कविता

अग्नि हुरीको कथा

मुटु छेड्ला झै“ काला बादल गर्जिएको बेला
आकाशतिर हेर
ऊ त्यही“बाट हुङ्कार छाडिरहेको हुनेछ
धर्ती प्रलय हुने गरी भूकम्प चलिरहेको बेला
शक्तिशाली चट्टानतिर हेर
ऊ त्यही“बाट ज्वालामुखी बनी निस्किरहेको हुनेछ
ताता ताता लाभा बनेर
उज्याला राता आभा बनेर
ऊ यही धर्तीमा झुल्कनेछ
मेरो कमरेड यही माटोमा फर्कनेछ ।

सुन्दर बगै“चामा फुलहरू झरिरहेको बेला
का“डाका बोटहरूमा हेर
ऊ गुलाब बनेर का“डाकै बिचमा फुलिरहेको हुनेछ
पाखा पर्वत खडेरीले सुकिरहेको बेला
उदात्त दिलले खोज
ऊ वर्षात बनेर बर्सिरहेको हुनेछ
शीतल सुगन्धित सुवास लिएर
उदण्ड जस्तो हुरी बोकेर
ऊ खडेरीमा बर्सनेछ
मेरो कमरेड यही बगै“चामा फुल्नेछ ।

वरपरि काला सर्पहरूले घेरिरहेको बेला
क्रान्तिकारी आ“खाले हेर
ऊ गरुड बनी सर्पलाई लखेटिरहेको हुनेछ
अ“ध्यारो रातले आ“खा छोपी तर्साइरहेको बेला
क्रान्ति लक्ष्य मार्फत खोज
ऊ उषाको लाली बनी क्षितिजबाट हा“सिरहेको हुनेछ
उमङ्गमय स्वभावले विजयी बन्दै
अ“धेरी रातको चिहान खन्दै
मेरो कमरेड दुष्टको राजमा पड्कनेछ
जनताको माझमा ब्यु“झनेछ ।

खुनी बाजले चारैतिर नङ्ग्रा फि“जाइरहेको बेला
उसका छातीमा हेर
ऊ आलो रगत बनेर निर्धक्क बगिरहेको हुनेछ
ज्यु“दा मुर्दाहरूले घेरा हालिरहेको बेला
जिउ“दो मान्छे बनेर हेर
ऊ तरबार बोकी काला भूतका टाउका गि“डिरहेको हुनेछ
रक्त पोखरीले सेतो राज डुबाउ“दै
ज्यु“दा मान्छेको परिभाषा सिकाउ“दै
ऊ विजयको बिहानमा आउनेछ
मेरो कमरेड लालझण्डा बोकेर फर्कनेछ ।

हो,
ऊ हा“स्दै हा“स्दै आउनेछ
नाच्दै नाच्दै आउनेछ
मृदु भाषामा ठट्टा गर्दै
छातीमा साहस बोकेर आउनेछ
मुक्ति यात्राको कठिन मार्गमा सहयात्री बनी
ऊ हाम्रो हितैसी कमरेड बनेर आउनेछ ।

ऊ हुुरी बनेर पहाडमा ठोक्कि“दै आउनेछ 
ऊ झुल्कनेछ पड्कनेछ
काला भूतका क्याम्पहरूमा
ज्यु“दा मुर्दाका सदरमुकामहरूमा
सदियौ“देखिका कसिङ्गर राख पार्न
ऊ रा“को बनेर आउनेछ
दुर्गन्धित फोहोर नष्ट गर्न
मेरो कमरेड अग्नि हुरी बनेर फर्कनेछ ।

(२०६१ कात्तिकमा सहिद हुनुभएका क. कुमार र क. विशालको सम्झनामा)



लेखिरहन्छु

महलहरूले दिक्क मान्छन् भनेर
झुपडीको व्यथा
म नलेखी बस्नै सक्दिन“
आतङ्कमा लतपतिएको शान्ति रङ्गले
बारम्बार आग्रह ग¥यो भन्दैमा
लाल झुपडीका परिवर्तनमुखी आवाजहरू
नसुनिरहन सक्दिन“
सम्मसुर लेखकको शान्त कोठाभित्र
न्यायको खोजी गर्दै
बन्दुकको आवाज पस्यो रे भनेर 
आजादीको पथमा पड्किने
मेरो प्यारो बन्दुकको प्रंशसा
म कदापि गर्न छोड्दिन“  ।

अहिंसाका गन्तव्यहीन प्रलापहरू सुनेर
जीवनको खोजीमा भइरहने महान् बलिदानलार्ई
इतिहासमा नलेख् भनी उल्कापात गर्दैमा
म उदात्त उद्वेलनमा पोखिन छोड्दिन“
म मेरो महान् सहिदको कथा 
कदापि लेख्न छोड्दिन“ ।

मैले मनोरञ्जनका निम्ति सिर्जना गरेको भए
तिम्रो टाउको दुख्नु स्वभाविक थियो
तर म त
प्रगतिका संवाहकहरूलाई उठ भन्छु
र आफूलाई सत्यको प्रचारक ठान्छु ।

तिमीलाई मेरो लेखाइले झर्को लाग्छ भने पनि लागोस्
रिसै उठ्छ भने पनि उठोस्
मेरो सिर्जनाले तिम्रो बुद्धि विलास गर्नु पर्छ भन्ने केही छैन

म त मेरै गतिशील गीत लेखिरहन्छु
क्रान्तिको कहानी कोरिरहन्छु ।

तिमीले
मेरो लेखाइका प्रत्येक हरफमा
पहिले बलिदान !!
अनि मात्र विजयको बिहानी भेट्नेछौ
मेरो हृदयका प्रत्येक ध्वनिहरूमा
पहिले सङ्घर्ष !
अनि मात्र जीवनको बोली सुन्नेछौ
हाम्रा स्मृतिमा वा गतिमा,
इतिहासमा वा भविष्यमा
बन्दुक र कलम अविछिन्न लम्किरहेको छ
मृत्यु र मुक्ति अन्योन्याश्रित टकराइरहेको छ ।

हे मुर्दा शान्तिका सन्तानहरू †
जबसम्म बुझ्दैनौ तिमी जीवनका परिभाषा
जबसम्म सुनिरहन्छौ
न्यायका आवाजमा आतङ्कका स्वर,
र जबसम्म गरिरहन्छौ
सृजनामा भ्रमका सञ्चारहरू
तबसम्म तिमीलाई झन्झट लागिरहोस्
वा टाउको दुखिरहोस्
तर म
क्रान्तिको कहानी कोरिहन्छु ।



भम्जु र टेम्केस“गको पे्रम

सुनकोसी र दुधकोसीको दोभानबाट
सगरतिर आशातित नजर लगाउ“दै
उच्च शिर ठड्याइरहने धैर्यवान् भम्जु,
किन हो मलाई
तिम्रो माया असाध्यै लाग्छ 
राता राता बस्तीको अलङ्कार बनी
सुन्दर आभाको प्रथम आभूषण पहिरिएर
कुरूपताका हिमायती विरुद्ध निरन्तर चुनौती दिने
अविचल ट्याम्के
मलाई तिमीस“ग असाध्यै गर्व लाग्छ ।

जीवनको आधा समयलाई
निद्रामै बिताउने सन्तोषीहरूस“ग
तिम्रो भत्र्सना र रोष छ
र त तिमी हरपल जागै बसी सिकाइरहन्छौ
तन्द्राका आधा समयलाई
विलासिताको खोपडीमा थन्क्याउने ऐयासीहरूस“ग
तिम्रो जोडदार आपत्ति छ
र त तिमी सदाबहार हरियाली बनेर फुलिरहन्छौ
कर्तव्यको बा“की समय
अधीरताको पाखन्ड देखाउने ढो“गीहरूस“ग
तिम्रो असाध्यै घृणा छ
र त तिमी अविचल बनि ठडिरहन्छौ
कुरूप दुनिया“लाई सुन्दर किताब बनेर
निरन्तर डटिरहने अविचल भम्जु र टेम्के !
मलाई तिमीस“ग असाध्यै प्यार छ ।

कहिलेकाही“ त यस्तो लाग्छ
र कामना गर्छु पलपल
संसार नियाल्नका लागि
तिम्रै आलिङ्गनमा बा“धिन आऊ“
दुनिया“लाई विस्मृतिमा थन्काएर
तिम्रै शीतल छाया“मा बेरिन पाऊ“
अथाह उकालीको कष्टलाई भुलेर
तिम्रो उच्च का“धमाथि बसिरहन आऊ“
जीवनको बा“की रगत पनि
तिम्रै छातीमाथि पोखिदिन पाऊ“
र बिहानीको पहिलो प्रभात चुमिरह“ू ।

भावनाले उद्वेलित बनेर
तिम्रा शिरहरू
दूरदराजबाट नियाल्न मन लाग्छ
क्षमताहीन नयनने भेट्न सक्दैन
र, अनायासै परेली भिज्न खोज्छ ।

टाढा त छैन मन
तिम्रै प्रेमालिङ्गनमा बा“धिएको हुन्छु
तिमीले दिएको छहारीको यादमा
जहा“ भए पनि÷जहा“ गए पनि
शीतलतामा मनभरि रमाइरहेको हुन्छु
तिम्रो छातीमा खेलेको सम्झनामा
जहा“ पुगे पनि÷जहा“ डुले पनि
धीरता पूर्वक बढिरहेको हुन्छु
मेरो हातले तिमीलाई छुन नपाए पनि
स्मृतिमा सधै“ तिम्रो सामु हा“सिरहेको हुन्छु
तिम्रै का“धमा नाचिरहेको हुन्छु
तैपनि भम्जु ÷ किन हो टेम्के
तिमीलाई छुने आकाङ्क्षा मभित्र
हरपल बल्झिरहन्छ
हरपल जागिरहन्छ ।


प्रिय बहिनी अर्चनाको स्मृतिमा

प्रिय सैलुङ †
म सक्थे“ सक्न त
तिम्रो छाती च्यातेर मुटु छाम्न
तर थाकेका तिम्रा घाउ
खोतल्न मलाई मन लागेन
म सक्थे“ सोध्न त
तिमीले कति रगत र आ“सु बगाएका छौ भनेर
तर तामाकोसी बनी बगिरहेको निश्छल तिम्रो सत्य
फर्काउन मैले चाहिन“
थाहा थियो
तिमीभित्र असीम शक्ति जुर्मुराइरहेछन्
र त
मुटुहरू छियाछिया हु“दा पनि
गर्वले छाती फुलाएको छु
गिद्दहरूले मासु जति लुछे पनि
ठाडो शिर बनाएर
अलिकति मुस्काउने कोसिस गरिरहेछु ।

मलाई थाहा छ सैलुङ !
तिमी धरमराएनौ कदापि
चाहे अ“ध्यारो आलोकको तातो तातो ‘ल’ु मा होस्
चाहे क्षितिज किरणको चहकिलो भनिएको लालिमा होस्
सदावहार तिम्रो यही स्वभाव
यसपालि
मैले पनि अनुशरण गर्ने कोसिस गरिरहेको छु ।

मेरो आस्थाको सैलुङ †
खै कसरी भनौ“ म पनि हा“से“ भनेर
तर दुनिया“को सामु आ“सु नझारेको सत्य हो
खै कसरी भनौ“ मुटु चु“डिएन भनेर
तर गर्विलो छातीको पर्दाले ढाकेको सा“चो हो
विस्मृतिमा यथार्थ मान्दैन जान 
केवल मुस्कुराएर टार्न सिकेको छु
मेरी बहिनीको कलकलाउदो  मुहार
आइरहन्छ आउन त हरपल सम्झनामा
केवल तिम्रै विश्वासमा
भुल्ने प्रयत्नमा छु ।

सोध्न त मन थियो तिमीलाई सैलुङ !
मेरी प्रिय बहिनी
तामाकोसीको निर्दोष पानीमा उनले
कतिबेर निस्साहस तड्पिनुप¥यो होला ?
नया“ पुलको एकान्त जङ्गलभित्र
कति पाशविक बलात्कार सहनुप¥यो होला ?
बेहुलीडा“डाको वरिपरि
गुहार युक्त क्रन्दन
कसरी गुन्जायमान भयो होला ?
र,
यातनादायी मृत्युपूर्व
जीवनको भिख उनले
मागिन् कि मागिनन् होला ?
तर
सोध्न मन भएन मलाई
त्यसैले
सोधिन“ मैले तिमीलाई
किनकि
मभित्र आत्मविश्वास छ
मेरी प्रिय बहिनी
कोमल फुल मात्र होइन
डाइनामाइट जस्ती थिइन् 
उनी
जीवनको तिलाञ्जली दिएर
संसार खोज्ने आदर्श नारी थिइन्
र त उनले रगतको भेल रोजिन्
सैलुङको काखमा
लासस“ग साइनो गा“से पनि
अमर पथिकका स्मृति बनेर हा“सिरहिन् ।

प्रिय सैलुङ †
म गर्वको उच्च स्वरले उनलाई धन्यवाद दिएर
हृदय छियाछिया भएको सहन विवश छु
म श्रद्धाञ्जलीमा शिर झुकाएर
विछोडको आ“सुमा सागर देखिरहेछु
नया“ संसारको नया“ अनुभूति भनौ“ कि के भनौ“ खै... ?
आगोभित्र जलेर शीतलै छु भनिरहेछु
पानीभित्र डुबेर पनि सास फेरेकै छु 
सैलुङ †
केवल तिम्रो विश्वासमा
प्रिय बहिनी अर्चनाको स्मृतिमा ।

(२०६१ साउन, सिरहा मुक्सार सहिद बहिनी क. रीता पौडेल अर्चनाको स्मृतिमा )



निलो आकाश झै“ जीवन

अनकन्टार हु“दै बग्ने
सानो खोल्सी झै“
पहरा चिरेर निस्कने 
निश्छल झरना झै“
आखिर उनको जीवन
नदी नै बनोस्
महासागर झै“ अथाहा होस् ।

शरीरभरि चोटैचोट भए पनि
चहराउने घाउलाई उनले
आफ्नो जीवन भन्न सकून्
भीषण आ“धीमा गौरव गर्दै
सागरको गहिराइमा डुब्न मन पराऊन् ।

विशाल आकाश पनि ढाक्दै हि“ड्ने
आक्रोसित बादलका लहर झै“
जमेको खगरलाई पनि चुनौती दिने
प्रचण्ड भर्भराउ“दो दावाग्नि बनून्
चम्केर चट्याङको बिजुली झै“
काला हृदयमा हरदम आतङ्कै बनून्
बर्बर बगरेहरूको मुटुमा मुसल बनून्
तर,
दुखेका जनताका छातीहरूलाई स्पातमा बदलिदिऊन् । 

मुसलधारे वर्षातलाई स्वागत गर्ने
निलो आकाशको प्रतीक्षा गर्ने
झलमल्ल रवि झुल्किएसरी
उनको जीवन
न्यानो आलोक झै“ फैलियोस्
परिवर्तनको संवाहक बनेर फर्कियोस् ।

उनको लक्ष्य
कालो निशालाई चिर्र्दै उदाउने
हृदयस्पर्शी लाली झै“
ओसिलो उषामा पनि
दृष्टि क्षितिजमा मुस्कुराउने आस्था झै“
निश्छल, निःसङ्कोच
र उजेलीदाता बनोस्
मनमोहक वासन्ती बहार झै“ फैलियोस्
उन्मुक्त पन्छी झै“
आसामानतिर बेगियोस्
बादलहरू पन्छाउ“दै हि“ड्ने
उनको जीवन
मुसलधारे वर्षातपछि देखिने
उन्मुक्त निलो आकाश झै“ बनोस् ।

४ माघ २०६१, सप्तरी, इनरुवा



मेरो साथी

गजधुम्म मेघका छाया“हरूले
जब मेरो निलो आकाशलाई निसास्सिने गरी छोप्छन्
र मलाई
घनघोर वर्षातको चुनौती दिन्छन्
मरुभूमि जस्तै बनेर
विशाल छाती फर्काउने मेरो साथी
म नजिकै देख्छु
र अकस्मात !
सागरै निलू“ झै“ तिर्खाइदिन्छु ।

निशाको बगै“चामा फुल्ने फुलहरू
जब मेरो आ“खै अगाडि झरिदिन्छन्
चा“दनी बनेर मुस्काउने मेरो साथी
साथैमा देख्छु
र म
हजारौ“ तारा भुल्न पनि तयार हुन्छु
मरेर पनि बा“च्न सक्ने
मृत्युलाई निम्त्याएर पनि हा“स्न सक्ने
म ऊस“ग मित्रता गा“सिरहेको हुन्छु
चुनौतीलाई निर्धक्क पर्खने त्यो
म उसलाई हरपल हेरि नै रहन्छु ।


खतरालाई निमन्त्रणा दिएर
आनन्दस“ग मुस्कुराइरहन्छ
पखेटा फि“जाएको स्तुलपेत्रेल झै“
आ“धीमा आफूलाई जा“च्न चाहन्छ
उही हो मेरो साथी
ऊस“गै मलाई खेल्न मन लाग्छ ।

्मलाई ऊस“ग डुब्न मन लाग्छ
लाग्छ
ऊ वसन्त ऋतुको निर्मल गङ्गा हो
ऊस“ग मलाई रम्न मन लाग्छ
लाग्छ
ऊ यौवनमा फुलेको रङ्गिन बगै“चा हो
उसले हराभरा स्वप्नको संसार बोकेको छ
मलाई उसको जीवन मन पर्छ
उसले स्वतन्त्रताको छोटो जीवन जिउन जानेको छ
मलाई उसको मृत्यु पनि मन पर्छ  ।

फुल हो मेरो साथी
सजीव उद्यानमा फुलिरहने
सा“झ हो ऊ
प्रभात प्रतीक्षामा
कालो निशालाई बोलाइरहने
सन्नाटामय शान्त सागर हो
भीषण बेहेरीको पर्खाइमा टोलाइरहने
उही हो मेरो साथी
म उसस“ग नया“ नाता गा“सिरहेछु
उथलपुथललाई वर्षौंदेखि पर्खिरहने त्यो
म प्रतीक्षारत ज्वारभाटाको शान्त सागर हेरिरहन्छु ।

२ माघ २०६१
सप्तरी, इनरुवा



हिमाली सुनामी

सुकुमार प्रेमका फुल तिमी
यदि सुन्दर उद्यानमा फक्र“दै छौ भने
केही समय फुल्न छाडिदेऊ
यो बेला
विषालु का“डामाथि फुल्ने बेला हो
सुवासका अनुरागी तिमी
यदि का“डाको विरुद्ध छौ भने
केही समय सुवास पोख्न छाडिदेऊ
यो बेला अनुरागले मोहित पार्ने होइन
का“डाहरूले घोच्ने बेला हो
आ“सु खसालेर दुई हात पसार्ने होइन
स्वाभिमानको गोडा बजार्ने बेला हो ।

निलो सागरको सन्नाटामा तिमी
यदि सुनामीको त्रासले भाग्दै छौ भने
एकछिन अब पर्खेर हेर
यो बेला
सागरमा सुनामी उर्लने बेला हैन
हाम्रा छातीहरूमा
सुनामी झै“ साहास उराल्ने बेला हो
सोतराङ पार्ने छाल नजिकै तिमी
यदि भेलले बगाउ“छ भन्छौ भने
धीरता पूर्वक पर्ख
यो बेला
सुनामीमा बग्ने पालो हाम्रो होइन
हाम्रो त सुनामी बन्ने पालो हो ।

अबको सुनामी
झुप्रा घरबार नष्ट गर्न आउने छैन
आलिसान दरबार पस्न आउनेछ
किनकि
हामी नै सुनामी हौ“ – सर्वहारा वर्गको
हामीले चाहेका ठाउ“मा छलाङ्गिनु पर्छ
सोचेको ठाउ“मा उर्लनु पर्छ ।

अब
जहा“ पसिना लुटिएको मरुभूमि हुन्छ
जहा“ रगत चुसिएको अस्थिरपञ्जर हुन्छ
जहा“ जहा“ सुख्खा मरुभूमि हुन्छ
त्यही“बाट निस्कने छ सुनामी
जहा“ ओठ सिलाएर
सन्नाटा छाएको हुन्छ
बम गोला बनेर आइरहेछ सुनामी
उच्च सगरमाथाको शिरबाट
अबको सुनामी
रातो बनेर फैल“दै छ
रातो सुनामी
हिमाली देशबाट उर्लंदै छ ।

२०६१ फागुन ६
धनुषा, चित्रपुर




भरिया दाइ †

थाहा नपाउ“दै बिते तिम्रो बाल्यकाल
अपरिचितै सकिए तिम्रा बै“सहरू
अल्लारे जोवानसित
मातृत्वदायी स्पर्श कस्तो हुन्छ ?
पितृत्वको छहारी के हो ?
अनुत्तरित तिम्रो मन
दुखाउन चाहेको होइन मैले ।

