पहिलोपटक एम्वुस थाप्दैगर्दा
नाम मात्रपो नागीको लेक रहेछ, मलाइ लाग्छ यो त सम्पूर्ण सुन्दरताले भरिएको प्रकृतिको उपाहार हो । मेरो गाउँवाट सिधा उकालो हिंड्दा पाँच घण्टा जति लाग्ने यस लेकको नाम मैले सुनेको मात्र थिएँ, पहिलोपटक आइपुग्दै छु । मलाइ लागेको थियो – नागीको लेकमा चारैतिर सुख्खा डाँडा ले घेरेको होला, पानी नभएर डाँडा पुरै डढेको होला, हरियो देख्नको लागी कतै टा...ढा टाढा नजर लगाउन पर्छ होला अर्थात रुखो र नांगो डाँडा भएको कारण नागी नाम राखिएको होला । तर मेरो काल्पनिक दिमागको सम्पुर्ण चित्र यहिं आइपुगेपछि फेल भएको छ । याहाँ त वरिपरि जंगलै जंगलले घेरेको रहेछ, खोरिया वारिमा कोदोकै वाला भएतापनि झुलिरहेको छ, गाइ भैंसि र भेडा वाख्राहरु खुल्ला र हरियो चौरमा चरिरहेका छन् र मेरै गाउले तामाङका गोठहरु प्रसस्त रैछन । वैंसले भरिएको आफ्नै जवानी ऐनामा हेरेर मख्ख पर्ने सत्र अठार वर्षे तरुनी जस्तै म मेरै गाउको यस रमणीय डाडामा उग्लेर मोहित भएको छु । यो डाँडा यसर्थपनि महत्वपूर्ण छ कि मानेश्वाँरा, घुम्थाङ, ओखरे, र मांखा गाविसलाइ जोड्ने सिमानामा पर्ने रहेछ । याहाँवाट जता झरेपनि वरावर समय लाग्छ अरे । म यस रमणीय टापूमा झिलिमिलि सहरको कल्पनामा मस्त वनेर प्रकृतिको रमणीयतामा रमाउदै हिंडिरहेको छु । नागिको चौर सकिन लाग्दा हामीले एउटा भेडागोठ भेट्याएका छौं । भेडाको दुध खाने योजना रोहित कामरेडले वनाउनुभयो । केहि साथीहरु गएर गोठालादाइसंग दुध र मोहिको मूल्यको वारेमा टुंगो लगाएपछि हामी सवैजना गोठ नजिकै गयौं र मन लागेजति दुध र मोहि खायौं । खांदा त मलाइ कुनै असर भएको थिएन । तर केहिवेरपछि वाक वाक लाग्न थालेको छ । तर मैले कसैलाइ नभनेरै जवरजस्त पचाइदिएको छु । खासमा खानको मात्रानै वढि भएको होला । नागीवाट मांखा झर्दै गर्दा मेरो नामको वारेमा रोहित कमरेडले कोमेन्ट गर्दै भनेका छन – होइन किन वाहाँलाइ लिडर लिडर भनिराखेको भन्या ? उनको संकेत मेरा नाम पुकार्ने अरु साथीहरुसंग भएको प्रष्ट छ, म केहि वोलिन हाँसेको मात्र छु । रोहित कामरेडले मलाइ निडर होइन लिडर भनेको सुन्नुहुँदो रहेछ । क. संझनाले यसको स्पस्टिकरण दिएतापनि उनलाइ चित्त वुझेन त्यसपछि उनलेनै मेरो नाम निडरवाटपनि वदलिदिएर सुशिल राखिदिएका छन् । एक हप्तामा म चार नामको हकदार भएको छु ।
