Monday, February 21, 2011

क.गौरिशंकरको नाममा

हे मृत्यु त किन गिड्छस टाउका तिनको
जसको टाउको अमूल्य छ
त किन लिन्छस जीवन तिनको
जसको हामीलाइ खाचो छ

वर्षौ देखि त यस्तै गर्दै आएको छस
चाहे युद्धको भुमरिमा होस
चाहे शान्तिको छहारिमा
जब हामीलाइ वीरको खाचो भयो
तैले त्यसैलाइ निल्ने मुर्खता गरिस
हामीलाइ जब कुशल नेताको खाचो भयो
तैले उसैलाइ चपाउने धृष्टता गरिस
त न्यायीक होइनस
मेरो नजरमा केबल अपराधि होस

मेरो देशमा उदाउदै गरेको सूर्यको
तैले फेरि हत्या गरिस
उज्यालो पुग्ने वाटो वनाउने
एउटा दक्ष ज्यामिको
तैले घाटि निमोठिस
यहि अभियोगमा
म तलाइ अपराधि धोषणा गर्छु
त न्यायीक होइनस
केबल अपराधि होस केवल अपराधि

Thursday, February 10, 2011

सपना कल्पमहलको

वेअर्थको यात्रा शुरु गरिहाल्नु हुन्न कमरेड
सपना कल्पमहलको छरिहाल्नु हुन्न कमरेड

नभरिएर गाग्रा याहा तिर्खाउने लाखैं लाख छन
हातारिंदै आफ्नै गाग्रा भारिहाल्नु हुन्न कामरेड
सपना कल्पमहलको छरिहाल्नु हुन्न कमरेड

नगरेरै गरें भन्ने ठुला भरै वाचेका छन
आकाश सिधै झार्छु भन्दै गरिहाल्नु हुन्न कमरेड
सपना कल्पमहलको छरिहाल्नु हुन्न कमरेड

मासानघाटका मुर्दापनि ज्युदो भन्दै डुल्छन याहा
अधीरतालाइ नसहेर मरिहाल्नु हुन्न कमरेड
सपना कल्पमहलको छरिहाल्नु हुन्न कमरेड

Tuesday, February 8, 2011

अनन्त शान्तिको लागी

यो शान्तिको युग हो 
कृपया
मृत्युको खेलमा मलाइ नहुत्याइयोस

यसको अर्थ
मैले नक्कली बौद्धमार्गीको गूम्वा खोजेको होइन
जहाँ भिक्षुको भेषमा वारुद भण्डारन गरिएको होस
मैले परेवा उडाउने अधिकार खोजेको होइन
जसको मनमा हिटलर जन्मेको होस

मैले खोजेको
ती मान्छेहरुलाइ छुन हो
जो मलाइ अछुत भन्छन्
त्यस्तो जीवनको बिरोध हो
जो हामीलाइ आँशुको उपाहार दिन्छन्

तर तिमीले भिष्मप्रतिज्ञा झैं
ऐलान ग¥यौ असत्यको

‘मेरो युग वन्दूकको युग हो
या त तिमी मेरो मोजलको अगाडी शान्तिसंग वस
या त मेरो वन्दुक खोस’

मैले तिम्रो वन्दुकको शान्ति भंग गर्न
मृत्युको खेल खेलेको सत्य हो
यो युगको शान्ति ल्याउन
वन्दुक थन्क्याएर चुपचाप वसेकोपनि सत्य हो
भन, तिम्रो सत्य कुन हो
मेरो सत्य यहि हो ।

कृपया मलाइ शान्ति चाहिएको छ
त्यो युगको होइन यो युगको
जहाँ न्यायको आभाष छरिएको होस
परिवर्तनको लहर फैलिएको होस
आत्मसम्मान
स्वाभिमान
समानता
र नौलो विहानीमा नवीन पवन वगेको होस ।

यसको लागी फेरि मलाइ
मृत्युको खेलमा नहुत्याइयोस
कृपया मलाइ
अनन्त अनन्त शान्ति चाहिएको छ ।
२०६७ पौष २३