मलाई थाहा छ
तिमीले धर्तीमा खुट्टा टेकेदेखि
तिम्रो टाउकामा नाम्लो टुटेको छैन
हातमा तोक्मा छुटेको छैन
र ढाकरले घोडा चढ्न छोडेको छैन भने
म बुझ पचाएर किन सोधौ“ र दाइ ?
तिमीले कुरा बुझ्यौ या बुझेनौ भनी ।

ठगै ठगहरूको समाजमा ठगिने तिमीलाई
अचानो झै“ चोटहरू पचाइदिनेलाई
आ“सु र पसिना कस्तो हुन्छ ?,
कहा“बाट झर्छन् बेदनाका पानीहरू भन्दै
र बुझ पचाए झै“ गर्दै
निर्बाध बगिरहने तिम्रो शरीरको सागरलाई
मैले अपमान गर्न चाहेको होइन ।

हामीले बुझेका छौ“
तिमीले आ“सु देखाएका छैनौ
केवल पसिनामै मिसिएर
बगिरहेछन् तिम्रा बेदनाहरू
सायद खुसीका हा“सोहरू
तिम्रो ओठमा फुलेनन् पनि
न फुले तिम्रा बै“सका वसन्तहरू
न फक्रे सपना र रहरहरू
तिम्रा सबै बै“सका सपना र रहरहरू त
प्रत्येक दिन जिरी बजारबाट
ढाकरमा कोचिएको हुन्छ
अग्लो पारेर चुलिएको हुन्छ
भुटेको मकै टोक्दै,
थकाइलाई बिर्सिएर
लामजुराको उकाली चढिरहन्छ
जुनीबेसी र लुक्ला पुगिरहन्छ
सर्वोच्च सिखरका यात्रीहरूलाई
आन्दानुभूति दिलाउ“दै
नाम्चे र स्याङबोचे धाइरहन्छ
यस्तै गर्दै गर्दै
अघि बढिरहेछन् दाइ तिम्रा चाहनाहरू †

सायद पिकेका पहाड र लामजुराका शिरहरूमा
कैयौ“ पटक नया“ वसन्त फुल्यो नि पक्कै
लिुखका पानीहरू
कहा“ कहा“ पो पुगेनन् होला
तर तिमीलाई सधै“ एकाम्मे लाग्यो
हुन त कठाङ्ग्रिएका खुट्टाले हिउ“ पार गर्दा
तिमीलाई रमाइलो लाग्नु पथ्र्यो भनेको होइन
मनभरि का“डा उम्रेको बेला
फुलेको वसन्तले तिमीलाई
किन आनन्द दिलाएन भनी सोधेको पनि होइन
तर जिन्दगी तिम्रो
फुल्दै नफुली झरिरहेछ
उम्रनै नपाई मरिरहेछ ।

दाजु !
मैले यही कुरा तिमीलाई भन्न खोजेको हो
तर मैले
यही कुरा तिमीलाई भने“ भने
कि त भन्ने छौ तिमीले –‘भाग्यको खेल’
कि सोध्ने छौ मलाई –‘तिमीलाई के चासो ?’
तर भरिया दाइ
तिम्रै निम्ति लडिरहेछन् हजारौ“ तिम्रा भाइहरू
दिनानुदिन मरिरहेछन् तिम्रा छोराहरू
तिम्रो ओठमा खुसीको हा“सो हेर्न
तिम्रो सुख्खा आ“खामा हर्षको आ“सु बगाएको देख्न
ज्यानको बाजी लगाउ“दै छन्
र पुग्दै छन् विजयको सन्निकट
ल्याउ“दै छन् छिट्टै नै उजेली उषाहरू
तैपनि तिमी भने
‘म त भारी बोक्न छोड्दिन“ होइ’ भन्नै छाड्दैनौ
न्यायको बन्दुक भनेर कति चिच्याउनु
‘बन्दुक त मलाई चाहि“दैन होई’ भनी नै रहन्छौ ।

भरिया दाइ †
तिमी त पसिनाका नदी हौ
संसारका सृष्टिकर्ता हौ
तिमी त दास बन्यौ बन्यौ
सन्तानकै लागि भने पनि
लम्पट सर्वहारा बन्न छाडेर
अब त कुरा बुझ न गा“ठे ... †

२०६१ फाल्गुण
सोलु, भकान्जे


खोजिरहेछन् तिमीलाई

प्यारो कमरेड प्रवेश †
मलाई सोध्दै थिए तिम्रा सहृदयी बस्तीहरूले
आज भोलि तिमी कता छौ भनेर
भनिदिए“ – तिमी भोका पेटहरूमा मडारिरहेछौ
आतङ्कको कृत्रिम चिर निन्द्रा भङ्ग गरिरहेछौ,
भन्दै थिए उनीहरूले
तिनको अटुट माया तिमीले नभुल्नू रे भनेर
भनदिए“ – तिमी धु्रव तारा झै“ चम्किरहेछौ 
न्यानो घाम झै“ं प्रेम पूर्वक तिनलाई छोइरहनेछौ ।

टेम्केले झन् मरिहत्ते गर्दै थियो
एक पटक तिमीलाई बोलाइदेऊ न भन्दै
देखाइदिए“ – तिमी उसैको शिरमाथि उभिइरहेछौ
आस्थापुञ्ज ध्वजा बनी फरफराइरहेछौ
सुनपातलले गरेको कठिन प्रतीक्षा
जसरी पनि सुनाइदिनु भन्थ्यो
सम्झाएको छु– अब तिमी छिट्टै फर्कंदै छौ
कालो बादलघारीबाट चट्याङ झै“ पड्कनेछौ
र रातोे इतिहासमा अमर बनेका छौ ।

प्यारो भाइ †
हुन त तिमी हा“सिरहेको हेर्ने रहर थियो होला उनीहरूको पनि
चञ्चल तिमी बोलिरहेको सुन्ने मनोकाङ्क्षा थियो होला तिनको पनि
थियो नि इच्छा त तिमीस“गै बा“च्ने
खडेरी झै“ सुख्यानमा पनि
रसिक बनेर नाच्ने
मेरो अथक पथिक !
आउ“दो कालमा तिमी
बम गोलाको अभावमा
पड्कनेछौ भन्ने थाहा पाएर खुसी नै छु
त्यो अन्तिम रातको खतरनाक प्रहरबाट
लालिमा बनी जन्मन्छौ भन्ने अपेक्षामा गौरवान्वित छु ।

मेरो प्यारो सहयोद्धा !
तिमी खुसीले समाधिभित्र पसेका छौ
अन्धकारभित्र चेतना बनेर बसेका छौ
यो पल हामीले
आफ्ना आ“सुले तिमीलाई बिदाइ गरेनौ“
मनभरि चोट बोकेर खुसी छु पनि भनेनौ“
तिमी समाधिमा निदाउ“दै थियौ जतिबेला
हामी आशयुक्त बाटो हेरिरहेछौ“ अहिले पनि
तिमी एकदिन यसरी फर्कनेछौ
दुनिया“मा दुखी कोही पनि हुने छैनन्
सुखै सुखको संसार बोकेर आउनेछौ भनेर
हो साथी †
हामी दुःखी छैनौ“
तर तिमी अवश्य फर्कनू
तिमीलाई सबैले सोधिरहेछन्
वीर योद्धालाई खोजिरहेछन्
तिम्रो आदर्श रोजिरहेछन् ।

२०६१ चैत्र
सोलु, भकान्जे
(कम्पनी सहकमान्डर सहिद क.प्रवेशको सम्झनामा)


अधुरा सपना

दासताका जन्जिर तोडी
रक्तिम हातले सलाम गर्ने
लोलुपताको भ्रामक दिबार तोडी
उन्मुक्त उजेली जीवन बा“च्ने
उसको आजाद सपना थियो ।

हिमपथिक झै“ कठिनाइ निली
सगरमाथा शिरमा लालध्वजा गाड्ने
पुरानो संरचना ध्वस्त गरी
सुन्दर संसार निर्माण गर्ने
उसको अदम्य प्रतिबद्धता थियो ।

विजयका आजादी खुसियालीमा
सुकुमार प्रेमका भावना गा“स्ने
जनमुक्तिका सन्देश बा“डी
यौवनका रङ्गिन लालिमा हा“स्ने
उसको रमाइलो कल्पना थियो ।

उसका भौतिक सपनाहरू अनायास
इतिहासका चाहना बन्दा
हजारौ“ आ“खा उसलाई हेरिरहेछन्
मृत्यु देखेर पीडित हुनेको जबाफमा
साम्य आकाशमा उनीहरू
दूर–क्षितिजसम्म फैलिरहेछन्
भीषण आ“धी सर्लक्क निली
सुमधुर समीर जन्माइरहेछन्
नवीन सपनाको खोजीमा
सुन्दर संसारको अपेक्षामा ।

२०६१ फाल्गुण
ओखलढुङ्गा, नीलकण्ठ
(सिन्धुलीको डकाहामा सहिद हुने क. स्टार लगाएतको सम्झनामा)


बौद्धिक राजमार्ग

सायद
सिङ्गमर्मर नबिच्छ्याएर होला
हाम्रो पथ
उपटखापट त हुने नै भयो
दाया“बाया“ बगै“चा नबनाएर होला
मनमोहक यात्रा पनि नहुने नै भयो
के गरौ“ कमरेड ?
खतरनाक पहरा छिचोल्नु पर्ने बेला
हामी त सक्दैनौ“ क्यार
तपाईंको अभियानमा नौरङ्गी सजाउन
ज्यानको बाजी थाप्दै अघि बढ्नु पर्ने बेला
हामी त जान्दैनौ“ यात्रानुभूति दिलाउन ।

सायद
भुल्नुभयो क्यार !
खतरापूर्ण लम्बे अभियानका लागि
हामीलाई उत्प्रेरित गरेको कुरा
पहरा फोरेर पनि
सिधा बाटो हि“ड्ने निर्देशन दिएको कुरा
‘सरी’ कमरेड !
हामीलाई त खतराकै मायाले छोपिगयो
क्रान्तिकै छाया“ले गा“जिहाल्यो ।

सुन्दै छु कमरेड !
तपाईं त
हिन्द महासागर जाने
सुन्दर राजमार्ग खन्दै हुनुहुन्छ रे
बौद्धिक सुगन्ध दाया“बाया“ छरी
खतरालाई विनष्ट पार्ने उपाय खोज्दै
दुलाहरू धमाधम खोप्दै हुनुहुन्छ रे ।

सायद
फलामे गेट देखेर भाग्नेहरू
खोपडीले नै संसार बदल्नेहरू
अवश्य आउनेछन् तपाईंको यात्रामा
धोका दियो नभन्नु होला †
हामीले त सहिदका सपना भुल्नै सकेनौ“
रगतका पाइला छोडी
दुलातिर पस्नै जानेनौ“ ।

भन्न त कसैले केही भन्ने छैन 
सगरमाथाको अधिक उचाइबाट
बुद्धिमता पूर्वक ओराली लाग्ने वीरहरूलाई पनि
रगतले पोतिएको रातो झण्डा
महासागरको विशाल गहिराइमा
गाड्न चाहनेहरूलाई पनि
तर रातो इतिहासमा कालो दाग
पक्का पनि लाग्ने नै छ ।

हुन त कमरेड
बौद्धिक परिभाषामा यसो पनि नहुन सक्छ
तर जे होस्
हामी पसिनामै बा“चेकाहरूले
सिधा सिधा देख्न जानेका छौ“
उकाली भए पनि÷ खतरा नै खतरा तेर्सिए पनि
उचाइमा टेक्ने बुझेका छौ“
यसर्थ हामीले
उही खतरापूर्ण पथ समात्यौ“
प्रचण्डपथलाई अङ्गाल्यौ“
अब तपाईंको बौद्धिक राजमार्ग
हामीलाई बेकार छ ।

(दुइ लाइन सङ्घर्षका बेला )



आगो निल्ने तयारी गर्दै छौ“

लाग्छ यो पल
हुरीहरू तुफान बन्दै छन्
हामी छाती खोलेर पहाड बनिरहेछौ“
लाग्छ यो बेला
आ“धीहरू उर्ली उर्ली आउ“दै छन्
हामी ज्वारभाटा झै“ उर्लिएका छौ“
लाग्छ यो क्षण
सङ्गिन बनेर हामीलाई सिलमा झुन्ड्याउन उभिएको छ
हामी एकाएक उनिन खोज्दै छौ“
लाग्छ यो परिस्थिति
आगोका लप्का बनेर हामीसामु तेर्सिएको छ
हामी आगो निल्ने तयारी गर्दै छौ“ ।

मुटु चु“डिएर दर्द हुन्छ जब
मुटु समाएर ओठमा हामी
हा“सो निकालिरहेका हुन्छौ“
हर्षविभोर भएर खुसीले कुत्कुतिन्छौ“ जब
समवेदनाले भक्कानिएर हामी
आ“सु खसालिरहेका हुन्छौ“
आ“सुका सागर तरिरहेका हुन्छौ“ जब
रगतका भेलहरूमा निसासिइरहेका हुन्छौ“ ।

यात्रा हाम्रो यस्तै छ
हा“सो र आ“सुका बिचबाट हुन्छन्
बा“च्दाबा“च्दै मर्नेहरू देखेका छौ“
यात्रा हाम्रो त्यस्तै छ
रगत र पसिनाको दोभानबाट हुन्छन्
मर्दामर्दै बा“च्नेहरू देखेका छौ“
देखिरहेकै हुन्छौ“ पाइला पाइलामा
महान् मान्छेका ता“ती पनि ।

कोही छन् हाम्रो अगाडि
जसलाई गोलीका पर्राले कुरूप बनाए पनि
यौवनका सौन्दर्य बिर्सिदिएर
हाम्रै अगाडि मुस्कुराइदिन्छन्
जसलाई बन्दुक बोक्ने सौभाग्यले पराजित गरे पनि
सङ्गीतका आवाजहरूले थर्काउ“दै
हाम्रै अगाडि ना“चिदिन्छन्
आफ्नो अङ्ग–प्रत्यङ्ग गुमाएर के भो
तैपनि आस्था बचाएर
एउटा सुन्दर जीवन बा“चिदिन्छन् 
यस्तै कठिन
महासमरका महायात्रा पार गर्न
आगो निल्ने तयारी गर्दै छौ“ ।

यो पल हामीस“ग
गोलीले शरीर खोतल्नेहरू धेरै छन्
तर आफै“लाई अविश्वास गर्नेको हामीलाई खा“चो छ 
रगतको फुलमा रमाउने धेरै छन्
तर आफूमा उम्रने का“डा निमोठ्नेको खा“चो छ
हामीलाई
आ“सु र पसिनाको सागरमा
बिजुली निकाल्नेहरू मात्र होइन
अ“ध्यारा निशा फर्कन्छ भन्ठान्ने
दूरदर्शीको पनि खा“चो छ
त्यसैले त हामीले
दुई वटा बन्दुक बोकेका छौ“
एउटा बन्दुकले हामी
आफ्नै छाती चा“दमारी गर्छाै“
अर्को बन्दुकले हामी
दुस्मन का छाती चा“दमारी गर्छौं
र सुन्दर संसारको अपेक्षामा हामी
आगो निल्ने तयारी गर्दै छौ“ ।

२०६० असार
बलम्टा, उदयपुर ।


विजयका धुनहरू

फरक छन् धुनहरू
नया“ बजिरहेछन् सङ्गीतहरू
हिजो
जब पसिनाको सागर बगिरहन्थे
अमूक आ“सुका भेल ओइरिरहन्थे
एउटा मान्छे
पसिनामा रमाई रमाई स्नान गथ्र्याे
अर्को मान्छे
आ“सुमा डुबी डुबी विश्राम गथ्र्याे
छुट्टाछुट्टै दुःखले भक्कानिएका लाखौ“ मुटुहरू
एक्लाएक्लै मुर्छा परेर ढल्थे
र मनमनै मुक्तिको अपेक्षा गर्दै
बज्ने गर्थे गरिबका धुनहरू ।

रङ्ग फेरिएको छ धुनको
भाका फेरिएको छ सङ्गीतको
आज मूच्र्छित मुटुहरू पल्टिएका छैनन् एक्लै
पसिनाको परिभाषा फेरिएर
रक्तसागर बनी उर्लिरहेछ
अमूक आ“सु रोकिएर
विद्रोहको आवाज घन्किरहेछ
एउटा मान्छे
रगत पिएको नशामा बा“च्न चाहेको छ
अर्को मान्छेले
रगत नै बनेर डुबाएको छ
गर्व गर्छन् सङ्गिन रोप्दा पनि छातीहरू
हा“सी हा“सी मुट्ठी उठाएर ढल्दै
जनमुक्तिको ठुलो स्वरमा कराउ“दै
बजिरहेछन् विद्रोहका धुनहरू ।

बज्ने तरिका फेरिएको छ मादलको
रेटिने शैली बदलिएको छ सारङ्गीको
यतिबेला मादलको तालमा
गोलीको आवाज आउ“छ
सारङ्गीको स्वरस“गै
तेजाबको धारा बग्छ
न रुन्छे अब न्याउली वनमा
न खोज्छे कसैलाई कोइली यहा“
दाह्रा किटेर आलो घाउका पीडाहरू पचाउ“दै
जनमुक्ति सेनाका क्रन्दनहरूमा
बजिरहेछन् सङ्गीतहरू
यसरी बजिरहेछन् विजयका धुनहरू ।

सारा संसार अर्कै अर्कै छ
उस्तै आ“खा उस्तै भाका
तर नया“ उषा फरक छ
मान्छेको परिभाषा फेरिएको छ
चिहानको जुलुस चर्किएको छ
गिदीको विकासले पनि
बुद्धु भएकाहरूलाई
मृत्यु विजयको व्यवहारले आह्वान गरि“दै छ
निद्राले नथाकेको संसारलाई ब्यु“झाउन
कतै गोली पड्किएको छ
कतै आगो सल्किएको छ
कतै गोली पड्किएको खुसीयाली छ
कतै आगो सल्किएको रुवाबासी छ
तर वियोग कसैको भएकै छैन
रुनेहरू हुन् वा हा“स्नेहरू
आलो घाउ चहराएर होस् वा विजयले उन्मात्तिएर होस्
जो जहा“बाट जसरी चिच्याइरहेछ
मुक्तिको धुन बनी गुन्जिरहेछ
यसरी नै बजिरहेछन् विजयका धुनहरू ।


आधार इलाका

गगनचुम्बी डा“डाहरू
सिलिङचोनलाई छु“ला झै“
वरिपरि ठडिएका रहेछन्
खस्रु फुल्ने पाखामा बस्तीहरू
विना प्राप्ति पनि दलिएका रहेछन्
आफूभन्दा दोब्बर भारी बोकेर
आकाश छुउ“ला झै“ यात्रा–दृश्य
प्रशस्त भेटि“दा रहेछन्
पसिनाले निथु्रक्क भिजेर
तोक्माको सहारामा
सास र थकाइ बिसाएको मान्छे
खिस्स हा“सेका देखि“दारहेछन् ।

रगत सकिएका सेता अनुहार
आ“खै लुकाउने आ“खीभौ“को झाडी
र पट्ट फुटेका खुट्टा
ठेला उठेका हातहरू
हजारौ“ हजार लामबद्ध रहेछन्
तैपनि एक हातले नाम्लो अ“ठ्याएर
एक हातले लाल आभिवादन गर्दा रहेछन््
मुक्तिका यात्रीलाई स्वागत गर्न पाउ“दा
अपेक्षित स्वतन्त्रताको सास फेर्दा रहेछन्
नया“ युगको नया“ पहिचान
बन्दै रहेछ आधार इलाका ।

दुधकोसी र रावा खोला
नया“ युगको चिङकाङसाङ जोगाउन भनी
रातदिन गस्ीत गर्दा रहेछन्
सर्वहारा स्वतन्त्रताको विजय हुनेछ भनी
सङ्खघोष गर्दै
विस्तारवादी मुलुकतिर छिर्दारहेछन् ।

प्रत्येक ढाक्करका भारीस“गै
दुस्मनका खबरहरू
जनराक्षसका योजनाहरू
महिसासुर सम्झनेका मृत्यु बिन्दुहरू
खोजी खोजी सुराकी गर्दै
जनमुक्ति सेनासम्म
ल्याइदि“दा रहेछन्
हिमाल, पहाड र नदीहरूले
सिलिङचोन वरिपरिका बस्तीहरूले
आफ्नो वर्ग चिन्दै रहेछन्
र वर्गमुक्तिका लागि
वर्गयुद्धमा आफूलाई होम्दै रहेछन्
यस्तैै यस्तै रहेछ हाम्रो आधार इलाका ।

