तीन कमरेड
युद्धकालमा भिन्न प्रविति भएका तिन जना कमरेडहरु आज त्यस्तै अढाइ वर्षपछि एकै ठाउ“मा पाउने भए“ मैले । म उत्सुक छु उनिहरुलाइ भेट्न र उनीहरुको कुरा सुन्न । उनीहरुको नाम क्रमसः लेखक, चट्टान र संयोग हो । उनिरु जनयुद्ध कालमा हिमाल,पहड र तराइको तिनैवटा भागमा मोर्चा सम्हाल्न पुगेका छन । तीनै जनालाइ जोडेर एउटा मान्छे वनाउने हो भने असाध्य सुन्दर मान्छे वन्न सक्छ, तर यो कल्पना मात्र हो । म मेरो यात्राको सम्पुर्ण समयमा लेखकको लेख हेरेर खुसि दुखि र वाक्कपनि छु , सितलमानको कमाण्डमा दर्जनौं पटक मोर्चा लड्दा विजय, हैरान र दिक्क पनि छु । अनि संयोगको नेतृत्वमा प्रायः विश्वस्तै छु । उनिहरु कामको शिललशिलामा कहिले पुर्वमा पुग्थे, कहिले पश्चिममा पुग्थे त कहिले प्रवाशमा पुग्थे । तर हाम्रो साथमा कुनै कुनै कुनै रुपमा भइरहन्थे । उनिहरु वाट न हामी वेखवर भएका थियौं न त उनिहरु हामीवाट टाढा नै हुन सक्थे ।
मलाइ युुद्धकालको उनिहरु संगको याद आयो आज –उनीहरुलाइ भेट्दै गर्दा । सायद दुइवर्षको अन्तरालमा प्रविति र स्वभावहरुमा कति परिवर्तन हुन्छ मान्छेमा भनेर जाच्न खोज्दै थिए“ कि– कसो हो । तिनै जनाको अनुहारमा चमक वदलिएको थियो । पहिले जस्ता गाला भित्र पसेका तर आ“खा तेजिला चाहिं लाग्दैन थियो । दुव्लो तर मनोवलले भरिपुर्ण भएको जस्तोपनि लाग्दैन थियो । वरु भु“डि अलि अलि वढेकोले होला आफ्नो खुट्टा चाहिं राम्रो नपहिल्याय जस्ता, गाला वाक्लो भएर होला आ“खा अलि मधुरो जस्ता वस् यस्तै अनुभति भएको थियो सत्यता जे होस ।
जनयुद्ध कालकै कुरा गरौं न । चट्टान अचम्म प्रविति को मान्छे हुनुहुन्थ्यो । उनलाइ लड्न पाए भयो । सेनाको क्याम्प देखेपछि भयो । त्याहा“ कति हतियार छ?, कसरि जित्न सकिन्छ ?, कसरि फर्कनुपर्छ ? केहि मतलव थिएन । “जाने हो ठोक्ने हो” कुरानै वाहा“ को चर्का । उनको यो जडताले गर्दा युद्धमा निकै नै विजयपनि भएको थियो र कयौं ठाउ“मा त्यसता मोर्चाहरु जो हाम्रो वुताभन्दा माथीको थियो त्यसमा ठुला ठुला पराजय भोग्नुपनि परेको थियो ।
उनलाइ जनता भनेपछि कुरा गरि हँल्नुपर्ने चाहे जो देखोस । एकदिन उनले कुरा गरेको वेलामा म नजिकै वसेर सुनिरहेको थिए“ । एकजना चिरिचया“ट्ट परेको मान्छे ले उनको कुरा मख्ख संग सुन्दै थियो । केहिवेरपछि त उसले भलि न भा“तिको कुरा गर्न लाग्यो । कहिले कांग्रेस ठिक भन्छ त कहिले एमाले । याहा“ सम्म त ठिकै थियो सुन्दा सुन्दै ऊ आफ्नो चस्मा फुकालेर राजाको वखान गर्न लाग्यो । चट्टानले उसलाइ सम्झाउने लाख कोशिष गरे– सकेनन । हामी त्यसले न कतै सम्झि पो हाल्छ कि भनेर कुरेर वसिरहयौं । एकछिन पछि एकजना मान्छे आएर भन्यो– “छोडीदिनुस कमरेड यो त पागल पो हो त ।” हामी सव दंग–दास चट्टान लाजले भुतुक्कै । उनको प्रविती भनेको जनतालइ वुझाउने हो अरु जे होस ।
तर उनलाइ मंचमा वोलाएर कसैले वोल्न लगायो भने– “मतलव †, माने †, ह“ †, चाहिं †, भन्नुस †,” गर्दै समय जति विताउथ,े तर भाषण अगाडी वढ्दैन थियो । एकदिन एक जना कमरेडले तपाई भाषणमा अलि विकाश गर्नुस भन्ने सुझावको वदला उनले भने – “यो भाषण गरेर समयको वर्वाद गर्नुको सट्टा अरु काम गरे कति फाइदा हुन्छ ?” त्यसपछि कमरेड अन्तै लागे चट्टान आफ्नो काममा लागे । यसको मतलव उनलाइ भाषण प्रति रुचिनै थिएन र मोहपनि । सायद उनलाइ त्यसता कमरेडहरु देखेर वाक्क लागेको थियोपनि होला जसले माक्र्सको जन्म देखि संभावित प्रचण्डको मृत्युको पनि अनुमान गरेर वाह्र घण्टा विताउथें ।
हुन त उनि कमाण्डर हुन तर उनको झोला सदा ठुलो र गहुं्रगो हुन्थ्यो । मलााइ सदा कौतुहलता भइरहन्थ्यो– त्यो झोलामा के के होलान् । पहिले पहिले त म सोच्थें – “सायद त्याहा“ राम्रा रामं्रा किताव होलान, युद्धक्षणको दर्दनाक र खतरनाक संस्मरण्का डायरिहरु होलान जो पाए देखि पढ्न कस्तो मजा आउथ्यो होला †” तर एकदिन म उनको नजिकै गएको वेला के सन्दर्भ परेर हो कुन्नि उनले त्यो झोला फुकाएछन । सायद सामानहरु सुकाउनको लागी होलान । देखें– एउटा पोकोमा सातु थियो एकमाना जति, एउटा प्लाष्टिकको वट्टामा औषधि रहेछ विविध प्रकारको, तिनवटा झण्डै एक एक किलो जस्ताको घरेलु ग्रिनेड, गाउ“मा जा“दा ओछ्याउनको लागी भनेर वोकेको प्लाष्टीकको म्याट, एउटा स्लिपङ व्याग, गोलीको एकपोका र दुइमाना जति चामल । मन मनै सोचें– “वावा कति वोक्न सकेका होलान यी वुढाले ?” तर मैले खोजेको र अनुमान गरेको चिज– राम्रा राम्रा किताव र सस्मरण्को डायरी उनको झोलामा कहीं पनि देखिन । एकजना समकालिन कमरेडले सोध्नु भयो– “कमरेड यो खत्र्याङमत्र्याङ को भारी तपाईको आकस्मिकता हो कि निन्तरता ?” उनको जवाफ प्रतिप्रश्नमा आयो– “यो क्रन्तिकारी र सर्वहारा चरित्र एकदिनको लागी होकि जीवनभरको लागी ?” ती चुप्प लागेर निलो भएर वसे । मलाई – तपाईले कितावचाहीं किन नवोकेको भनेर सोध्न मन लागेको थियो तर हैसियत पनि मिलेन र त्यो तिखो जवाफले मेरो पनि मुख वन्द गरिदियो ।
एकदिन हामी वाहा“को कमाण्डमा एम्वुस वसेका थियौं जंगलमा । वंकर खनेर वसेको – चिसो तराइको चुरेमा । दाया“वाया“ नचल्नु भनेका थिए । पिसाव आएमा पिसाप त्यहि फेर्नु रे तर चलमल नगर्नु रे । खान ल्याइदिने साथी ले त्यहिं वंकरम ल्याइदिन्छ, जव सम्म योजना अनुसार दुश्मन आउ“दैन तव सम्म चलेको थाहा पाएमा त्यसको परिणाम राम्रो हुने छैन । उनि आदेश मात्र दिने मान्छे होइनन । आफ्नो लागी अघिल्लो लाइनमा वंकर खनेर मुख्य एम्वुसको स्विच आफैंले लिएका थिए । उनि चलमल नचलेपछि हामी चल्ने कुरानै भएन । मनमा अनेको कुरा लाग्ने भइगयो । वेला वेला कनि कुथि भन्थे– “कमरेडहरु † हामी चे का जस्ता सेना हुनुपर्छ ज्यु“दा वाघ समात्न सक्ने र सहरमा हजारौ.को संख्यामा छुप्न सक्ने ।” “यीनलाइ यो कुरा कसैले नसुनाइदिएको भएपनित हुन्थयो नि” भन्ने मनमा लागीरहेको थियो । तरपनि आदेशको पालना जसरीपनि गर्नै प¥योनी । अन्तमा दुश्मन आइनै छोड्यो आक्रमण भयो न,ै । यो केवल उनको धीरताको परिणमाा थियो । हामीले पहिलो आक्रमण गर्नासाथ दुश्मन वेतोडले भाग्यो । उनले पछि पछि लखेट्नको लागी आदेश दिए । हामी पनि दुश्मन भागेको रन्कामा पछि पछि लखेटिरहयौं । कति लखेट्यौेंं थाहा नै भएन । त्यस्तै विस्तार विस्तार तिन चार घण्टा कति भएको थियो कुन्नि आकाशमा तिनवटा हेलिकप्टर आएर दिन थाल्यो दनका । वम र गोली हान्न थाल्यो निरन्तर । तर उनले कदापी कासन गर्न छोडेनन् । कहिले दाया“ भाग् भन्छन त कहिले वाया“ भाग् । वम आएर उनको अगाडी निकै पटक पड्कियो तर उनले कदापी हरेस खाएनन । हामी सवैजना शुरक्षीत हुन सफल भयौं र हतियारपनि कव्जा भयो ।
कुरा नै कुरा को शिलशिलामा एकजना साथीले सोधेका थिए – “कमरेड तपाई त कतिपनि हरेस खानु भएननी †” – जवाफ उनको रुखो थियो “नमर्नु मर्न परेपछि मर्नु भन्दा अगाडी हरेस खाएर किन मर्ने ढुक्क संग मर्ने नि । त्यसैले गोली नलागेसम्म ढुक्क थिए“ । लाग्दै लागेन ।”
अर्को थिए – क.लेखक । उनी अर्को प्रकारले अचम्मको मान्छे थिए ।, उनले नाम आफैले राखेको रे धेर लेख्ने भएर । उनी सदा कलम र कपि लिन्थ रे आफ्नोलागी एकान्त ठाउ खोज्न थाल्थे । उनलाइ संगठन, जनता, पार्टि, सेना सवै भनेको कलम र कपि हो भन्ने लागेको थियो । उनको विचारमा लेख्नु र पत्रिकामा छाप्नु वाहेक अरु कुरा नै थिएन भन्दा पनि हुन्छ । लेखेको कुरालाइ कसैले आरिस गर्ने कुरा पनि भएन । तर उनी † उनलाइ मन लागे जति लेख्थे । मनमा जे आउछ त्यो सवै लैख्थे । याहा“ सम्मकि हग्न मन लागेको कुरा, मुत्न मनलागेको कुरा सवै लेख्थे । हामी न प¥यौं पाठक – मन लागेपनि नलागेपनि पढ्थ्या,ैं किनकि त्यो एउटा स्थापीत लेखकको लेख, सहित्य वा अरु कुनै हुन्थ्यो । पत्रपत्रिका पनि त स्थापीत लेखक भनेपछि अलि अलि तिनको पछि लाग्नै प¥यो । तर उनले नलेख्ने वातावरण चाहिं एउटै थियो – दुश्मन । दुश्मन आउन पर्ने नै थिएन भनीदिए पुग्थ्यो । सेना र पुलिस को फोटो देखेपनि भाग्ला जस्तो मान्छे लेख्नचाहिं सा“च्चिकै वहादुरिको कुरा लेख्थे । उनको लेखले कुनै कायरलाइ पनि साहासी वनाउला वनाउला जस्तो लाग्थ्यो । लड्न जाने र मर्ने कुरा सायदै मात्र छुटेका हुन्थे उनका लेख रचनाहरुमा । देख्ने र सुन्ने हामी दंगै †
उनको प्रशिक्षणपनि सुनेको मैले – “ल कमरेड हो † जनतामा संगठन निर्माण गर्ने भनेको पत्रपत्रिका मार्फत पनि गर्न सकिन्छ । हेर्नुस † आगामी दिनमा अव हामीले यसलाइ व्यापक वनाउदै लग्नु पर्छ ।” हाम्रो काम ओठ लोप्र्याउनुवाहेक केहि हुदैन थियो । पत्रिका हेर्नको लागी हामीले त एक महिना कुर्न पथ्र्यो भने त्यो ग्रामिण इलाकाका जनताले कसरी थाहा पाउन सक्थे ?† फेरी पत्रिका पढ्नको लागी गाउ“का सवैले पढ्नपनि त जानेको हुनुप¥योनि । खै कुन्नि † यी महासयले केसोच्थे कुन्नि । पछि मलाइ थाहा भयो उनि प्राय काठमाण्डौमा वस्थे रे त्यसैले यस्तो वुद्धि आएको होला ।
फेरी राम्रै मात्र लेखे त कस्को के विग्रने हो र † युद्ध कालमा त्यसैपनि संवेदनशिल परिवेश हुने भै गयो । तर यी मान्छेचाहिं पत्रकार जस्ता थिए– जे देख्यो त्यो लेखिहाल्ने । यीनको दिमागमा थैलि थिएन । पस्योकि निस्कि हाल्थ्यो । उनको दर्शनमा यो नै स्वतन्त्रता हो रे । कहिले नेता विग्रीए भनेर लेख्थे त कहिले जनमुीक्त सेनाको गलत कार्य भन्दै मनलाग्दी लेख्थे । त्यति लेख्नको लागी त के थियो र – लोग्ने स्वास्नी सुतेको देखि लिएर संगै वसेर खाएको सम्म लेख्न चुकेनन । तर एउटै कुरा चै यीनले सायद जीवनमै लेखेनन् होलान कि – म जीवनमा डराएर कति पटक मरें भन्ने कुरा । मैले कहिलेपनि देखिन यस्तो कुरा लेखेको ।
एक दिन यी भाषण गर्दै थिए सेनाको लागी सहित्य । एकाएक आकाशमा हेलिकप्टर आयो । सेन्ट्र«ी छ“दै थियो – हामी ढुक्क भएर वसिरहयौं । किनकि अर्को खवर नआएसम्म हामी प्रशिक्षण सुन्न तयार थियौं । तर लेखक सर कता जानुभयो थाहा भएन । आकाशमा हेलिकप्टरले फन्का मारेको लगभग एकघण्टापछि दुश्मनले हेलिकप्टरवाट गोली चलाउन थाल्यो । इन्टेलिजेन्सको खवर अनुसार तलवाटपनि दुश्मन नजिक आइरहेको थियो । यो वेला मलाइ उनको याद आयो– संझे –“ कतै यो परिवेशको वारेमा लेख्दै छन र मर्ने पो हुन कि ” भनेर खोज्दै गएको त तीनी एउटा वाख्राको खोरमा पसेछन । – मैले भनें – “सर वाहिर निस्कनुस † ” तर उनले मलाइ यस्तो हप्काएकि – “ए हरामी † अनुशासन छैन तेरो ? किन याहा“ आएको वन्दुक वोकेर ?” हैन यीनको त खुस्के छ कि क्या हो भनेर अझ नजिक गए“, तर उनि त रातो पिरो भएर जुरुक्क उठेर झन् चिच्याए – “ए त“ याहा“ वाट गइहाल्छस कि मैले तेरो दात खुस्काइदिउ ?” । मलाइ झण्डै एकिन भयो – “यीनको पक्कै खुस्केछ ।” तैपनि संयमतापुर्वक भनें –“किन सर ? ” “त“ किन वन्दुक वोकेर आएको याहा“ ? सेनालाइ संकेत गरेर आकाश वाट वम खसाल्न लगाएर मलाइ मार्नको लागी ?” मलाइ यस्तो हा“सो उठ्यो अहिलेपनि संझदा त्यस्तै हुन्छ ।
“ल ठिक छ सर , दुश्मन घर भन्दा दुइसय मिटरमा आइपुगिसक्यो । तपाईलाइ त्यस्तै लाग्छ भने वस्नुस म गए“, अरु सवै कमारेडहरु याहा वाट सिफ्ट भइसकेका छन । “ दुश्मन त्यति नजिक आएको त थिएन तर भनिदिए“
त्यसपछि त कमरेडको कुदाइ संझेर अहिलेपनि मलाइ भुतुक्कै थकाइ लाग्छ । अनि वल्ल भन्न थाले– “भाई मलाइ नछोड है नछोड ।” म किन छोड्थें र वाहा“लाइ † किनकि म वाहाकै सेक्युरिटिको लागी गएको थिए“, वाहालाइ वचाउनु मेरो कर्तव्य थियो ।
संयोगवस एकदिन लेखकको र चट्टानको भेट भएको वेला म पनि उपस्थिीत थिए“ । मलाइ नेताहरुको वहस कस्तो हुन्छ होला भन्ने खुव चासो भइरहन्थ्यो त्यसैले म उनिहरुको कुरा एकाग्र भएर सुनिरहेको थिए“ । क. संयोगपनि साथै थिए तर के गर्दै थिए आफ्नै सुरको काम गर्दै थिए । चट्टानलाइ लेखकको कुनचाहिं लेख मन परेको थिएन कुन्नि उनले प्याच्च भनिहाले – “हैन लेखक सर, तपाइको काम अरु छैन भन्या † मनलागी लेख्नुको सट्टा खुरु खुरु संगठन वनाए के विग्रन्छ तपाइको ?
