुडि गर्ने त हुन” भन्दा विचरा तिनले कति ठाउ‘मा त कति भाटा समेत खाए होलान ? तर वितेको पॉच वर्षमा हरेक दिन हाम्रो आदर्शको भारिवाट एकएक ओटा आदर्शका पानाहरु निकाल्दै किन आगोमा पोलिदै छ र विस्तारै हामी किन रित्तो हुदैछौं ?, किन हामी कुनै न कुनै वहाना वनाएर त्यहि मन्त्रीपदको हड्डीको लागी लडीरहेका छौं ? ती जनताहरुलाइ दिने हाम्रो जवाफ के हो ? हरेक रात सपनामा हामी जस्ता योद्धाहरुलाइ यहि प्रश्नले सताइरहन्छ । सायद यो प्रश्नले तपाईहरुलाईपनि सताउछ होला पक्कै, साथसाथै आफ्ना–आफ्ना मुडाग्रही तर्कले तपाइहरुको मनमा दिन रात घोचिरहेको समेत होला –“क्रान्ति र परिवर्तनका ठेकेदार म वाहेक कोहि हुनै सक्तैनन् र यदि अर्काको नाममा टेन्डर पर्यो भने सब वर्वाद हुनेछ ।” यो याहॉहरुको क्रान्ति प्रतिको चिन्ता नभएर व्यक्तिवादको अभिव्यक्तिमात्र हो ।
सुगा रटाए झैं आजसम्म याहॉहरुको मुखारविन्दुवाट सुन्दै आएको केहि द्धन्दवादको आदर्श हुन् एकता संघर्ष र रुपान्तरण, कठोरता र लचकता, आवश्कता र स्वतन्त्रता, निरन्तरता र क्रमभंगता, जनवाद र केन्द्रयता, र सिद्धान्त र व्यवहार........... । यी द्धन्दवादको प्रवर्गहरुवारे मैले घण्टौ घण्टासम्म प्रवचन सुनेको छु । कृपया अन्यथा नमानिदिनुहोला, फुलवुट्टा भरेर दर्शनको व्याख्या गर्ने कुरा एउटा कलाकारले आफ्नो कला व्यक्त गरे बराबर केहि होइन, म यसलाइ त्यति महत्वको ठान्दीन । तर सच्चा माक्र्सवादीको दायीत्व भनेको दर्शन अथवा सिद्धान्तको मर्म अनुसार त्यसलाइ व्यवहारमा लागु गर्नु वा गराउनु हो । पछिल्ला वर्षहरुमा के याहॉहरु द्धन्दवादी भएर काम गरिरहनु भएको छ ? के द्धन्दवादको आधारभुत मान्यतालाइ पक्रनु भएको छ ? यसको आधारभुत अर्थ हुदैन ? जसलाइ जे मन लाग्छ त्यहि गरिदिए वा गराइदिए हुन्छ ? यो माक्र्सवाद अन्तर्गत नपरेको अराजकताको भुत तपाइहरुको दिमागमा चढेको छ । तपाइहरु माक्र्सवादको कितावमा कुटभारतको तरिका पढीरहनु भएको जस्तो लाग्छ । यसैको परिणाम गुटवन्दी, अराजकता र अनेकता पार्टि भित्र हुर्किएको छ । परिणाम फुटको संघारमा उभिएर स्वार्थको “क्रान्ति” मन्त्र जप्दै हुनुहुन्छ ।
आफ्नो अहंमता, महत्वकांक्षा र स्वार्थको वादलले नेताज्यूहरुको संझनालाइ विस्मृत गराएको छैन भने विगतमा हामी विजय भएको तपाहरु कसैको एकल करिस्माले हुदै होइन । मलाइ लाग्छ तपाइहरु कहिं न कहिं यो भ्रमवाट गुज्रदै हुनुहुन्छ । जनयूद्धमा तपाइ नेताहरुको भुमिका अहं र अग्रगामी थियो । नेताहरुको अटुट एकता र दृढ विश्वासले गर्दा हजारौं हजार नेता कार्याकर्ता माओवादी पार्टिमा गोलवन्द भएका हुन जसको परिणाम हो संसारले चिनेको नेपालको जनयुद्ध । जसलाइ आजपनि हरेक माओावदी कार्यकर्ताले गर्वको रुपमा लिन्छन् । याहॉहरुकै महानताको कारण ५० वर्षको वामपंथी इतिहासमा सच्चा कम्युनिष्ट भनेको माओवादी हो भन्ने सवैले वुझ्न थालेको थिए । तर आज हामी यो दमसहितको कुरा गर्न सक्ने अवस्थामा छौं ? के हामी सच्चा