नागीको लेक हुँदै हामी मांखा झरेका छौं । मांखा उनै क.रोहितको गाउँपनि हो । क्षेत्र नम्वर एकमा मांखा गाविस माओवादीको आधार इलाका भनेपनि हुन्छ । अन्य गाउका सर्वसाधारणलेपनि मांखाका मान्छे भनेपछि माओवादी नै होला भनेर कुराको शुरुवात गर्छन । मांखा र माओवादी पर्याय जस्तै भएको छ । अझ तातो कुरा त केहि महिना अगाडी क. रोहित घरमै सुतेको वेला पुलिसले घेरा हालेको रे, तर आगनमा वसेको प्रहरीलाइ पालीवाट ग्रिनेड हानेर मलको थागमा फरालेर भाग्न सफल भएपछि रोहित कमरेड र माओवादीको वारेमा अझ धेरै नै काल्पनिक हल्ला चलेको छ । माओवादी नवुझीसकेको धेरैले भन्छन् – माओवादी त उड्छन् । साथै याहाँका स्थानिय नेता देवी पराजुलि क. पवन पनि चर्चितनै छन् । किनकि उनलाइ पनि प्रहरिले गोली हान्न भनेर कान्लामा राखेर गोली ताकेको वेला भागेका व्यक्ति हुन उनी । क. पूण्यप्रसाद पराजुलिपनि माओवादीका चर्चित नेता हुन । यस वाहेक याहा माओवादीको सम्पर्क पोइन्ट पनि यहिं नै हो ।
हामी मांखा आएपछि ढुक्कसंग वस्न सक्ने रहेछौं । तर अर्धभुमित रुपमा । याहाँ आइपुगेपछि क. रोहितको भाइ क. सागरसंग पनि भेट भएको छ । क. रोहितको श्रीमतिसंग पनि भेट भयो । उनीहरुसंगको भेट यसभन्दा पहिले नै पार्ट टाइमर हुँदा देखिकै हो । मांखा गाउ मेरो लागी नयाँ गाउ होइन । मैले यहि गाउमा माओवादीका कमरेडहरुसंग रात विताएको छु । ग्रिनेड छुएको छु र वन्दुकहरु समाएको छु । क. सागर पार्ट टाइमर भएतापनि प्रविधिको काम सवै उनै गर्छन् । प्राविधिक काम भनेको वमहरु वनाउने काम वुझिंदो रहेछ । हामी सागरको घरमा वसेर वारुद वनाइरहेका छौं । सागरले मलाइ वारुद वनाउनको लागी चाहिने सामाग्रीको वारेमा वताइरहनु भएको छ । म उनको सहयोगीको रुपमा काम गरिरहेको छु । वीच वीचमा सागरजी मलाइ संझाउनु हुन्छ – हेर्नुस सुशिलजी ! सोडा, गन्धक, सुगर र कोइलाको उचित मिश्रण मिलेन भने राम्रो वारुद वन्न सक्तैन । म हरेक केमिकलको मात्रालाइ कण्ठ गर्ने खुव कोशिष गरिरहेको छु । उनी काम गर्दा गर्दै मलाइ संझाउछन् – आगो वेस्करि नलगाउनुस, कराइमा आगो प¥यो भने वारुद वनाउँदा वनाउँदै जल्छ । जलेर मात्र त केहि हँुदैन । यदि यो जल्यो भने हाम्रो शरिर पनि भेट्छ र कुरुप वन्ने खतरा हुन्छ । उनी मलाइ यस्ता कयौं घटनाहरुको स्मरण गराउदै सिकाइरहेका छन् । म ठिक्क को आगोमा पन्युले वारुद चलाइरहेको छु ।