“तिमीलाई टाउको दुख्दैमा म रोकिने मान्छे ठान्यौं कि के हो ? पढ्दै नपढि, लेख्दै नलेखि केको संगठन हुन्छ ?” यी वुढा फेरी रिसाउनमा माहिर छन रिसाइ हाले ।
“गर्नुृ भो पढेर खुव् ? उनि पनि के कम लेग्रो तानेर मुख वंग्याउदै भने – “पढेकाहरुले गरिदिएको भए यो सव हामीलाइ किन दुख हुने थियो । पढेकाहरु भाग्न मात्र काम लाग्छन ।” के रिस उठ्याहा हो कुन्नि उनलाइ ?
“भो † यस्ता फुइ नलगाउनुस । विचार निर्माणको लागी लेखपढको जरुरी छ र विचार विनाको वन्दुक वा संगठन कहिं काम लागेको छैन ।”
“त्यसो भए तपाईको विचारमा, विचारले पढ्नु र लेख्नु मात्रै भनेको छ ?” उनि पनि के कम र कुरा गर्न त ।
“अनि के लड्नु र मर्नुृ मात्रै भनेको छ त ?” उनले पनि छिटो जवाफ फर्काए
“मुख्य कुरा त गर्नु हो हामी गरिरहेका छौं ।”
“मैलेपनि त गर्न त गरेकै छु नि ।” अलि डिफेन्सिभ जस्तो लाग्यो
“के गर्नु भएको छ ?”
“लेख्नुपनि त गर्नु नै त हो ।”
चट्टानले नराम्रो गरी ओठ लेप्राएर अर्कोतिर फर्केर नवोली वसे ।
उनिपनि के कम अर्को तिर मुन्टो फर्काएर वसे ।
यतिवेला सम्म चुप लागेर सुनीरहेको संयोगले वसेकै ठाउ“वाट चट्टानलाइ संझाउन खोज्दै भने – “पढ्नुपनि लेख्नुपनि क्रन्तिको एउटा महान काम हो ।”
तिनेले तत्काल प्रतिवाद गरे – “मलाइ यो सव नभन्नुस । मलाइ लड्न भन्नुस, मलाइ जनताको गोवर सोर्नको लागी भन्नुस म सव गर्न तयार छु ।” कुरापनि सही हो अरु सव कुरा गर्न उनि तयार छन जव पढ्नुपर्छ लेख्नुपर्छ भनेपछि निधारवाट धुवा आइहाल्छ ।
सायद चट्टानलाई संझाएर केहि लाग्दैन भन्ने लाग्यो क्यार संयोगलाई । त्यसैले लेखक तिर फर्कदै भने – “लडाई र संगठन त झन हाम्रो क्रन्तिको अभिन्न र महत्व पुर्ण अंग हो ......”
बीचैमा लेखक च्या“ठिए– “भो † धेरै प्रशिक्षण दिनु पर्दैन । मलाइ सव थाहा छ ।”
तीनलाई पनि त के खा“चो त उनीहरुलाइ संझाउनै पर्छ भन्ने । यस्तै सोचेर उनि सहज रुपम आफ्नो काममा लाग्न लागे । सायद उनी केहि लेख्दै थिए ।
क. संयोगपनि उनीहरुको समकालिन कमरेड नै थिए । तर उनी वहु आयामीक मान्छे हुन उनीहरु दुवै भन्दा । उनले स्कुलमा जम्मा पा“च कक्षामात्र पढेको हो । चट्टानको तुलनामा अरु पा“च कक्षा कम र लेखकको तुलनामा त निकै नै भनेपनि भयो । यीनले त खै व्याजलर पढ्दै गरेको भनेको हो कि पास गरेको भनेको मलाइ एकीन थिएन । तैपनि संयोग हरेक कामको लागी तयार थिए । उनको झोलामा कदापी नटुट्ने सामानहरु मध्य ग्रिनेड र किताव–कपि नै महत्वपुर्ण हुन । अन्य सामानहरु पनि आवश्यकता अनुसार वोक्नको लागी पछि पर्देन थिए उनी । फुर्सद हुनासाथ कि त नक्सा हेरेर लडाईको योजना निर्माणमा व्यस्त हुन्थे, कि त किताव निकालेर पढ्नमा व्यस्त । उनीसंग फुर्सद भनेको सायदैमात्र निस्कन्थे होलान । त्यो समय आफ्नो कार्याकर्तासंग रमाइलो गर्नमा खर्च गर्थे । जसले गर्दँ कार्यकर्ता नेतावीचको भावनात्मक समन्धपनि सुमधुर वनेको थियो । हरेक कार्यकर्ताहरुको चित्त कसरी वुझाउन सकिन्छ भन्नको लागी नया“ नया“ योजनाहरुको निर्माण गरिरहन्थे । उनले नगरेको काम थिएन, जुन चीज तीनको लागी नौलो होस ।
सारतः तीनी खासैको द्धन्दवादी थिए । उनी कयौं पटक कमाण्डर वनेर यु्द्ध मोर्चामा गएर सफल कमाण्डर वन्न सफल भइसकेका थिए । कयौं पटक कमिसार भएर सेनामा राजनैतिक भुमिकालाइ स्थापित गर्न सफल भइसकेका थिए । नेता वनेर संगठन वनाउने तथा जनताको वीचमा गएर आफ्नो प्रभावलाई विस्तार गर्नपनि उनी सफल थिए । उनले चाहे लेख्नमा होस, चाहे वोल्नमा होस वा लड्नमा होस सन्तुलन कायम गर्न जानेका थिए । आवेग र विवेकको संयोजन गर्न जानेका थिए । किनकि उनले दुनिया“लाइ समग्र तरिकाले वुझ्ने कोशिष गरिरहेका थिए ।
लामो समयको अन्तरालपछि भनौं वा शान्तिवार्ताको शुरुवात पछि पहिलो पटक मैले तिनै जना कमरेडहरुलाइ आज एकैसाथ भेट्न पाउदैे थिए“ । यो मेरो सौभाग्यपनि भनौं । पार्टीको शान्तिकालमा प्रवेशपछिको स्थीती फरक भएको छ । सकरात्मक प्रवितिकै हाराहारीमा नकरात्मक प्रवितिहरु टकराइरहेका छन । जनयुद्ध कालका कायर, भगुवा र सिआइडि भनेर एनलेडको लिष्टमा पारेकाहरु अहिले क्रन्तिको अग्र मोर्चामा आइपुगेका छन र आफुलाइ जवरजस्ती क्रन्तिकारी घोषणा गर्नं खोजीरहेका छन् । जे होस, कसैको नियत होइन या,े कसैको रहरपनि होइन यो । परिवेशको वाध्यता हो । जव परिवेशलाइ आफ्नो वसमा ल्याउन सकिन्छ त्यो वेला सव ठिक हुनेछ , यो क्रन्तिकारीपंक्तिको धारणा हो ।
तर यसपाली मैले अचम्म्को संयोग भएको पाए“ लेखक र चट्टानको वीचमा । मलाइ लागेको थियो – सायद दुवैजना उस्तै प्रवितीका होलान जो आज पनि उस्तै तरिकाले विपरित धारको वहस गर्नेछन । तर उल्टो उनिहरुको कुराकानी मा वहस होइन तादम्यता थियो ।
लेखक भन्दै थिए – “पार्टि विग्रियो अब” मैले सोचेको थिए“ अव चट्टानले कुन झटारोले दिने भए यी वुढालाइ । तर उनको जवाफ सुनेर म दंगै परें – “हो लेखकजी अव पार्टि एमाले हुनेछ ।”
“त्यहि त म भन्दै छु पार्टि एक्काइसौं सताव्दीको जनवादको दस्तावेज अनुसार गएन । सरकारमा नेताहरु नजाने कुरा थियो । अहिले हेर्नुस त † विधायक हरु हेर्नुस कस्ता र को को छन ? हेर्दै जानुस मन्त्रीहरुपनि मुख्य नेताहरु नै वन्ने छन । एमालेको वहुदलिय जनवाद र माओवादीेको एक्काइसौ शताव्दीको जनवादमा के फरक भयो र ? जे होस पार्टि पुर्ण रुपमा दक्षिणपंथी हुनलाइ अव धेरै कुर्नू पर्दैन । ” यस्तो लाग्थ्यो ती वुढा समुन्द्रको सतहमा गएर त्यसको गइराइ यतिनै हो भनेर मुर्खतापुर्ण अनुमान लगाइरहेछन ।
“ त्यहि त भन्या, हेर्नु न † पर्टिमा सवै जना सुविधामुखि भएका छन, सवजना प्राइभेट गाडी चड्छन, मोजमस्ति गर्छन, आफन्तलाइ जागीर लगाउछन, भगौडाहरुलाइ पुन पार्टिमा प्रवेश गराएका छन, श्रीमतिहरुलाइ विधायक वनाएका छन । खै युद्धकालको त्याग र वलिदानको सम्मान, शहिद परिवार प्रतिको खै सम्मान, .........?” उनीहरु खै कतिवेलासम्म वोल्दै थिए म हिंडे त्याहा“वाट किनकि कार्याक्रम शुरु हु“दै थियो र मलाइ तीनको कुरामा त्यति रस भएको जस्तोपनि लागेन ।
आजके कार्यक्रमको मुख्य अतिथी को हुन्छ भन्ने थाहापनि थिएन । कार्यक्रमको व्यस्तताले नेताहरु को आउछन टुंगो थिएन । तर अन्तमा आए– क.संयोग यो कार्यक्रमको मुख्य वक्ता वनेर । मलाइ चासो वढ्यो अव संयोगले के भाषण गर्नेछन भन्ने । उनले आफेनो भाषण शुरु गरे वर्तमान परिवेश वाट । जव पार्टिको वर्तमान कार्यदिशाको वारेमा राखे मैले दुइजना कमरेडको भन्दा नितान्तै भिन्न पाए“ – “ हो हाम्रो पार्टि केहि हद सम्म विग्रेको हो । तर हामी यती ठुलो फोहोर आहाल सफा गर्नको लागी त्याहा“ छिरेका छौं जहा“ हजारौं कमलका फुलहरुपनि फुलेका छन, त्यसलाइ साफ गर्नको लागी, र फुललाइ वचाउनको लागी केहिवेर हामीले फोहोरी वन्नु परेको छ । यो सत्य हो । तर यसको फाइदा लिएर फोहोरी हरुपनि क्रन्तिकारी वनिरहेछन त्योपनि थाहा छ । तर यो आफैं भित्र लड्ने वेला होइन अरुलाइपनि (चाहे तिनी अलि अलि फोहोरी हुन) जोड्ने वेला हो ।
पुराना कार्यकर्ता निराश भएका छन , किनकि हामीले आजको परिवेश सुहाउदो काम दिन सकेका छैनौं । जव हामी पार्टिलाइ मज्वुत ठाउमा पु¥याउछौं, हामीले अभियानको रुपमा कार्यकर्ताहरुलाए प्राविधिक रुपमा दक्ष वनाउनेछों र जनताको वीचमा पठाइदिनेछौं । जसले जनताको आर्थिक क्रन्तिमा पुर्ण सहभागी भएर राजनैतिक सचेतनालाइ पनि वढाउने छ । तर दक्षता अर्काले चाहेर जवरजस्त थोपरेर मात्रै हुने कुरा होइन, अर्कालाइ सरापेर र आरिस गरेर हुने कुरा पनि होइन मेहेनत आफैंले गर्नुपर्ने कुरा हो ।
पार्टीका आम नेताहरु प्राइभेट गाडीमा चडेका छन तुलनात्मक हिसावलेउनीहरुको वसाइ फरक र उच्चपनि छ । यो कसैको रहर छ कसैको वाध्यता । मुख्य कुरा गाडी चडेर हामी देश निर्माणको छिटो गतिमा कुदेका छौं वा घर निर्माणको गतिमा कुदेका छौं भन्ने कुरा छुट्याउदा राम्रो हुन्छ । हामी मध्यः कति जनाले घर वनाइरहेका छौं भन्ने कुरा तपाइहरुले पनि हेरिरहनु भएको छ र पार्टिले राम्रै गरि चिनेको छ । एकदिन ती घरहरुलाइ जनताको घर र ती मान्छेहरुलाइ सडकको पत्रु सामान जस्तो वनाइदिन हाम्रो पार्टि सक्ष्ँम छ जसरी एउटा पत्रुलाइ मुल्यवान चीजको जस्तो उपादी दिइरहेको छ । पार्टि कदापी विचलित हुदैन वरु कृतिम धुवालाइ पंछाउदै अगाडी वढ्दा, र संक्रमणकालवाट अगाडी वढ्दा यो स्वाभावीक अन्योलता हो ।” मलाइ उनको कुारा सोह्रै आना चित्त वुझ्यो । लेखक र चट्टानलाइ हेरें तिनी दुवैले एकसाथ यतिलामो ओठ पसारेर लोप्र्याए ।
कार्यक्रम सकिएपछि सवैजना हात मिलाउदै विदा भए । कोही गाडीमा चडेर हिडें, कोहि मोटर वाइकमा हिडें, कोही साइकलमा र केही पैदल हिडेर लोकल वसको खोजीमा लाग्न लागे । म कार्यक्रम स्थलको एक छेउमा वसेर यो सव हेरीरहे“– चट्टान एउटा चिल्लो गाडी आफैं हा“केर निस्कियो । झस्कें– “होइन होला ।” अलि मुन्टो तानेर हेरें– पक्का हो रहेछ । त्यहि मान्छे हो जसले तिस किलोको झोला वोकेर सदा लड्ने कुरा गथ्र्यौ । र भर्खरै सुविधाको गर्नु विरोध गर्दै थियो ।
यसो फर्कन नपाउदै मेरो सर्ट फरफराउने गरी अर्को गाडी हुइकियो । झट्ट देखें – गाडीको पछाडीपटि लेखक मोवाइलमा हा“स्दै कुरा गरिरहेको थियो । जो तिस किलोको कितावको भारी अर्कालाइ वोकाएर सदा पढ्ने कुरा गथ्र्यो र भर्खरैमात्र पार्टिका नेताहरु सुविधाभोगी भए र पार्टि एमाले भयो भन्दै थियो ।
२०६५–०३–२६
चितवन शक्तिखोर
संकल्प
‘रातपनि दिन भइदिएको भए वरुफुर्सद त हुने थिएन नि †, फुर्सद नभएको भए मेरो मनमा नचाहिंदा तर्कना सायद खेल्नेपनि थिएन होला †’ रातको झण्डै एक वज्न लागेको छ, उदीपलाइ निन्द्रा आएको छैन । वरु यस्तै तर्कनाहरु मनमा खेलीरहन्छन् । एउटा सानो कचक्क परेको विना झ्यालको अ“ध्यारो कोठा छ ।, लोडसेडिङको कारण विजुली छैन, मैनवत्तिको उज्योलो सकिन अव निकैवेर कुर्न पर्दैन । मधुर उज्यालोमा मटितेल विनाको कालो स्टोप लडीरहेको छ, धारामा पानी नआएको कारण वाल्टीनमा पानी छैन, दुइकिलो चामलको प्लाष्टिकमा अब त्यस्तै आधामाना जतिमात्र चामल वा“कि होला ।, विना खाटको ओछ्यानमा कुल्लि व्लाङकेटको डसना र सोहि व्लाङकेटको ओड्नी ओडेर पा“च वर्षे छोरि ह“ह“ गर्दै निदाएकि छ । उसलाइ वेलुकि भएपछि ज्वरो आउने रोगले निकै समय यतादेखि सताएको छ ।, गएको केहि महिना यतावाट मुटुको रोगले छोरिलाइ पक्रेपछि काठमाण्डौंमा आएर यस्तो हालतमा वस्न ऊ वाध्य भएको हो । उनको उपचारमा पा“च लाख रुपैया लाग्ने कुरा डाक्टरले उदीपलाइ वताइसकेका छन् ।, श्रीमतिले छोरिलाइ अंगालो हालेर सुतेकि छन् । तर यी सवै विषय उदीपको सोचको मूख्य विषय थिएन । कसरि क्रान्ति हुन्छ, कसरि जनताको मुक्ति हुन्छ, आफु कसरि क्रान्तिकारि वनिराख्न सकिन्छ, अरुलाइ कसरि क्रान्तियात्रामा डोहो¥याइ राख्न सकिन्छ जस्ता विषय उसको सोचको मूख्य विषय थियो । तर आजभोली वाध्यतावस छोरि सदिक्षाको वारेमा सोचेर धेरै समय उसले खर्च गर्ने गरेको छ । यहि शिलशिलामा आजको रातपनि उदीपको मनमा यस्तै कुरा आएको हो । आजभोली वेलुकि सुत्नुभन्दा अघि जव ऊ पढछु भनेर किताव हातमा लिन्छ त्यसपछि, पढाइको कुरा त परै जाओस निन्द्राको सटामापनि उसको मनमा यस्तै यस्तै कुरा खेल्न थाल्छ । ऊ सोच्छ – ‘ मैले मेरो वारेमा यसरि सोच्न नपरेको भए मेरो दिमागमा नया“ नया“ कुरा फुर्ने थियो होला, नया“ सोचहरु आयो भने नया काम गर्नपनि म सक्थें हुला । हुन सक्थ्यो मेरा ती नया“ सोचहरु उपलव्धीमूलक हुन्थेपनि कि ? त्यसले जनतालाइ केहि फाइदा हुने थियो होला नि †’ यस्तो कुरा उसको मनको लडु वनेको थियो ।