कम्युनिष्ट छौं ? यदी मैले हामी दुधले नुहाएका कम्युनिष्ट हौं भनें भने वर्तमान यथार्थको धज्जी उडाइएको हुने छ । किनभने आज हामी माओवादी भित्रका फरक फरक गुटका माओवादीको नामले चिनिने गर्छौं । आदरणीय नेताज्यू, वास्तवमा जनयुद्धकालमा गुटवन्दी भन्ने कुरा श्रीमान श्रीमतिको वीचमा भयो भनेपनि कार्वाहि गरिएको इतिहास पुरानो छैन । माक्र्सवादको तिनगर र तिन नगर मध्य “नफुट एकजुट हौ” भन्ने नीतिलाइ आधार वनाएर याहाहरुले दिएको प्रशिक्षण हामीले अक्षरस पालना गरेकै छौं तर आज तपाइहरु स्वयं भर्खर राजनीतिको कखरा सिक्दै गरेको एकजना कार्यकर्ताको दिमागमा गुटवन्दीको बिस भरेर मुखवाट आरिसको आगो ओकल्न वाध्य वनाइराख्नु भएको छ । मलाइ ती विचरा कलम जेनतेन चलाउन सिकेका र राजनीतिका क ख भन्न सिकेकाहरुले याहॉहरुको पुच्छर समाते भनेर दुख लागेको छैन र माओवादी पार्टि कसरि वन्यो भन्ने समेत नजानी सकेका विचराहरुले पत्रिकामार्फत नामै तोकेर प्रचण्ड, किरण र वावुरामको खैरो खने भन्ने कुरालेपनि अनौठो लागेको छैन तर म यो दुखपुर्वक प्रश्न गर्छू कि मैले आजका तपाइहरु जस्ता गुटका नेतालाइ आफ्नो आदर्श वनाएर गल्ती गरेको हु‘ ? यस्तै दुर्भाग्यपूर्ण प्रश्न र याचना शहिद परिवार तथा वेपत्ता परिवारहरुले गरिरहेका छन् –“ के हामीले यस्ता नेताहरुलाइ विश्वास गरेर आफ्ना सन्तानलाइ वलिको वोको वनाएछौं ?” होस गर्नुस, आजसम्म यी शव्दहरु याचनामा सिमित छन् यदि यी याचना श्रापमा वदलियो भने आज सम्म वगेको रगत र ऑशु तेजाव वन्नेछ, चिहानबाट शहिदका लास नया ढंगले उठ्ने छ र तपाइहरुको घॉटि अठ्याउन आउनेछन् त्यतिबेला कसैले आफ्नो गल्ती सुधार्ने ठाउ‘ वॉकि वस्ने छैन ।
जल्दोवल्दो यथार्थ के हो भने २१ वर्ष अघि नेपालको वामपंथी आन्दोलनको फुटवादी नीति भन्दा फरक देखिएर तपाइहरुले पार्टि एकता गर्नुभयो, सम्पुर्ण प्रतिकुलताको वावजुद जनयुद्ध गर्ने ऑट गर्नुभयो, जनयुद्धका कठिन दिनहरुमा कार्यकर्ताको मनमा उठेका प्रश्नको स्वत उत्तर दिने खालको योजना निर्माण गर्नु भयो , वैज्ञानीक निर्णय गर्ने र संसारलाइ चुनौति दिएर आफ्नो मुक्तीको भविष्य आफ्नै मेहेनतद्धारा कोर्ने कुशल नेताहरुको एउटा समूहलाइ आम युवा वर्गले आफ्नो मुटुको ढुकढुकि ठान्यो । अझ आदर्शको एक जीवित भगवान को रुपमै ग्रहण गर्यौं हामी योद्धाहरुले । तपाइहरुको प्रत्यक्ष अनुहार नहेरि मरिन्छ कि भन्ने चिन्ता गर्दागर्दै शहिद भएका हजारौं मेरा सहयोद्धाले तपाइहरुप्रतिको अगाघ विश्वासको शन्देश हामी वॉचेकालाइ छोडेका छन् । म शव्दमा ती सब व्यक्त गर्न सक्तिन तर धोका भएको भोलिपल्ट हामी व्यवहारिक रुपमै त्यो शन्देश तपाइहरुका कन्चटमा ल्याइपु¥याने छौं प्रतिक्षा गर्नुहोला । अ‘, हामीलाइ आजपनि लाग्दैन हामीले याहॉहरुलाइ भाग्यविदाताको रुपमा ग्रहण गर्नु गल्ती थियो । त्यो त हाम्रो कर्तव्य मात्र नभएर अन्तरमनदेखि पैदा भएको सम्मान थियो । जसको परिणाम हामी एकपछि अर्को विजयको मोर्चा खोल्न