२०६० असोज
ऐ“सेलुखर्क




मृत्युको भिडमा

नभनौ“ कमरेड !
मुटु चु“डियो भनेर हामी
यतिबेला
मुटुहरू दर्बिलो बन्नु पर्छ
नभनौ“ ! छाती दुख्यो भनेर हामी
यतिबेला
छातीहरू चट्टान झ“ै गर्विलो बन्नु पर्छ
नखोजौ“ ! आ“खामा आ“सु हामी
यतिबेला
आ“खाभरि रगत बगेको हुन्छ
नखोजौ“ ! आकाशमा निलो रङ हामी
यतिबेला
जताततै क्रान्ति घुमेको हुन्छ
नसोचौ“ ! यहा“ केवल जिउनुमा जीवन
यतिबेला जो कोही 
मृत्युको बिचमा उभिएको हुन्छ ।

मृत्युञ्जयीको आस्था–विम्ब बनेर
उस्तै छ सगर अहिले पनि
उनीहरूकै लक्ष्यात्री बनेर
उस्तै छन् लिखु र दुधकोसी जहिले पनि
प्रिय कमरेडहरू
रोकिए“ नठान्नू ढलेर
पहिल्याउ“दै छौ“ पदचाप हामी
रोकिने छैन यात्रा कहिल्यै पनि ।

श्रद्धेय कमरेड पिके !
तिमी ढलेको खबर सुनेर
छितापातल मात्र हैन
देशै स्तब्ध भएको छ 
तर रोकिएका छैनन् सहयात्रीहरू
तिम्रो आस्था र उद्देश्य
पिके पहाड झै“ बनेर
अडिग र अमर छन् ।

प्रिय कमरेड कुशल †
तिम्रो यात्रा र तीव्रताहरू
तिमी ढलेकै पुल झैै“ बनेर
हजारौ“ सहयोद्धाहरू तारिहेछन्
मृत्युको भिडमा पनि सगरमाथा
कति पनि नडगमगाई उभिइरहेछ ।

प्रिय कमरेड मेनुका †
तिम्रा स्वच्छ भावना
प्रत्येक जनमन हु“दै कुदिरहेछन्
सावित्रा र एकताका अविचल दृढताहरू
सिलिङचोन बनेर उभिएका छन् ।

प्रिय कमरेड आदर्श !
तिमी इतिहासको आदर्श बनेर ढल्यौ
आदरणीय कमरेडहरू
तिमी ढलेको भोलिपल्टै
इतिहासले कोल्टे फेर्दै छ
तिमी देख्दै छौ होला
हेर न यहा“
मृत्युको भिडलाई छिचोल्दै
सुनकोसी अविराम अविराम बगिरहेछ ।
२०६० आश्विन
खोटाङ, मझौ
(क. पिके र क. कुशल लगएत एकै दिनमा सहादत प्राप्त गर्ने आधा दर्जन सहिदहरूको सम्झनामा)



ज्यु“दो चिहान

जब म
नवीनताको यात्रामा
सगरमाथाको वारिपट्टि
स्यलगौ“डे डा“डालाई छु“दै थिए“
खुल्ला आकाशमुनि
गिद्धहरू
निर्भीक बनेर उडिरहेका थिए
खुनी बाजहरू
विजयको हर्षोल्लासमा
अर्को निर्दोष चरी
ताकिरहेका थिए
धर्तीमा स्यालहरू
टन्न अघाएर
कङ्कलासवक कुर्लिरहेका थिए ।
तर
घाइते बचेराहरू
वियोगको चीत्कार सहित
कहालिइरहेका थिए
स्थलगौ“डे डा“डा
थाप्लोमा लासहरू सुताएर
उराठिलो झोक्राइमा
झोक्रिइरहेको थियो
तर पनि
मरेका जस्ता देखिने
चिहानहरू ब्यु“झ“दै थिए ।

छितापोेखरी पानीपोेखरी रहेन अब
रक्तपोखरी बनेर उर्लंदै थियो
वारिपारि पखेरीका झुप्राहरू
भर्खर भर्खर आ“खा मिच्दै थिए
हड्डीहरू जताततै छरिएका
जहा“, स्यालहरूको रजाइ“ थियो
मासुहरू जताततै झुन्डिएका
जहा“, गिद्धहरूको साम्राज्य थियो
पुरिएका लासहरू
थिएनन् खाल्डाभित्र
बाहिर निस्किएर
संसार नियालिरहेका थिए
अस्थिरपञ्जरका सेता हड्डीहरू
कतै टाउको मात्रै गएर
एक्लै संसार हेरिरहेका थिए
कतै हातहरू मात्रै गएर
एक्लै दुस्मनस“ग निहु“ खोजिरहेका थिए
कतै खुट्टाहरू मात्रै
एक्लै लक्ष्य चुम्न कुदिरहेका थिए
यथावत् थियो स्यालगौ“डे
झोक्रिएको झोक्रिएकै
तर उसको थाप्लामा
चिहानहरू ब्यु“झदै थिए“ ।

जब म पुगे“
अहिले ती लासहरूले
छातीमा झन्डा गाडेका छन् र
जागा छन् चिहान
खुट्टाहरू शरीरका साथ
टेक्ने तयारी गर्दै
दर्बिला हातहरूले रक्तिम झन्डालाई
नफुत्किने गरी अ“ठ्याएका छन् ।

हुनसक्छ
नदेख्नेले त लासहरू छैन भन्लान्
र, अस्थिरपञ्जरका प्रत्येक टुक्रा
स्यालले कुदाएको देख्लान्
नाक नहुनेले लासहरू
गन्हायो पनि भन्लान्
र, मासुका प्रत्येक टुक्रा
गिद्धले लुछिलगेछ भन्लान्
तर यथार्थतः
ज्यु“दा भनिने मान्छेहरू
मुर्दा बनेर सुतेको बेला
लासहरू स्वयं
स्यालगौ“डेबाट उठेर
घुमिरहेका रहेछन्
घेरा मार्दै स्वेत संसारलाई
अभूतपूर्व चुनौती दिइ नै रहेका छन्
अझ यसो भनू“
ज्यु“दा भनिने मान्छेहरू
मुर्दा बनेर
मुर्दा शान्तिमै मरिरहेका बेला
मरेका भनिने बीभत्स लासहरू
ज्यु“दा बनेर
क्रान्ति र शान्तिका लागि
निरन्तर कुदिरहेका छन्
स्यालगौ“डे होस् वा अरू कुनै चिहान
दर्दनाक पीडामा झोक्रिएको होला
र पराजित भए“ भन्दै जलेको होला
तर तिनका थाप्लाहरूमा
हर चिहानहरू
ब्यु“झिरहेका छन् ।

२०६० कार्तिक
छितापोखरी, अखटे

(एक दर्जन लासहरूलाई स्यालले खाल्डाबाट निकालेपछि त्यसलाई पुर्न जा“दाको अनुभूति)

म क्रान्तिकारी ह“ु

मान्छेहरू
प्यासले व्याकुल भएको बेला
बन्द ट्याङ्कीको पानी खोल्नु
मेरो गल्ती हुन्छ भने
भई नै रहोस्
तिमी हजारौ“ पटक
बन्द गर्दै गर
म लाखौ“ पटक
भत्काउने कोसिस गर्दै गर्नेछु
र, भत्काइरहने छु ।

मान्छेहरू
भोकले अतालिएर छटपटाएको बेला
बन्द रासनको ढुकुटी फोर्नु
मेरो आतङ्क हुन्छ भने
भइ नै रहोस्
चाहे तिमी रातोदिन फलाक
आतङ्ककारी भनेर
तर म दिनदिनै ढुकुटीहरू फोड्दै गर्नेछु
र मान्छेहरूलाई बा“ड्दै जानेछु
किनकि
मान्छेहरूलाई भोक लागेको छ
उनीहरूले खान पाउनु पर्छ 
मान्छेहरू प्यासले छट्पटाएका छन्
उनीहरूले तृष्णा मेट्न पाउनु पर्छ ।

ए शासकहरू †
जब तिमी निरीह बनेका छौ
त्यसैले मैले
मेरो देशको मुटुमाथि नै
नङ्ग्रा गाड्ने औ“लाहरू काटिदिए“ त
के बिराए“ ?
जब तिमी आफै“ पाशविक बनेका छौ
त्यसैले मैले
मेरो आमाका अस्मितामाथि नै
धावा बोेल्ने मेरा आफ्नै भाइहरू मारिदिए“ त
के बिराए“ ?

मैले मेरो बाबाको टाउका बचाउन
तिनलाई चा“दमारी गर्ने
आफन्तकै हातहरू पनि काट्न पाउनु पर्छ
मैले मेरो चेली जोगाउन
उनका छाती कुल्चने
मितेरी खुट्टा भा“च्न पनि पाउनु पर्छ
किनकि म
यो देशको इमानदार सन्तान हु“

सच्चा सिपाही हु“
दावा छ मलाई
म यो देशको क्रान्तिकारी हु“ ।

२०६० कार्तिक
राजापानी, खोटाङ



जनमुक्ति मार्र्ग

देख्यौ नि साथी तिमीले
यस्तै हुन्छ यो मार्ग ।
फरक यति हो
मैले उः त्यहा“बाट यात्रा सुरु गरे“
तिमीले याही“निरबाट सुरु गरेका छौ
म हि“डिरहेकै छु
तिमी पनि हि“ड्दै छौ
यो ख्याल–ख्याल होइन
यही नै हो
जनमुक्ति मार्ग ।

मुटु जलाउने साहसबिना
कहा“ पोल्छन् र छातीहरू
नपोल्ने चिसो छाती बोकेर
कहा“ काटि“दारहेछन् र अप्ठ्याराहरू
सजिलो मार्ग खोजेर
कहा“ भेट्टाइ“दारहेछन् र मुक्तिहरू
मुक्तिको अथक लक्ष्यबिना
जति नै अगाडि कुदे पनि
उल्टै बनिदि“दा रहेछन् मुक्ति मार्गहरू ।

प्रिय मुक्तिपथिक †
हरपल म तिम्रो सच्चा यात्री बन्न खोज्छु
र खोजि नै रहनेछु अथक वीर पथिक बन्न
तर पनि
मुक्तिमार्गमा मेरो उपस्थिति
कहिलेकही“ सिर्जनशील लाग्दालाग्दै
अराजक बनेर दौडिरहेको पाउ“छु
कहिलेकाही“ जनवादी बन्ने कोसिसमा
जनविरोधी बनेर लज्जित हुन्छु
कहिलेकाही““ केन्द्रीयता स्विकारे“ भन्दै
दासताको थोत्रो संस्कृतिमा पुनरावृत्ति भेट्छु
कहिलेकही“ साहसी बन्न खोज्दा
दुस्साहसी बनेर एक्लिएको हुन्छु
र सचेत बन्न खोज्दा
कायर बनेर शिर निहुराइरहेको हुन्छु ।

कठिन ! 
हो साह्रै कठिन रहेछ
तर होस् † कठिनै भए पनि
मलाई थाहा छ
अप्ठ्यारै अप्ठ्यारोभित्र
सुन्दर संसार आसीन हुन्छ
सागरको गहिराइमा मोती टल्किए झै“
जनमुक्ति मार्गको गहिराइभित्र
एउटा चमक चम्किएको हुन्छ
मलाई लाग्छ
त्यही नै हो क्रान्ति
त्यही हो जनमुक्ति मार्ग ।

२०६० माघ
खोटाङ, बड्कादियाले


मेरो कमरेड डढेलो हेर्दै छ

उसले स्पस्ट देखेको थियो
तिनले नपत्याएको एउटा झिल्को
अन्ततः
यस्तै डढेलाहरू बन्नेछन् भनेर
त्यसैले ऊ
आत्मविश्वासका साथ लडिरह्यो
अथक अगाडि बढिरह्यो ।

उजेली उदाउने पुर्बी क्षितिजमा
अ“ध्यारो आलोक उदाउ“दा पनि
चम्किलो तारा बनेर विद्रोह गरिरह्यो
उषाकिरण पोखिनु पर्ने मेलुङमा
रगतका फाल्सा बरफ बनिदि“दा पनि
निराशा वा हीनतामा नबगी
विचारको तरबार झिक्दै
अन्धा–आलोकका घा“टी छेदन गरिरह्यो
‘अपराधीका सन्तान’ बनेर
कैयौ“ पराजय बेहोरे पनि
अविरल आस्था चुम्न कुदिरह्यो
सगरमाथाको काखमा नाच्ने
पाशविक चैतन्यका टाउकाहरू
छ्वामछ्वाम्ती काटिरह्यो
र, वियोगले विचलित पार्ने
दुष्टका धृष्टतापूर्ण सञ्जालहरू
धुजाधुजा पार्दै अगाडि बढिरह्यो ।

तामाकोसी र सुनकोसीको सुसाइस“ग
कहिले आ“धी बनेर उर्लिरह्यो
कहिले हुरी बनेर मित्रता कायम ग¥यो
सिलिङचोनको काखमा
टाउको काटेर बलि दिएको कथा
न त उसलाई अपूर्ण विजय लाग्यो
न त असोचनीय पराजय नै
अनुनय गर्दै पुकारेको भिमानलाई
विजय अस्वीकार गर्दै
रुम्झाटारमा सा“च्चिकै
डाइनामाइट बनी पड्किदियो
र पनि पराजयले उसलाई पछार्न सकेन
क्रान्तिको नियमलाई च्याप्प पक्रियो
र सबैलाई सिकाइरह्यो ।

ताप बढ्दै जा“दा
अधकल्चा पराल र खरहरू
सुक्दै जानेछन् भन्ने विश्वासमा
झिल्काहरू कैयौ“ पटक नासिए पनि
आफूलाई पराजित सिपाही ठानेन उसले
उसलाई दृढ विश्वास थियो
दुई चार झिल्का बा“च्ने छन्
र अपार डढेलो लाग्नेछ एकदिन ।


यतिबेला
अपत्यारिला झिल्काहरू
झन् बढी झन् सल्क“दै छन्
डढेलो बनी फैल“दै छन्
र मेरो कमरेड
हा“स्दै र खुसी हु“दै
सगरमाथाभन्दा माथिबाट
डढेलाहरू हेर्दै छ ।

२०६० माघ १०
खोटाङ, अखटे


महासमरमा विजयी दाजु

दाजु !
तिमी बोल्थ्यौ केवल र पनि
सिन्धु पहाडहरू एकसाथ गर्जिदिन्थे
जनसङ्गीतका भाका गाउ“थ्यौ जब
अपत्यारिला बस्ती पनि
जुरुक्क उठेर चुनौतीमय आभास दिन्थे
दुस्मनका यातनादायी जेलहरू
तिम्रो कठिन धीरता देखेर
पराजित बन्दै थाक्न पुग्थे

मजदुरका कारखानाहरूमा सदा
तिम्रो नाम अग्रिम पङ्क्तिमा हुन्थ्यो ।

मजदुर मुक्तिका लागि लड्दा लड्दै
थुप्रै पटक मैले
चोटले कुरूप बनेर बसेको तिमीलाई
जेलमा भेटे“
र पनि तिमीले कहिल्यै दुःख मानेको देखिन“
तिमी मुसुक्क हा“सिदिन्थ्यौ
म दङ्ग परेर तिमीलाई हेरिरहन्थे“ ।

दाजु !
तिमी सोध्थ्यौ मलाई
चे ग्वेभारा र चिनिया“ गुरिल्लाका सशस्त्र फोटो देखाउ“दै

आलिसान महलभित्र
सयौ“ दासका बिचमा बस्ने मालिकको फोटो देखाउ“दै
यी दुई जीवनमध्ये
कुन जिन्दगी रोज्छस् भाइ ?
म जान्दैनथे“
तिमी सिकाउने गथ्र्यौ र भन्थ्यौ
‘कुहिने मासुको छाती बोक्नेहरू
आलिसान महलभित्र
डर सम्झदै लुक्ने गर्छन्
हामी त फलामको छाती भएकाहरू हौ“
बन्दुक का“धमा राखी मैदानमा उत्रनु पर्छ
मृत्युलाई जित्नु पर्छ
र संसारको सर्वोत्कृष्ट मान्छे बन्दै
बादसाहलाई घोडाबाट खसाल्नु पर्छ
कस्तो सुन्दर थियो दाजु त्यो क्षण †
मेरो कलिलो मानसपटलमा
अमिट छाप बनिरहे ती वाक्यहरू ।

देश युद्धमय बनेको बेला
मातृभूमिको छाती फुटेको बेला
मलाई तिम्रो वाक्यको झनै याद आयो
र म जनयुद्धमा लागे“
तिमी जनयुद्धको मन्द विरोधमा थियौ
किनकि तिमी संशोधनवादी दलदलमा
सङ्घर्षरत थियौ
त्यसबेला तिमी भन्थ्यौ
‘का“चा काठहरू बल्न सक्दैनन् ’
म भन्थे“
‘कटमिरा दाउराहरू अधिक तापले बल्न सक्छन्’
तिमी भन्थ्यौ
‘क्रान्तिका लागि वैचारिक आधार चाहिन्छ’
म भन्थे“
‘सबभन्दा ठुलो आधार नै जनता हुन्छ’
तिमीले अन्तिम पटक भनेका थियौ
‘भिन्न रूपमा हाम्रो बाटो
महासमरको प्रतिस्पर्धात्मक यात्रा हो
हेरौ“ को पहिला विजय होला’
मैले घमन्ड गर्दै
तिमीलाई आदर्शवादी बिल्ला भिराउने कोसिस गरे“
तिमीले त्यस दिन मेरो आरोपको धज्जी उडाएर देखाइदियौ
जुन दिन तिमी
संसदीय दलदलबाट विद्रोह गरी
मुक्तियुद्धमा समाहित भयौ ।

जब हामी दुई एउटै बाटोमा समाहित भयौ“
त्यस दिन म
खुसीले उत्साहित भए“
गर्वले छाती फराकिलो पार्दै
हर्षले उद्वेलित भएको थिए“ ।

दाजु !
जब हामी बिचमा
निर्धक्क मुक्तिको विषयमा बहस हुन्थ्यो
तिमी हारिदिन्थ्यौ जहिले पनि
सायद तिमी बुझ्थ्यौ
आफ्नो भाइको का“चोपना
र थाहा पाउ“थ्यौ
अल्लारेहरूको घमन्डीपना
म घमन्डले फुल्थे“ र सोच्थे“
राजनीति–माहिर मेरो दाजुलाई
मैले जिते“ भनेर
तर दाजु !
आज म हारेको छु
तिमी विजयी भएका छौ
तिमीले जितेका छौ ।
मुक्तियात्राको महासमरमा
मेरा पाइला
जति नै अगाडि बढे पनि
छोटा रहेछन्
तिमी हि“ड्दै मात्र पनि
धेरै अगाडि उछिनेर मलाई
निकै माथि
अग्लो शिखरमा उक्लिएको मैले
थाहै पाउन सकिन“
दाजु !
अहिले म सोच्दै छु
तिम्रो विजय अभियानले
अर्थात मृत्यु विजयले
मलाई कमजोर पार्नु ह“ुदैन
म पनि एकदिन
तिम्रो शिखरको लाल झण्डा छुन
आइपुग्ने छु अवश्य
त्यो दिन 
निकट भविष्यमा उर्लिरहेको छ
म लगातार कुदिरहेको छु
अथक यात्राहरू
अदम्य साहसहरू
मुटुको ढुकढुकी नरोकीकन
म हारे पनि तिमीस“ग
भेट्ने अभिलाषामा तिमीलाई
कुदिरहेको छु, कुदि नै रहनेछु
तिमीलाई भेट्ने विश्वासमा ।

२०६० फाल्गुण
खोटाङ, सुङ्देल

(बारा जिल्लामा ठुलदाजु क. शम्भु पौडेलको सहादतको खबर सुनेपछि)




जनमुक्ति सेनाको मान्छे

पश्चिममा चा“दनी अस्ताएको पल
रविका सन्तान भएर आउ“छौ“
उजेली आभालाई तुवा“लोले ढाक्दा
विजयको बिहानमा उदाइदिन्छौ“
मातृभूमिको छातीमा निल गगन बोकी
आसमानको छातीमा लाल धर्ती टा“सी
हो साथी !
हामी त पूर्णिमाको रात बनी हि“ड्छौ“
हामी त वसन्तको वहार बनी डुल्छौ“ ।

बन्दुकका ट्रिगर फट्फटाउ“दै गर्दा
सहयात्री छेउमा छट्पटाएको भुल्छौ“
दर्दले क्रन्दन गुन्जिएको बेला
विजयको विगुलले संसार थर्काउ“छौ“
रक्त तालमा गाड्दै अझुक झण्डा
झण्डा नै बोकेर गर्विलो आत्मा
हो साथी !
हामी त मुटु फुटेको सहन्छौ“
हा“सेर पीडा लुकाउन सक्छौ“ ।