छोरिको उपचारमा काठमाण्डौं आउनु अघि गाउमा उसको फुर्सद हुदैन थियो । पुरानो काम छाडेको थिएन उसले । अर्थात जनसमन्ध र जनसंगठनको काम † उसलाइ देखेर आजभोली महाभारतका जनताहरु नतमस्तक हुन्छन् । किनकि २० वर्षदेखि महाभारत नछाड्ने त्यो भेगको एउटै लिडर ऊ मात्र हो । उसमा कुनै परिवर्तन छैन । जनयुद्धको शुरुवात हुन भन्दा अघिपनि उ महाभारतको लेकमा र जनताको घर–आगनमा जनमुक्तिको कुरा गर्दै दगुरिरहन्थ्यो ।, १४ वर्ष अघि जनयुद्ध को शुरुवातपछि पनि ऊ नीरन्तर उहि नारा लिएर दगुरिरहयो । र चार वर्ष अघि शान्तिसंझौता भएर पार्टि सरकारमा जा“दा र कार्यकर्ता सहरमा पस्दापनि ऊ यहि नारा वोकेर महाभारतमा कुदिरहेको छ । उसले आफ्नो स्वार्थकोलागी केहिपनि गरेन । उसको राजनैतिक जीवनभर जनतालाइ नराम्रो वोलीले गाली गरेन । हरेकवर्ष महाभारतको लेकमा वसन्त फक्रियो र झ¥यो तर उसमा केहि परिवर्तन आएन । न उसले वसन्तको खुशिमा आफुलाइ हिन ठान्यो न गृष्मको दःुखमा आफुलाइ दम्भी वनायो । यहिनै उसको महासागर जस्तै शालिन विशेषता हो ।
जनयुद्धकालमा सहयोद्धाले पा“च पटक जुत्ता फेर्दा उ सहयोद्धाले फालेको एक–एक ओटा राम्रा जुत्ता टिपेर लगाउथ्यो । अरुले नया“ झोला वोक्दा ऊ जनताको घरमा फालेको वोरा खोजेर सिलाउथ्यो । तर जव मौका आउथ्यो उसले संन्चीत गरेको सवै पैसा एकै ठाउमा खर्च गर्नपनि पछि पर्दैन थियो । लडाईमा घाइते भएका योद्धाहरुलाइ खुवाउन भनेर खाली खुटा डा“डा का“डा डुल्दै रासन र मासुहरु जम्मा गथ्र्यो । उसलाई नया“ युगको परिवर्तनशिल कुवेर भनेपनि हुन्थ्यो, किनभने ऊ मौकामा हिरा फोथ्र्यो र वेकारमा कौडिपनि झिक्दैन थियो ।
ऊ देखिंदा कुनै ठुलो नेता जस्तो देखिंदैन थियो । झुम्रो लुगा, मैलो र ठुलो झोला, थोत्रो जूत्ता र झुस्स दारि उसको सदावहार गेटअप थियो । तर वोल्न थालेपछि उसलाइ जनताले वा कार्यकर्ताले वल्ल पत्याउथे । उसमा खुरापाती गर्ने कुनै शौख थिएन । क्रान्तिकारि आदर्शका एक–एक शव्दलाइ उसले व्यवहारमा पालना गरेको हुन्थ्यो ।
लडाइका हर–यात्रामा कोहि हेर्दा हेर्दै पुच्छर लुकाएर भाग्थे र वैठकमा आएर सानपूर्वक वोल्थे– ‘....... वास्तवमा मोर्चामा यस्तो कुराचाहिं पुगेको थिएन, .....मने नेतृत्वले यति गरेको भए लडाई पक्का जितिने थियो ।’ कोहिचाहिं विचारमा पुरै स्खलित भएका हुन्थे र व्यवहारमा आत्मकेन्द्रीत काम गरेर वैठकमा आएर गंभिरताको नाटक गर्दै प्रस्तुत हुन्थे – ‘.....हामी त महान वन्नु पर्छ कामरेडहरु † वास्तवमा फलानाको यो कुरा पटक्कै भएन, तिलानाको त्यो कुरा फिटिक्कै भएन’ तर उदीपले अर्काको आलोचना गर्नको लागी कहिल्यै समय खर्चेन । उ भन्थ्यो – ‘म भन्दा तलको कार्यकर्तालाइ आलोचना गरेर नंग्याउनु भनेको आफ्नो असक्षमताको पनि दयनियता प्रस्तुत गर्नु हो । उनीहरुलाय त संझाउनुपर्छ, र म भन्दा माथीको को आलोचना गर्नु को के अर्थ छ र ? किनकि सहि वा गलत भन्ने कुरा लगभग आफैंलाइ थाहा हुने कुरा हो । वुझ्नेहरुलाइ त संकेत नै काफि भइहाल्छ । ’
‘शान्तिसंझौता’ पछिको ‘शान्ति’ प्रकृयामा पार्टि प्रवेशपछि एकाएक सवै कुरा परिवर्तन भयो । काम गर्ने कार्यक्षेत्र गाउ“वाट सहर भयो । सक्षम भनिएका कार्यकर्ताहरुलाइ सहर सारियो, नेताहरु सहर वस्नु रहर भन्दापनि वाध्यता भयो, तर विस्तारै रहरको मात्रा पनि वढ्दै जान थाल्यो ।
हिजो कलेटी पर्ने ओठहरु राता–राता हुन थाले, चाउरि परेका गालाहरु पोेटिला हुन लागे, युवा युवतीले जिन्स पाइन्ट र टाइट सर्ट लगाएर आधुनिक वने, अलि परिपक्क भनिएका प्रौढ तथा वृद्धहरुको हकमा कन्भर्स जुत्ताको ठाउमा छालाको जुत्ता फेरियो, सामान्य कटनको पाइन्टको ठाउमा हजारौं पर्ने सुट फेरियो, सामान्य झुप्रो को वास वदलिएर ठिक्कको कोठा ह“ुदै फ्ल्याट र हैसियत अनुसार ठिक्कको भाडाको घरमा सर्न थालियो ।
कुरागर्ने शैलीहरु विस्तारै वदलिन थाले । ऊ वेला वर्ग वैरिप्रति प्रयोग गर्ने कडा शव्दहरु अव नरम वन्न थाले, भाषण गर्ने कडा शैली वदलिएर नरम र शलिन हुन लागे ।
माओावादी वन्नको लागी जनयुद्धले तोकेको मापदण्ड खुकुलो भयो । माओवादीमा आउने लहर चारैतिरवाट भयो । माओवादीमा भेटिने रङ समाजको कुनैपनि रङभन्दा वाहिरको रहेन ।
माओवादी भनेपछि डराउने फटाहाहरुपनि माओवादीको लागी धराप थाप्न लागे, अर्थात माओवादी वनेकाहरु माओवादीको कभरमा तस्कर र डाकाहरुसंग मिलेर कमाउनपनि थाले ।
अवैधानिक विशाल शक्तिको रुपमा परिभाषित गरिएको माओवादी हेर्दा हेर्दै वैधानिक सर्वोच्च शक्ति को रुपमापनि कायम भयो ।
यस्तै कयौं–कयौं परिवर्तन भए । तर उदीपको जीवन–व्यवहारमा कुनै परिवर्तन भएन । अरु जस्तो परिवर्तन हुनको लागी उसले अवसर नपाएको कारण होइन, उसको आफ्नो क्रान्तिकारि आदर्श को कारण आफ्नो व्यवहारमा परिवर्तन आउन दिएन । आज भन्दा विस वर्ष अगाडी ऊ जस्तो थियो आजपनि ऊ उस्तै थियो । विसवर्ष अगाडी भएको उसको ज्ञान चेतना भन्दा आज उसमा कयौै कयौं गुना अनुभव ज्ञानको दायरा विकाश भएको थियो । तर ऊ त्यसलाइ उपयुक्त ठाउमा प्रयोग गर्ने वाहेक दुरुपयोग गर्न चाहदैन थियो । गाउ“ले र आफन्तले उसलाइ वेला–वेला सहानुभुति प्रकट गर्दै भन्थेपनि – ‘फलानाले यसो गरे, तिलानाले उसो गरे, त“ चाहिं केहि गर्दैनस ? आखिर तेरापनि वाल वच्चा छन् ।’ उदीपको सहज उत्तर हुन्थ्यो – ‘क्रान्ति ऊ या मसंग जोडिएको कुरा होइन, ऊ मेरो पछाडि वा म उसको पछाडि लागेको पनि होइन । हामी सवैजना क्रान्तिको पछाडि लागेका हौं । ऊ विग्रन्छ वा वन्छ भने उसको वुद्धिले र म विग्रन्छु वा वन्छु भने मेरो वुद्धिले हो । .................मेरो विचारमा म जे गर्दै छु त्यो तपाइहरुको हितमा छ, आम जनताको हितमा छ भलै मेरो हितमा नहोस । छाडिदिनुस यी सव कुरा ।’
अकस्मात अस्तिको हप्ता उसले वेकामसिंहलाइ घर्तिगाउको चौतारिमा भेट्यो । चौतारिमा भेला भएका जनताहरु उसका कुरा सुन्न स्वतःस्फुर्त जम्मा भएका थिए । अकस्मात † वेकामसिंह सहरवाट आइपुगेछ । उसको घरपनि त्यहिं नजिक हो । उसको एउटा हातले एउटा गज्जवको सुटकेश र अर्को हातले आठ नौ वर्षे छोरिको हात पक्रेको थियो । अघिअघि झिलिमिलि साडि लगाएकि उनकि श्रीमति थिइन । उदीपले जुरुक्क उठेर वेकामसिंहलाइ अभिवादन ग¥यो । वेकामसिंहले मसुक्क हा“सेर मुन्टो हल्लायो मात्र । प्रस्ट थियो – उसले घमण्डतापुूर्वक मनमनै भन्यो– ‘देखिस उदिपे † खुवै फुर्ति गर्दिु नि आखिरमा म तेरै नेता वन्न सफल भए“ ।’ केहि दिन अघि भएको पार्टि एकतामा ऊ माओवादी पार्टिको केन्द्रीय सदस्य भएको थियो । यो कुरा जनताले पनि थाहा पाइसकेका थिए ।
आज भन्दा चार वर्ष पहिले त्यहि चौतारिमा उनीहरु दुइजनाको भेट भएको थियो । चौतारिका जनता त्यो वेलापनि उनीहरुवीचको वहसमा साक्षि थिए । त्योवेला वेकामसिंहले जनयुद्धलाइ जनविरोधि युद्ध भन्यो, माओवादलाइ का“चोपना भन्यो, माओवादीको कार्यकलापलाइ आतंककारि मात्रै भन्न वा“कि राखेन वा“कि सप्पै तथानाम भन्यो । उदिपले वेकामसिंहको तर्कको जवाफ तार्किक ढंगले नै दियो । उदीपको तर्क र विचारको अगाडी वेकामसिंहको केहि लागेन, रिसले चुर–चुर परेर काइते तर्क गर्दै त्याहा“वाट हिड्यो र उसका नजिकका मान्छेजति जम्मा गरेर माओवादीलाइ खान वस्न नदिनु भन्दै उर्दि नै जारि ग¥यो । तर आज ऊ चाहिं माओवादीको केन्द्रीय नेता वनेर आएछ । जनताको वीचमा उसले यस्तो सान पूर्वक वोल्यो मानौं आजसम्मको जनयुद्धका प्रणेता नै ऊ आफैं हो । उसको वोलीका हर वा“क्यामा ‘.........हाम्रो महान जनयुद्ध, हाम्रो महान माओवादी पार्टि को महान विद्रोह ...............’ जस्ता शव्दहरु वारम्वार दोहोरिरहन्थे । कुरै सुन्दा त यस्तो लाग्थ्यो उदीप त के क्रान्तिकारि ? उदीप भन्दा त वेकामसिंह दशगुना क्रान्तिकारि हो । हैसियतको हिसावले यो कुरा चाहिं सत्य थियो कि उदीप भन्दा एक स्टेप माथी नै पुगेको थियो वेकामसिंह ।
यावत परिवर्तनको प्रभाव उदीपमा नपरेको होइन तर उसले आवश्यकता अनुसारको काम, ठाउ अनुसारको भुमिका, र क्षमता अनुसारको जिम्वेवारि हुन्छ भन्ने कुरालाइ मनन ग¥यो । पार्टिका मूल्य मान्यता र आदर्शमा भएको न्युनतालाइ देखेर उसको मनमा चिन्ता वढेको भएतापनि त्यसलाइ अनावश्यक व्यक्त गरेन । किनभने हर वस्तुको निक्र्योल निक्लनको लागी निश्चित समयको जरुरी हुन्छ भन्ने कुरालाइ अनुशासनको रुपमा मनन गरेको थियो । यसो भनौं उदीप पार्टि ले गर्ने त्यहि निक्र्योलको प्रतिक्षामा वसेको छ ।
केहि दिन देखि उसको सोच्ने तरिका वदलिनुको कारण उसकि सानी छोरि सदिक्षा विमारि हुनु हो । विरामी भन्दापनि सदिक्षाको मुटुको उपचार गर्ने पा“च लाख रुपैया खर्च कसरि जुटाउने भन्ने चिन्ता प्रमुख वनेको थियो । श्रीमतिपनि छोरिको पीरले सुक्दै गएकि थिइ । वेला वेला मुखै खोलेर भन्छे – ‘आखिर यत्रो लगानी हाम्रो पनि त थियो नि पार्टिमा, खै त परेको वेलामा के भयो र वुढा ?’ उपचारको लागी पा“च लाख जुटाउन कहा“सम्म पुगेको थिएन र ऊ । सवैको महलमा वा आलिसान फ्ल्याटहरुमा चाह¥यो, तर साना साना आश्वासनका पोको वोकेर फर्कियो । यहि वेला उसले महशुष ग¥यो – क्रान्तिकारि आदर्शहरुमा विस्तारै भाइरस लागीरहेको रहेछ । किनकि उसले ज–जसलाइ भेट्यो उनहिरुको वोल्ने सैलीमा नितान्त परिवर्तन आएको थियो । काम गर्ने शैली मा आकाश पतालको फरक भएको थियो । ती दिनहरुमा हुने सहृदयी भेटघाटको वातावरण अहिले धमिलिएको थियो र घण्टौं पालो कुरेर पा“च वा दश मिनेटमा आफ्ना कुरा राख्नु पथ्र्यो ।
ऊ त्यसै त्यसै भांैतारिएर कोठा आयो आज वेलुकिपनि । केहिवेर पढ्ने कोशिष ग¥यो तर मन कितावमा गएन । छोरिको निर्दोष अनुहारमा उसका आखा परिरहे । श्रीमतिकोकोमल अपेक्षामा निदाएका आ“खाहरुमा हेरिरहयो तर उपाय केहि थिएन, विस्तारै छोरिको अवस्था सिथिल ह“ुदै गइरहेको थियो, साथसाथै अर्कोतिर पार्टि केन्द्रले सर्वहारा वर्गको मुक्तिको लागी भनेर अन्ततः विद्रोह गर्ने घोषणा गरिसकेको थियो ।