आज वेलुकिको खाना सागरजी को मै खाएका छौं र तामाङ गाउँतिर वस्न हिंडेका छौं । तामाङ गाउँमा सवभन्दा फटाहा आइते भन्ने हो रे । ऊ अहिले गाउमा वस्दैन । उसको परिवार मात्र वस्छन् । हामी आज आइतेको घरमै वस्दैछौं । केहिवेर ढ्याक ढ्याक पारिएको ढोकाको संकेतलाइ आइतेकि स्वास्निले वास्ता गरिन वा सुनिन । त्यसपछि सागरजीले कस्सेर ढोकामा हान्नुभयो । त्यसपछि को हो भनेर झ्यालवाट महिलाको आवाज आयो सायद उहि आइतेकि स्वास्नि हुन । रोहित कामरेडले भन्नुभयो – पहिला ढोका खोल्ने अनि चिनिहालिन्छनि ! उसले खुरुक्कन ढोका खोली । उसका छोरा छोरिहरु सुतिरहेका थिए । हामीलाइ वुइगलमा ओछ्यान लगाइदिइ । हामी उसकहाँ सुत्ने छ जना छौं । हाम्रै गाउँको हामी भन्दा केहि महिना पहिले हिंडेको अर्को साथी क.सुरेश, क. विनिता, क. रोहित, क. सफलता, क. दिपा र म । याहाँ आइपुगेपछि साथीहरु कताकता सम्पर्क तिर गएका छन् । यहि शिलशिलामा मसंगै हिंडेको मेरो गाउको साथी क. सुवर्णपनि अन्तै जानेमा परेको छ । सागरजी हामीलाइ याहाँ पु¥याइ राखेर फर्कनु भएको छ । माओवादी भनेपछि वुइगलमै वस्छन् भन्ने जस्तै भान जनताालाइ परेको रैछ भन्ने मेरो अनुमान अहिले सम्म फेल खाएको छैन । जहाँ गएपनि पहिले नै वुइगलमा ओछ्यान भइहाल्छ । क. रोहित जिल्ला स्तरिय नेता भएको र अलि वुढापनि भएको कारण सेन्टी« वस्नु हुन्न । हामीलाइ विहान उज्यालो हुने वेला सम्मको ड्युटि वनाउदा दुइ–दुइ घण्टा पर्न आउछ । मलाइ अन्धकार रातमा दुइ घण्टा सेन्ट्री वस्न असाध्य वोर भएको छ । वाहिर एक्लै वस्दा वेला वेला डरको आभाषपनि हुने गर्छ । छस्र्याङग हुने वित्तिकै म झसंग हुने गरेको छु । लाइटको संकेत कतै भयो भने र हल्लाखल्ला भयो भने तत्काल नेतृत्वलाइ जानकारि गाराउनु भन्ने आदेश छ । रातमा सेन्ट्रिी वस्दा दुश्मनले साइलेन्ट किलपनि गर्न सक्छ भन्ने कुराले सतर्कता गाराइएको छ । भाँति नपु¥याइ गरिएका यी सतर्कताको सन्देशहरु डरको लागी्पनि सहयोगी भएका छन् । यद्यपी म भविष्यको एक होनहार वीर र दुनियाले गन्ने खालको एक होनहार माओवादी वन्ने जागो सपनामा लिन भएको वेला मेरो समय वितेको पत्तै भएको छैन । तर जव म घडी हेर्न थालेको छु मलाइ समयले हैरान पारेको छ । कम्तिमा विस मिनेट त गयो होला भन्ठान्छु तर जम्मा पाँच मिनेट मात्र गएको हुन्छ । वल्ल वल्ल आफ्नो पालो सक्काएर क. विनिताको पालो आएपछि सवै गतिविधि सहित उनलाइ हतियार वुझाएर सुत्न गएको छु । सुत्ना साथ मलाइ मिठो निन्द्रा आएको छ ।