नयनमा वर्षात बोकेर हामी
रगतमै सपना देख्न चाहन्छौ“
मृत्युको छातीमा टेक्न नसकी
सहिदको घा“टी रेट्न खोज्दैनौ“ ।

झुल्किन्न बिहान आ“सुमा बगी
आउ“दैन साहस पीडामा नजली
हो साथी !
आ“सुको यात्रा त बेटुङ्गो हुन्छ
कमजोर मन त कायर पो हुन्छ ।

आऊ साथी,
हामी त सगरमाथामा उभिने मान्छे
रातो चा“दनी चुमिदिने मान्छे
ज्वारभाटास“ग मुकाबिला गर्ने
आ“धीबेहरीस“ग सहयात्रा गर्ने
हामी त अदम्य तुफान झै“ मान्छे ।

रुक्दैनौ“ हामी बिचमा किञ्चित
उद्देश्यमा पक्कै पुग्नेछौ“ निश्चित
हातमा दुस्मनको मृत्यु बोकेर
छातीमा झनै साहस लिएर
हामी त लाल झण्डा उठाइरहने मान्छे
हो साथी
हामी त त्यस्तो अपूर्व मान्छे
हामी त दुनिया“को अनुकरणीय मान्छे
हामी त जनमुक्ति सेनाको मान्छे ।

२०६१ मङ्सिर
रामेछाप, गुम्देल



गन्तव्य
अविरल अविराम लिखु जन्माएर
उभिन त अडिग बनेर
उभिएकै छस् नुम्बुर,
अदम्य अथक तामाकोसी बगाएर
हा“स्न त रगत पचाएर
हा“सेकै छस् गौरी
तर सत्य हो
सकिनस् तै“ले तिनलाई बाटो देखाउन ।

महाभारतका चेपमा जेनतेन
बगेकै छस् कोसी
सैलुङका दिबारहरूमा ठोकिएर पनि
चुरेसम्म त लरखराउ“दै पुगेकै छस् लिखु
पिकेका काखमा पछारिएर पनि
तर थाहा छ त“लाई ?
समतल सतहमा
तेरो गन्तव्य नै बनेको छैन ।

म झुट होइन
लिखु र तामाकोसीको नाम नामेट गर्दै
महान् सप्तकोसी बनेर
जब चुरे छिचोल्दै निस्कन्छस् त“
त्यसपछि त“
रुन विवश छस् नुम्बुर
आफ्नै लिखुको यात्रा हेरी
दङ्ग पर्न बाध्य छस् गौरी
आफ्नै तामाकोसीको तमासा देखी ।

त“ पनि !
निस्कन त हा“स्दै निस्कन्छस् कमला
अ“ध्यारा आलोकहरूलाई निमोठे“ भन्दै
तर छिचोल्ना साथ चुरे पहाड
आफ्नो छाती नाप्न थाल्छस्
र बेचैन बन्दै नभेटेर आफ्नो उचाइ
फर्कने मुर्खता गर्दैछस् हिमालतिरै
तर असफलता बोकेर
बस्ती डुबाउ“दै डुलिरहेछस् त“ पनि ।

थाहा छैन त“लाई सायद
यात्रा कति लामो छ भनेर
त्यसैले त त“
केवल गङ्गा सागरलाई गन्तव्य मानी सुसाइरहेछस्
संसार सिञ्चित गर्ने लक्ष्य भुलेर
पदवीको होडबाजीमा
केवल बङ्गालको खाडीतिरै फसिरहेछस् ।

सुन् ! चुरेमुनिको कमला
अब त मलाई गौरव छैन त“स“ग
त“ त अराजक बनी
बस्ती बस्ती डुलिरहेछस्
घमन्ड नगर् !
बढेमान हु“दैमा सप्तकोसी त“ पनि
त“ झन् भारतीय बा“धबाट नियन्त्रित भइरहेछस्
र लक्ष्यहीन नहर हु“दै उल्टो यात्रा गरिरहेछस् ।

ए नुम्बुर !
अब त अति भएको छ खती पनि
जात्रा हेरेर बस्ने बेला छैन तेरो
छिट्टै तै“ले
कोसी ब्यारेज भत्काउने आदेश गरिनस् भने
छिट्टै तै“ले
कमलाको जलाशय रोकिनस् भने
सप्तकोसी र कमला गन्तव्य छाडेर
बस्ती बस्तीमा पुग्नेछन्
र झुप्राहरू डुबाइदिनेछन्
त्यसैले मेरो आस्थाको गौरीशङ्कर !
तै“ले तत्कालै तिनलाई
आफ्नो गन्तव्य देखाउनु पर्छ । 

२०६१ मङ्सिर
रामेछाप, क्यामा


यसपालि पनि आउ“दिन“ दिदी

थाहा छ दिदी †
तिमी यसपालि तिहारमा पनि
मखमली फुलको माला उनेर
सयपत्री फुलले झ्यालढोका सजाउ“दै
आ“गनीमा दीपावली गरेर
हाम्रै प्रतीक्षा गरिरहने छ्यौ
नसुक्ने तेलको घेराले घेरेर
हामीलाई जोगाउन भनी
ज्यामराजको हड्डी फुटाउने लोहोरो ठिक पार्दै
हाम्रै पर्खाइमा टोलाइरहने छ्यौ
तर
तितो सत्य उस्तै गरी दोहोरिने छ तिम्रो ।

प्रतीक्षाले थकित तिम्रा आ“खाहरू
यसपालि पनि
उस्तै गरी टट्याइरहने छन्
दीपावली निभेर भाइटीका सकिए पनि
औ“सीको अन्ध रात तिमीसामु
उस्तै गरी झुल्किरहरने छ
तिम्रो मनको बा“ध भत्किएर पनि
नयनबाट बलिन्द्र धारा वर्षात भइ नै रहने छ
गला अवरुद्ध भएर पनि
एक्लो रातमा सु“क्क सु“क्क आवाज निस्किरहने छ
किनभने
यसपालि तिहारमा पनि तिमीलाई भेट्न
हामी आउन सक्ने छैनौ“
तर दिदी
निष्ठुुर भनेर हामीलाई नभनिदेऊ
निर्मोही भनेर हेला नगरिदेऊ ।

हामी त यसपालि झन्
पोहोरभन्दा पनि भिन्नै
परार भन्दा त झन् धेरै फरक
नया“ जनयुद्ध लड्न खोजिरहेका छौ“
ज्यामराजका टाउकाहरू गि“ड्न
तिमीले नसुक्ने तेलले घेर्न खोजिरहिछौ
हामी त जनमुक्तिको लक्ष्य छुन
सुरुङ छेड्न खोजिरहेछौ“
उसलाई छेक्न तिमीले
जिमहाको हड्डी ढोकामा राखेकी छौ
हामीले सुरुङका प्वालहरूमा
एम्बुसहरू बिच्छ्याएका छौ“ं
त्यसैले दिदी दुःख नमान्नू तिमीले ।

बरु तिम्रो तिहार पनि फेरिनु पर्छ नि अब त
मखमली फुलको सट्टा
बम बनाउने सामान खोज्नु पर्छ
सयपत्रीको सजावटभित्र
एम्बुस राख्न सिक्नु पर्छ
तेलको घेरा छाडेर तिमीले
मझेरीबाट सुरुङ खन्नु पर्छ
जिमाहाको हड्डी फोर्ने लोहोरो अब
दुष्टको टाउकोमा ठोक्नु पर्छ ।

अब त दिदी
आ“खामा आ“सु होइन
दृश्यमा आलो रगत बगेको हुनु पर्छ
मनहरूमा भक्कानिने कोमलता होइन
दुस्मनप्रति घृणाले चुर बन्ने शक्ति हुनु पर्छ
मुटुहरूमा समवेदना होइन
भाइमाराप्रति आक्रोसले पोखिनु पर्छ
त्यसैले दिदी
पोहोर परार जे भयो भयो
तर यसपालिदेखि तिहार तिमीले
बारुद पिस्दै पिस्दै मनाउनू
वर्गदुस्मनका राजहरूमा
आगो सल्काउ“दै सल्काउ“दै
दीपावली मनाउनू
बम र बारुद पड्काएर बढाइ“ गर्नू
युद्धका कहानी गाउ“दै गाउ“दै
देउसी खेल्नू, भैलो खेल्नू
मेरो कामना छ
यसरी बितोस तिम्रो तिहार
तर आ“सु तिमीले कहिल्यै पनि नझार्नू ।

२०६१ कार्तिक
धनुषा, मझौरा


यो वर्ष लाल हुरीको वर्ष हुनेछ

हुन त गएका वर्ष
काला निशाका रजाइ“मा मात्र बितेनन्
राताराता दीपशिखाहरूले
अ“ध्यारोस“ग प्रतिरोधहरू गरिरहे
पार गरिएका महासागरहरू
भीषण आ“धीका सुहाग रात मात्रै थिएनन्
राता रगत सहित
लाल आ“धी बनेर उर्लिरहे
छिचोलिएका अग्ला पहाडहरू
काला पत्थरका मुर्ख स्तम्भ मात्रै थिएनन्
राता राता मान्छेका वीरताहरू चुलिएर
सगरमाथा झै“ उच्च रहिरहे
स्वतन्त्र पक्षीको सुन्दर संसारमा
सेता आतङ्कका काला छाया“हरू
नामेट बन्दै ओरालीहरू झर्दै गरे
सागर भेट्ने माछीका मार्गमा
निकृष्ट षड्यन्त्र र घृणित सञ्जालहरू
बेकम्मा बनेर थन्किन पुगे
र महान् योद्धाहरू
बन्दुक बोकेरै अगाडि बढे
रगतकै नदी भएर महासागरतिर लागे ।

नारायणहिटीले खसाल्ला र खाउ“ला भनेर
एकातिर चङ्ख जम्मु मन्त्रीहरू
दरबारको मुनिबाट मुख बाएर बसिरहे
सा“ढे झै“ बनेर 
नारायणहिटीले तिनको मुखमा लात्ती हान्यो
जम्मु मन्त्रीहरू फिस्स परेर हेरिरहे
र आतङ्कले थर्कमान बन्दै बसिरहे ।

जम्मु मन्त्रीहरूको मनमा भएको
सा“ढे आतङ्कलाई
उदीयमान सिंहहरूले
पत्याउ“दै नपत्याई भोजपुरबाट गर्जिदिए
र बल्ल थाहा पाए बिचरा स्यालहरूले
सा“ढे आतङ्क त
केवल कागजी बाघ रहेछ ।

त्यसैले आजभोलि
जम्मु मन्त्रीहरू
हुइया“ मच्चाउ“दै सडकहरूमा
खस्नेछ फेरि भन्ने अपेक्षा राख्दै
नारायणहिटी दिबार वरिपरि
निरन्तर चिच्याइरहेछन
अविछिन्न झुम्मिरहेछन्
यसरी नै गयो भनौ“ यो वर्ष पनि ।

तर नया“ वर्षको आउ“दो दिनमा
नारायणहिटी दिबार बाहिर
स्यालका क्रन्दन हुने छैनन्
नारायणहिटीको हत्यारो दिबार
राता मान्छेका घेराबन्दीमा हुनेछ
हुइया“मा हुने छैन सहर
गर्जनमा गर्जिने छ
ढुङ्गाको फितलो चोटमा हुने छैन
पहरेदारहरू बमको धमकाले थर्किने छन्
भाषणको भरमा सम्झौता गर्ने छैन आन्दोलन
गोलीको पर्रामा विजयी हुनेछ
बरु
स्याल र जम्मु मन्त्रीहरूले बाहिरी घेरामा
नारा र हुइया“ मच्चाउन सक्नेछन्
बाघ र हात्तीहरूले आक्रमण गर्नेछन्
नारायणहिटीका दुष्ट दिबार
भत्कन थाल्नेछन्
अनि
दादागिरी देखाउने गघारूपी सा“ढेहरू
एकाएक सखाप बन्नेछन्
र जनगणतन्त्र नेपालको घोषणामा
यो वर्ष
हरपल रातो पवनमा मुस्कुराउने छ
यो वर्ष लाल हुरीको वर्ष हुनेछ ।

२०६१ वैशाख
रामेछाप, गुम्देल


 पूर्वकी मातृभूमि

अब आइन्दा इतिहासको कालो पर्दाभित्र
उल्का बनेर खसेको मैले देख्न नपरोस्,
अब उप्रान्त तिम्रो बलिदानको धरातलमा
लाछी बिल्ला लागेको सुन्न नपरोस्
यसभन्दा पछि फुल फुल्न नपाएर कोपिलाहरू
गर्भभित्रै तुहिएको कथा मैले पढ्न नपरोस्
आउ“दा दिनहरूमा यहा“
एउटा सन्तानको गद्दारीले गर्दा
वीर सन्तानका रगताम्मे छातीहरू
बेकम्मा सावित भई
कायरताको झुठो कहानी कसैले बनाउन नपाओस् 
सूर्यास्तको दिशाबाट
पुर्बी क्षितिजलाई सूर्योदयको पाठ पढाउन नपरोस्
र सुन्दर बगै“चाभित्र एकाध विषपुष्प हेर्दै तिनले
सिङ्गै मातृभूमिको अस्तित्व
नामेट गर्ने कोसिस नगरोस्
 पूर्वकी मेरी आमा
हरदिन यही कामना गर्छिन् ।

म भन्छु कहिलेकाही“ यिनलाई
आमा !
तिमी दोषी पनि छौ र त भन्छन्  
तिमीले अ“ध्यारो आलोक रूपी कुपुत्र जन्माएकी थियौ
आमा !
तिमी अभागी छौ र त भन्छन्
तिमीले सल्लेरी र रुम्झाटारहरू हुर्काएकी छौ
र तिमीले
भिमान र चैनपुरहरू गुमाएर
हामीलाई टुहुरा बनाएकी छौ ।
तर पनि
हामी तिमीलाई भुल्न सक्दैनौ“
किनकि
खुकु छिन्ताङ र पिस्कर जन्माउने
महान् आमा पनि तिमी नै हौ
र मेची कोसीको झापा हुर्काउने
धाई आमा पनि तिमी नै हौ ।

उनी पुकारिरहन्छिन्
मेरा प्रिय पुत्रहरू †
अब आइन्दा तिमी
इतिहासका टाटे छाया“हरू नामेट पार्ने
चम्किलो चा“दनी बनी झुल्किदिनू
बादलका लहरहरू पन्छाउन
हुरी बनी उपस्थित भइदिनू
बिहानी हुस्सुको अन्धकार चिर्न
चट्याङ बनी गर्जिदिनू
र न्यानो रवि बनी उदाइरहनू ।

अब उप्रान्त 
कसैले पनि अ“ध्यारो भूगोलको
प्रिय बन्धु भन्न नपाओस् तिमीलाई
कसैले पनि असफल लडाइ“को
हारेको सिपाही भन्न नपाओस् तिमीलाई
कसैले पनि सुकेको रुखको
ओइलिएको फुल नभनोस् तिमीलाई
प्रिय पुत्रहरू !
तिमी त तिफदीका प्रिय बन्धु बन्नु पर्छ
ननिभ्ने अठोटमा
चम्किलो ताराका अनुयायी बन्नु पर्छ
नओइलिने विश्वासमा
रसकमलका फुल झै“ भरभराउनु पर्छ
पछि नहट्ने प्रतिबद्धतामा
विप्लवका बाटोबाट बेगिनु पर्छ
कहिल्यै नमर्ने अमरत्वमा
सृजना र कविता बनी फुर्नु पर्छ
र वीरताको प्रदर्शनमा
कपिलहरूका सहयात्री बनी
छातीमा हरपल डाइनामाइट बोक्नु पर्छ
यही चाहिन्छन् मेरी आमा
यही भन्छिन् हाम्री आमा

यसरी नै भन्छिन् पूर्वकी वीरङ्गना  ।

२०६१ वैशाख
ओखलढुङ्गा, ओखरेनी


तिमीले चाहेको देश

म चाहन्छु
मेरो देशमा
जताततै वसन्त झुलेको होस्
पाखैभरि लाली गुरा“स फुलेको होस्
ओठभरि खुसी फक्रिएको होस्

आर्तहरूका चहराउने घाउभरि
शीतल मलमले भरिएको होस्
यदि तिमी पनि यस्तै चाहन्छौ भने
यो देश यस्तै नै हुनेछ ।

म भन्छु
अ“ध्यारा मान्छेहरूलाई भित्र पसाउने
देशका मुख्य ढोकापाल फेर्नु पर्छ
काला हृदयको पर्दाफास गरी
विश्वासघातको परम्परा तोड्नु पर्छ
दलालका दयामा
स्वाभिमानीका भविष्य लेखिने इतिहास फेर्नु पर्छ
र आकाशभरि पक्षीहरूले
आजाद उड्न पाउनु पर्छ
यदि तिमी पनि यस्तै भन्छौ भने
यो देश यस्तै नै हुनेछ ।

हरेक पटक जनभ¥याङ उक्लिएर
दलालका पाउ छुने कुसंस्कृति
मलाई मन पर्दैन
सडकभरि जनताका टाउको फुटाएर
परिवर्तनको सपना बा“ड्दै
सामन्तको जुठो हड्डी तानातान गरेको दृश्य
मलाई सुन्दर लाग्दैन
काला निशाचर खोज्न मसाल जुलुस हु“दै गर्दा
अ“ध्यारामा हतार हतार
सेता दौरा सुरुवाल पहिरिएको कुरा
कसैले झन् देख्नै सक्दैन

म त झन् मान्दै मान्दिन“
यदि तिमी पनि यस्तै चाहन्छौ भने
यो देशमा यस्तै हुनु पर्छ ।

मलाई लाग्छ
म एक्काइसौ“ शताब्दीको मान्छे हु“
त्यसैले
मलाई सामन्तको जुठो हड्डी होइन
पेटभरि चोखो खाना चाहिन्छ
म नेपाली मुटु भएको युवा हु“
त्यसकारण मलाई
साम्राज्यवादी गुलामी होइन
राष्ट्रिय स्वतन्त्रता प्यारो लाग्छ
म मेरो देशको भाग्य विधाता हु“
तसर्थ
देशको मुहार फेर्ने अधिकार
मैले स्वयंले पाउनु पर्छ
र यो देश
जनगणतन्त्रमय हुनुपर्छ
यदि तिमी पनि यही चाहन्छौ भने
यो देशमा जनगणतन्त्र नै आउनेछ ।


२०६१ वैशाख
खोटाङ, बतासे


मेरो प्यारो कमान्डर

त्यो काल रात्रि फेरि पनि
अनिष्ठ बनेर ब्यु“तने छ
रविहरू पूर्वतिरै अस्ताएर
एउटा भयानक धुम्म खडा हुनेछ
र चारैतिर सन्नाटा फि“जाएर
महाभूकम्पले फेरि प्रलय हुनेछ ।

होइन !
कदापि त्यसो होइन
मेरो प्यारो कमान्डर †
तिमीले खप्नु परे जस्तो अ“ध्यारो दृश्य
हाम्रो बिचमा फर्कन पाउने छैन ।
तिमीले देख्नु परे जस्तो बीभत्स अनेकोट
अब फेरि दोहोरिने छैन ।
तिमीले भोग्नु परे जस्तो
मेलुङ र चैनपुर
जरायोटार र रुम्झाटारहरू
शिर ठड्याएर नाच्न पाउने छैनन् ।
तिमीले देखेर चुनौती दिएका
प्रतिक्रान्तिका काला छाया“हरू
टाउको विहीन मुर्कुट्टा झै“
हा“स्न पाउने छैनन्
तिम्रो छाती चा“दमारी गर्ने
दुस्मनको कोही पनि नायकहरू
यो धर्तीमा अब
कुनै पनि हालतमा बा“च्न पाउने छैनन् ।

मेरो प्यारो कमान्डर †
मैले तिम्रो रगतलाई छोएर भनेको हु“
तिम्रो सपनालाई अङ्गालेर लेखेको हु“
हेर त
तिम्रो स्मृतिमा आज
पूर्वमा भोजपुर उदाएको छ
राता राता किरणहरूले यहा“
लाल क्षितिज मुस्काएको छ
विजय उत्सवको अभियानमा
सिङ्गै देश दगुरिरहेको छ ।
त्यसैले त यहा“
अ“ध्यारा दृश्यको सिङ्गो विरासत
चकनाचुर बनिरहेको छ ।

आजभोलि
जनसेना पनि चम्किला छन्
बलिदानको उच्च तयारीमा
लाल किल्ला रक्षार्थ पङ्क्तिबद्ध छन्
त्यसैले
मादल र सारङ्गीको कतै
बीभत्स हत्या हुन पाउने छैन ।