अहिले उदीपको मनमा भिाषण द्धन्द चलिरहेको छ । ऊ आफैंलाइ प्रश्न गर्छ – यो वेला म विद्रोह गरु“ वा मेरो छोरिको लागी पा“च लाख रुपैया जुटाएर उपाचार गरु?तर उसंग यसको सहि उत्तर छैन । छोरिको माया उसको आफ्नो जीवनभन्दापनि वढी छ । छोरिलाइ वचाउनको लागी आफु मर्न पनि तयार छ उदिप । यद्यपी यो उसको लागी उपयुक्त उपाय होइन । साथसाथै अर्को महत्वपूर्ण पक्ष छ उसको जीवनको । त्यो हो जनविद्रोह ।सर्वहारा वर्गको लागि हुने विद्रोह उसको जीवनको यस्तो आदर्श हो जून आफ्नो सयौं जीवन भन्दा पनि अमूल्य र प्यारो छ । जसको लागी उसले सयौं पटक मृत्युसंग आफ्ना जीवनको दाउ थापेको छ ।मृत्युलाइ चुनौति दिएको छ । यो दुइटा संकट मध्य कुन छान्ने ? यहि जटिल प्रश्नको उत्तर आजको रात उसले दिनु छ ।............ अन्ततः उसले आफ्नो इतिहासलाइ पुर्नस्मरण ग¥यो । जनताले गर्ने आम विद्रोह को यस्तै दिन ल्याउन भनेर उसले सारा परिवार, आफन्त, र सम्पूर्ण खुशिहरु त्याग गरेको थियो । उसले एकपटक फेरि आफैंलाइ प्रश्न ग¥यो ? – के म जनयुद्धमा आफुलाइ होम्दै गर्दा मेरा परिवार थिएनन् र ?, मेरा आम व्यक्तिगत र पारिवारिक समस्याहरु थिएनन् र ? मेरा वच्चाहरुको अपेक्षाहरु म माथी थिएन र ? सव कुरा थियो । मनमनै आफुलाइ जवाफ दियो । – तर मैले सवैकुरालइ तिलाञ्जली दिएर आफुलाइ मुक्तिको लागी जनयुद्धमा होमें । आज म मेरि छोरिको कारण विद्रोहलाइ कसरि त्याग्न सक्छु ? मनमनै प्रश्न ग¥यो र भन्यो – म जान्छु, अवस्य जान्छु । मलाइ विद्रोह प्यारो छ मलाइ मुक्ति प्यारो छ । मलाइ थाहा छ मेरो सम्पूर्ण त्यागले, आम क्रान्तिकारिहरुको सम्पूर्ण त्यागले गरिवहरुको मुक्ति हुन्छ भने मलाइ यहि कुरा स्वीकार्य छ । उसले संकल्प ग¥यो ।
प्रतिवद्धता
हामी भन्दा तिन–चार सय मिटर तल भिषण वाढी लिएर वग्ने धमिलो नदि वगिरहेको छ ।, अकल्पनिय अप्ठ्यारो पहरामा कुनै स्पार्टाकसले वनाएको साšघुरो सिंडि हšुदै हामी उकाली लागीरहेका र्छौं ।, मुसलधारे वर्षातले हामीलाइ चुटिरहेको छ मानौं हामीले यसअघि उसको ठुृलै काम विगारेकोले गर्दा वर्षात हामीलाइ कठोर सजाएš दिइरहेको छ । र यो क्षण औंसिरातको अन्धमुष्टि छ । मेरो मनको स्पार्टाकशले वनाएको यस गोरेटो आज धेरै पुरानो भएकोले ठाउšठाउšमा सिढींहरु छिनेको छ र कोहि नयाš स्पार्टाकसहरु अझै जन्मीसकेका छैनन् । प्रत्येक छिनेको गोरेटो हाम्रो मृत्युको खुड्किलो हो । यदि हामी ती छिनेका गोरेटोलाइ ठम्याउन सकेनौं भने तल वग्ने धमिलो नदी हामीलाइ लैजान तयार भएर सुसाइरहेको छ । हामी यस अन्धकार रातमा अप्ठ्यारो पहराको सšाघुरो सिढी उक्लदै गर्ने एककम्पनि को टोली छौं अर्थात एकसय जना जति । मेरो पिठ्यšुमा कम्तिमा विस किलो जतिको भारि छ । मेरो ओड्ने कपडा, लगाउने लुगा, ओछ्याउने प्लाष्टिकको गुन्द्रि, दुश्मनसंग लड्ने वम, र जनतालाइ मुक्तिको कुरा सिकाउनको लागी भनेर मैले पढ्ने किताव । अर्थात यसोभन्दा पनि फरक पर्दैन त्यो मेरो एउटा सानो घर हो जसलाइ म पिठ्यšुमा वोकेर हरदिन यात्रारत रहन्छु । साथै मेरो कम्मरमा पचास थान गोली र काšधमा लगभग पाšचकिलोको राइफल छ जसको उपनाम जीवन साथी भनेपनि हुन्छ । जसमाथी प्लाष्टिक ओडेर म आफुलाइ भन्दा यी सामाग्रीलाइ पानीवाट वšचाउनको लागी वढी सचेत छु । म भन्दा अगाडी क.शुशिल छ र सुशिल भन्दा अगाडी क.सोनाम हुनुन्छ । म पहिलो ग्रुपको कमाण्डर अर्थात सैनिक भाषामा फ्रन्ट गार्ड लिडर र उनीहरु दुइजना मेरा सदस्यहरु हुन । उनीहरुसंगपनि उतिकै समान छ, जति मसंग छ । वा ती एकसय मान्छेहरु जोसंग कुनै न कुनै रुपमा वरावरि गह्रौं भारि छ । हामीलाइ यो गन्तव्यको टुंगोको वारेमा कुनै प्रश्न छैन र कुनै अपसोच पनि । आशा छ – हामी यो भारिलाइ साम्यवादमा लगेरमात्र विसाउने छौ्रं ।, विश्वास छ – मेरो शरिरले सकेन भने अर्को नौजवान जन्मने छ र मेरो भारि वोकेर यात्रालाइ नीरन्तरता दिइनै रहनेछ ।
हर अप्ठ्यारा गांैडाहरुमा जव म तल पर्छु क.शुशिल ले आफ्नो हात पसारेर भन्छ – आउनुस । म उसको हात पकड्छु र माथी उग्लन्छु । निःस्वार्थ भावना सहित ऊ मलाइ माथीतिर तान्छ । म निःश्छल तरिकाले सोच्छु – उसको ठाउšमा अरु हुन्थ्यो भने उसलेपनि मलाइ तान्थ्यो, किनकि मपनि मेरो पछिको साथीलाइ हरपटक हात पसारेर भन्थें – आउनुस । यो हाम्रो आम कर्तव्य हो र महान यात्राको नियम पनि । हर यात्रामा र हर विछोडपछिको भेटमा केवल दुइ सेकेण्डको लागी हात मिलाउदै गर्दा वा यदाकदा वसाइको वेला संयोगले उसको र मेरो आšखा कयौंपटक जुधेकोपनि छ । तर आšखाहरुकोे यस जुृधाइमा न मैले अप्ठ्यारो महशुष गरेको छु न त उसले नै । सहजतामा हामी एक अर्कालाइ वुझ्छौं र व्यवहार गर्छौं ।
Ò Ò Ò Ò
यो रात होइन यो खुल्ला आकाश देखिने दिन हो । हामी हाम्रो यात्रालाइ गौरिसंकर हिमालको फेदिको वाटो भएर नीरन्तरता दिइरहेका छौं । हामी भन्दा अगाडी खुल्ला वाटो छ, तर तलमाथी भिरालो अप्ठ्यारो जमिन छ । अकस्मात ! अगाडी गएको दुइजना संकेत विभागका कमरेडहरुको अनुसार दुश्मन नजिकमात्र होइन हामीसंगै जस्तो आइपुगेको कुरा पत्ता लगाउन कठिन छैन । उनीहरु वेतोडले भाग्दै हामीतिरै फर्किरहेका छन् । मैले कासन गरें । सुशिल दायाšतिर पोजीसनमा वस्यो, सोनाम सुशिल भन्दापनि दायाš र म वायाšतिर वसें । नभन्दै दुश्मन मुक्कामुक्किको दुरिमा आइपुगेको छ । मैले गरेको सवै फायरहरु मिस भयो । मलाइ समात्ने सुरमा झम्टदै आएको एकजना दुश्मनको सिपाईलाइ शुशिलले एकै खुकुरिले छ्वाप्पै पार्यो । म दुश्मनको पहिलो प्रहारमा नै लडेको छु । पछाडीवाट दुश्मनले हानेको गोलीलाइ छल्न पछाडी हटेर कभर लिनुको विकल्प छैन तर उठेर कभर सम्म पुग्ने संभावनापनि कहाš वाकि छ र ? लडीरहेको म माथी लडेर सुशिलले मलाइ च्याप्पै समात्यो र मलाइ समेत रोलीङ गराउदै हामी कभर भएको ठाउमा झर्यौं । हाम्रो पछाडीको टोलीले दुश्मनलाइ व्लक गर्न शुरु गरिसकेको छ । रोलीङ गर्दै याहा आइपुग्दा म शुशिलको छातिभन्दा माथि परेको छु । उसको दुवै हात मेरो काखिमुनिवाट मेरो काšधमा छ र मेरो हात उसको काšधमा । नजिकवाट अर्थात एक अर्काको अंगालोमा वाšधिएर मैले उसको आšखामा आšखा मिलाएš केबल तिन सेकण्डभन्दापनि कममात्र । जुृरुक्क उठेर पोजिसनमा वसें । ऊपनि आफ्नो पोजीसनमा वस्यो । हामी भन्दा दुश्मन कम छ त्यसैले उसले आफुलाइ पछाडी हटाइरहेको छ हामी अगाडी वढीरहेका छौं ।
लडाइ पछिको स्वभाविक फर्मेशनमा हिड्न शुरु भइसक्यो । मैले उसलाइ सोधें – शुशिल ! किन तपाइले मेरो लागी ज्यान जोखिममा पार्नु भएको ?, म ढल्नु वा तपाई ढल्नुमा के फरक छ र क्रान्तिको लागी ? मलाइ वचाउदा तपाइ ढल्नु भएको भए ....? ऊ आफ्नो तिस किलोको भारि वोकेर लुखुर–लुखुर हिंडिरहेको छ । पछाडी नफर्केरै उत्तर दिन्छ – कमरेडली भावना जो मेरो मनभित्रपनि उर्लन्छ, कमाण्डरप्रतिको कर्तव्य जो मेरा मनमा पनि इमान्दारितापूर्वक छ.................. । अरुपनि केहि वोल्लाकि भन्ने मेरो अपेक्षा यतिमै व्रेक लाग्छ । मेरो प्रतिक्रिया वुझ्नका लगाी भनेर फेरि ऊ फर्केरपनि हेर्दैन । म उसको पछिपछि उस्तै भारि वोकेर हिडेरहेकी छु । उसले दिएको जवाफ ‘कमरेडली भावना’ र ‘कमाण्डरप्रतिको कर्तव्य’ भन्ने शव्दले मलाइ चित्त वुझेको छैन । तर मलाइ फेरि उहि प्रश्न कोट्याउन मनपनि लाग्दैन ।
Ò Ò Ò Ò
गएराति देखिनै म अलि विरामी जस्ती छु । अलिअलि रिंगाटा लागेको छ । सायद मासिक धर्म भएर पो हो कि ? यस्तो वेला कमजोर हुनु हामी महिलाको लागी स्वभाविक हो । तर भन्नुचाहिं अर्को कमरेडको लागी भार थपिनु हो, किनभने मेरो झण्डै तिस केजीको भारी अर्को कमरेडले थप्नु पर्छ । तर म हिंड्दा हिंड्दै रिंगाटा लागेर अकस्मात ढलें । शुशिलले मलाइ उठायो र मेरो झोलापनि उसले थपेर मलाइ एउटा लठी दिएको छ । अप्ठ्योरोमा उसले मलाइ डोहोर्याइरहेको छ । हामी सेल्टरमा आइपुग्छौं । उसले मलाइ सम्झाउदै भन्दैछ – महिलाको सवै रोगहरु हामीलाइ भन्न गाह्रो हुन्छ होला तर कसैलाइ न कसैलाइ त भन्नु पर्छ नि । वाटैमा तपाईलाइ केहि भएको भए के हुन्थ्यो ? मप्रतिको उसको गंभिर रेखदेखको मौका छोपेर म उसलाइ प्रश्न गर्छु – मलाइ केहि भएपनि के हुन्छ र यत्रो क्रान्तिमा ? आखिर कयौं होनहार योद्धा त छšदै त छन नि ! मेरो अपेक्षाको विपरित उसले जवाफ फर्काउछ – वाटोमा तपाईलाइ केहि भएको भए साथीहरुले वोक्नुपर्ने हुन्थ्या,े सवौलाई दःुख हुने थियो ।, राम्रो सोच्नेले त राम्रो सोच्लान नराम्रो सोच्नेले झन्झट मान्ने थिए, र हुनसक्छ पछाडी पछाडी कुरा काट्नेपनि थिए अनि ...........? यी वाšक्यहरुको प्रस्तुतिमा उसको मुद्रामा कुनै परिवर्तन छैन ।
म हिजो आज उसको इमान्दारितालाइ नजिक वाट नियाल्न थालेकि छु । ऊ अनुहारमा सुन्दर मान्छे होइन । तर उसको निश्छलता देखेर ऊ असाध्यै सुन्दर लाग्छ मलाई । संयोगले यदाकदा जुध्ने नजर र कहिलेकहिं थोरै समयको लागी छुटेपछि एकसेकेण्ड हात मिलाउदा दुइ सेकेण्ड जृुध्ने नजर्लाइ आज भोली म लम्व्याउन थालेकी छु । मेरो गहिरो हेराई देखेर ऊ के सोच्छ मलाइ थाहा छैन तर हाम्रो एकोहोरो यात्रा मात्रपनि त झण्डै एक वर्ष भन्दा वेसि भइसकेको छ । यद्यपी आजसम्म न मेरो व्यक्तिगत कुरा मैले उसंग धेरै गरेकी छु न उसले नै आफ्नो वारेमा मलाइ भनेको छ । तैपनि केहि समय यतादेखि मलाइ फुर्सदको समय उसैको छेउमा पाएको मा खुसि लाग्छ । वरु लामो यात्रा होस उसको पछि पछि यात्रा गरिरहन मन लाग्छ । तर यो मेरो मनको अनुभुति न अरु कसैलाइ व्यक्त गर्न सक्छु न उसलाइ नै । मेरो मनमा अनिर्णयको यो काउकुति निकै समयदेखि गुम्सिीदै आएको छ ।
Ò Ò Ò Ò
योपाली हाम्रो लडाईको तरिका अलिक वदलिएको छ । हामी कमाण्डो कार्वाहिको लागी भनेर छोटा हतियार लिएर सदरमुकाम तिर गइरहेका छौं । टोलीमा छ जना केटाहरु छन् र हामी चारजना केटि छौं । हामी जम्मा जम्मि दश जनाको टोलीमात्र हिंडेको कारण शुशिल र मलाइ संगै हिड्ने संयोग मिलेको छैन । मलाइ कुनैपनि वहानामा संगै हिडौं झैं लागेको छ । फर्मेशनमा फर्मेशनको अनुशासन अनुसार हरेक व्यक्तिको दुरिको निर्धारण पहिलेनै गरिएको हुšदा समूहमा हिड्नु वा कुनैपनि छलफल गर्नु निशेध हुन्छ तर हामी खास फर्मेशनमा हिडेका छैनौं । तोकिएको स्थानमा पुग्नु भन्दा अगावै हामीलाइ खासै सतर्क हुन जरुरीपनि छैन । तसर्थ कुराहरु सामूहिकतामा भइरहेको छ । सामूहिक कुराकानि ले कमरेडहरुलाइ रमाइलो त वनाइरहेको छ तर मेरो मनमा एउटा अर्के कुरा उर्लिरहेको छ – जुन कुरा मैले यो लडाइ भन्दा अगाडी नै सुशीललाइ भन्न चाहन्छु । तर आज भन्न सकिन भने भोली विहानै देखी कमाण्डो कार्वाहिको तयारि देखि यात्राको चाप समेत हुनेछ । कमाण्डो कार्वाहि हो के विश्वास ? मेरो कुरा भन्नै नपाइ विछोड हुने पो होकि ? तर अस्वभाविक रुपमा मैले शुशिललाइ छुटै कुरा गर्नुपनि मेरो समकालिन र नेतृत्व कमरेडहरुको अगाडी सुहाउदिलो कुरा छैन । साथै मेरो मनको कुरा पहिले नेतृत्वलाइ राख्नुपनि मैले उचित मानिरहेको छैन । मनभित्रको यावत द्धन्दको कारण दिनभरको यात्रामा मैले खास वोल्ननै सकिन । कसरि मेरो मनको कुरा उसुलाइ सुनाउने भन्ने चिन्तनमा नै मेरो यात्रा वित्यो ।