सक्थ्यौं । दुश्मनले हामी वीचमा खेल्न सक्ने कुनै प्वाल समेत थिएन । कसैले एकशव्द मात्र गलत तरिकाले नेताको व्याकवाइटिङ गरेमा उसको लागी हामी अनुशासनको कार्वाहि तोकिदिन्थ्यौं । कृपया आज हामी “वन्दुके”हरुलाइ जवाफ दिनुस कि हामीले यो सब गर्नु हाम्रो गल्ती थियो ? होइन, हामी पक्काका इमान्दार कार्यकर्ता थियौं । तर विडम्वना ! आजसम्म आइपुग्दा माओवादीको लेप लगाइएका सामान्य चैतेहरुले हाम्रा ती आदर्शका नेताहरुलाइ “रअ” को मान्छे, “सिआइए”को मान्छे, “पोलपोट, खुस्चेभ, गोर्भाचोभ........” लगाएत तल्लो स्तरमा झरेर गाली गरिरह‘दा तपाइहरुले वनाएका गुटका अर्को नेता मख्ख परेर सुनिरहन्छ, हामी सुनिरहन वाध्य छौं । मलाइ लाग्दैन त्यो दोष ती चैतेहरुको हो । बरु त्यो दोष तपाईहरुको हो । किनकि तपाइहरुले तिनलाइ अनुशासनको पाठ पढाउन छाड्नु भयो र गुटको नाममा कुटभारतको इतिहास खोतल्दै त्यसको सवभन्दा नकरात्मक शिक्षा दिनुभयो । पैशा र धन भएका चैतेहरुको डिनरमा डकार्दै तिनैले अर्पेको रक्सिको सुरमा मातिएर आफ्ना कमरेडहरुको खिल्लि उडाउनु भयो । भुलेरपनि नविर्सनुस नेताज्यूहरु आज तपाइको गुटमा वसेर अर्को नेताको खिल्ली उडाउने चैतेहरुले भोली तपाईको ढाडमा छुरा धस्नेछन् ।
दुखको कुरा तपाइहरुले आम कार्यकर्तालाइ सामूहिकताको कुरा सिकाउनु भयो तर सामुहिकताको व्यवहार सिकाउनु भएन । सरलता, मितव्यहिता, पारदर्शिता र नैतिकताको कुरा सिकाउनुभयो तर यसको व्यवहार सिकाउनु भएन । आम कार्यकर्ताको श्रीमतिको कानमा लगाएको गहना फुकालेर पार्टिलाइ वुझाउनु लगाउनु भयो र आफ्ना नेताहरुको श्रीमतिलाई ती सब छुट दिनुभयो । रोल्पा र जाजरकोटमा कम्युन चलाएर जनताको सम्पूर्ण घरजग्गा कम्युनको मातहतमा ल्याउनुभयो तर आफु काठमाण्डौमा आएर कम्तिमा पार्टिको खर्चमा समेत एकैठाउ‘ अर्थात सामूहिक खर्चमा चल्न सक्नु भएन । आम कार्यकर्तालाइ कमाउन हुन्न भन्नु भयो तर जिविकोपार्जनको उपाय दिनु भएन । आज जतिपनि तस्करि चोर र डाकाका पछि लागेका छन् त्यसैको परिणाम हो । कार्यकर्ताले आफ्नो राजनैतिक इीतहासलाइ दाउमा राखेर खाने उपायको लागी वेइमानी गरिरहेका छन् यी सबको जिम्वेदारि तपाइहरुको पहिलो हुन आउछ त्यसपछिका अरु लुब्ध र स्वार्थी ¥याल काटेर गुट वनाउन उकास्ने कथित दोस्रो र तेस्रो पुस्ताको नेताहरुको ।
जनयूद्धका सम्पूर्ण दिनमा हामीले आफ्ना साथीहरुलाइ तिमी समेत भन्न हुदैन भन्ने संस्कार सिक्यौं । यसमा मलाइ असाध्य गर्व लाग्छ । हरमान्छे जातले, श्रमले, हैसियतले, शिक्षाले कुनैपनि कुराले सानो ह‘ुदैन भन्ने कुराले मलाइ साम्यवादको याद दिलायो । हामीलाइ लाग्थ्यो साम्यवादमा यो भन्दा अझ उच्च प्रकारको मानविय सम्मान र उच्च प्रकारको संस्कार हुनेछ । आफ्ना साथीमाथी भौतिक आक्रमण गर्नु भनेको त महा–अपराधको रुपमा सावित हुन्थ्यो । तर पॉच वर्षको यो दौरानमा आफ्ना आफ्ना गुट वीचको यदुवंशि लडाइ र व्यक्ति व्यक्ति वीचको स्वार्थमा टकराएको राजनैतिक लेपन