यतिबेला
यदुकुवा र पशुपतिनगर
गुन्जायमान गर्जिरहेछन्
पराजयलाई स्वीकार गर्दै जल्लादहरू
युद्धविराम खोजिरहेछन् ।
हो कमरेड !
पराजयका असीम दर्दहरू फेरि
दर्दनाक बनेर दोहोरिने छैनन् ।

म विश्वासका साथ भन्छु
तिमीले त्यो रात
ऐ“सेलुखर्कमा हारेका छैनौ
बरु तिमीले
आउने सयौ“ कमान्डरलाई
इतिहासको पहिलो पात्र बन्न सिकायौ
तिमीले आउने हजारौ“ योद्धाहरूलाई
कमान्डरको मोर्चा सम्हाल्न सिकायौ

पुर्बेली इतिहासमा अपूर्व कथा बनेर
तिम्रो बलिदानले सनसनी छाएको छ ।

मेरो प्यारो कमान्डर †
तिमीलाई थाहा छ
विगतमा हामी
कहिले सैलुङ दुखेको बेला
कहिले फिकलको छाती फुटेको बेला
कहिले सगरमाथा झुकेको बेला
कहिले सिलिङचोन सुसाएको बेला र
कहिले सुनकोसी स्तब्ध बनेको बेला
बिरानो मन र चिसो छाती बोकेर
श्रद्धामा झुकिरहेका हुन्थ्यौ“ ।

होइन !
यसपालि त्यसो होइन
हामी त
ट्याम्के र महालङ्गुर हा“सेको बेला
पिखुवा र अरुण खुसीले बेगिएको बेला
रगत बगाउने !
हो, तिमीले झै“ रगत बगाउने प्रतिबद्धता सहित
श्रद्धाञ्जलीमा झुकेका छौ“
छातीमा गोली थाप्ने साहस बोकेर
तिम्रो सपना पुरा गर्दै छौ“
मेरो प्यारो कमान्डर ।

२०६१ वैशाख
खोटाङ, छोरम्बो
ऐ“सेलुखर्क मोर्चामा सहादत प्राप्त बटालियन कमान्डर क. विप्लवको सम्झनामा)


गुलामहरूलाई घोक्रेठ्याक

देख्नु त आखिर थियो नै यो दिन
तर तिमीले
सत्ताको जुठो चाट्दैमा कदापि
फर्केर सडकमा हेर्दै हेरेनौ
हुनु त आखिर थियो नै एकदिन
तर तिमीले
बालुवाटारे खोरबाट कहिल्यै
मानव सभ्यता देख्दै देखेनौ
आउनु त यतै थियो नै एकदिन
तर तिमीले
नारायणहिटी नर्कमण्डलमा पसेर
कहिल्यै गरिबीको सफा दिल बुझ्दै बुझेनौ ।

बरु तिमीले
भोकाले खान मागेकै दोषमा उसलाई
गोलीका पर्राले पेट भरिदियौ
जनभावको उद्गार गरेकै दोषमा उसका
टाउकाहरूमा लाठी बजा¥यौ
रोगले उपचार खोज्यो भनेर उसको
चह¥याउने घाउमा खुर्सानी छ¥यौ
शिक्षाको उज्यालो माग्यो भनेर कलेजमा
अश्रु ग्या“सको वर्षा गरि नै रह्यौ
परिवर्तन खोज्दै हि“ड्यो भनेर उनीहरूको
लासकै पर्खालभित्र बा“चिरह्यौ
सामन्तको आडमा लात्ती बजारेर
आफ्नै भ¥याङ भा“चिदियौ
र त तिम्रा लागि अचम्मै भयो महाशय
निरङ्कुशताको गुलाम जागिरबाट
तिमीले पनि घोक्रेठ्याक खायौ ।

२०६१ वैशाख
खोटाङ, छोरम्बो
(देउवाले राजाबाट घोक्रेठ्याक खाएपछि)

   

जित्न त अझै बा“की नै छ    

दस वर्ष पछि           
लासका पहाड छिचोल्दै छिचोल्दै
एक हुल योद्धाहरू
देख्दामा सुन्दर
भव्य र आलिसान
तर पुरानो दिबारभित्र
आखिर पस्न त सफल नै भए ।
भन्छन् कोही
यो उनीहरूको विजय हो
यो उनीहरूको चुनौती हो
र यो उनीहरूको अवसर पनि हो
तर यो हामी भन्छौ“
यो एउटा यस्तो अथाहा बाटो हो
दस वर्षको जनयुद्धले खनेको सुरुङ हो ।

जताततै खुसी नै खुसी छ,
सबैतिर हा“सो नै हा“सो छ
कोही विलाशिताको पहिलो अनुभूतिले खुसी होलान्
कोही सुन्दरताले घेरिएको
कुरूप कन्टेनरमा डुब्ने भो भन्ने कल्पनाले हा“““स्दै छन्
कोही सुरुङभित्रै मर्ने छन् भन्दै
मनमनै ताली बजाउ“दै होलान्
कोही स्खलित भएको सपना देख्दै हा“““““सिरहेछन्
हामी भने
सुरुङबाट गरिबको राज्य
एकदिन अवश्य निस्कने छ भन्ने विश्वासले हा“सिरहेछौ“ ।

जीवन मरणको दस वसन्तपछि
रगतका खोलाहरूमा खेल्दै आएका
एक हुल माझीहरू
विशाल समुद्रमा प्रवेश गरेका छन्
अनेकौ“ जीवहरू
ठुला ठुला पिचासहरू
स्वागतको हात बढाइरहेछन्
र राक्षसी मुख मिठ्याइरहेछन्
समुद्रको भित्र भित्र
घिन लाग्दा फलहरू
र मिठा मिठा भोजनहरू
लटरम्म फलिरहेछन् ।

कोही भन्छन्
उनीहरू अजङ्गी पिचासको पन्जामा फसिसके
गोहीको मुखमा छिरिसके 
कोही भन्छन्
उनीहरू घिन लाग्दा फल खाएर
कुरूप बनेर निस्कने छन्
वा
गुलिया फल खाएर
त्यतैतिर भुल्ने छन्
तर यो विशाल समुद्रको परीक्षण हो
हजारौ“ बलिदानको ऊर्जा हो ।

जताततै शङ्का नै शङ्का छ
कोही उनीहरू बा“च्दैनन् कि भन्ने चिन्ताले शङ्का गर्छन्
कोही उनीहरू अमर बन्ने कष्ट पचाएर
पिचासहरूलाई जित्छन् कि भन्ने चिन्ताले शङ्का गर्छन्
कोही रगतलाई विस्मृतिमा छोडेर
अगाडि जान्छन् कि भन्ने चिन्ता गर्छन्
र कोही हिजैको पुनरावृत्ति हुन्छ कि भन्ने चिन्ता गर्छन् 
हामी भने
उनीहरू मिठा मिठा फल खाएर
त्यतैतिर नभुलून् भन्ने कामना गर्छौं
ताता राता आला रगत
स्मृतिमा खेलाइराखून् भन्छौ“ ।

हो,
कर्तव्य परायण सिपाहीले दुस्मनस“ग साइनो गा“स्नु हु“दैन
सफल योद्धाहरूले भुल्ने भुल नै गर्नु हु“दैन ।

एउटा मोर्चा केवल विजय हो
सम्पूर्ण विजयका लागि लड्न बा“की नै हुन्छ
सम्झौता गर्नु पराजय हो
र सम्झौता गर्नु कहिलेकाही“ विजय पनि हुन्छ
प्रिय योद्धाहरू !
तिमी केवल विजयका निम्ति सम्झौता गर्ने छौ
अन्तिम विजयका लागि सम्झौता होइन
अन्तिम विजयका लागि लड्न तयार रहनु पर्छ
तिमी यसै गर्ने छौ
हामी तिमीलाई पर्खिरहने छौ“
किनभने
यो त केवल मोर्चा हो
जित्न त अझै बा“की नै छ ।


अपहरणका चोटहरू
           
बिचरा †
लागु औषधको धन्दा गर्ने साधुहरू
राजनीतिको खोल ओडेका गुन्डाहरू
मानव सिकार गर्ने बगरेहरू
र बलात्कारीका डनहरू
जनताको कठघरामा पुगे भनेर
कति धेरै दुखेछन् हजुरका संवेदनाहरू
कति धेरै दुखेछन् मनहरू ।

सायद वरवर बरबराउ“दै हजुर †
टेलिभिजनमा चिच्चाएकाले होला
सिङ्गै देशले हजुरलाई दया गरेको छ
त्यसैले मलाई पनि दया गरू“ झै“ं लाग्यो
सिङ्गै समाजले हजुरलाई ‘उल्टो माया’ गर्दै रहेछ
मलाई पनि त हजुरको असाध्यै माया लाग्यो ।

ए हजुर †
जति बेला सडकमा बर्बर आतङ्क थियो गुन्डाराजको
आ“खा खोलेर हजुरका मन निदाएका थिए सायद
मलाई पनि ठिकै लाग्यो
आधुनिक कुम्भकर्ण यसै गरी निदाउ“छन् भनेर ।
सडक सडकमा तरबारले छिनिने पालो कसको हो
हामी कसैलाई थाहा थिएन
त्यस बेला हजुरका मानव अधिकार
जमिनदारको जमिन कुन गरिबले फिर्ता गर्नुपर्छ भनी
फाइलहरू पल्टाउ“दै थियो सायद
मलाई पनि ठिकै लाग्यो
आधुनिक मानव ठेकेदारको जिम्मा यस्तै हो भनेर ।
पसल र होटलका पसिनाहरू हप्तै पिच्छे गुन्डाका हात हु“दै
प्रशासनका खल्तीमा पुग्दा
हजुरको कानुनले आ“खा देखेन
मैले पनि ठिकै माने“
कानुनका धैरै वटा हात हुन सक्दैन भनेर
दिन दाहाडै अबोध बालक
आमाको काखबाट लुटिन्छ
र बोरामा हालेर फालिन्छ
यस्तो बेला हजुरको संवेदनालाई आक्रोसित हुनु परेन
मैले पनि ठिकै माने“
शालीन हजुरहरूको संवेदनाले आक्रोसित हुनु हु“दैन भनेर ।
तर अकस्मात आज ††
किन हो हजुर †
निर्दोष मान्छे मारिने हातहरू भा“चिदि“दा
हजुरको मन कटक्क भा“चिन पो पुगेछ
र भन्दै हुनुहुन्छ रे मानव अधिकार हनन भयो भनेर
सडकका पसिना लुट्ने लुटेराका ढाडमा डन्डा बर्सिंदा
हजुरका आ“खाबाट त तरक्क आ“सु पो झर्न पुगेछ
र भन्नुहुन्छ रे कानुन विपरीत भयो भनेर
माफ गर्नुस् ‘अनुपम’ ज्यू,
तपाईंलाई दिने उपमा नै भएन मस“ग ।

केही यक्ष प्रश्नहरू हजुरलाई छन्
देशले अपेक्षा गरेको छ जबाफको
र सोधिरहेछ
हजुरकै आ“खा अगाडि विवेकका चीत्कार
कति पटक गुन्जिरह्यो यातनामा ?
बोरामा फालिएको उसको लासको निलडाम
हजुरले हेर्नु भयो वा भएन ?
पुत्रशोकले छटपटिएकी आमाको चोटले हजुरलाई
चहरायो वा चहराएन ? 
सडककी चेलीहरू
हजुरकै अगाडि कति पटक बलात्कृत भए ?
र हजुरस“ग गुहार मागे हालान् अवश्य पनि
उनीहरूको क्रन्दन सुन्नुभयो वा भएन ?
हप्तै पिच्छे परिश्रमका धनहरू
गुन्डाको हातमा बुझाउनु पर्दा
श्रमिकको मन कति दुख्यो होला ?
अनुभूति गर्नु भयो वा भएन ?
यही जबाफको अपेक्षा छ हजुर †

बरु
सुझाव मान्नु हुन्छ भने हजुरले
यस्तो जबाफ दिए के होला ?
मुक्ति समरका यात्रामा गरिने सहयोगलाई
चन्दा आतङ्क भनेर कराइरह“दा
मलाई त फुर्सदै भएन नि !
समाजका कचेरा फालिदिने न्यायलाई
अपहरण र गैर कानुनी भनी चिच्याइरह“दा
मलाई त समाज बिगे्रको पत्तै भएन नि !
किन नभन्ने र यस्ता सुन्दर र शान्तिका कुरा ?
भन्नुस्
अझै चिच्याइरहनुस्
तर नबिर्सनुस् हजुर †
हजुरलाई अपहरणको चोटले दुखिरहोस्
र मन पोलिरहोस्
फरक पर्ने छैन
हजुरको परिभाषामा ‘मानव अधिकार’ हनन भइरहोस्
एकछिन आ“खा चिम्लिनुस् र हनन हुन दिनोस्
केही बिग्रने छैन
हाम्रो परिभाषामा हुने दानव अधिकार हो यो
अन्त्य गर्नै पर्छ
विश्वास गर्नुस्
हजुरलाई परेको ‘अपहरणको’ चोटको फैसला
इतिहासले गर्नेछ ।
    

नया“ प्रधानमन्त्रीको कामना

आकाशमा तारा रहिरहेसम्म
समुद्रमा पानी नसुकेसम्म
म हजुरको गीत गाइरहन्छु
महाराज †
हजुर मादल बजाइबक्सेला ।

आज पनि हजुरले
दरबार छोडिबक्सनु भएको छैन
म खुसी छु
मैले हजुरको मृत्युन्मुख संस्थालाई गोडिरहनेछु
हजुर पनि ढुक्क होइसिन्छ
यो हाम्रो अविछिन्न सम्बन्ध दीर्घ रहोस्
तर कसैले थाहा नपाओस्
महाराज †
पशुपतिनाथस“ग हजुुरको यही प्रार्थाना रहोस्
म हजुरको अमूर्त गीत गाइरहन पाऊ“
हजुर मादल बजाएर नाचिसेला ।

हजुर परापूर्व कालदेखिको महाराज
म त भर्खरको लोकतान्त्रिक महाराज
सरी है ज्यूनारायण
माथि पुगेर हेप्यो चाहि“ नभनिबक्सेला ।

कस्तो बिडम्बना !
जे पायो त्यही बोलिहाल्न पनि नमिल्ने
मनको कुरा खोलिहाल्न पनि नमिल्ने
हजुरको नाममा बोलेन भनेर
गुदी कुरा खोलेन भनेर
रिसाउन चाहि“ नरिसाइसेला
म मनमनै हजुरको गीत गाइरहनेछु
हजुर उनले थाहा नपाउने गरी नाचिरहिसेला ।

हो त नि महाराज,
हजुरको शत्रु मेरा पनि त शत्रु हुन्
भन्ने बित्तिकै तिनलाई सजिलै
इस !  हजुर
लैजाउ“ला पो खुब सरकारमा ।

ढुक्क भइस्योस् महाराज
मैले तिनलाई भनिदिएको छु
अब एक हप्ता पर्खनुस्
तिनले आफ्नालाई भन्छन् रे
कुनै ठुलो दुर्घटना भएन भने
अबको एक हप्ताभित्र.....।
तर यस्ता हप्ता बिताउ“दै गएको छु
नया“ कुरा चिताउ“दै गएको छु
बुझिबक्सनुभयो ?
म यसरी नै गाउ“छु हजुरको गीत
अन्यथा नमानिबक्से हुन्छ
म हजुरकै भान्से हु“
म हजुरकै मान्छे हु“
हजुरले चाहेसम्म लुकाएर भए पनि
यो हबल्दार हजुरलाई
मनग्गे खुवाउन तयार छ
म खुसी छु हजुरको सेवामा
हजुर यसमा सुखी रहिबक्स्यो भने 
यो मेरो सौभाग्य हो ।

जेष्ठमा संविधान सभा ∕े !
विश्वास गरिस्योस् महाराज,
मरिगए दिने छैन
मेरो ज्यान बुढो भए पनि
छिट्टै आर्यघाट पुगे पनि
सुशील सुजाता हजुरकै हुन्
ओलि र गोली हजुरकै हुन्
भरमग्दुर लागेकै छन्
हजुरकै लागि जागेका छन्
बरु सोचेर बोलिस्योस हजुर
फागुन सात होइन
माघ उन्नाइस नै हजुरलाई दिन पनि
सक्नुहुन्छ पशुपतिनाथले ।
म पशुपतिनाथ भएको भए
कोइराला घोषणा गर्न मिल्ने भए
म आजै वा भोलि नै
नया“  माघ १९ घोषणा गरेर
हजुरलाई स्वतन्त्रता दिने थिए“ ।


एउटा विद्रोह दिनुस्

माग्न त मैले माम मागेको हु“
मामकै लागि भनेर दाम मागेको हु“
तर मागेर कहा“ पाइन्थ्यो र माम ?
पुकारेर कहा“ पाइन्थ्यो र दाम ?
मैले जानिन“ सरकार !
यो मेरो दोस्रो गल्ती भयो
यो हाम्रो पुरानो चल्ती पनि भयो
त्यसैले मैले एक पटक काम मागेको हु“ ।

कामको बदला मैले दण्ड मागेको थिइन“
मेरो श्रम पोख्न खोज्दा
विभेद ल्याउन चाहेका होइन
तर हजुरको लोकतन्त्रमा
दण्डकै अर्काे नाम न्याय हु“दो रहेछ
आत्मनिर्भरताको अर्को अर्थ
विभेद ह“ुदो रहेछ
मैले थाहा पाइन“ सरकार !
होइन ! होइन !!
मैले थाहा पाई पाई बुझ पचाए“
पसिना बगाउन भनेर
मैले मेरै पाखुरी नचाए“ ।

पाखुरी नचाएर मैले
आतङ्क मच्चाउन चाहेको थिइन“
पसिना बगाएर मैले
हजुरको लोकतन्त्र भङ्ग गर्न खोजेको थिइन“
भोकै बस्नु तपाईंको लोकतन्त्रमा शान्ति हुन्छ भने
त्यो पनि सोचौ“ला
भोक भोकै छाप्रो कुर्नु नै
तपाईंको लोकतन्त्रका असली काम हो भने
त्यो पनि हेर्दै जाउ“ला
तर त्यो लामो लामो समय हुन सक्दैन ।

चुप लागेर बस्नुलाई हारेको ठान्नु
तपाईंको लोकतन्त्रको बुझाइ हो भने
सहनु नै निरीह भएको बुझाइ
तपाईंले किन्नु भएको लोकतन्त्रमा हुन्छ भने
ठिकै छ
तपाईंले मेरो भोकलाई
धम्कीले निराकरण गर्न खोज्ने हो भने
मेरो पसिनाको अवहेलना हुन्छ भने
मेरो रगतको मूल्य हराउ“दै जान्छ
र मेरो बलिदानलाई केवल आतङ्कमा जोड्नुहुन्छ भने
मलाई तपाईंको भिख
एउटा रोटी र एक दाम पैसा होइन
मलाई एउटा विद्रोह दिनुस्
र तपाईं
विद्रोह दबाउनका लागि तयार हुनुस् ।







छापामारको गीत

पहाडहरू धेरै पटक चोइटेको देखे“
तर, भाताभुङ्ग पहाड कहिल्यै देखिन“
उल्काहरू धेरैपटक झरेको देखे“
तर ताराहरू पृथ्वीमा कहिल्यै भेटिन“
यदि मेरो देशको पहाड सबै भत्किएछन् भने
ताराहरू पृथ्वीमा आइपुगेछन् भने
हुन सक्छ मेरो बन्दुकले पनि केही बेर थकाइ मार्ला पनि
नत्र मेरो बन्दुकले अविचल आस्था बोकिरहनेछ
लक्ष्य चुम्नलाई निरन्तर लडिरहनेछ ।

बादलहरू पटक पटक गर्जेको सुन“े
तर, बादलले संसार जलाएको देखिन“
चट्याङहरू पड्केको सुने“
तर आकाश धर्तीमा खसेको कदापि भेटिन“
यदि बादल पनि आगो बनेछ भने
आकाश धर्तीमै खसेछ भने   
ठिकै छ
म पनि बन्दुक बिसाइदिउ“ला पनि
नत्र मेरो बन्दुक लक्ष्यलाई पहरा दिइरहनेछ
स्वतन्त्रता प्राप्तिका निम्ति लडिरहनेछ ।

विशाल सुनामी लहरको आतङ्क सुने“
तर सुनामीले संसार डुबाएको सुनिन“
डर लाग्दो ज्वारभाटा पनि उर्लेको देखे“
तर चन्द्रमा छोएको कहिल्यै देखिन“
यसर्थ
सुनामीहरूले संसार डुबाउने हिम्मत राखेछ भने
ज्वारभाटाले चन्द्रमा खसालेछ भने
म पनि उसलाई धन्यवाद दिउ“ला
नत्र मेरो बन्दुक
शासकको छातीमा चा“दमारी गरिरहनेछ
गणतन्त्रका लागि लडिरहनेछ ।