आज वेलुकिपनि हाम्रो सुताइ फरक घरमा पर्यो । महिला एकातिर र पुरुष अर्कातिर । मनमा खेलेको कौतुहलताको हलविना निन्द्रापनि राम्रो लागेको छैन । आधारात तन्द्रामानै वितिसक्यो । विस्तारै एकजना कमरेड मेरो नजिक आइ र मलाइ कोट्याइ । मैले थाहा पाएš मेरो सेन्ट्रीको पालो आएछ । जुरुक्क उठेर वाहिर निस्केकि छु । अन्धकार रातमा आवाजका संकेतहरु पत्ता लगाउनु र झालाक–झुलुक टर्च लाइटका संकेतहरुलाइ हेर्नु नै रातको सेन्ट्रीको खास काम हो । यदि हर्कत अनुसार खतराको संकेत पाएमा सवैलाइ जानाकारि गराउनु पर्छ । मैले एकपटक चरैतिर नजर लगाएš ।, कान थापेर सुनें । र घरको २५ मिटरजति वरिपरि घुमें तर कुनै संकेत पाइन । त्यसैले मूल वाटोलाइ ध्यान दिनेगरि पोजीसन रोजेको छु एउटा ठुलो रुखलाइ कभर वनाएर । पोजीसनमा वसेको केहिवेर मात्र भएको छ, मभन्दा अगाडी मूलवाटोवाट एकजना मान्छेको संकेत म देख्दैछु । अन्धकार रातमा सुमसुम हिड्दै म तिरै आइरहेको सो संकेत पक्कापनि मान्छेको नै हो भन्नेमा मलाइ कुनै सन्देह छैन । तर कस्को हो ? यो अन्योल मात्र होइन खतरापूर्णपनि छ । मेरो मुटु ढुक्क गरेर फुलेको छ । हातमा रहेको पेस्तोललाइ संकेततिर सोझ्याएर पुवृ निर्धारित पास वर्डको रुपमा निर्धारित गरिएको कोइलीको आवाजमा संकेत गर्छु । उसले मृगको आवाज निकाल्यो । याहासम्म ठिकै छ जुन संकेत हामील नै वनाएका हौं । यसले मलाइ अलि सान्तवना दिएपनि ढुक्क वनाएको छैन । मैले पेस्तोललाइ तयारि अवस्थामा उतैतिर ताकिरहेको छु । आखिर आफ्नै कमरेड भए त्यो को हुन सक्छ त ? मेरो मनको जवाफ दिन आकृति नजिक आइपुग्यो र वोल्छ – चिन्नुभएन ? म शुशिल । ऊ तलतल सम्म दुश्मनको स्थीति वुझ्नको लागी एक्लै गएको रहेछ । त्यो अन्धकार रातमा त्यति टाढा सम्म ऊ ढुक्कसंग घुमेर भर्खर आउदै छ । मेरो नजिकमा आएपछि ऊ आफ्नो पोजीसनमा जान लाग्छ । मैले उसलाइ रोक्छु ।
अन्धकार रातले चारै तिर छोपेको छ । डाšडाहरु कालो स्तम्भको रुपमामात्र खडा देखिन्छन् । वस्ति पुरै सुनसान छ । हामी दुःखि जनताको सपनालाइ साकार पार्न भनेर रातलाइपनि चुनौति दिंदै लडाईमा होमिएका छौं । तर यतिवेला यस्तो लागीरहेको छ – यो संसारम व्यšुझो केबल म छु र मभन्दा त्यस्तै आधाफिट पर रहेको क.शुशिलमात्र छ । मैले आग्रह गरें – लामो समय देखि मलाई तपाईसंग एउटा कुरा गर्न मन लागेको थियो । ऊ पन्छन खोज्दै जवाफ दिन्छ – हामी यतिवेला ड्युटिमा छौं । त्यसैले कुरा भनेको त भोली गरेपनि हुन्छ नि । भो ! भोली गरौंला ।
होइन शुशिल ! मलाइ आजै गर्नुृ छ । म जीद्धि गर्छु – तपाई भर्खरै परसम्म पुगेर आउनु भएको छ ।, मैले वरिपरि घुमेर हेरेकी छु । त्यस्तो केहि हुदैन । यति भन्दासम्म मेरो अनुहार रातो भइसकेको छ र ओठ सुकेको छ । उसले के अनुभति गरेको छ वा सोचेको छ त्यस अन्धकार रातमा मैले अनुमान गर्न सकेको छैन ।
उसले मुख खोल्यो – ठिक छ के कुरा हो भन्नुस न त फटाफट !
– पहिले वस्नु न । म वस्नलाइ आग्रह गर्छु । ऊ अप्ठ्यारो मान्दै वस्छ ।
बारिको डिलमा एउटा ठुलो रुखलाइ कभर वनाएर हामी नजिकै वसेका छौं । दुवैजनाको घुडा एक अर्कामा जोडिएको छ । अध्यारोमा देखिने रुखका काला पातहरु हल्का हावाको सुरमा हल्लिरहेका छन् । मैले जवरजस्त मुख खोल्ने प्रयास गर्छु – शुशिलजी ! यदि तपाईले अन्यथा मान्नु हुदैन भने ...............मेरो मुखवाट त्यो भन्दा धेरै आवाज निस्कन नै सकेको छैन । ऊ चुपचाप प्रतिप्रश्न नगरि वसेको छ । यदाकदा मलाइ भान भएको छ म कुनै लोग्नेमान्छे संग वसेकी छु वा कुनै निर्जीव मुडोसंग टासिएर वसेकी छु ? म आफैंले फेरि उही वाšक्यलाइ दोहोरयाउने प्रयास गर्छु – ...तपाई अन्यथा मान्नु हुदैन भने म................म तपाईलाइ प्रेम गर्न थालेकि छु । यो पटक चाहिं मैले आफ्नो वाक्य पुरा गरेरै छाडें । तर मेरो मनमा डर र अन्योलताको भावना एकाएक उर्लिएको छ , मुख सायद रातो भएको छ तर अन्धकार रातले यसलाइ छोपेर सहयोग गरिरहेको छ ।
उसले कुनै प्रतिक्रिया दिएको छैन । म पनि चुपचाप उसको प्रतिक्रियाको पर्खाइमा वसेको छु । केहिवेरको सन्नाटा पछि उसले मलाइ सोधीरहेको छ – किन प्रेम गर्ने विचार आयो तपाइको मनमा ? तर मैले यसको जवाफ दिन उचित मानिन । ऊ अझै वोल्दै गयो – हामीले प्रेम गरेर के फाइदा छ ?, व्यक्तिगत सम्पति व्यक्तिगत माया, व्यक्तिगत भावना सारा कुरालाइ नष्ट गरेर आएका छौं याहाš सम्म । अनि .........अनि फेरि व्यक्तिगत सम्पतिलाइ जोड्न चाहनु हुन्छ तपाइ ?
– चोखो प्रेम र व्यक्तिगत सम्पति भनेको एउटै कुरा हुन सक्छ र सुशिल ? के हामी कम्युनिष्टहरुको भावना सवै मरेको हुन्छ ? , के हामी नीर्जिव कुनै ठुटाहरु हौं ? हाम्रो मन हुनु हुदैन ? हाम्रो मनमा इच्छा र चाहना पलाउनु हुदैन ? म धेरैवटा प्रश्नै माथि पश्नको वर्षा गर्छु ऊ माथी ।
– मलाइ यसको गहिरो अध्ययन छैन । तर मेरो अन्तरमनले भन्छ कम्युनिष्ट आदर्श र व्यक्तिगत प्रेमवीच ठुलो अन्तरविरोध भए जस्तो लाग्छ । लेखिएका कितावहरुमा त म कुनै अन्तरविरोध पाउšदिन तर गरिएका व्यवहारहरुमा म ठुलो अन्तर पाउने गर्छु । हेर्नुस ! मेरो मनमा पनि प्रेम जाग्छ, मेरा भावनामा पनि इच्छा र आकांक्षाहरु पलाउछ । मलाइ थाहा छ, तपाई मलाइ जहिले देखि प्रेम गर्न थाल्नु भएको छ त्यहिवेला देखि मलाइ राम्रो अनुभुति भएको छ । तर म चाहन्थें यसलाइ यतिकै दवाइ दिऊ । तर तपाइले यसलाइ उतार्नको लागी कोशिष गर्नुभएको छ । म के भनौं ? यस्तो लाग्छ ऊ यो वहसमा मलाइ जिताउन चाहन्छ । मेरो साहस वढेको छ । मलाइ विजय भएको अनुभुति भइरहेको छ अर्थात उसले मलाइ स्वीकारेको छ ।
– शुशिल ! हामीले प्रेमलाइ निजी सम्पतिको विकृत रुप हुन नदिने गरी शुरुवात गरे कसो होला ? आखिर कुनैपनि समस्या समस्या भित्रनै छिरेर नै त समाधान हुन्छ नि ! त्यसैले हामीपनि संघर्षवाटनै समाधान गर्ने जमर्को गरौं न । मैले उसको काधमा हात राखी सकेको छु । मैले जोड गरें – हुन्छ भन्नु न ।
– ठिक छ । मलाइपनि त तपाइ साहै्र मनपर्नुहुन्छ नि । कालो यस रातमापनि ऊ मुस्कुराउदा उसको दाšत टल्कीरहेको छ । .... तर चाहन्छु हामी व्यवहारिक कम्युनिष्ट आदर्श को वाटो भएरनै अगाडी वढ्न सक्नुपर्छ । यो जवानिको फोस्रो आदर्शमात्र हुनु हुदैन । जीवनका कुनैपनि अप्ठ्यारोहरुमा हामीले यो पहलो प्रतिवद्धतालाइ भुल्नु हšुदैन । उसको स्वीकारोक्ति संगै मैले उसको हातमा एउटा रुमाल राखिदिन्छु । जुन रुमाल पार्टिको झण्डा हो र त्यसभित्र एउटा माउजरको गोलीपनि संम्झनाको लागी छ ।
मन निकै हल्का भएको छ । खुसिले गर्दा त्यो रातपनि विहानी जस्तो लागेको छ । वसेको ठाउšवाट उठ्दै गर्दा आवेगमा मैले उसको गालामा एकसेकेण्डको लागी चुम्वन गर्छु । उसले मेरो हातमा चुम्छ । अकस्मात !... अकस्मात हाम्रो नजिकै निकै पाइलाहरुको आवाज आएको हामीले सुनिरहेका छौं । पक्कापनि यतिका आवाज दुश्मनको वाहेक अरुको हुन सक्तैन । म भन्छु – शुशिलजी तपाई साथीहरुलाइ उठाउनुस, म यता कभर गर्छु । तर उसले मान्दैन र मलाइ धकेल्दै भन्छ – तपाइ जानुस म कभर गर्छू उनीहरुलाइ । विवाद गर्ने समय छैन म दगुर्दै छु उसले थप्छ – तपाइहरु त्यतैवाट रुट सफा गर्नुस म पनि उतै आउछु । म हतारमा गएर साथीहरुलाइ उठाउछु । तर उठेर आगनमा आउना साथ घर भन्दा माथीवाट दुश्मनले फायर खोल्छ । हामीसवै जनो तल्लो कान्लामा कभर लिन पुग्छौं तर हामी भन्दा तलपनि र क. शुशिल भएपटिपनि फायर शुरु भइसकेको छ । हामी अलिकति पछाडी हटछौं । हामी पछाडि हट्नासाथ दुश्मनको घेरा पुर्ण सर्कल भइसकेको छ । हामी घेरा वाहिर छौं । घेरा भित्र केवल शुशिल मात्र छ । दुश्मनले अन्धाधुन्ध फायर गर्दै अगाडी वढीरहेको छ । घेरा साšघुरिरहेको छ । हामी संग भएको पेस्तोलको गोलीपनि सकिइसकेको छ । हामी अलि परवाट शुशिलले घेरा तोड्छ कि भन्दै पर्खि रहेका छौं । ओल्लो छेउमा जहाšवाट हामीले घेरा तोड्यौं त्याहाš आएर उसले हामीलाइ संकेत गर्दैछ । दुश्मनले यहि संकेतमा फायर केन्द्रीत गर्न शुरु गरिसक्यो । सायद उसको फुत्कने संभावना कम भइसक्यो । अव पेस्तोलकोे फायर शुरु भइरहेछ । मेरो विचारमा पेस्तोलको फायर पक्का पनि शुशिल ले नै गरेको हो । लगातार सात राउन्ड फायर हुन्छ । शुशिलसंग भएको गोली पनि त्यतिनै हो जम्मा । केहिवेर भयो फायर पुर्णरुपमा वन्द भएको छ । अकस्मात ! आकाश थर्कने गरि आवाज आउछ – साम्यवाद – जिन्दावाद !, मेरो प्रिय कमरेड !! मलाइ सुन्नुहुन्छ ??? ...म तपाईको चिनोलाइ सदाका लागी मेरो मुटुमा राखिरहनेछु र साथै लिएर गइरहेको छु । सुन्नुभयो ??? गगन वेदी यी आवाज संगै पेस्तोलको अन्तिम फायर पड्कियो जुन फायर शुशिल स्वयंले आफ्नो कन्चटमा राखेर पड्कायो भन्ने अनुमान लगाउन गाह्रो छैन र सो गोल भर्खरै मैले उसैलाइ दिएको थिएš ।
आदरणीय पाठक वृन्द ! उसले आफ्नो कन्चटमा पड्काएको त्यो गोली हरपटक मेरो मुटुमा लाग्छ र म व्युझन्छु । म हररात सपना देख्छु र यहि अन्त्यष्टिमा व्युझन्छु । कहाš मेरो आजको कथा हो र यो । यो त झण्डै एकदशक पुरानो कथा हो । पाठकवृन्द ! आज म कथित शान्तिकालमा छु । मलाइ उसको हर आदर्शको संझना आइरहन्छ । म देख्छु कतैपनि प्रेमहरु कम्युनिष्ट आदर्श अनुसार भएका छैनन् । म आफु कम्युनिष्ट विचारको कुन उपमा टेकेकि छु मलाइ थाहा छैन तर उसको एकनिष्ठ र इमान्दार प्रेमको निश्छल, निस्वार्थ एक चुम्वनको संझनामा वेरिएकी छु । मलाइ लाग्छ – उहि मेरो जीवनसाथी हो र ऊ मरेको छैन । मेरा समकालिन कमरेडले मलाइ भन्छन् – यो त तेरो आदर्श हो । पुरानो सोंच हो । यस्तै यस्तै कयौं थरिका उपमा सहित । तर मलाइ लाग्छ – मेरो शुशिल हरशव्दलाइ हिसाव गरेरमात्र वोल्थ्यो । ऊ भन्थ्यो – ‘कम्युनिष्टहरुले गरिरहेको प्रेम भनेको नीजिी सम्पति नै हो । किनभने एउटा योद्धा आफुलाइ जनताको लागी सवकुरा त्याग गरेर जीवन समेत समर्पित गर्छ तर फेरि प्रेम गर्छ, विवाह गर्छ, र वच्चा जन्माएर नीजि सोंच र निजी चन्तनको विकाश गर्न थाल्छ । अन्ततः नीजि सम्पतिको श्रोत नै यहि त हो । प्रेम गर्नुृ, विवाह गर्न भनेको प्राकृतिक सत्य हो तर कम्युनिष्ट आदर्श मिथ्या त पक्का पनि होइननि ।’ पाठकवृन्द ! म उसको पक्का सहयात्री अर्थात पथपुरक हौं, त्यसैले म उसको आदर्शमा आजसम्म प्रतिवद्ध छु ।
Pp6f leGg} ;lxb Û
cGo lbgx? eGbf cfh /fdnfnsf] cg'xf/df rds j9L lyof] . vnvln ju]sf] kl;gfsf] wf/fn] pgsf] cg'xf/ kfs]sf] v';fgL{ h:t} /ftf] ePsf] lyof], em08} Ps;o s]hL j/fj/ bfp/fsf] efl/ jf]s]/ ev{/ ltgsf]z 6f9f n]sb]lv 3/ cfOk'Ubf nvt/fg x'g]ul/ ysfO nfu]sf] t lyof] t/klg pgnfO x]bf{ k|:6 nfUYo]f, pgL g t ysfgdf 5g\ gt ef]ssf] Jos'ntfn] nvt/fg k/]sf 5g . j? pgL 6f9f l5lthdf x]/]/ d';'d;' xf:b} u/]sf b]lvGy] . j'l9 xftdf kfgLsf] s?jf jf]s]/ 9f]s} b]lv s/fpb} cfOg – x}g P j'9f, lsg xf] cfh To;} To;} d':s'/fO/x]sf 5f}+ <, ltdLnfO ysfO nfu]sf] 5}g <
– ;o s]hLsf] efl/ jf]s]/ ltg306fsf] jf6f] kf/ u/]/ cfpbf ysfO gnfUg] / ef]s gnfUg] s'/fklg x'G5 j'l9 < t/ 5f8\b] tL ;j s'/f, cfh d d]/f] ef]s / ysfO lj;]{/ lgs} v'lz 5' . j'l9sf] xftsf] s?jf ;DffTb} cfkm\gf] dgsf] s'/f /fv] .