सहितको लडाइ उच्च रुपमा देखिएको छ । राजधानीको अग्रीम र शसक्त मज्दुर संगठनलाइ आफ्नो अनकुलको गुटमा परिचालन गर्ने होडमा सवभन्दा निकृष्ठ प्रकारको हिंसात्मक घटनाहरु घटे । यसैको पछिल्लो उत्कर्षको रुपमा पार्टिका उच्च नेतालाइ मार्ने धम्कीको हल्ला देखि लिएर आफ्नै पार्टिका कार्यकर्तालाइ ज्यान मुद्धाको अभियोग सहित जेल हाल्ने र वचाउनेहरुको वीच भिषण टकराबको भद्धा अभिव्यक्त प्रतिक्रियावादीहरुले तालि पड्काएर हेरे ।
आदरणीय नेताज्यूहरु, के यस्ता कृयाकलापवाट निस्किएको परिणाम क्रान्ति हुनसक्छ ? यहि हो हजारौं हजार शहिदहरुले देखेको सपना ? तपाइहरुको मन नदि सरि वगेको रगतले पोल्दैन ? तपाइहरुको गलत यात्रालाइ शाहिदका लासहरुको पहाडले छेक्दैन ? अझै समय वॉकि छ । हाम्रो एकताले कुनैपनि प्रतिक्रियावादीलाइ पराजित गर्न सक्छ । हाम्रो फुटले उनीहरुलाइ फाइदै फाइदा छ । के हामी प्रतिक्रियावादीका हिमायति हौं ? तपाइ नेताहरुको सल्लाहाकारवारे पुर्नविचार गर्नुस । क्रान्तिको तिनओटा मोडलमा अभिप्रेरित गर्ने तपाइहरुका सल्लाहाकार अन्ततः एउटै संस्थाका प्रतिनीधि हुन सक्छन् । त्यो वेला तपाइको इमान्दारिता भड्खारामा पुग्ने छ । अन्तमा, मलाइ तपाइहरुसंग कुनै अनुनय छैन । एउटा कुरा स्मरण गराऊ तपाइहरु मध्य कसले जनमुक्ति सेनालाइ कव्जा गर्ने भन्ने होड पनि निकै चल्यो तर जनमुक्ति सेनाले मूलतः आफ्नो अनुशासनको पहिचान दिएर एकतामा नै विजय हुन्छ भन्ने कुराको उदाहरण वन्दै वैचारिक लेपनमा फुटेन । अब यो शक्तिपनि छिटै नै तपाइहरुको हातवाट पराइको हातमा जॉदैछ । यदि जेठ चौध गते कुनै विध्वंस भएन भने त्यो प्रायः निश्चित भइसक्यो । तपाइहरुको गतिविधि को सामान्य विश्लेषण गर्ने व्यििक्तलेपनि अव माओवादी पार्टि फुटको संघारमा देखिरहेका छन् । त्यतिवेला तपाइहरु मध्य जो कसैलाइ लाग्ला सवभन्दा क्रान्तिकारि गुट मेरै हुनेछ । र हामी विजय भएका छौं । तर यो विजय हामी कसैको हुने छैन । त्यो विजय उनीहरुकै हुने छ । हामी सकिने छौं र जनयुद्ध उच्च प्रकारको झापा विद्रोहमा गएर अन्त हुनेछ । यसर्थ यसलाइ वचाउन हामी युवाहरु एकठाउ‘मा हुन जरुरी छ । प्रिय युवा कमरेडहरु, यदि तपाइ आफुलाइ एउटा सवल सिंगो मान्छेको रुपमा खोज्नुहूनछ भने कसैको पुच्छरमा झुण्डीयर वैतरणी नदि तर्ने कायरता नदेखाउनुस र आफ्नो पहिचान आफै वनाउनुस । आउनुस वरु हामी सबै जना एकठाउमा वसेर यो पार्टिलाइ वचाउने अभियानमा लागौं । आफ्नो तागत वन्धुलाइ छप्काउनेतिर होइन प्रतिक्रियावादीलाइ धुलो चटाउन तिर लगाऔं । यसैमा तपाइ हाम्रो भविष्य छ र नेपाली जनताको भविष्यपनि ।
कलम वन्द गर्दै गर्दा मेरो प्रिया नेताज्यूहरु, तपाइहरुमा सदवुद्धि पलाओस र एकताको हात मिलोस । वरु कतिवर्षको लागी एकता गर्ने हो टाइमलाइन तोकेर देशको विकाशमा लाग्नुस । जब जनताको मुहारमा अलिकति मुस्कान निस्कन्छ बरु त्यसपछि तपाइको स्वार्थी तलवार झिकेपनि झिक्नुस ।
क्रान्तिकारि अभिवादन सहित विदा ।