सागर सहित भएर हिजो वनाएको वारुद उपयोग गर्दै हामी माइन वनाइरहेका छौं । माइनपनि होइन इलेक्ट्रिक ववि ट्रयाप्स । एउटा झण्डामा वुविट्रयाप्सलाइ फिट गराएर क. सागरले एउटा यस्तो ज्याक वनाउदै छन् जुन ज्याक वमवाट फुत्कनासाथ इलेक्ट्रीक कनेक्सन हुन्छ र वम पड्कन्छ । हाम्रो अनुमानमा त्यसले एकजना पक्का पनि मर्छ भन्ने छ । यो एकदमै सेन्सेटिभ पनि छ । किनभने वनाउदा वनाउदै पनि यसको कनेक्सन कतैवाट भइदिन सक्छ र पड्कन सक्छ । हामीले दिनभरी लगाएर तिनमाना वारुद एउटा फलामको ढुंग्रोमा खाँदेका छौं र फलामका टुक्राहरुलाइ गोलीको रुपमा जाओस भनेर वारुद भन्दा माथी हालेका छौं । इलेक्ट्रिक कनेक्सन नटुटोस भनेर ज्याकलाइ वेस्कन खाँदेर शुरक्षित वनाएका छौं । वेलुकिको रात परिसकेको छ, हामी जोगिडाँडा हुँदै अँधेरि खोलाको वाटो भएर अग्नी डाडातिर झर्दै छौं । क. सागर क. शुरेस र म छौं । हामीले वमलाइ पालै पालो वाक्दै ओराली झरेका छौं । साथमा एक एक ओटा फ्युज सल्काएर पड्काउने वारुदको हाते वम पनि वोकेका छौं र साथमा लाइटरपनि । खाडिचौर वजार क्रस गर्न पर्ने भएकोले हामीलाइ अलि अप्ठ्यारो परेको छ । सागर जी ढुक्क हुनुहुन्छ । शुरेस अलि अर्कै प्रकारको मान्छे भएकोले ऊ डराएको, खुशि भएको वा दुखि भएको मलाइ थाहा हुँदैन । तर मेरो मनमा हल्का डर लागेको छ । ती मान्छेहरुले हामी माओवादी भनेर थाहा पाए भने के हुन्छ ? हामी रोडमा हँुदा हँुदै पुलिस आइपुग्यो भने के हुन्छ ? वम राख्दा राख्दै रोडमा मोटरहरु आएमा कसरि सेभ हुन सकिन्छ ? यावत प्रश्नहरु मेरो मनमा छन् । जसको सहज हल मेरो दिमागमा छैन, तसर्थ मलाइ डरको आभास भइरहेको छ । यी प्रश्नको जवाफको लागी मैले सागरजीलाइ सोधें भनें मलाइ डरपोक रैछ भनेर सोचिदिने होकि भन्ने अर्को आशंकाले सताएको छ । मैले मेरो मनको कुरा मनमा नै राख्ने निधो गरेर सागरजीको पछि पछि हिंडेको छु । तर मलाइ सागरजीसंग छु भन्ने कुराले निकै नै ढुक्क पारेको छ । सागरजी अगाडी हुनुहुन्छ त्यसपछि म र लाष्टमा सुरेश । सागरजी तिव्रगतिमा हिंड्नुभएकोले हामी पनि पछिपछि उस्तै गतिमा हिंडेका छौं । वजारमा केहि मान्छेहरु हिंड्दै छन् तर हामीले उनीहरुलाइ वास्ता गरेका छैनौं । हामि खाडिचौरको वजारलाइ अन्त गरेर सानो पक्कि पुल तरेका छौं र अलिकति मात्र अगाडी वढेका छौं । सागरजीलाइ याहाँको वारेमा सवै थाहा भएकोले हामीले भुगोलको वारेमा सर्वेपनि गरेनौं । रातको एघार वजेको छ । उनले आफ्नो पूर्व निर्धारित रोडको भित्ताको प्वाल पत्ता लगाएका छन । शुरेसलाइ अलिपर सेन्ट्रिी राखिएको छ । उनी मलाइ इंगित गर्दै भन्दैछन् – अलि साइडमा वस्नुस है पड्कनपनि सक्छ । तर आफु ढुक्कतापूर्वक काम गरिरहेछन् । सचेततापुर्वक उनले वमलाइ प्वालमा घुसाएर ज्याकको तारलाइवाहिर निकालिसकेका छन् । मैले मेरो हातमा भएको व्यानर उनलाइ दिएको छु । वमवाट आएको ज्याकको तारलाइ व्यानरमा वाँधेर त्यसले भित्ताको प्वाल छोपिनेगरि टांगिएको छ । अव हाम्रो काम सकियो । हाम्रो अनुमान छ भोली विहान १० वजेसम्ममा प्रहरिको गाडि आउने छ र सो वम निकाल्दै गर्दा उनीहरु मध्य केहि घाइते या मृत हुनेछन् । त्यसपछि हाम्रा व्यानर र झण्डा च्यात्नुपूर्व उनीहरुले १० पटक सोच्नपर्नेछ । यद्यपी यति सवै काम गरिसक्दापनि मैले कल्पना गरेको जस्ते कुनैपनि प्रश्नका सामना गर्नु परेन । मेरो मनमा साहस थपिएको छ । म सोच्न थालेको छु – यस्ता काम त सामान्य नै हुँदा रहेछन् ।
एकदिन हाम्रोपनि दशैं आउने छ
आमूल परिवर्तनको अभियानमा तिव्र गतिले हुइकिरहेको वर्तमान नेपालमा हरेकवर्ष आइरहने हिन्दुहरुको ‘महान चाड दशैं’ फेरि पनि आइरहेको छ । म आफुपनि एक हिन्दुको छोरो हु“ । तर म, मेरो परिवार आश्रीत जीवनमा वाहेक आफुलाइ हिन्दु वा कुनैपनि धर्मको पक्षपाति मान्दिन । किनकि म एक नास्तिक वनेको छु, भोतिकवादी वनेको छु वा कम्युनिष्ट हु“ । तर आर्दर्श र भौतिक परिवेशका वीचमा संघर्ष भएरनै वस्तुको विकाश हुने हो वा मान्छेहरु खारिने हो । मैले आफुलाइ भौतिकवादी र कम्युनिष्ट वनाउनको लागी यस्ता कयौं परिवेशहरुसंग लडेको छु, जसलाइ मैले यो छोटो लेख्ने प्रकृयामा उल्लेख गर्न सक्तिन । यद्यपी मैले याहा“ के चाहिं उल्लेख गर्न चाहेको छु भने कुनै एकदिन जुन वेला म युद्धको महायात्रामा आवद्ध थिए“, त्योवर्षको दशैं कसरि वित्यो ? कयौं यस्ता दशैंहरुमध्य मात्र एकदशैंको वारेमा लेख्नु यस लेखको उद्धेश्य हो ।
०५९ साल भाद्र २२ गते सिन्धुलिको भिमानमा भएको लडाईमा हाम्रो तर्फ २४ जना कमरेडहरुको सहादत भएको थियो । मेरो खुट्टामा वमको छर्रा लागेको थियो तर गंभिर थिएन । हामी मध्य कोहि भर्खरैमात्र विवाहित भएका थिए, जसले युगल जीवनको कुनै अनुभुति विनानै आफुलाइ फेरि एकल जीवनमा फर्काउने जवरजस्त प्रयास गरिरहेका थिए । ती मान्छेहरु जसलाइ तिनका घरमा तिनका श्रीमतिले हररात वाटो हेरेर वस्थे, उनीहरुको सिउदो पुछिएको थियो । ती योद्धाहरु जसलाइ तिनका साना साना वच्चाहरुले हरदिन आफ्ना वावाको न्यानो छहारि कुरिरहेका थिए, उनीहरु टुहुरा भएका थिए । ती महान छोराहरु जसलाइ उनका वुढा वावा–आमाले एकपटक अनुहार हेरेर मर्ने अपेक्षामा पर्खिरहेका थिए, उनीहरुको काख अव खाली भएको थियो । र हामी उनका सहयात्रीहरु जो हर मोर्चामा एकले अर्कालाइ कभर दिएर विजय अभियानमा अगाडी वढीरहेका थियौं, अव हामी ती खाली वन्दुकको लागी नया“ योद्धा र सहयात्रीको खोजमा तल्लिन थियौं अर्थात गएका दिनको प्रतिशोधमा आउने दिनहरुलाइ झन विजय गर्ने प्रतिवद्धता सहित नया“ योजनाको कार्यान्वयनमा अगाडी वढीरहेका थियौं ।