– s] s'/f xf] To:Tff] < eg g t dnfOklg Û sf}t'xntf JoQm ub}{ cfu|x ul/g j'l9n]
– tF elGy; lg, kfl6{n] o;f] u/]g, p;f] u/]g, ;Qfdf uof] t/ hgtfnfO x]/]g elGy; lg Û jf:tjdf kfl6{n] qmflGt ;DkGg u/]s} lyPg t s;l/ w]/} ug{ ;SYof] <
– clg s] ef] t j'9f < ;j} s'/f cfh} u¥of] ls Sof xf], ls qmflGtklg ;DkGg eOxfn]5 < v'j} d:s]sf 5f} t .
– tF w]/} jf+uf s'/f gu/\ x} . j? ;'g\ cj kfl6{n] hgljb|f]x ug]{ ef] /] Û
– s] ug]{ ef] /] < km]l/ eg eg j'9f Û
– sfg vf]n]/ ;'g\ j'l9, kfl6{n] hgljb|f]x ug]{ ef] /] cj . To;sf]nfuL ;j} hgtfnfO sf7df08'sf] ;8sdf hfgsf] nfufL cfu|x ul/Psf] 5 kfl6{sf] tkm{jjf6 . o:tf] nfUYof] j'9fsf] nfuL of] v'j uf}/jzfln lbg xf] h'glbgsf] k|ltIffdf pgL jiff}{ b]lv t8\kL/x]sf lyP .
– s;n] eg]sf] ltdLnfO hgljb|f]x eg]/ j'9f < ltdLnfO yfxf 5 hgljb|f]x eg]sf] s] xf] < s;l/ x'G5 hgljb|f]x < s]6fs]6L v]n]sf] h:tf] nfUof] ls Sof xf] hgljb|f]x <
– Tof] t dnfO yfxf 5}g . t/ j'l9, dnfO s] ljZjf; 5 eg] kfl6{n] eg]kl5 x'G5 x'G5 . kfl6{n] hgljb|f]x g} eg]sf] 5 . dnfO kfl6{sf] k"0f{ ljZjf; 5 .
– ltdLn] sxfFjf6 yfxf kfof} j'9f <, o:tf] s'/f t g]tfx?n] elgxfNg' gkg]{ h:tf] nfU5 dnfO .
– d}n] 6]lnlehgdf lxh}dfq x]/]s]f lyPF xfd|f] 7'nf g]tfx? dWo] s]lx n] of] clGtd n8fO xf], of] lg0ff{os n8fO xf] . cj hgtf clGtd k6s ;8sdf cf]n{g cfjZos 5 eGg' ePsf] lyof] . dnfO 6]lnlehgjf6 eg]sf] s'/fdf ljZjf; nfu]sf] lyPg t/ cfh olx s'/f lnP/ kNnf] ufpsf] sfG5]f 5lg xfd|f] Pl/ofsf] OGrfh{ nfn jxfb'/ . xf] pklg cfPsf] lyof] . s'/f olx xf] /] Û
– ==========;j}n] To;f] eg]sf] ePt d j'l9n] klg kTofpg} k¥of] lg Û Toltsf w]/} j'em]sf dfG5]x? ;j}n] o:tf] s'/f u/]kl5 . s]lxj]/ 3f]lTnP/ jfWofTds ?kdf kTofPsf] h:tf] ;+s]t lbOg . – t/ j'9f, dnfO rflx+ cem} ;+sf 5 x}+ . hgljb|f]x eGg] s'/f To;} x'g] s'/frflx+ xf]Og . clg ltdLnfO yfxf 5 , hgd'lQm ;]gf tofl/ 5 /] t <
– tF jl9 hfGg] jf7f] gjg\ j'l9 . o:tf s'/f ;j} tFnfO yfxf x'g] eP tF g} kfl6{sf] cWoIf x'GyL; xf]nL gL Û lsg ofxfF d]/f] >Ldlt eP/ jl:y; / <
– n' n' ltd|} s'/f ;lx ef] . clg slxn] hfg] /] t sf7df08' <
– kl;{ sf] lbg ljxfg jhf/ b]lv uf8L nfU5 /] Û Tolx ufl8df hfg'k5{ eg]sf 5g\ nfnjxfb'/ sfd/]8n] . cj ofxfF sf] sfd–;fd 5fl8b] j'l9 Psb'O xKtfnfO . cj Ps k6s n8\g] xf] . tF klg lx+8\ dklg lx8\5' .
– n' ef] j'9f, d rflx+ hfGg ltdL dg nfu] hfpm . 3/ s:n] x]5{ b'j}hgf cfGbf]ngdf uP/ <
– n x]/ of] g]tfsf] tfnf , ev{/ ;Dd oqf] efif0f lblGy clxn]sf] clxNo} g} o;sf] rfnf km]l/of] o} ufF7] . clxn]sf] cfGbf]ngdf tF uOg; eg] lg hLjge/ t}+n] nufPsf] kmlt{ ;'Gg] dnfO km';{b x'b}g gL km]l/ < j'9fn] wDsL sf] efiff k|of]\u u/] . j'9fn] wDsLsf] efiff k|of]u u/]kl5 j'l9n]klg ;xdlt hgfOg .
pgLx?n] 3/sf] ;j} /fvg w/gsf] sfd ;SsfP . kl;{ cfGbf]ngdf hfgsf] nfuL eg]/ 3/df nufpg] tfNrfsf] jGbf]jl:tklg u/] . pgLx?sf] b'Oj6f 5f]/f / Pp6L 5f]l/ lyOg . Pp6f 5f]/f] ljb]zdf uPsf] jif}{f eof] kms]{s]f lyPg, Pshgf hgo'4df zlxb eO;s]s]f lyof] . / Ppl6 5f]l/ l5g pgL klg kfl6{d} lyOg, x'g;S5 ;fob pgLklg cfGbf]ngs} s'g} df]rf{ ;DxfNg] tofl/ ub}{ lyOg\ . To;lbg b]lv ptfsf] ;j}h:tf] ;do j'9fj'l9n] ufpn]x?nfO cfGbf]ngdf hfg'k5{ eGg] s'/f ;+emfpg lt/ nfu] . cfGbf]ngdf hfg' x'b}g eg]/ efF8\g]x? klg sof}+ lyP tL ;j}nfO j'9fn] bx|f] hjfkm lbGy] . of] b]znfO :jtGq jgfpg, hgtfsf] zf;g sfod ug{, zflGt sfod u/]/ hgtfsf] gof ;+ljwfg jgfpg of] cjsf] clGtd cfGbf]ng xf] eg]/ kfl6{n] eg] cg';f/sf] s'/f ;j} hgtfnfO jtfpy] . geGb} cfGbf]ngdf ;xeflu x'g hfg]sf] ;+Vof Jofks eof] .
;j}n] s]lx lbgsf] nfuL eg]/ cfkm\gf] ;j} s'/f Tofu u/] . s;}sf] ds} /f]Kgsf] nfuL xtf/ lyof] t/ ;j}n] eg] – j? jfFem} j;f]; o;kfnL ., s;}sf] e}+;Ln] Pshgf eGbf s;}nfO b'w lb+b}g lyof] / klg cfGbf]ngdf ;xeflu x'jf6 /f]lsPgg\ . dlxnf, ljBfly{, lzIfs, ls;fg dHb'/ / sf]lxsf]lx t ;fgf;fgf efO j}gLx? klg cfGbf]ngdf ;xefuL x'g sf7df08'lt/ nfu] . pgLx? w]/}sf] v'6fdf h'Qf lyPg . nfpg] sk8f /fd|f] lyPg . RofltPsf] emf]nf jf]s]/, emf]nfdf ;ft' ;fdn jf]s]/ clGtd / lg0ff{os cfGbf]ngdf ;xfefuL x'g glhssf] jhf/df k'u] . jhf/df nfd nfu]sf] j; cfGbf]ngsfl/nfO jf]s]/ /fhwfgL lx8\gsf] nfuL j;]sf] lyof] . cln kfsf] pd]/sf dfG5]x? j;sf] leq k;] eg] o['jfx? j;sf] 5tdf j;]/ gf/f nufpb} / qmflGtsf] lut ufpb} sf7df08f} sf] nfuL k|:yfg z'? u/] .
j; r8\g} nfUbf /fdnfnn] j'l9nfO cfu|x u/] – P j'9L Û d t 5tdf kf] r8f}+ ls s] xf] < o'jfx?nfO b]v]/ j'9fsf] hf]; j9]5 Sof/ Û j'l9 n] /fdnfnfsf] xft ;dft]/ j;sf] 9f]sf lt/ tfGb} elgg — cf]O j'9f, grflx+bf] !* jif]{ hf]; glgsfn x} . v'?Ssg leq r9 . j'l9sf] ;s/fTds cfb]zdf j'9fklg n'?Ss k/]/ leq l5/] / j;sf] Pp6f l;6df k'u]/ b'j}hgf j;] . ufl8df qmflGtsfl/ lutx? U'flGhPsf lyP , /ftf em08f kmx/fPsf lyP . b]zeQmk"0f{ gf/fx? u'~hLPsf lyP . j'9fj'l9sf] v'lz / pT;fx b]Vbf o:tf] nfUYof] pgLx? cfGbf]ngdf xf]Og s'g} dxfg lty{wfd hfFb} lyP .
sf7df08f}+ embf{ j]n'ls cj]/ eO;s]sf] lyof] . pgLx? Pp6f :s'ndf k'u] pgLx?sf] nfuL 7'nf7'nf v8\sf}+nfdf vfgf ksfOsfOb} lyof] . cf]5\ofgsf] gfddf st} st} Dof6 cf]5\ofOPsf] dfq lyof] . j]n'ls eO;s]sf] sf/0f nfdv'6]sf] /hfO z'? eO;s]sf] lyof] . cf]8\g] lyPg . hf8f] dlxgf t xf]Og t}klg /ftdf lr;f] x'g 5f8]sf] lyPg . j'l9n] /fdnfnnfO cfu|x ul/g– P j'9f Û hfpF xf] xfdL st} cfkmGtsf] 3/lt/ . o:tf] 7fpdf s;l/ j:g] <
– wt nf6L Û cfGbf]ngdf cfPsf kf] x'F t xfdL . t}+n] /dfOnf] ug{ cfPsf] j'lem;ls s] xf] < xfdL t cfGbf]ngsfl/ xF' . oqf dfG5] s;l/ j:5g ofxfF <, s;l/ vfG5g ofxfF < xf], pgLx? h;l/ j:5g xfdLklg To;l/ g} j:g' k5{ . j'l9 n] j'em] h;l/ d'G6f] xNnfOg .
– xf] j'9f oqf dfG5]klg t olx+ j:5g lg . km]l/ oLgLx? w]/}nfO t xfdLn] g} eg]/ kf] NofPsf 5f} lg Û olb xfdL g} ePgff}+ eg] t pgLx?n] s] ;f]R5g t < xf], l7s xf] j'9f ltd|f] s'/f .
Tof] /ft pgLx?sf] nfuL si6k"0f{ /ft eof] . nfdv'6]n] w]/} lbg b]lvsf] ef]hg u¥of] . cf]8\g] s]lx sk8f lyPg dWo/ftdf lr;f] ePtfklg ;xg' jfWotf eof] . nfdv'6]nfO wkfpg] s'g} tl/sf lyPg . jNn jNn /ft ljTof] .
Ef]fnLkN6 /ftf/ftf em08f jf]s]/ pgLx? h'n';df ;xeflu x'g ;8sdf lgl:sP . ;8s k'/} /ftf] lyof] dfG5]sf] x'n sf] luGtL lyPg . ;j}lt/jf6 vlgPsf lyP . o:tf] nfUYof] of] t dfgj ;fu/ xf] . rf/}lt/jf6 cfPsf] h'n'; Ps} 7fpFdf s]Gb|Ls[t xFb} lyof] . j'9f–j'l9 cfGbf]ngnfO o;l/ lgofNb} lyP h;nfO pgLx? ck"j{ / gjLgtd 36gfsf] ?kdf u|x0f ul//x]sf lyP . tftf] 3fdsf] g tL j'9fj'9LnfO jf:tf lyof] g t tL nfvf}+ dfG5]x?nfO Û hj g]tfx?n] efif0f ug{ yfn] To;kl5 pgLx? emg 7f8f7f8f sfg nufP/ ;'Gg nfu] .
Effif0f rs{b} lyof,] tfln k8\sb} lyof] cGtdf kfl6{ cWoIfn] jf]Ng yfNg'eof] – ==============cfb/0fLo hg;d'bfox? Û xfdL ;fdfGo tl/sfn] of] ;8sdf cfPsf 5}gf}, /fli6o :jflwgtfsf] nfuL, gful/s ;jf]{Rrtfsf] nfuL, zflGt / ;+ljwfgsf] nfuL ;8sdf cfPsf xf}+ .======== xfdL vfgf eP;Dd / kfP;Dd vfgf vfP/ n8\5f}+, vfgf gkfPkl5 kfgL vfP/ dfqklg n8\5f}+, kfgL klg gkfP e]fs} ltv}{ n8\5f}+ t/ clGtd ;Dd n8\5f}+ glhtL xfdL sf]lx 3/ kms{g] 5}gf}+ .
Ps6sn] efif0f ;'lg/x]ls j'l9lt/ kms{b} /fdnfnn] eg] – ;'lg; j'l9 s:tf] nfUof] d]/f] s'/f < d}n] eg]sf] lyOg s'/f s] xf] eg]/ <
j'l9n] dGrlt/jf6 6fpsf] gx6fP/ emGem6 dfg] h:t} ul/ jf]nLg – r'knfu g j'9f, Psl5g s'/f ;'Gg b]p .
– cj s'/f ;lsof] . x]/\ j'l9 d"n s'/f olx xf] .