सायद
कैयन लोकतान्त्रिक बादसाहहरू सोचिरहेछन्
मेरो बन्दुक थाकेको छ र
कतै चौतारी खोजिरहेछ
कैयन नेपाली खैरेहरू भनिरहेछन्
मेरो बन्दुकले समर्पण गर्न चाहेको छ र
उसलाई ठाउ“ बनाइ“दै छ
तर म भन्छु
मेरो बन्दुक
घृणा लाग्दो उपनिवेशमा बा“च्न चाह“दैन
लोकतान्त्रिक सामन्तस“ग सम्झौता गर्न सक्दैन
ऊ अनन्त अनन्त लडिरहनेछ
गणतन्त्रको बाटो हि“डिरहने छ ।

मेरो बन्दुकको महान् लक्ष्य छ
ऊ यो देशका बन्दुकहरूलाई
कलम जस्तै सुन्दर बनाउन चाहन्छ
सुन्दर सपना बुन्ने कलमहरूलाई
दृढ व्यवहारमा बदल्न चाहन्छ
ऊ मेरो देशको असीम साहसलाई
ज्ञानमा बदल्ने आकाङ्क्षा राख्छ
र ज्ञानले भरिपूर्ण चेतनामा
साहासहरू भरिदिने उद्देश्य राख्छ
यसर्थ महाशय
महाकाली र टनकपुर बेची खाएसरी
म सक्दिन“ आस्था बेचेर पेट भर्न र
चिर निन्द्रा भङ्ग गर्दै नेपाली वीरको
अस्तित्व पुनस्र्थापित गर्न सफल मेरो बन्दुक
म सक्दिन“ तिमीलाई थपक्क सुम्पिदिन ।

हो,
त्यही तिम्रो हात हो
जसले कालापानीमा विदेशीलाई स्वागत गर्दै रात्रि भोज मनायो
यसर्थ म सक्दिन“ ती कुरूप हातहरूमा हात मिलाउन
बरु तिमी हेर्दै गर
मेरो बन्दुकले महाकाली फिर्ता गरी छाड्नेछ
कालापानी आफ्नो बनाउन
बुद्धि लिएर जानेछ
प्रतीक्षा गर्दै गर
मेरो बन्दुक
स्वाभिमानी नेपाल जन्माउनका लागि
गरिबको राज ल्याउनका लागि
अथक अविराम लडिरहनेछ
विश्वाश गर या नगर
राष्ट्रघाती तिम्रो छाती फोरिरहनेछ
गणतन्त्र नआएसम्म लडिरहनेछ
मेरो बन्दुक
स्वतन्त्रताका निम्ति लडिरहनेछ ।



रातो सपनीमा तिमीलाई देखे“

गगन निलो रहेछ
गङ्गा अविरल बग्दै थियो
चा“दनी उज्यालो, रातो रहेछ
बादल एकाएक फाट्दै थियो
दाजु !
धेरै पछि
रातो सपनीमा
आज मैले तिमीलाई देखे“ ।

माथि माथि बादलमा तिमी
हा“सी हा“सी उड्दै रहेछौ
तल तल मैदानमा हामी
भीषण युद्ध लड्दै रेहेछौ“
बारुदको धुवा“ बादलमा नपुग्दै
का“धमाथि बन्दुक बिसाएकै भोलिपल्ट
श्रद्धय दाजु !
बिहानी प्रहरको
रातो सपनीमा
आज मैले तिमीलाई देखे“ ।

गदगद खुसीले मुस्कुराइरहेका तिमी
असाध्यै हर्षले विभोर म
उच्च रातो चट्टानमाथि तिमी
तिम्रो न्यानो अङ्गालोमा म
प्यारो दाजु !
मिरमिरे बिहानको
रातो सपनीमा
आज मैले तिमीलाई देखे“ ।

अनयास !
तिम्रो न्यानो अङ्गालोमा
धित मरुन्ज्याल बस्ने रहरै नपुगी

झसङ्ग ब्युझन पुगे“
एकाएक तिमीलाई सम्झन लागे“
तिमी मदेखि टाढा थियौ
संसारबाट बिदा भएछौ
आ“खा मेरा रसाएका रहेछन्
तिम्रो मूक स्तम्भ
मलाई अघि बढ्न प्रेरणा दि“दै थियो
म तिमीलाई फेरि भेट्ने सपना
खोज्दै रहेछु
सायद तिमी खुसी नै थियौ
मेरो आत्मीय दाजु !
यो पल
रातो सपनीमा
आज मैले तिमीलाई देखे“ ।

२०६२ भाद्र
मकवानपुर राक्सिराङ
(सहिद दाजु क.शम्भु पौडेलको स्मृतिमा)


जनमुक्ति योद्धाको कर्तव्य

अनुजगार ज्ञानको भण्डारमा
यथार्थको दीपावली गर्नु
माया र प्रेमको असीम बलिदानबाट
रातो इतिहास कोर्दै जानु
यही नै त
जनमुक्ति योद्धाको कर्तव्य हो ।

हामीले भर्खरै दियोमा तेल खन्याउ“दै छौ“
बत्ती कातेर भिजाउ“दै छौ“
दियोमा बत्ती नतेर्साउ“दै
सल्काउन सलाई नकोर्दै
तिमी कसरी भन्न सक्छौ ?
अब दियो बलिसक्यो
सगरमा लालिमा छाइसक्यो ।

बल्ल त भर्खर
सेता सर्पहरू मार्दै छँै“
हरिया सर्पहरू नियाल्दै छौ“
हरिया घा“सहरू नफाड्दै
विषालु सर्प ननिस्क“दै
तिमी कसरी विश्वास गर्न सक्छौ ?
अब दुनिया“ सुरक्षित बनिसक्यो
मान्छेका सुदिन फिरिसक्यो ।

सायद अझै
अन्जान बस्तीहरू निद्रामै होलान्
तिनलाई एक पटक पनि नझक्झकाएर
ब्यु“झने सारा आशै मारेर
तिमी कसरी भन्न सक्छौ ?
उनीहरू अटेर हुन
परिवर्तनका पर्खाल हुन ।

सत्य कुरा भन्ने हो भने
यस बेला
तिमीभित्रको तिमी चिन्ने बेला हो
आफूभित्रको बा“दर मार्ने बेला हो
तिमी सृजनशीलताको मुुसो नचिन्दै
सहनशील नामको चरो खोज्दै
कसरी भन्न सक्छौ ?
उनीहरू अपराधी हुन
समाजका विरोधी हुन ।

वर्तमान तिमीलाई प्रश्न गरिरहेछ
अन्जान त्यी बस्तीहरूमा
चेतनाको दीपावली भयो कि भएन ?
इतिहासकर्मीहरूलाई
विचारले लैस ग¥यौ कि गरेनौ ?
रगतको मसीले लेखेर
तिनको जीवन पढाएर
नया“ गोरेटो देखायौ कि देखाएनौ ?
आफूलाई सर्वोच्चताबाट निकालेर
गहिराइबाट सोच्दै
तिमी आफै“ले संसारलाई
बुझ्यौ कि बुझेनौ ?
नत्र कसरी आरोप लगाउन सक्छौ ?
उनीहरू मुर्ख हुन्
त्यसको औषधी केवल दण्ड हो ।

हो,
फेरि पनि तिमीले सम्झनु पर्छ
अनुजगार ज्ञानको भण्डारमा
यथार्थताको दीपावली गर्नु
माया प्रेमको असीम बलिदानबाट
रातो इतिहास कोर्दै जानु
यही नै हो
जनमुक्ति योद्धाको कर्तव्य ।

२०६२ भाद्र
मकवानपुर तर्सीकोट


गाई खाने डराएको होइन

महाराज !
आकाशमा बादल मडारिरहेछ
चन्द्र सूर्यको ध्वजा पनि
धुजा धुजा बन्न खोजिरहेछ
चन्द्रमा ग्रहणले पोतिए जस्तो
सूर्यलाई बादलले ढाकिदिए जस्तो
आज किन हो
हाम्रो सपनाको राजधानी
हुरीको पूर्वाभासले आतङ्कित देखिन्छ
चट्याङहरू पड्कने पूर्वसङ्केतले
अधीर मुटुहरू ढुकढुकाइरहेछन्
महाभूकम्पको अपूर्व भयले
मौनताको कोहोलो मच्चिरहेछ
महाराज !
विश्वास गरिबक्स्योस् !
तर म चाहि“...
गाई खाने डराएको होइन ।
तैपनि
चार किल्लामा पहरेदार थप्नु पर्ने पो हो कि ?
तुफान यतैतिर आउ“दै छ भन्छन् हजुर !
कतै दरबारको ढोका फेर्नु पर्ने पो हो कि ?

हुन त महाराज !
बादललाई बन्दुकले कहा“ पो छेक्छ र
हुरीलाई गोलीले कहा“ पो रोक्ला र
तर.....! तर उनीहरू त
राता राता तुफानी वेगमा
सङ्गिनको चुच्चाबाट छिर्छु भन्छन् रे
नफेरिने हाम्रो वसन्त ऋतुलाई
ग्रीष्मकालीन आ“धीले बढार्छौं भन्छन् रे
कस्तो मन्त्र हो यो ?
कस्तो तन्त्र हो यो ?
जताततै लोकतन्त्र भन्छन् रे
महाराज !
विश्वास गरिबक्स्योस् !
मैले खुट्टा कमाएको चाहि“ हजुरको मासु खाने होइन
तर पनि
किन हो मन असाध्यै चिसो ह“ुदै छ
मुटु त मेरो आजसम्म कामेको थिएन
यद्यपि हुरीको झोक्काले हल्लाए झै“ लाग्छ
भनिबक्स्योस् महाराज !
अब म के गरू“  ?

हाम्रो सहरका लाखौ“ मान्छेहरू
कमब्याट पोसाकमा हिडे झै“ लाग्छ
सबैका निधारमा रातो तारा चम्के झै“ लाग्छ
खै किन हो कुन्नि ?....
घण्टाघर र धरहराहरू पनि
तोप बनेर उभिए झै“ लाग्छ
सडकका रेलिङहरूमा
बन्दुकहरू लुकाइए झै“ लाग्छ ।

किन किन महाराज !
भोटाहिटी र रत्नपार्कबाटै
हाम्रो काल निस्के निस्के जस्तो देख्छु
कलम र क्यामेरालाई पनि
बम र बारुद जस्तो देख्छु
फुटपाथका व्यापारीलाई पनि
बारुद र जिलेटिनको व्यापारी झै“ देख्छु
प्रत्येक मान्छेका बोलीहरूमा
गोली पड्किएको अनुभूति गर्छु
तालीका प्रत्येक आवाजहरूमा
आफूलाई घाइते भएको ठान्छु
तैपनि महाराज !
विश्वास गरिबक्स्योस् !
पशुपतिनाथले भष्म गरून्
म डराएको चाहि“ फिटिक्कै होइन
तर सा“च्चै महाराज !
हाम्रो बन्दुकले तिनलाई छेक्न सक्छ र ?

म दङ्गदास छु महाराज !
नदीहरू एकाएक बढेर आ“धी झै“
तर दुरुस्त रगत बनेर बगेको छ
हजारौ“ चिहानहरूमा
बनमारा घारी फा“डिएछ हजुर
सन्ुदर सुगन्धित फुल फुलेको छ
महाराज !
रगतको महासागर अब
नजिक नजिक आइसक्यो 
चिहानघारी ब्यु“झिएर
लाखौ“ योद्धा बनिसक्यो
सोचिबक्स्योस् महाराज !
हाम्रो सपनाको राजधानीमा
महाभूकम्प छिर्दै छ रे
दसौ“ हजार लास ब्यु“झिएर
अब हामीलाई गाड्ने भन्छन् रे
असाध्यै ठुलो हुरीस“गै हामीलाई
उडाइ फाल्ने भन्छन् रे
महाराज !
म चाहि“ गाई खाने डराएको होइन
तर सोचिबक्स्योस्
अब के गर्ने ?

२०६२ मङ्सिर
काभ्रेपलाञ्चोक, गोकुले



सेरेमोनियल मोनार्की

तराईको समथर भूभाग पनि
आ“ आ“ मुख बाउ“दै मलाई
खान्छु ! खान्छु !! भन्दै
अघि अघि बढिरहेछ
पहाड हिमालका आ“धीमय बस्तीहरू पनि
पख् ! पख् !! भन्दै मलाई
खु“डा र खुकुरी बोकेर तयार देखिन्छ
यो लोकतन्त्रको खुसी हो कि
सेरेमोनियलको भूत हो ?
मेरै इतिहासको विरासत हो कि
वर्तमानको मेरै छलछाम हो ?
म कुहिराको काग झै“
एकै ठाउ“मा
भागिरहेछु भागिरहेछु ।

सेरेमोनियलको भूत जागेर हरेक सपनीमा
मस“गै सुत्न आउ“छ
लोकतन्त्रले देख्ला कि भन्दै
मेरै खोकिलामा लुक्न आउ“छ
मैले
दशकौ“ दशकदेखि यसलाई देखेको छु
र यसका
कयौ“ लातहरू पचाएको छु ।
मेरो आ“खामा
यो कहा“ सानो छ र ?
त्यसैले त मलाई डर लाग्छ
सायद मेरो सानो खोकिलामा यो छुप्दैन होला भनेर
मैले भनेकै जसरी लुक्दैन होला भनेर
हे सेरेमोनियल प्रभु !
म केवल तिनका कारणले जागेको हु“
मलाई बचाउनुस्
अहिले त म केवल भाग्न मात्र खोजेको हु“ ।

लोकतन्त्रको ज्यु“दो मानव जागेर
हरेक दिन मस“ग जङ्गि“दै भन्छ
सेरेमोनियल कतै लुकाइस् कि भन्दै
वरिपरि फनफनी घुम्छ ।

हुन त
भर्खर जन्मेको हो लोकतन्त्र
तर वर्ष दिनमै यो
विशाल बनेको छ
जताततै यसको आ“खा छरिएको छ
र लाखौ“ हात फि“जारिएको छ ।

यो लोकतन्त्र
कहा“ सानो छ र वर्ष दिने बालक जस्तो
हे परमेश्वर !
यो विशाल लोकतन्त्रबाट जोगाएर
मेरो प्रिय सेरेमोनियलको भूतलाई
म कता लैजानु ?
हे भूपतिनाथ !
अन्तमा
अब त मेरो सहारा पनि केवल
तिमी मात्रै रहेका छौ 
तिमी मेरो रक्षा गर
म तिम्रो भूतलाई फेरि जगाउने
हरपल कोसिस गरिरहनेछु ।

किनभने म
बालुवाटारमा बसेको पितृ हु“
र तिमी
आत्मा आर्यघाटमा पुगेर पनि
शरीर दरबारमा थन्किएका पितृ हौ
यो पितृहरूको महान् एकता
कदापि नटुटोस् भन्ने
मेरो पनि दीर्घ चाहना छ
तिम्रो साथ रहे
लोकतन्त्रको मसिहा अर्थात् संविधान सभा
यसलाई पनि पछि पछि सारेर
एकदिन म संविधान सभालाई
स“गै लिएर आर्यघाट आउनेछु
त्यो दिन
सेरेमोनियलको भूतबङ्गलामा फेरि
खुसीको लहर छाउने छ पक्कै
किनभने
त्यो दिन संविधान सभा जलेको हुनेछ
तिमी आर्यघाट पुगेर के भो
सेरेमोनियलको भूत जुरुक्क उठ्ने छ
हे प्रचण्डपति !
त्यही दिन तिमीले मलाई मुक्ति दिनु
अर्थात् बालुवाटार होइन स्वर्ग जाने वरदान दिए पुग्छ
स्वर्गमा पुगेर पनि म भनिरहने छु
‘म जे भन्छु त्यो गरेर छाडने छु’
सेरेमोनियल मोनार्की
सेरेमोनियल मोनार्की ।

२०६३ चैत्र

बुथ अर्कैले क्याप्चर ग¥यो

यो पटक
अप्रत्यासित भयो
अचम्मै भयो
कसरी भयो ?
हुनै नहुने कुरा भयो
किन भयो ?
चुनाब त यसपालि अर्कैतिर गयो
मलाई लाग्छ
पक्का पनि बुथ क्याप्चर भयो ।

यस्तो त मैले सोचेकै थिइन“
हाम्रो पार्टीले सोच्ने झन् कुरै होइन 
यो हुन सक्ने कुरा पनि थिएन
किन हुन सक्छ  ?
कसरी हुन सक्छ ?
उप्m ! यो त हु“दै नहुने कुरा भयो
चुनाब त अर्कैले पो लग्यो
प्रधानमन्त्रीज्यू !
पक्कै बुथ क्याप्चर भयो ।

मैले पनि नजितेको चुनाब
कसरी निष्पक्ष हुन सक्छ यो देशमा
मालिकहरू हारेको लडाइ“मा
कसरी देश विजय भएको भन्न सकिन्छ यहा“ ?
हो,
पक्कै त्यहा“ धा“दली भयो
हाम्रा विरुद्धमा गडबडी भयो 
जनतालाई तर्साइयो पनि होला
नत्र परिणाम किन अन्तै गयो ?
प्रधानमन्त्रीज्यू !
यसपालि गाउ“मा बुथ कब्जा भयो ।

सुन्नुस हजुर !
यसपालि मैले बन्दुक देखाउनै पाइन“
अनि कसरी धा“दली हु“दैन त्यहा“ ?
यसपालि हामीले पैसा बा“ढ्नै पाएनौ कतै पनि
अनि कसरी निष्पक्ष हुन्छ त्यहा“ ?
यदि मैले दुई चार ठाउ“मा मात्रै
एक दुइटा बन्दुक देखाउन पा’को भए
कतै कतै स्वतन्त्रता पूर्वक भोट किन्न पाएको भए
पक्का हो
मेरो जित अवश्य हुनेथियो
हाम्रो स्वतन्त्रताको रक्षा हुन्थ्यो
तर, सबै कुरा उल्टो भयो
प्रधानमन्त्रीज्यू !
यसपालि बुथ कब्जा भयो ।

हामीलाई निर्वाध गाउ“मा रक्सी बा“ढ्न नदिएपछि
हाम्रा चुल्ठे र मुन्दे्रहरूले
निर्वाध गाउ“मा घुम्न नपाएपछि
खुरु खुरु जनता एक्लैले
बिना हिच्किचाहट भोट हालेपछि
कसरी हुन्छ हाम्रो जित ?
कसरी हुन्छ हाम्रँे जितको सुनिश्चितता ?
त्यसकारण प्रधानमन्त्रीज्यू !
यसपालि पक्कै धा“दली भयो
चुनाबमा बुथ अर्कैले क्याप्चर ग¥यो ।
हाम्रो अब बेहाल भयो ।

२०६५ वैशाख
चितवन शक्तिखोर



मेरो लगौ“टी फिर्ता देऊ
   
मैले चौपट्टै पचाए“ मेरा लाजहरू
खपेरै बिताए“ ८० वर्षसम्म सरमहरू
छोराले देख्यो देखाइदिए“
नातिले देख्यो देखाइदिए“
अब भो !
म मेरा पनातिलाई देखाउन नसक्ने भएपछि
यसपालि चै“ मैले
तिमीतिरै फर्काएर देखाइदिए“
त्यसैले बाजे
अब चाहि“ मेरो लगौ“टी फिर्ता देऊ ।

असी वर्षअघि
चन्द्रसमसेर छ“दै
कसैले चु“ बोल्न नसक्ने बेलामा
तिम्रो बाबाले मेरो लगौ“टी माग्दा
‘किन बाजे ? म त नाङ्गै हुने भए“ नि’ भनेको थिए“
तिम्रो बाबाले भने
‘ढाकरे भाइ ! तिमी एकछिन नाङ्गो बसेर के भो ?
तिम्रो लगौ“टी देखाएर म
सारा ढाकरेहरूलाई
हली र गोठालाहरूलाई
आम गरिब नेपालीहरूलाई
लगौ“टीको ठाउ“मा पुरै सुरुवाल
र भोटोको ठाउ“मा ढाकाको तातो दौरा मिलाइदिनेछु
तिमी नाङ्गै पर्ख !’