Tuesday, May 10, 2011

मूल्य चुकाऊ

तिमी जाऊ, जतासुकै जाऊ
समुन्द्रपारि जाउ या आकाशतिर जाऊ
तर वलिदान दिने मेरो आफन्तको मूल्य चुकाऊ

तिमी वोल्न स्वतन्त्र छौ वोल
तिमी हिड्न स्वतन्त्र छौ हिंड
उड्न स्वतन्त्र छौ उड
तर वेपत्ता मेरो आफन्तको खोजी गरिदेऊ

तिमी वहस गर्न स्वतन्त्र छौ गर
तिमी वन्धु कुट्न स्वतन्त्र छौ कुट
पार्टि छोड्न स्वतन्त्र छौ छोड
तर सागरसरि वगेको आशुको मूल्य खोजीदेऊ

तिमी जातिय अधिकार खोज्न पाउछौ, खोज
तिमी लिंगिय अधिकार खोज्न पाउछ्यौ खोज
आफ्नो लागी लड्न अधिकार छ लड
तर वर्गकोलागी वगेको रगतको अर्थ वताइदेऊ

तिमी कराउ मनलागी कराऊ
जताततै गएर वहुलाऊ वा छटाऊ
तर परिवर्तनको मार्गमा परेका लासहरुको मूल्य चुकाइदेऊ

मेरो मन

गर्जिदैन वादलपनि आकाश नहुदा
सुखि हुन्न मन मेरो तिमी नहुदा

समरको यात्रा गर्दा तिमी साथ थियौ
रगतको भेलमा डुव्दा आशु वगाउथ्यौ
एक्लो हुन्छ भन्थ्यौ सागर नदि नुहुदा
आखा सदा खोजीरहन्छ तिमी नहुदा

सहरको यात्रा गर्दा छैनौ तिमी साथ
लामो छ है यात्रा हाम्रो नछोडीदेउ हात
निरस हुन्छ जुनपनि औंशि नहुदा
फिक्का हुन्छ मुस्कान मेरो तिमी नुहदा

गर्जिदैन वादलपनि आकाश नहुदा
सुखि हुन्न मन मेरो तिमी नहुदा

अमर नेता

मैले किताब नपोलेको भए
मैले वन्दुक नवोकेको भए
नेताज्यू, तिमी आज मन्त्री हुने थिएनौ
मन्त्री पाइन भन्दै हरक्षण रुने थिएनौ

आकाशबाट बारुद झरेको बेला
धर्तिमा आगो बलेको बेला
मैले तिमीलाइ नअंगालेको भए
चल्ला छोपेझैं नछोपेको भए
नेताज्यू, आज तिमी बेइमान हुने थिएनौ
बेइमानी बानी तिमी छुने थिएनौ

उच्चोअग्लो यात्रा तिम्रो सत्रु बनिदिंदा
तुषारापातले तिमीमाथी ठाडै जाइलाग्दा
म तिम्रो पाटेघोडा नवन्देको भए
नांगै बसि मेरो कमिज नओडाको भए
नेताज्यू,आज तिमी गद्धार हुने थिएनौ
गद्धारीको पथमा पाइला राख्ने थिएनौ
वरु तिमी
अमर अजर शहिद वनेर
सयद  मनमा वसिराख्ने थ्यौ .