Ef]flnkN6 b]lv cfd x8\tfnsf] 3f]if0ff eof] . c?;+u} j'9fj'l9klg k'/fg} jf;:yfgdf kmls{P hxf pgLx? lxhf] j;]sf lyP . To;lbg b]lvsf] /ft pgLx?nfO ;xh cg'e'lt x'g nfUof], ;fob jfgL klg kg{ yfNof] xf]nf Û z'?sf] lbgsf]] cfd x8\tfn ;'g;fg g} eof] . slx+st} klg em8k ePg . lbp;el/ ;8sdf j;]/ gf/f nufpg' g} d"Vo sfd lyof] . j]n'ls ;'Tg] 7fpFdf kms{b} ubf{ j'l9n] ;f]lwg – xf]Og j'9f, o:t} x'G5 hgljb|f]x <
– tFnfO yfxf 5}g j'l9 ;j} s'/f . dnfOklg yfxf t 5}g g}, t/klg z'?z'? df o:t} zflGtk"0f{ x'G5 xf]nf s] .
pgLx? Ef]fnLkN6 km]l/ cfGbf]ngdf ;xeflu eP, ;j}lt/ k|xl/x? cfGbf]ngdf cfqmd0f ug{ cfPsf h:tf b]lvGg lyP . cfGbf]ngsfl/ Psflt/ / k|xl/ csf{lt/ v'j zflngtfk"j{s j;]sf x'Gy] . Tof]lbg klg cfGbf]ng p:t} zflGtk"0f{ eof] . j]n'ls kms{b} ubf{ km]l/ j'l9n] /fdnfnnfO elgg\ – xf]Og j'9f o:t} xf] t hgljb|f]x <
– x}g lsg ;+sf sf] s'/f u5]{; j'l9 < tftf] eftdf Ps}rf]6L xft xfNof] eg] s] x'G5 <
d';'Ss xf;]/ j'l9n] k|Zg ;f]lwg – cfh;Ddklg tft} 5 t eft <
Pj+l/tn] pgLx? KffFrf} lbgdf k|j]z u/] . jLrjLrdf cfGbf]ngsf] lbzf df]8\gsf] nfuL lelhnfGt]x?sf] k|of]u eO/x]sf] lyof] . :yfgLo jfl;Gbfsf] k|ltsf/ eGg] gfddf ;/sf/n] s/f]8f}+ vr{ u/]/ u'08fx?sf] kl/rfngklg ul//x]sf] lyof] . To;jfx]s cfGbf]ng zflGtk"0f{ g} lyof] . x/lbg sf] cfGbf]ng ;dfKtL kl5sf] j]n'ls kv j'l9n] /fdnfnnfO ;f]lWyg – olx xf] t hgljb|f]x < /fdnfn x/lbg – kv{ g x'G5 . eGb} hjfkm lbb} lyP . cfGbf]ngdf cfPsfx? ljdfl/ kl//x]sf lyP t/ sf7df08f}sf hgtf ylkP/ cfGbf]ngsfl/sf] sld x'g lbO/x]sf lyPgg\ . cfGbf]ngdf ;xeflutf ;+Vof emg ylkb} lyof] . cfGbf]ngsf] kfFrf} lbg l;+u} l/ª/f]8nfO cfGbf]ngsfl/n] 3]/f xfn] / g]tfx?n] To;s]f cjnf]sg u/] . cfGbf]ngsfl/df o;n] emg w]/} pT;fx / pdu+ ylkof] . /fdnfnn] pT;flxt x'Fb} eg] – x]/\ x} j'l9 cfGbf]ng rDsb} 5 . j'l9n] r'krfk gfhjfkm s'/f ;'lg/lxg .
PSsfl; ef]nL kN6 bzjfx| xhf/sf] Ps em'08 zflGt;efsf] gfddf Pp6f 8jlndf hDdf eof] / jGb x8\tfnsf] lj/f]w u/L 6f]kNof] . ;]tf] n'uf nufPsf zflGtjfbL gfdsf u'08fx?n] cfGbf]ngsfl/sf g]tfnfO kmfFl; b] eGg] gf/f 3GsfP . /ut} /utn] ntkltPsf xft p7fP/ zflGtsf] cfJxfg u/] . cfGbf]ngsfl/x?n] ltgLx?sf] lvlNn p8fP . sltn] n] t nf7Ln]klg jhfP . /fdnfnn] 36gfqmdx?sf] ljin]if0f ub}{ j'l9nfO eg] – oLgLx? sf]lx zflGtjfbL xf]Ogg\ j'l9, oLlg ;j} u'08f x'g . dnfO nfU5 cj b]lv jNn z'? ef] cfGbf]ng . x]l//fv\ ef]nL ljxfg xfd|f] g]tfnfO kmfl; b] eGg] u'08fx?sf] v'6f eflrG5 / To;kl5 z'? x'G5 rLh .
j'l9n] klg j'9fsf] s'/fnfO v'j} kTofP h;l/ ;dy{g hgfOg . pgLx? To;/ftklg cfkm\gf] k'/fg} jf;:yfgdf kmls{P . j]n'lssf] vfgf vfP/ /]l8of]df ;dfrf/ ;'Gb}lyP j'9fj'l9 . j'l9n] /]l8of] xftdf lnPls lyOg, j'9f klN6Psf lyP . PsfPs /]l8of]df kfl6{sf pRr g]tfn] jf]n] – xfdLn] ;/sf/sf] sf]6{df jn km\ofFs]/ xfnnfO cfd x8\tfnsf] sfo{qmd lkmtf{ lnPsf 5f}+ , cj jfFls s'/f ;/sf/sf] xftdf 5 .
j'l9n] /]l8of] e'Odf kmfn]/ y'OSs elgg – / xQ g kQ s/fpb} j'9fnfO 3r3RofP/ elgg – b]Vof} j'9f hgljb|f]x < olx xf] hgljb|f]x <
t/ j'9f t ;dfrf/df tL g]tfn] jf]n]/ ;Ssfpg gkfpb} tgSs tlGsPsf lyP / ;bfsf nfuL of] ;G;f/ jf6} ljbf eO;s]sf lyP . j'l9n] nfvf} k|of; ul/g j'9fnfO Jo'emfpg t/ pgL gJo'emg] ul/ ;'lt;s]sf lyP . 306f} ;Dd j'l9 /fdnfnnfO c+ufnf] xfn]/ /f]O/lxg t/ /fdnfn t];|]f cfGbf]ngsf] Pp6f 5'6} ;lxb jg]/ ljbf eP .
फेरिएको समन्ध
प्लाष्टीकले वेरेकै भएतापनि ढाडमा गह्रौं गरि वोकेको झोला भिषण वर्षातको कारण भिजी सकेको थियो, चेर्दुङ लेकको चाम्रो माटो चिप्लो न चिप्लो भएको थियो । लेकमा हुने भिरालो वारिको वीचमा वनाइएको गोरेटोमा पानी परेपछि दश मिटर माथी उग्लीने र ९ मिटर तल झर्ने हुन्थ्यो । यस्तोवेला हामी हातमा वोक्ने राइफल दोकाँधे पारेर भिथ्र्यौ र दुवै हात फकुवा वनाउथ्यौं । अनि ?, अनितः एक हातले वाटो समात्दा एक थाप्रा हिलो आउथ्यो र अर्को हातले समात्यो अर्को थाप्रा, दुवै हातमा दुइ थाप्रा हिलो भएपछि खुट्टाले ठाउँ मा भर दिंदैनथ्यो र चिप्लेर नौमिटर तल । दुःखका कुरा फरक हो तर धेरै मान्छेका हुलमा, नयाँ जीवनको खोजी गर्नेहरुका पंक्तिमा अर्थात नवीन सपनाको सन्सार खोज्नेहरुका भिडमा यस्तो यात्रा जीवनको अभूतपूर्व रमाइले क्षण हो
एकदिन हामी यस्तै चिप्लेटि यात्रा हँुदै पुर्वी पहाडी लेकमा सेल्टर लिएर सदरमुकाम कव्जा गर्न जाँदै थियौं । मनमा धेरै कुराहरु मडारिएका थिए एकसाथ । लडाइ जितिन्छ वा हारिन्छ ?, भोलीको विहान हामी मध्य को फर्कन्छौं को शहिद वन्छौं ? भोलीको विहान कस्तो हुन्छ होला ?, हामी जितको खुशिमा शहिद हुनेहरुको संझनामा आशु खसाल्छौं वा पराजयको चोटमा विलौना गर्छौं ? यदि म शहिद भएँ भने, मेरि आमा मलाइ संझेर कति रुन्छिन होली ?, के मैले मेरो वुवाको सपना पुरा गरेको हुने छु ? मेरि प्यारि वैनी ‘ उनको तोतेवोलीले मलाइ भन्ने गरेको ‘ प्यारो दादा’ त्यसपछि कसलाइ भन्छे ? तर क्षण भरमै मनमा अर्को कल्पनाको भेल उर्लन्थ्यो – यी सवै कुरा त भावनाको कुरा न हुन । म त यस्तो वहादुर सिपाइ वन्छु, जो आज सम्म यो जनयुद्धमै नदेखिएको होस । विनाडर सरासर अगाडी वढेको एउटा योद्धा, जसको हातमा एके ४७ हुन्थ्यो, कम्वरमा वुलेट र ग्रिनेडको माला ।, पिठ्युमा माइन र एक काँधमा वैंग्लोर टरपेटो ।, वा ! वा ! मेरो मनमा आवेगको भेल वग्न लाग्थ्यो र म झन अगाडी कल्पन पुग्थें – पहिलो प्रहारमा दुश्मनको क्याम्पमा वेरिएको तारवारलाइ तोड्न वैंग्लोर टरपेटो पड्काउथें । तारवार उडाएर एक राउण्ड व्रस्टमा एके पड्काएपछि एउटा ग्रिनेट वंकरमा छिराउथें । सवभन्दा पहिला आजसम्म कव्जा हुन नसकेको सवभन्दा राम्रो मेशिनगन कव्जामा लिन्थें । त्यसपछि मेरो उत्साह झन झन वढेको हुन्थ्यो, म दुइवटा वन्दुक वोकेर झन अगाडी जान्थें – एउटा हुरिसरि । मेरा अगाडी देखिने दुश्मनका सिपाइहरुलाइ एकाएक पल्टाउदै म वढीरहेको हुन्थें, वढिरहेको हुन्थें । तर एकाएक जव म अन्तिम अन्तिममा पुग्दै गरेको वेला मलाइ गोलीले छातिमा चुमिसकेको थियो । रगतको सागर मेरो शरिर छाड्दै वग्दै गर्दा मलाइ समात्न आइपुगेकी थिइन कमरेड उमा । अन्तिम सास फ्याक्न उमाको छातिमा टाँसिदै म भन्थें – उमा म तिमीलाइ माया गर्थें, मलाइ विश्वास छ तिमीले यसलाइ अन्यथा मान्ने छैनौं , मेरो यो अन्तिम अवस्था हो । मेरो हातको वन्दुक तिम्रो हातमा सुम्पेको छु । उमा ! यसलाइ नीरन्तरता दिइ राख्नु होला ।
मेरो होस त्यतिवेला खुल्यो जतिवेला म १० मिटर होइन तिस मिटरभन्दा माथीवाट २० मिटर भन्दापनि तल झरेर उमालाइ समेत अर्को दश मिटर खसाइ सकेको थिएँ । म त मुसलधारे वर्षातमा पनि यस मिठो कल्पनाको सागरमा डुव्दै रहेछु । मैले जुरुक्क उठेर आफ्नो जिउको हिलोको वास्ता गरिन र उमालाइ हात दिएँ उठाउनको लागी । एकछिन उनले रिसालु तर रिस भित्र रुमलिएको मायालु आँखाले मलाइ हेरिन र मैले उठाउनको लागी पसारेको हातलाइ अस्वीकार गर्दै भनिन् – लडाउनेहरुले दिएको हातमा हात मिलाएर मलाइ उठ्नु छैन म आफैं सक्षम छु । उनी यति भनेर उठ्न मात्र के खोजेकि थिइन अर्को पाँच मिटर तल खसालेर प्रकृतिले उनको लागी सजाएँ दिइसकेको थियोे । मैले पनि मौका छोपेर भनिदिएँ – सक्षमताले पूर्णहरु यसैगरि पाँचपाँच मिटर तल भइनैरहन्छन् । उनी झन रिसाइन तरपनि मेरो हात समातारे उठ्न वाध्य भइन । मैले आफुलाइ यसमा सफल भएको महशुष गरें ।
हाम्रो फर्मेशन यसरि नै हातमा हात काँधमा काँध मिलाएर हिड्थ्यो । यहि पंक्तिको एक–एकजना सदस्यको रुपमा उमा र मपनि थियौं । मलाइ लाग्थ्यो उमाको र मेरो एकसाथ यात्रा अरुसंगको भन्दा अलि विशेष छ । कुना कन्दरा पहाडहरुमा, अग्ला–अग्ला लेकहरुमा र तराइका फाँटहरुमा धेरै पटक हामीले एकसाथ मोर्चा सम्हालेका थियौ, धेरैपटक हामीले जनतासंग हातेमालो गरेका थियौं । मैले धेरै पटक आफ्ना व्यक्तिगत कुराहरु उनीलाइ भनेको थिए र उनीलेपनि आफ्ना व्यक्तिगत कुरा मलाइ भनेकि थिइन । तर मेरो मनमा उव्जेको एउटा कुरा मैले उमालाइ त्यो दिनसम्म भन्न सकेको थिइन । त्यो थियो उनी प्रति मेरो मनमा अंकुराउदै गरेको प्रेमको सुभाष । सायद त्यहि भएर होला म उनीसंगको मनोप्रेममा भिन्न–भिन्न तरिकामा र भिन्न–भिन्न शैलीहरुमा दिउसै सपनामा देख्न थालेको थिएँ ।
हिम्मतका साथ मेरो मनको उकुसमुकुस उनलाइ नराख्ने हो भने त्यसपछि मेरो धीरताको वाँध टुट्ने खतरा थियो । मैले कयौं पटक पत्र लेख्दै च्यात्दै गरिसकेको थिए्ँ । मेरा डायरिका पानाहरुमा उनीप्रति उव्जीएका भावनाको लहरहरुले भरिएको थियो । मैले उमालाइ आफ्नो वारेमा भन्नुभन्दा पहिलो मेरा पत्र र डायरिले अरु कसैलाइ भन्ने खतरा वढी रहेको थियो । त्योवाहेक हामी भोलीको रात भिषण लडाइको मोर्चामा जाँदै थियौं । भर्खरै मात्र मैले गरेको फिल्म जस्तो कल्पना सत्य हुने भए अर्थात म त्यस्तै प्रकारको हिरो भएछु भने र उमा त्यस्तै फिल्मको हिरोनी जस्तो ट्याक्क समयमा आइपुगिन भने त ठिकै भो । तर यो नितान्तै कल्पना वाहेक केहि होइन । लडाइमा भिन्न भिन्न मौलिकता अनृुसार वीर हुन सकिन्छ, तर लडाइको घटना व्यवस्थित ढंगले घट्दैन, चाहना अनुसार लडाइ पुरा हुदैन । मानौं सवै कुरा मेरो फिल्मीसपना जसरि मिल्यो रे ल, यदि यसरि मिलेतापनि मलाइ गोलीचाहिं ठिक्क ठाउमा लागेर केहिवेर वाँचेत ठिकै हुन्थ्यो, टाउकैमा गोली लाग्यो भने केको आइ लभ यु ? आमा भन्ने फुर्सदपनि हुँदैन । भो, जतिनै कल्पेपनि मेरो चाहनाको तर नलाग्ने भो । केहि नलागे पछि त्यहि वर्षातको झरिमा चिप्लो वाटो कोपर्र्दै हिंड्दा मैले निर्णय लिएँ– आज म पक्का पनि उमालाइ आफ्नो वारेमा भन्ने छु ।
वेलुकिको सेन्ट्रीमा मैले उमाको भन्दा अगाडी आफ्नो सेन्ट्री वनाएँ । जव मेरो पालो सकियो मैले उमालाइ उठाएर सेन्ट्री पोष्टमा पु¥याएँ । पहिले मैले आफ्नो पालोमा भएको शुरक्षा गतिविधिको रिपोर्ट वुझाएँ । उमाले अँध्यारो रातमा मेरो हातमा भएको राइफल आफ्नो हातमा लिइन । उनको हातले मैले समाति राखेको राइफको ग्रिपमा समात्दा मेरो हात समेत समातियो । – सरि ! उनले हत्तपत्त क्षमायाचना गरिन । मैले केहि छैन भनें । सायद उमाले सोचेकि थिइन अव म त्याहाँवाट जानेछु । तर म कसरी आफ्नो कुरा भनौं भनेर सोच्दै थिएँ । म कयौं प्रयास गर्दै थिएँ तर घाँटिमा आएर मनको कु्रा अड्किन्थ्यो । उमाले केहिवेर त केहि वोलिनन् तर झण्डै पाँच मिनेट वितेपछि भनिन् – तपाइ किन नजानु भएको ? के भन्छन् साथीहरुले ?