मुन्टो निउराएर मैले हुन्छ भने“
र पर्खिरहे“
असी वर्ष पर्खें
र देखे“
सिङ्गै कोइरालाले हजारौ“ पटक नाना फे¥यो
छाकै पिच्छे दाना फे¥यो
सुनै सुनका छाना फे¥यो
तर फेर्नै नहुने कु्रा
आफ्नो बाउको नाकै फे¥यो ।
तैपनि मैले पर्खनसम्म पर्खें
केही सिप लागेन र बाजे !
यसपालि चै“ मैले तिमीलाई नै देखाइदिए“
तर भो अब
म बुढेसकालमा अरू देखाउन सक्तिन“
त्यसैले मेरो लगौ“टी फिर्ता देऊ ।

तिम्रा बाबाले मलाई भनेका थिए
‘तिमी नाङ्गै बस ढाकरे केहीबेर
म तिम्रो ढाकरे भाइहरूको जीवन बदलिदिन्छु
हरेक छाकमा मिठो तरकारी
र सफा पिठोको ढि“डो मिलाइदिन्छु
तिम्रो ढाडले बोक्ने भारी
गाडीले बोक्लान्
तिम्रा आबाजहरूको सम्मान होला
र तिमीले चाहेको देश
र भने जस्तो साधा जीवन
तिमीले पाउने छौ ।’

मैले पनि होला ठाने“
र कुरिरहे“ हरेक छाक गि“ठा खाएर
रुखका बोक्रा लाएर
हरेक वर्षको जाडो धपाउन
जिउभरि खरानी घसेर
केवल आगोको नजिकै सेकिइरहे“
मेरो पिठ्यु“को भारी बिसिन्छ कि भन्ने आशामा
झन् ठुलो भारी बोकिरहे“
भुटुन हालेको मिठो तरकारी
र सफा पिठोको ढि“डो सम्भ“mदै
असी वर्ष बिताए“
तर तिमीले लाउडा खायौ
हाउडा खायौ
तिर्खाएर टनकपुर खायौ
भोकाएर महेसपुर, सुस्ता खायौ
तर म भोकै तिमीलाई हेरिरहे“
नाङ्गै तिम्रो बाउको बाचालाई कुरिरहे“
केही सिपै नलागेर हो बाजे !
यसपालि जानाजानी
मैले त तिमीलाई नै देखाएकै हु“
तर अब भो !
म धेरै जनालाई देखाउन सक्दिन“
त्यसैले मेरो लगौ“टी फिर्ता देऊ ।

२०६५ वैशाख
चितवन शक्तिखोर

‘मेरो मनको कथा’

हिजो आज
ऐनामा हेर्ने गर्छु अनुहार कपाल मुसार्दै 
मलाई खुब राम्रो लाग्छ मेरो आप्mनै अनुहार
यस्तो लाग्छ

उमेर नढलिसकेको नौजवान
गाला नचाउरिएको युवा
न त बोल्नलाई कमजोर
न त लेख्नलाई
अनि मेरो मनमा हठात प्रश्न जन्मन्छ
ओइ कमरेड !
त“ किन पछि पर्छस् बाबै ?

‘हो त नि’ 
मेरो मनले मलाई नै भन्छ
मैले नजानेको के छ र यहा“ ?
मैले नगरेको ठाउ“ नै कहा“ छ र यहा“ ?
न लड्नलाई पछि परे“
न त मर्नलाई पछि परे“
त्यस्तै परे
आकाश खासाल्छु जस्तो लाग्छ
धर्तीमा ज्वालामुखी फुटाइदिन्छु जस्तो लाग्छ
सागर सुकाएर दुनिया“
आच्छु आच्छु पार्छु जस्तो लाग्छ
नदीको गति बदलेर
उभै“तिर बगाउ“छु जस्तो लाग्छ
अनि ?
अनि त मेरो मनले मलाई सोध्नु पनि त के दोष ?
र त मलाई सोधिरहन्छ 
ओइ कमरेड !  त“ किन पछि पर्छस् बाबै ?

त्यही त नि हो गा“ठे !
मैले गरेको पनि क्रान्तिको कुरा त हो नि
र त म बारम्बार प्रश्न गर्दै छु
‘बन्दुक नपड्केको क्रन्ति पनि कही“ क्रान्ति हुन्छ ?
मोटर चडेर सहरमा
कोठा लिएर महलमा
धत् !
यस्तो पनि क्रन्ति हुन्छ ?
मेरो मनको विचारमा
‘माक्र्सले के भने त्यो गर्ने हो
लेनिनले जे गरे
माओले जे गरे
त्यसैलाई जोड्ने हो र ठोक्ने हो
ठोक्ने बिनाको क्रन्ति
दिनमा दुई चार जना सहिद नभएको क्रान्ति
टाएरको चप्पल नलाएको क्रान्ति
नेताले दाह्री नपालेको क्रान्ति
कार्यकर्ताको गाला नचाउरिएको क्रान्ति
यस्तो त क्रान्ति नै होइन
यथास्थितिवाद हो

यो नै मेरो नया“ विचार हो ।

नया“ विचारस“ग नया“ नेतृत्व पनि भए
त्यो झन् काइदाको कुरा हो
लहलहाउ“दो उमेरमै क्रान्ति नायक हुनु
झन् ठुलो काइदाको कुरा हो
त्यसैले त
मेरो मनले मलाई बारम्बार सोध्छ 
ओइ कमरेड ! त“ किन पछि पर्छस् बाबै ?

हो,
हिजोआज ऐनामा देखि“दा म
टेलिभिजनको पर्दामा बोलिरह“दा म
आफूलाई
कहिले लेनिन जस्तो देख्छु र दङ्ग पर्छु
कहिले माओ जस्तो देख्छु र मख्ख पर्छु 
मेरो मस्तिकको गहिराइ नाप्दै जा“दा
बाबा ! कुरै नगरौ“ं !!
मलाई यस्तो लाग्छ
यस्तो त दुनिया“मा पहिलो हो
सत्य कुरा गरेको हु“
अरू दुई चार जनाले पनि भन्ने गर्छन्
दिमाग होस् त तिम्रो जस्तो
आजभोलि त म पनि भन्ने गर्छु
दिमाग होस् त मेरो जस्तो
अनि ?
अनि तपाईं नै भन्नुस् कमरेड
मेरो मनले मलाई सोध्छ कि सोध्दैन
ओइ कमरेड ! त“ किन पछि पर्छस् बाबै ?

२०६५साउन
चितवन, शक्तिखोर



राजास“ग अन्तिम इच्छा
           
आजकै मितिदेखि
संविधानतः तिमी नागरिक भएका छौ
भयौ कि भएनौ ?
त्यो तिमी आफै“ केवल आफ्ना लागि जबाफ देऊ
तर अन्तमा तिमीस“ग
मेरो एउटा इच्छा छ ।

तिमी
तमसुकमा सही गरेर घरबार गुमाउने
आम नगरिकले जस्तै
दरबारको अगाडि आएर
दरबार छाड्नु पर्दाको पीडा मनभरि बोकी
आ“सु खसाल्दै
दुनिया“ले देख्ने गरी धुरुधुरु रोइरहेको हेर्ने
मलाई साह्रै ठुलो इच्छा छ ।

तिमी नेपाली मन भएको 
आम नागरिक जस्तो स्वच्छ
न्यायिक र समानतावादी छौ कि छैनौ ?
त्यो तिमी आफ्नै डायरीमा लेख्दै गर
तर अन्तमा मलाई
तिमीस“ग एउटा इच्छा छ ।

आम नागरिकले डेरा सरे जस्तै
तिम्रा पलङ र दराजहरू
डसना र सिरकहरू
ठुला ठुला तन्नामा पोको पारेर
राजदरबार अगाडि
ट्रकमा लोड गरिरहेको
तिमीलाई हेर्ने मलाई
साह्रै ठुलो धोको छ ।

तिमी आम नागरिक जस्तै
संयम, शालीन र धीर छौ कि छैनौ ?
त्यसको उत्तर
आफ्नै आसेपासेलाई सोध
तर अन्तमा मलाई
तिमीस“ग एउटा अर्को इच्छा छ ।

तिमी कोठा सर्ने बेलामा
सानो मोटरमा होइन
ट्रकको हुटमा पारसलाई राखेर
अगाडि ड्राइभरको छेउमा
हिमानी र कोमललाई छोडेर
ट्रकको पछाडिपट्टि तिमी
खस्दै गरेको पोका पन्तराहरू
दुई हातले अ“ठ्याउ“दै
गुडिरहेको ट्रकको पछाडि ढालानिर व्यस्त तिमी
ज्ञान बहादुर !
यस्तै रूपमा तिमीलाई हेर्ने मेरो
साह्रै ठुलो इच्छा छ ।

अ“ अझ एउटा कुरा बिर्सेछु
तिमी आम नागरिक जस्तै
अर्काको सहयोग लिन जान्ने खालको 
छौ या छैनौ ?
यसको उत्तर तिमी आफै“लाई सोध
तर मलाई
अर्को कुरा पनि हेर्न मन लागेको छ ।

ट्रक लगातार गुडिरह“दा
तिम्रँे सामानको ठुलो पोको
ट्रकबाट तल खसोस्
तिमी तल झरेर व्यस्त दरबार मार्गमा
पोको गाडीमा हाल्न नसकेको बेला
तिमीले कसैलाई भन्नु परोस्
‘ए भाइ ! मलाई एकछिन सहयोग गरिदिनु हुन्छ कि ?’
अनि तिमी दगुर्दै गएर
ट्रकमा झुन्ड“दै गरेको दृष्य हेर्ने मलाई
धेरै ठुलो इच्छा छ ।

ज्ञान बहादुर !
मलाई विश्वास छ
तिमी पनि आशा राख
अब तिमीलाई
ज्ञान बहादु्र भन्नेछन् जताततै
तिमीले अबको पन्ध्र दिनमा
यस्तै काम ग¥यौ भने
तिमी नगरिक हुन लायक हुनेछौ
के थाहा नत्र !
चोर, ज्यानमारा र डा“काहरू बस्ने सेन्टर जेलको
कालो कोठामा बसेको दिन
तिमी कल्पना गर्न सक्छौ ?
सपना यस्तो पनि देख्नु पर्छ
इतिहास अब जनताको पनि लेखिनु पर्छ
त्यसैले बाई बाई छ ज्ञान बहादुर तिमीलाई ।

२०६५जेठ
चितवन, शक्तिखोर


मनको कोठा बढाउ“दै छु

मनको यो गोदाम घरमा
अटेका छन् धेरै कुरा
अर्थात्
संसार बदल्ने कुरा
संस्कार बदल्ने कुरा
पुराना ध्वंस गरेर
नया“ निर्माण गर्ने कुरा
इतिहास लेखेर
भविष्य बदल्ने कुरा
कुरै कुराको यो मनमा
मलाई निकै जरुरी परेको छ
म आफै“लाई बदल्ने कामको कुरा ।

यो मनमा महान् उद्देश्य अटायो
साहास र वीरता अटायो
त्याग र बलिदान अटायो
अब मलाई जरुरी परेको छ
त्यागी मेरो सहिदको गाथा
बलिदानी मेरो पे्रयसीको सपना ।

यो मनमा मेरो
करोडौ“को परिवारलाई एक हो भन्ने आदर्श अटायो
झुप्राहरूमा वास माग्दा
सानो परिवार अट्ने पराले गुन्द्रीमा
दर्जनौ“ हामी अटायौ“
एउटा सानो ताप्केको ढि“डोमा
हामी कयौ“ सबै अगायौ“
पेट नअगाए के भो
हाम्रो मन अगायो त भैगो
तर आज
मेरो मन मोटाएको छ
त्यसैले त
मलाई ठुलै घर चाहिने भएको छ
कोठा अलिक फराक चाहिने भएको छ
गाडी चिल्लो र मस्त पुग्ने पैसा पनि
किनकि यो
समयको माग हो रे
अत्यन्त जरुरी सत्य
मेरो मनमा यी सब अटाउनै पर्ने भएको छ ।

मैले मन फराकिलो नबनाएर कहा“ भो ?
मलाई मेरो गुरुले भनेको 
आधुनिक क्रान्तिका लागि 
मलाई हिजोको क्रन्तिकारिताले पुग्दैन अरे 
आधुनिक क्रान्तिकारी बन्नलाई
समाजमा घुलमिल हुनै प¥यो
थोरै रक्सी पिउनै प¥यो
ठिक्कको परिवार बनाउनै प¥यो
त्यसैले साथी !
मेरो मनलाई यस्तै नया“ कुराको जरुरी परेको छ
र, मनमा यसैका लागि
थोरै ठाउ“ बढाउन परेको छ ।

२०६५असार
चितवन शक्तिखोर


म तिमीस“गै छु

एकदिन फेरि म
वसन्त ऋतुमा फुल फुले झै“
ढकमक्क बनेर फुलिदिने छु
औ“सीको रातमा तारा चम्किए झै“
अन्धकारमा चम्किने छु
प्रभातकालीन कलिलो आभा झै“
उज्यालो बनेर झुल्किदिने छु
त्यो बेला
दुर्घन्ध मन पराउने किराहरू
फुलको बास्नाले भागे भने
सुरुङ खन्ने मुसाहरू
तारा देखेर झस्के भने
र,
अध्या“रो रातमा तर्साउने भूतहरू
प्रभातको उजेली देखेर तर्से भने
अनौठो नमाने साथी !
म तिनीहरूको काल बनेर चुपचाप छु
तिनको चियान खन्न निहुरिएको छु ।

एक दिन फेरि म
सिंह गर्जिए झै“
संसार थर्काउने आवाज सहित गर्जने छु
भर्खरै सिकार पक्रिएको बाघ झै“
शत्रुको घा“टी फोर्दै
मुखभरि रगत लतपताएर निस्कने छु
त्यो दिन
सहरका ‘बुद्धिमान’ ब्वा“साहरू
सिंहको आगमनले कुलेलाम ठोके भने
कागजमा ङ्खयाउ ङ्खयाउ गर्ने ङ्खयाउराहरू
बाघको लम्काइ देखेर
दुलातिर पसे भने
अचम्म नमाने साथी !
यतिबेला
ब्वा“सालाई ब्वा“सावाद दिइएकै हो
फ्याउरालाई पनि कराउने छुट दिएकै हो ।

हो,
कहिलेकाही“ कुकुरलाई घिउ पच्दैन
र भन्छ
म सिंहको मासु खान्छु
कहिलेकाही“ बिरालोलाई दशा लाग्छ
र भन्छ
म बाघलाई जेल हाल्छु ।
साथी !
तिमीले कुकुर धेरै भुक्दैमा
वा बिरालाले असाध्यै म्याउ“ गर्दैमा
सिंह र बाघ हारेको नठान्नू
उनीहरू अचुक आक्रमणको दाउ पर्खिरहन्छन्
सूर्य र बिहानीलाई भागेको नभन्नू
उनीहरू उजेली जन्माउन
रातमै पनि थकाइ मार्ने गर्छन् ।

म पनि
एउटा सुनौलो विद्रोह जन्माउन
चाहे तिमी एउटा वैधानिक जेल सम्झ
विद्रोह गर्भमा बोकेको क्यान्टोनमेन्टमा छु
मेरो वर्गशत्रुको छाती फोर्न
चाहे तिमी मलाई जङ्गली नै ठान 
सुन्दर संसार गर्भमा बोकेको जङ्गलमै छु
साम्राज्यवादको भूतलाई चक्मा दिन
चाहे तिमी मलाई लाछी सम्झ
साम्राज्यवादको चिहान गर्भमा बोकेको
एउटा शालीन अभियानमा छु
र यदि सक्छौ भने
तिमी मलाई तिम्रै आ“खाले हेर
म तिमीस“गै छु
म मेरो जनताको अपेक्षामा छु ।

चितवन शक्तिखोर


प्रार्थना

गोरा महोदय !
हाम्रो टाउको असाध्यै दुखेको छ
मुटुको धड्कन बढेको छ
छाती भतभती पोलेको छ
हामीमाथिको आकाश खस्दैन भन्ने विश्वास पनि
एकाएक मरेको छ
हाम्रो कल्पनाको शान्ति रूप अर्थात्
कालो बादलमय रोसनी पनि फाटेको छ
आकाशको निलो रङ धर्तीमा पनि झरेका कारण
आजभोलि हाम्रो निद हराएको छ ।

महोदय !
यिनीहरू
अर्थात् तिनीहरू क्या लडाकुहरू
जब वैधानिकताको हतियार लिएर क्यान्टोनमेन्ट गए
त्यतिबेला मेरो विश्वास थियो
तिनीहरू
फिलिपिन्सतिरका लडाकु जस्तै
एलसाल्भाडोरतिरका गुरिल्ला जस्तै
महिना र वर्षहरू बित्दै गर्दा भाग्ने छन्
हाम्रा अपमान र तुच्छ गालीहरू सहन नसकी
कि निरास भएर सिविर छाड्ने छन्
कि अराजक बनेर समाजलाई हैरान पार्नेछन् ।

यदि यसो भएको भए
मेरो चाहना पुरा हुने थियो
त्यो कार्य तिनले गरिदिएका भए
मेरा लागि तिनैलाई हान्ने छुरा मिल्ने थियो
तर उल्टो तिनीहरू
किन चुपचाप बसेका छन् ?
र हाम्रो निद हराम गर्दै
किन सन्नटा पूर्वक हामीलाई तर्साइरहेका छन् ?

गोरा महोदय !
हामीलाई पक्का थियो
उनीहरू हाम्रो मुक्ति सेना जस्तै
नेताहरूलाई गाली गर्दै पलायन हुनेछन्
हजुरको जटिल प्रश्नको जबाफ दिन नसकी
रातो मुख लगाउ“दै फेल हुनेछन्
बिस वर्षका लक्का जवानहरू पनि
नाबालकको उपमा पाएर
आफ्नो अभियानबाट विमुख हुनेछन्

बा“की बसेका थोरैलाई
हामी लोभ्याउने छौ“
धम्क्याउने छौ“
सकेसम्म फसाउने छौ“
त्यो बेला तिनीहरू
आत्मसमर्पणको उपहार लिएर
विगतलाई धिक्कार्दै जानेछन्
र मेरो इच्छा पुरा हुने थियो
तर तिनीहरू
किन शलीनता पूर्वक हामीलाई हेरिरहन्छन् ?
किन बिनाडर हामीलाई नै पर्खे जस्तो गर्छन् ?

महोदय !
यही प्रश्नको जबाफ मस“ग छैन
हामीलाई लाग्छ
तिनीहरू हाम्रो मलामी हुन सक्छन्
हामीलाई लाग्छ
तिनीहरू हाम्रो स्वर्गलाई भत्काउने भक्षक हुन सक्छन्
र उनीहरूको रक्षक हुन सक्छन्
जसले हाम्रो प्रभुको हस्तक्षेपलाई मान्दैन
जसले हाम्रो वर्गको वकालत गर्दैन
त्यसैले
यसपालि फेरि हामीले भनेका हौ“
गोरा प्रभु !
तिनीहरूका लागि
फेरि एक पटक जा“च गर्नु प¥यो
जटिल प्रश्न तयार गरेर भए पनि 
उमेर घटाएर भए पनि
वा कुनै उपाय लगाएर भए पनि
तिनीहरूलाई फेल गर्नु प¥यो
हे प्रभु !
हजुरले मेरो इच्छा पुरा गरिदिनु प¥यो ।
२०६६ जेठ


विद्रोह

हिउ“द भए पनि होस्
निलो आकाशमा बादल नभए पनि
समुद्रबाट बाफ उठ्नु पर्छ
धर्तीमा एक दुई चाक्ला रवि किरणले
केही पनि फरक पर्दैन
बरु वसन्त ऋतु नै भए पनि
बादलले ढाकिदियोस्
गड्याङगुडुङ गरोस्
र चट्याङ पनि परोस्
असिना बर्सियोस्
मुसलधारे वर्षा पनि होस्
र धर्तीका फोहोर मैलाहरू बगाएर लैजाओस्
किनकि
हामीलाई श्रावण पर्खने फुर्सदै छैन ।

बरु
खेतबारी बा“झै बसोस्
पशुपक्षी भोकभोकै मरून्
र गाउ“ सुनसान बनून्
तर किसानहरूले ह“सिया बोकेर उठ्नु पर्छ
कुटो कोदालो बोकेर जुट्नु पर्छ
र सडकमा उत्रनु पर्छ ।

बरु
बालबच्चाहरू चिच्याइरहून्
बुढाबुढीहरू आत्तिइरहून्
र कोलाहल मच्चिरहोस्
तर मजदुरले कलकारखानाहरू बन्द गर्नु पर्छ
ज्यावलहरू बोक्नु पर्छ
र सडकमा निस्कनु पर्छ

बरु
विद्यालयहरू अवरुद्ध बनून्
कलमहरू रोकिऊन् एकछिन
र इतिहास नै रोकियोस्
तर विद्यार्थीले टेबुल छाडेर पनि
सडकहरूमा उफ्रनु पर्छ
जो जोस“ग जे हुन्छ
हतियार बनेर ब्य“ुझनु पर्छ
र सडकहरू तताउनु पर्छ
किनकि यो बेला
अन्यायको अन्तिम पराजय
र न्यायको विजय
सर्वहारा मुक्तिको सङ्घारमा हो
यो जनताको प्रत्याक्रमण हो
र यो
विद्रोहको बेला हो ।
२०६० मङ्सिर
खोटाङ बतासे


जनआन्दोलनको शिक्षा

मैले भने“ – गिद्धज्यू †
यसपालि राम्रा भोजन तयार छन्
कुहिएको सिनो नखानुहोला
गिद्ध हजुरले मर्जी भयो– हुन्छ जन हुन्छ
मैले सिनो खान छोडिदिए“
मेरो मनलाई मोडिदिए“
अब त म परेवा बनेर
यो देशमा उडिरहनेछु ।
तर ††
गिद्धले सिनो देख्नासाथ
कुहिएको गन्ध पाउनासाथ
सिनो लुछ्न गयो
परेवा बनेर उड्ने कुरा भुलिदियो ।

मैले बाजलाई भने“ — ‘बाजज्यू †
अब त भाइहरूलाई नचिथर्नुहोला
आकाशमा चरीलाई स्वतन्त्रता दिनुहोला’
बाज हजुरले भन्नुभयो— ‘हुन्छ जन हुन्छ,
मैले हिंसा त्यागिदिए“
रगत खान मनाही गरे“
अब त म कोइली बनेर
शान्तिको गीत गाइरहनेछु ।’

तर ††
बाजले चरी देख्ना साथ
जबरजस्त गा“ज्न खोज्यो
र कोइली बनेर
शान्ति गीत गाउने कुरा भुलिदियो ।

मैले गएर सु“गुरलाई भने“— ‘सु“गुर ज्यू !
अब त संसदमा फोहोर नगरौ“ होला ।’
सु“गुरले भन्यो— ‘हुन्छ जन हुन्छ
अब त मैले
आची खान पनि छोडिसके“
चर्पीको निवास त्यागिसके“
किनभने
आची खान नपाएर के भो ?
स्वर्ग राम्रो छ भन्ने कुरा थाहा पाए“ ।’
तर ††
सु“गुरले आची खाने बानी छाडेन
र स्वर्गमा चर्पीको माग जारी राख्यो ।

मैले गधालाई गएर पनि भने“— ‘गधाज्यू †
अब त धोका हु“दैन होला नि !’
गधा हजुरले जबाफ दिनुभयो— ‘हु“दैन जन हु“दैन
मैले आफूलाई सुधारिसके“
खरानी खान छोडिसके“
अब त म गाई जस्तै साधु बन्ने छु ।’
तर ††
अन्ततः गधाले धोका दिइछाड्यो
गाई बन्ने उसको प्रतिबद्धता भुलिगयो ।

बस् !
म त केवल जनता हु“
मैले महान् जन्तुहरूको महावाणीलाई
सजिलै पत्याएर भुल गरे“
आन्दोलनको महायुद्धलाई पन्छाए“
र थाहा पाए“
आगामी क्रान्तिहरूमा
मैले मान्छे मारेर गिद्ध पोस्नु हु“दैन रैछ
मैले परेवा आकाशमा उडाएर
बाजको सिकार बनाउन नहुने रैछ
मैले सु“गुरलाई विश्वास गरेर
स्वर्ग पठाउने कार्य नगर्नु पर्ने रैछ
मैले गाईलाई अविश्वास गरेर
गधालाई विश्वास नगर्नु पर्ने रैछ
यो मेरो
दोस्रो जनआन्दोलनको शिक्षा भयो ।

२०६४ असार


प्रश्न

आकाश कालो थियो
धर्ती निस्पट छाया“ले छोपेको
न अगाडि बाटो थियो
पछाडि सारा पैरो लडेको
ती हुलका हुल हुरी चरा
यस्तै कठिन घडीमा आए
र सोधे—
‘हामी मन्जिलसम्म पुग्छौ“ त कमरेड ?’

कुहिराले छोपेका दिनहरू
ताराले ढाकेको रात थियो
टेक्ने धर्ती का“डा जस्तै
बस्ने ओडार टाढा थियो
कहाली लाग्ने महायात्राका यात्रीहरू
मर्नु वा बा“च्नुको त्यस्तै क्षणहरू गुजार्थे
र सोध्थे—
‘हामी गन्तव्यलाई चुम्छौ“ त कमरेड ?’

आधुनिकताले सजाइएका चौबाटा
गगन चुम्बी महल भेटिन्थ्यो
विलासिता र जीवनको परिभाषा
किताबमै संसार देखिन्थ्यो
अदम्य यी मान्छेहरू
हजारौ“ हजार कथित ज्ञानी र वीर पनि
थाहै नपाई अलमलिने ती चौबाटा पार गर्थे
र सोध्थे—
‘हामी यात्राको ठिक ठाउ“मा छौ“ त कमरेड ?’

किताबका पाना च्यातेर
बारुदका लागि खरानी पार्थे
कलमलाई टुक्र्याएर
बमका लागि तयार गर्थे
पाठशाला छाडेर खुसी पूर्वक
हुरीका सन्तान बन्थे
कोठे संसार त्याग्ने यिनै वीरहरू
बम बारुदको खेल खेलिसक्थे
र सोध्थे—
‘के नया“ जीवनको परिभाषा सार्थक हुन्छ त कमरेड ?’

आ“धीमा जन्मेर तुफानमा हुर्केका
हुरीमा खेल्ने यिनै हुरी चरा
क्यान्टोनमेन्टको पिन्जरामा छिर्नुअघि
एकछिन रोकिए 
र सोधे—
‘यो बिसौनी, विजयकै लागि हो त कमरेड ?’


आज अन्तिम पटक
वैरीले दिएको एउटा झोला बोकेर
जनयुद्धको महायुद्ध¬ कमान्डरसामु
बलिन्द्र धारा आ“सु बगाउ“दै प्रश्न गरे
हातमा पैसाका केही नोटहरू बोकेर
उनकै निधारमा अबिर फर्काउ“दै
आवेग र संवेगका प्रश्न गरे

आफूले जम्मा गरेका
अर्थात्
सहयोद्धा गुमाएर कब्जा गरेका
हतियार भण्डारण
सेतो कन्टेनरलाई हात हल्लाउ“दै 
बारम्बार प्रश्न गरे—
‘के हाम्रँे सपना पुरा हुन्छ त कमरेड ?’


को हो को हो

निश्छल, निर्दोष र निस्वार्थी
स्वाभिमान, सादा र उच्च मनकी
अन्जान तर सुन्दर कोइली
चाहे पिपल होस् कि वर
वर पिपलकै टुप्पामा उभिएर
सबैलाई सोध्छे—
‘भन तिमी  को हो ? को हो ?’
चाहे टिनको छानो होस् कि खर
महलकै धुरीमाथि चडेर पनि
हामीलाई सोध्छे—
‘भन तिमी को हो ? को हो ?’

पहिले रगत बग्ने नदीलाई सोध्थी—
‘बगाउने रगत, को हो ? को हो ?’
अहिले पसिना बग्ने नदीलाई सोध्छे—
‘बगाउने पसिना, को हो ? को हो ?’
आकाशमा उड्ने परेवालाई सोध्छे—
‘उडाउने तिमीलाई– को हो ? को हो ?’
तर पनि
नाजबाफ बग्छ नदी रातो होस् कि सेतो
नाजबाफ उड्छ चरी जोसुकैले उडाइदेओस्
अथक कोइली सोधिरहन्छे—
‘भन तिमी, को हो को हो ?’

तुफान उठाउने आ“धीमा पनि
चट्याङ खसाल्ने बादलमा पनि
बिचरी !
निरीह भनौ“ कि साहसी खै 
जिन्दगीभर सोधिरहन्छे—
‘तुफान उठाउने, को हो ? को हो ?
बादल ब्यु“झाउने– को हो ? को हो ?
उथलपुथल सपना बोक्ने
नया“ दिनको विश्वास राख्ने
मनको मेरो कथा लेख्ने
छौ कि कोही, को हो ? को हो ?’

सुनामी तुफानमा उल्टो उडी
आफ्नो तागत नाप्ने पेत्रेल
जन्माइदिने – को हो ? को हो ?
बचेरा र गुणलाई त्यागी
संसार फेर्ने निस्वार्थी जन्माउने
ज्ञानी वीर, को हो ? को हो ?

भत्किएको बाटो बनाई
यात्रा गर्ने यात्री, को हो ?
धराप थाप्या यात्रा छल्न
बाटो खन्ने ज्यामी , को हो  ?
बादलपारिको संसार देख्ने
दूरदर्शी, को हो ? को हो ?
बादलभित्र यात्रा गर्ने
हिम्मतवाला, को हो ?को हो ?

जान्दिन बिचरी †  र सोध्छे हरपल
कालो बादलको बिचैमा अत्ताल्लिई
जमिनतिरै फाल हालिदिने
उल्टो वीर, को हो ? को हो ?
गर्भको अधकल्चो शिशु जन्माई
महाबुद्धिको विकास गर्ने
बुद्धिमान पनि, को हो ? को हो ?
जनता महान् भन्दै भन्दै
आफ्नैहरूको घेरा कस्ने 
निस्क लौ न, को हो ? को हो ?

अन्जान बिचरी † त्यसैले त लगातार सोध्छे
क्रान्तिको कुरा गर्दै
तस्करहरूको पछि लाग्ने
महान् मान्छे, को हो ? को हो ?
कम्युनको भाषण गर्दै
अरबपतिको लक्ष्य राख्ने
सृजनशील, को हो ? को हो ?
संस्कारको कुरा गर्दै
वेश्याको कोठी चाहर्ने 
महान् व्यक्ति, को हो ? को हो ?
ऐना बनेको बिर्सिएर
अरूको अनुहारमा कोठी देख्ने
सूक्ष्मदर्शी, को हो ? को हो ?

हो साथी †
वर्षौ“देखि आजसम्म
हरपल कोइली सोधिरहन्छे
भन तिमी को हो को हो  ?
तर !
तर उसले सोध्ने हर जबाफमा
भन्छन् महान् लाहुरेहरू
हृष्टपुष्ट चाउरेहरू
गर्ने जति मै हो मै हो
बिगार्ने जति तै“ भन् कोइली
भनिराख है, को हो को हो ?




मान्छे र मूर्ति
बग्छ अँ“सु झरेसरि झर्ना
दुख्छ मुट काटेसरि गर्दन
खोज्दै दर्द¬विनाशक मलहम
भां“तारिन्छ मनका कुना–कुना

चाहर्छ आत्माका हर जग्गा
फरक यति हो
मान्छे भए अनुभूत गथ्र्याे यावत् धड्कनहरूको
तर मूर्ति भएकाले
नतमस्तक उभिरहन्छ
कि सुतिरहन्छ ।

मान्छे, थोरै गल्ती गर्छ
र त मान्छे
मान्छे, लामो लामो यात्रा गर्छ
र त मान्छे
मान्छे, यदाकदा थाक्छ
र त मान्छे
मान्छे, केही अपेक्षा राख्छ
केही भावना राख्छ
केही मनोरञ्नको कल्पना गर्छ
र त मान्छे
साथै मान्छे
महान् बन्ने आदर्श बोकेर
तुफान यात्राको यात्री हुन्छ
तर एक्लै पनि मूर्ति
कि हा“सिरहन्छ जीवनभर
कि हेरिरहन्छ जीवनभर ।

मूर्ति कदापि गलत हुन सक्दैन
शालीन, धीर र दृढताको प्रतीक त्यो
मूर्ति कदापि विवादित ह“ुदैन
मूक, अविचल र आस्थाको प्रतीक त्यो

मूर्ति कदापि यात्रामा सरिक हु“दैन
गतिहीन, पुरातन र इतिहासको साक्षी त्यो
यसर्थ मूर्ति
न भावना राख्छ
न अपेक्षा राख्छ
न मनोरञ्जनको नै कल्पना गर्छ
केवल ठड्याए उभिन्छ
सुताए सुतिदिन्छ
अर्थात् भावशून्य केवल खप्पर भएको
अविचल एउटा आकृति
फरक यति हो
मूर्ति निर्जीव हो 
र त मूर्ति
मान्छे सजीव हो
र त मान्छे ।



सच्चिन पर्ला

कुकुर पनि
बिरालो पनि
मुसो पनि
र ब्वा“सो पनि
आफ्नै ‘मिठा’ स्वरहरूमा
एउटै गीत गाइरहेछन्
माओवादी †
तिमीले अब सच्चिन प¥यो ।

चोर पनि
डा“का पनि
गुन्डा पनि
र भ्रष्टचारी पनि
आफ्नै डम्फुको तालमा
उस्तै धुन बजाइरहेछन्
माओवादी †
तिमीले अब सच्चिन प¥यो ।

मन्डले पनि
कुन्डले पनि
ठुलो राजा पनि
र लोकतन्त्रको सानो राजा पनि
सेरेमोनियलको मिठो सङ्गीतमा
एकै सुर सहित झुमिरहेछन्
नेपथ्यमा गीत बजिरहेछ
माओवादी †
तिमीले अब सच्चिन प¥यो ।

महाशय †
तिमीले सुन्नै पर्ने कुरा हो सुन !
मालिकको घरमा कुकुर भुके झै“ भुक्नका लागि
मुसा झै“ दुलाभित्र लुक्नका लागि
बिरालाले मुसाको दुला ढुके झै“ ढुक्नका लागि
आफ्नै भाइको हत्या गर्ने ब्वा“सो जस्तै बन्नका लागि
मलाई सच्चिनुको मोह छैन ।

गरिबका श्रमहरू चोरेर
गुन्डागर्दीको ताण्डव देखाउन
निहत्थाहरूलाई डकैती गरेर
लाउडा र धमिजा खान
मलाई सच्चिनुको कुनै रहर छैन ।

मन्डलेस“ग हात मिलाउ“दै
कुन्डलेको गुन्डाराज चल्न दिएर
ठुला राजाहरूको अमूक तस्बिर सजाउ“दै
लोकतान्त्रिक राजाको दासता स्विकारेर
मलाई सच्चिनुको कुनै इच्छा  छैन ।

महाशय †
हामी आफू सच्चिन होइन
यस देशका कपूतहरूलाई सच्याउन आएका हौ“
केवल तरिका फेरिएको कुरा
तिमीले थाहा पाए राम्रो होला
फेरि पनि तरिका फेरिएको दिन
हामी क्याम्पबाट निस्कने छौ“
र सच्चिने छौ“
तिम्रो कुशासित नाटकको दोस्रो अध्याय पुरा हु“दै गर्दा
ठिकै छ
हामीले पनि सच्चिनै पर्ला †

२०६४ असार
चितवन, शक्तिखोर


शुभ कामना

आ“सुको धारा सुक्ने यो समय
रगतको खोला रोकिने यो क्षण
पीडाको ठा“उ खुसीले छाएर
आगामी दिन
लक्ष्यप्रतिको प्रतिबद्धतामा बितोस्
विगतका पीडाहरू सम्भ“mदै बितोस् ।

बाटो बदलेर नया“ यात्रा सुरु गर्दै गर्दा
फुलबुट्टे विषालु का“डा छल्न सिक्नू
एम्बुस छलेर विजय हुनै खोज्दा
पात्तिएर भिरतिर फाल नहाल्नू
र दुनिया“को हाई हाईमा भुल्दै गर्दा
क्रान्तिले बाई बाई गरिदेला
सचेत पाइलाहरू निरन्तर चालिरहनू
नथाक्नू अनि नगल्नू ।

बोलीमा बारुद भरेर मञ्चहरूमा पड्कनु पर्ने बेला यो
टार्जेट प्वाइन्टहरू ठिक ठाउ“मा पारेर हान्नू
मनहरू कब्जा गरेर बङ्करहरूलाई चुनौती दिने बेला यो
अर्काका मनहरू दुख्लान्
ध्यान दिनू
उद्देश्यमा पड्काउने बारुदहरू कतै छोडिएलान्
र, पराइले कुठाउ“मा पड्काइदेला
होसियारी पूर्वक अगाडि बढ्नू
हिम्मत नहार्नू अनि हरेस नखानू

साथी !
विगत विगत नै थियो
तर भविष्यको साक्षी पनि हो
बिर्सने कोसिस नगर्नू
साम्यवाद पुग्ने लक्ष्य बोकेर
मृत्युलाई हा“सी हा“सी पचाउने योद्धाहरू
उनका कथा गाइरहनू
नवयात्री सहयोद्धाहरूलाई
अविस्मरणीय वीरहरूको वीरता सिकाइरहनू
विनम्रता र घनिष्टता पढाइरहनू
र, कसैले तिम्रो मन घोचिदेला
आ“सुको बा“ध भत्काइदेला
नरिसाउनू, हा“सिरहनू
हा“स्दै विजयी हुनू
ना“च्दै लक्ष्य छुनू ।

क्रान्तिको पहिलो पाइला टेक्न
सफल हुन खोजेकोे सत्य
विजयको उल्लासमा हराउन खोज्नेहरूलाई सिकाइदिनू
मोजमस्ती र विलास सुरु गर्न खोज्नेहरूलाई
सुकुम्बासी बस्तीतिर पढ्न पठाइदिनू
सजक, सचेत मेरो साथी !
तिमी नरोकिई बढ्नू
बाटो हेर्दै हिडिरहनू ।

तिमी सिंहदरबार छिर्दै गर्दा
हाम्रो शुभ कामना र सुझाब तिमीलाई
जम्मा जम्मी यति नै छ
तिमी हाम्रो जङ्गलमा अनुगमन गर्दै गर
हामी तिम्रो सहरमा याद गर्दै गर्नेछौ“
तिमी हामीलाई जङ्गली बन्न नदेऊ साथी
हामी तिमीलाई विलासी बन्न दिनेछैनौ“
यही नै हाम्रो कामना छ ।




हामी र तिमी

तिम्रो नजरमा हामी
एउटा जोदाहा
लहलहाउ“दो बै“स विस्मृत कठोर
मृत्युञ्जयी वीर

अविचल यात्री
तर आज होइन
ती दिनहरूमा
जुन दिन तिमी बिचमा हुन्थ्यौ
र हामी तिम्रो सुरक्षा गार्ड 
वरिपरि अनि“दो रात बिताइदिन्थ्यौ“ ।

हाम्रो नजरमा तिमी
एउटा कुशल
परिवर्तन खोज्ने क्रान्तिकारी
सिद्धान्तनिष्ठ विचारक

साम्यवादको अविचल यात्री
तर आज होइन
ती दिनहरूमा
जुन दिन तिमी बिचमा हुन्थ्यौ
र हामी तिम्रो सुरक्षा गार्ड
दाया“ बाया“, अघि पछि
अथक यात्रा तिमीस“गै गथ्र्यौं ।

तिम्रो नजरमा हामी
एक शिथिल
बै“सले अमताएको नसालु
मृत्यु पराजित
र विचलित
तर हिजो होइन
आज भोलि
जतिबेला तिमी एक छेउमा छौ
र हामी अर्को छेउमा आराम गरिरहेका छौ“

हाम्रो नजरमा तिमी
एक असफल
आमूल परिवर्तनभन्दा
आंशिक परिवर्तनमा रमाउने
गतिमा भन्दा
अडिकतामा कस्सिने
विचारमा भन्दा
बिचैमा झुन्डिने
पथभ्रष्ट
अधोगति

पु“जीवादको पक्षपोषक
तर हिजो होइन
आज भोलि
तिमी एक छेउमा छौ
र हामी अर्को छेउमा आराम गरिरहेका छौ“ ।


यो यात्रा हो कि जात्रा हो कमरेड ?

यो यात्रा हो कि जात्रा हो कमरेड ?
योजना हो कि अलपत्र कमरेड ?

सुतुरमुर्गलाई अवसर दिएको हो कि
वैरीलाई ह“साउने खेल खेलेको हो ?
आ“सु सक्काउनेहरूको आ“सु खोजेको हो कि
फेरि रगतको भेल खोजेको हो ?

यो यात्रा हो कि जात्रा हो कमरेड ?
उद्देश्य हो कि अलपत्र कमरेड ?

तिमीले खोजेको त्यान्द्रा हो कि
त्यान्द्रा त्यान्द्राले बनेको डोरी कमरेड ?
तिमीले खोजेको क्रान्ति हो कि
क्रान्तिको नाममा जोरी कमरेड ?

यो यात्रा हो कि जात्रा हो कमरेड ?
यो लक्ष्य हो कि अलपत्र कमरेड ?



दोषी मन

तिमी
हो ! तिमी
पक्का पनि तिमी ।

म,
हो ! म
पक्का पनि म ।

मैले बोलेको यति नै हो
तिमीले बोलेको पनि यति हो ।

म पनि आफूलाई निर्दोष भन्छु
तिमी पनि आफूलाई निर्दोष भन्छौ ।

तर
दोषी त मेरो मन हो 
दोषी त तिम्रो मन हो

म भन्छ मन
तिमी भन्छ मन
जान्दैन कहिल्यै
हामी भन्नलाई ।