मसंग कुनै जवाफ थिएन । रातको कालो छायाँले गर्दा चारैतिर निस्पट थियो । दिनभरि पानी परेको कारण आकाश छ्याङ खुलेको थियो, ढकमक्क तारा चम्केको भएतापनि निस्पट रातलाइ चिर्न ताराको शक्ति पर्याप्त थिएन । हामीहरु एकअर्कालाइ छायाको रुपमा मात्र देख्न सक्थ्यौं । मैले मेरो सारा शक्ति प्रयोग गरेर विस्तारै भनें – उमा मलाइ तपाइसंग एउटा कुरा गर्नु छ ।
– यति राति ? आश्चर्यपूर्वक उमाले प्रतिक्रिया जनाइन । म रातो भएको थिएँ तर मलाइ अध्यारोले जोगाएको थियो –मलाइ अन्यथा ठान्नु हुन्न भने म तपाइलाइ माया गर्छु , मलाइ यो पनि जान्न इच्छा छ तपाइ मलाइ माया गर्न सक्नुहुन्छ कि हुदैन ? मैले एकै सासमा आफ्नो मनको कुरा भनें र वढिरहेको मनको ढुकढुकिलाइ दवाउने प्रयत्न गरें ।
रातको चकमन्नतामा खासखास खुसखुस पनि एउटा हल्लाको श्रोत हुन्थ्यो । उमाले भनिन् – प्लिज यो वेला हामीे यस्तो कुरा गर्ने वेला होइन । किनकि हामी ड्युटिमा छौं । तपाइ जानुस, यसको वारेमा म तपाइसंग पक्का पनि कुरा गरौंला । प्रतिक्रिया जे आएपनि आफ्नो कुरा भन्न सकेकोमा आफुलाइ सफल भएको महशुष गर्दै म आफ्नो सेल्टरमा गएँ । मैले लामो धीरतालाइ तोडेर यति कुरा राख्न सकेकोमा मलाइ ठुलो लडाइ जितेको जस्तो भएको थियो ।
भोलीपल्ट उनले प्रतिक्रियामा भनेकि थिइन । आशिष ! तिमीलाइ यो कुरा पक्का थाहा होला प्रेम, विवाह र दाम्पत्य जीवन कुनैपनि खेला होइन, तिमीलाइ यो पनि थाहा होला म दामाइकि छोरि हुँ र तिमी वाहुनको छोरा । दिर्घकालिन रुपमा तपाईले यसको वारेमा सोच्नु भएको छ कि छैन ?
धत् !, यति जावो कुरामा पनि किन चिन्ता गरेको ? मैले विश्वासपूर्वक वोलेको थिएँ – हामी यहि असमानताको लागी लडाइ लड्न हिडेको मान्छे, यहि विभेदको लागी लडाइ लडेको, अनि यति सानु कुराको निर्णय लिनपनि हामी सक्तैनौं भने के को क्रान्तिकारि ? म यी सव कुरा वुझ्छु र वुझ्न सक्छु । उमा, यसको वारेमा चिन्ता लिने जिम्मा मेरो बाँकि कुरा तपाइको निर्णयको कुरा हो । यस्तै यस्तै लामो कुरापछि अन्तमा उमाले मेरो प्रस्ताव स्वीकार गरिन । भोलीपल्टको लडाइमा हामी एकसाथ सहभागी भयौं । संयोगले भनौं हामी दुवैजनालाइ केहि भएन । केहि समय पछि जनवादी संस्कार अनुसार हाम्रो विवाह भयो ।
तर वितेको तिन वर्षदेखि उनको र मेरो वीचको समन्ध विच्छेद भएको थियो । समन्ध धेरै कुराको विच्छेद भएको छ अहिले, यहि शिलशिलामा उनको र मेरोपनि समन्ध टुटेको भन्दापनि फरक पर्दैन । हाम्रो आधार इलाकाहरुसंगको समन्ध, गाउका गरिव जनतासंगको समन्ध, सामूहिक जीवन शैलीसंगको समन्ध, कम्युनिष्ट भावनाहरुसंगको समन्ध यावत समन्धहरु एकहदसम्म विच्छेद भएको छ र नया समन्धहरु जस्तैः शहरसंगको समन्ध, सुकिलामुकिला संगको समन्ध, पढेलेखेकाहरुसंगको समन्ध, एकलजीवनशैली संगको समन्ध, सवैको अस्तित्वलाइ स्वीकार गर्ने नयाँ नीति संगको समन्धहरु जोडिएको छ र विस्तार भएको छ । क्रान्तिकालमा जस्तो शान्तिकालमा सवै कुरा सहज हुने हैन रहेछ । युद्धकालमा हामीले एउटा सानो साम्यवादनै स्थापना गरेका थियौं । तर आम समाजमा त्यो साम्यवाद लागु हुन समय लाग्थ्योे । समयको यहि परिवर्तन संगै र समन्धहरुको विच्छेद र नयाँ समन्धको स्थापनासंगै मेरो पनि पहिलो वैवाहिक समन्ध विच्छेद भएको थियो र नयाँ समन्धपनि स्थापित भइसकेको थियो ।
शुरुका दिनहरुमा म भित्रको आदर्श कट्टर थियो । अरुका गलत कार्यहरुले मलाइ प्रभाव पार्न सक्तैनन भन्ने मलाइ विश्वास थियो । मैले हेर्दाहेर्दै मेरा साथीका श्रीमतिहरु टिनिक्क परेका पाइन्ट लगाएर हिड्ने भएका थिए । दुइ तिनवटा वच्चाले चुसेका छातिमाथीपनि टाइट भेस्ट लगाएर २०–२२ वर्षे तरुनीको रुपमा देखिने होड चलेको थियो । खानपीनको मिलान र श्रृंगार पेटारको ठिक सन्तुलनले अर्काका स्वास्नि सवै चामलका पिठो जस्ता देखिने भएका थिए । मेरा साथीहरु नयाँ नयाँ फेसनको पहिलो उपयोग गर्थे, नयाँ नयाँ मोवाइलको पहिलो ग्राहक वन्थे । कोहि पढ्न थालेको थिए, को के सिक्न लागेको थिए, को के सिक्न लागेका थिए । शुरुका दिनमा मलाइ यावत कुराहरु गलत हुन भन्ने कारणले प्रभाव पारेको थिएन तर पछिका दिनमा मलाइ यी कुराहरु सहि हुन भन्ने कुराले प्रभाव पारेको हो । मेरो अडानको परिभाषा अलिकति फेरिएको थियो र भन्थें – आजपनि गलत कुराले मलाइ प्रभाव पार्न सक्तैन भन्ने कुरामा म दृढ छु, वरु मेरो अडान फेरिएको होइन हिजोका गलत कुरा सहि रहेछन् भन्ने तथ्य फेरिएको हो । मलाइ लाग्यो अरुहरु सवैजना दक्ष वनीरहेका छन् । यहि कुरा म मेरो श्रीमतिको हर कृयाकलापमा ल्याएर तुलना गर्थें । मेरि श्रीमति न श्रृंगार पेटार गर्छे, न कपडा परिवर्तन नै गर्छे ।, न उसलाइ धेरै भन्दा धेरै सिक्ने इच्छा छ, न अरु भन्दा राम्री वन्ने होड छ, न तरुनी वन्ने सौख छ । मेरो मनमा लाग्न थालेको थियो – कस्ति आइमाइ हो यो त ? कहिले कहिं मुखैलेपनि भन्थें । कहिलेकहिं सिकाइपनि टोपल्थें – अलि मेकअप गर, अलि राम्रा लुगा लगा, अलि तडकभडक देखा अवत परिवेश अनुसार परिवर्तन हुनप¥यो र केहि गर्नु प¥यो नि वावै ! तर ऊ मान्दिन थिइ । यसले मेरो मनमा धेरै राम्रो छाप पारेको थिएन । अर्को कुरा अरु साथीले जस्तौ मैले घरमा श्रीमतिलाइ खुृल्ला दिलका साथ लैजान पाएको थिइन । किनकि मेरा वावु–आमाले मेरि श्रीमतिको जात स्वीकार गरेनन् । परिवारले नै नगरेपछि गाउलेले गर्ने कुरा नै भएन । म गाउमा जाँदा देख्थें, अन्य दौतकिरा श्रीमतिहरुलाइ गाउमा सवैले मान्थे र भन्थे – फलानाकि श्रीमति कति राम्रि ! फलानाले त क्षेत्रिकि छोरि विहे गरेछ, तिलानाले त कम्तिमा पानी चल्नेचाहिं विहे गरेछ है । यावत कुराहरुपनि शुरुका दिनहरुमा मलाइ गलत लाग्थ्यो त्यसैले मलाइ ती कुराहरुले प्रभाव पार्न सकेन । तर आजभोली साम्यवाद नआइसकेको कारण यी कुराहरु नै सहि हुन भन्ने लाग्छ त्यसैले मलाइ समाजका यस्त कुरापनि मन पर्छ नै । तर उमालाइ समाजको कुरा र मेरो शैली नै मन परेनछ, त्यसैले उमाले एकदिन आफैं समन्ध विच्छेदको प्रस्ताव राखिन । मलाइपनि त के खोज्छस कानु आँखा भनेजस्तो भएको थियो । मैले वाहिर दुख व्यक्त गरेको नाटक गर्दै मनमनमा हजार गुना खुशि व्यक्त गर्दै हुन्छ भनें र औपचारिक रुपमा पार्टिले नै हाम्रो समन्धको विच्छेद गरिदियो ।
त्यसको महिनादिन वित्न नपाउदै मेरो नजरमा एकजना ‘नव क्रान्तिकारि ’ आइन, उनी माओवादी थिइनन तर गैर वामपन्थी होइनन् । यसैमा मलाइ लाग्यो उनीसंग मेरो विचार लगभग मिल्ने रहेछ, बाँकि म वनाउनेछु । उनको आँखा गाजलको घेरामा सजिएको थियो । हल्का लिपस्टिकको पोताइमा ओठ सुन्तला को केस्रा जस्तो थियो । फेर एन्ड लभलिको साथमा उनका गाला राता थिए । छिनेको कम्मर र उठेको छातिमाथी टाइट भेस्ट र जिन पाइन्टले उनको शरिर कोका कोलाको वोतल जस्तो देखिएको थियो । उनी पढाइमा पनि कम्ति थिइनन् । उमेरले वाइस नकाटेकि । मलाइ लाग्यो मेरो सपनाको क्रान्तिकारि यीनै हुन । जम्मा जम्मि दुइ दिनको नजर हानाहानमा मैले नै उनलाइ प्रस्ताव राखें । उनले सतप्रतिशत ओके गरिन । म प्रफुल्ल भएँ । उनको साथ पाएर मैले यस्तो कल्पना गरें – वास्तवमा प्रेम होस त यस्तो । अर्थात हाम्रो भर्खर भइरहेको जस्तो । मैले उनलाइ असाध्य माया गर्थें, मलाइ लाग्थ्यो उनलेपनि मलाइ यतिनै माया गर्छिन । हुनपनि संका गर्नुपर्ने ठाउनै कहाँ थियो र ? उनी पढ्दै थिइन म उनलाइ सघाउदै थिएँ । यहि क्रममा मैले पार्टिलाइ हामी वीचको विवाहलाइ वैधानिकता दिनको लागी प्रस्ताव गरें । वाँकिपनि के थियो र आखिर, बाँकि थियो त केवल त्यहि वैधानिकता मात्र । पार्टिलेपनि स्वीकार ग¥यो र हाम्रो नयाँ समन्ध स्थापित भयो । विवाहपछिपनि उनी रातको समयमा आउनकि दिनको मध्यमा हिड्डुल गरुन मलाइ कुनै मतलव थिएन । उनी दिनभर के काम गर्छिन भन्ने कुराको मलाइ कुनै चिन्ता थिएन । मेरो परिवारले पनि कुनै प्रतिक्रियाविना उनलाइ स्वीकारमात्र होइन हर्ष व्यक्त गरेको थियो । वावुले मैले उनलाइ लगेको दिन भनेका थिए – वल्ल छोराले इज्जत राखिदियो । यसले गर्दा मेरो परिवारमा सुमधुरता छाएको थियो । नयाँ वहार ल्याएको थियो ।
शान्तिकाल संवेदनशिलतावाट अगाडी वढीरहेको थियो । माओवादीहरु विग्रीएका छन् भन्ने तर्क व्याप्त थियो । तर मेरो कुरा गर्ने हो भने म यसलाइ सत प्रतिशत झुठको खेति भन्ने गर्थें । मजस्ता धेरै मेरा ‘महान योद्धाहरु’ यसै भन्छन् । यदि यसै हो भने कसरि विग्रीयौं ? यो हामीले हामीलाइ नै गरेको प्रश्न थियो । हामी यसको उत्तर आफैं दिन्थ्यौं सहज ढंगले । पार्टिलाइ कठपुतलि सरकारले पेल्दै थियो । कठपुतलि सरकारको समय एकवर्ष पुगेको थियो । संविधानसभाको म्याद दुइवर्ष पुग्दै थियो । अव केहि दिनभित्रमा संविधान सभाको म्याद सकिएर यसको पनि अन्त हुँदै थियो । पार्टिले यसैलाइ इसु वनाएर शान्ति, नयाँ संविधान, नागरिक सर्वोच्चता र राष्टिय स्वाधिनताको नारालाइ अगाडी वढाउदै आम हड्तालको घोषणा गरेको थियो । गाउँका जनता सडकमा थिए । झुम्रा लुगा लगाएका र चप्पल लगाएका लाखौं जनताहरु नारा लगाउदै र क्रान्तिको गितमा नाँच्दै थिए । तर सडकमा हिजोअस्ति देखिने किरिम पाउडरवालीहरु, नया फेसनको सौखिनदारहरु कम देखिएका थिए । उमाले एउटा मोर्चा सम्हालेकि थिइन । उनी आफ्नो नेतृत्वमा भएको जनमासलाइ व्यवस्थित गर्नको लागी यतिधेरै खटेकि थिइन उनको पसिना पसिना भएको थियो । सल झिकेर कम्मरमा वाधेकि थिइन, कहिले नारा लगाउथिन, कहिले गित गाउथिन र कहिले नाच्न भ्याउथिन । तर मेरि नयाँ श्रीमति एकदिनपनि आन्दोलनमा देखिइनन् । मैले सोध्दा भन्थिन मेरोपनि त कार्यक्षेत्र छ नि । म पत्याइदिन्थें । एकाएक आन्दोलनको अन्तिम दिनतिर एकझुण्ड त्यस्ता मान्छेहरुको जमात देखियो जसमा पुरुषहरु सुटमा सजिएका थिए भने महिलाहरु त्यस्तै त्यस्तै पोसाकमा क्याटवाक गर्ने खालका थिए । उनीहरुले एक हातमा सेता परेवा वोकेका थिए र अर्को हात खुँडा र खुकुरि लुकाएका थिए । उनीहरु भन्दै थिए – यो शान्तिको लागी अभियान हो । यहि हुलमा मैले मेरो नयाँ श्रीमतिलाइपनि देखें । म भिड छिचल्दै उनलाइ वोलाउनको लागी अगाडी वढ्दै थिएँ । विस्तारै ती परेवावालाहरु आन्दोलनकारि गाउलेहरुको नजिकै आए, एक हातमा भएको परेवालाइ आकाशमा उडाए र लुकाएर राखेको अर्को हातको भाला निकाल्दै आन्दोलनकारिलाइ हान्न लागे । कसैले आन्दोल र आन्दोलनकारिको विरुद्धमा नारा लगाउन थाले, कसैले ढुंगा वर्साउन लागे । यतिकैमा मैले आफ्नाी नयाँ श्रीमतिलाइ एक हातमा ढुंगा र एक हातमा खुकुरि वोकेर मैतिर आइरहेको देखें, म उनैलाइ समात्नको लागी भिडवाट उतै दगुर्दै थिएँ । नजिक पुगेर मैले उनलाइ वोलाउन मात्र के भ्याएको थिएँ उनको हातको ढुंगो मेरो पुरपुरोमा सोझियो । म भुईमा पर्लक्क ढलें र एकपटक उनको अनुहारमा हेर्न भ्याएँ उनी व्यंग्यात्मक मुस्कान सहित परेवा र खुंडा–खुकुरिवालहरुको ‘अहिंसात्मक’ जुलुसमा हराइन । म जुलुसको भिडमा किचिमिचि हुन लागीरहेको थिएँ । मेरो होस हराउदै थियो, हत्तपत्त मलाइ ग्वाम्म अंगालोर हालेर कसैले उठायो र काँधमा जुरुक्क उठाएर भिड भन्दा वाहिर रोकेको एम्वुलेन्समा सुताइयो । एम्वुलेन्स आवाजले अन्य आवाजहरुलाइ पराजित गरेर चिच्याउन शुरु गर्दै मानवभिड छिचलेर अगाडी वढ्यो । जव मैले आँखा खोलें मेरो छेउमा वसेर मेरो कपाल सुम्सुमाउदै गर्ने अर्थात आन्दोलनको भिडवाट मलाइ वोकेर ल्याउने व्यक्ति उनै मेरि उमा थिइन । उनको हात मेरो कपालमा विस्तारै चल्दै थियो तर आँखा एम्वुलेन्स भन्दा वाहिरको हुइकिरहेको दृष्यमा एकोहोरीएको थियो । यस्ते लाग्थ्यो उनी त्यो वेगवान दृष्यमा केहि खोजीरहेकी छिन । मेरो आँखा आशुले टम्म भरिए, पश्चातापले छाति जल्न लाग्यो, उनी आफ्नो रुमाल झिकेर मेरो टाउकोको रगत पुछिदिंन थालिन म उनलाइ हेरिरहें एम्वुलेन्सको आवाज निरन्तर वजिरहयो मेरो जाति जलिरहयो ।