त्यो वर्षको दशैं आउनको लागी केहि हप्ता मात्र वा“कि थियो । हामी सिन्धुलिको लुम्ति पोखरिमा आइपुगेका थियौं । रगताम्मे हाम्रा शरिरहरु पखालिइ सकेको थिएन । हाम्रा घाइतेहरुको घाउमा मल्हम लागाउने र उनीहरुको उपचार गर्ने कार्य तिव्रतापुर्वक भइहरको थियो । गंभिर घाइतेहरुलाइ सिमा पार गराएर भारत पठाउनको लागी एउटा टोली त्यतातिर लागेको थियो । दुइदर्जनको शहादत र चार दर्जनजतिको घायलताले गर्दा हाम्रो फर्मेशन खालि भएको थियो । खासगरि अपगे्रडिङ र सरुवा गरी फर्मेशन सुदृढिकरण गर्नको लागी हामीलाइ केहि समय वैठक वस्नु परेकोले फुलपातिको अघिल्लो दिनसम्म पनि हामी त्यहिं वसेका थियौं । गाउलेहरु नौदुर्गाको पुजा गर्नलाइ जमारा राख्दै थिए । त्रेता युगमा रामले रावणलाइ जितेको वा दुर्गाले राक्षशलाइ पराजीत गरेको वीरतापुर्ण कथालाइ आधार मानेर उनीहरुलाइ पुजा गर्ने र सो दिनलाइ एक खुशि पर्वको रुपमा मनाउन भनि घरहरुको सिंगार–पेटार गर्दै मिठा–मिठा खानपीनको जोरजाममा लागेको थिए । तर हामी यहि युगको रावणलाइ नष्ट गर्नलाइ आफ्नो संगठनलाइ सुदिृढ गर्दै थियौं र खर–खजानाको जोर–जाम गर्दै थियौं ।
तर यी सवकुरा भनेजस्तै सहज कहा“ थिए र ? मैले सत्रवर्ष सम्म विताएको पर्व थियो दशैं । जसलाइ म चार वर्ष देखि छोड्दै आएको भएतापनि मेरा संझनामा ती दिनहरु झलझलि आइरहन्थे । जुन दिनहरुमा मेरो आमा दामगाडेमा गएर रातो माटो ल्याउथिन र घरलाइ पुरै रातो हुनेगरि चम्काउथिन । भिरबारिको पाखावाट कालिमाटि ल्याएर गोभरमा मुछेपछि पिंढीको तल्लो भित्तामा फरक रंग रंगाउथिन । वर्ष भरि कमाएको कमाइ खल्तीमा वोकि मेरो वावा मलाइ साथमा लिएर भेडाको वथानमा जानु हुन्थ्यो र मलाइ भेडा छान्नको लागी भन्नु हुन्थ्यो । म सवभन्दा ठुलो भेडा छान्थें । वाह्रविसे वजारमा लुगाको कोठिमा गएर आमालाइ नया“ फरिया, आफुलाइ दौरा सुरुवाल, दिदिलाइ घा“गर र हामीलाइ सर्ट पाइट किनिदिनु हुन्थ्यो । सेते दमाइको छोराले सिलाएको नया“ लुगा लगाएपछि, घरमा भेडा कराउन थालेपछि र पिंढकिो डिलमा नाइलनको डोरि झुण्डाएर पिंग खेल्न शुरु भए पछि लाग्थ्यो – अव वल्ल दशैं आयो । तर यसपाली जव रात पर्छ त्यसपछि मेरो आमा मेरो वाटो हेर्दे रुन्थिन होलिन पक्कै , वावा मेरो संझनामा पुरपुरोमा हात राखेर टाढा कतै हेर्नु हुन्थ्यो होला र दाइ भाइहरु मेरो अभावमा एक्लो महशुष गर्थे होलान । यी भावनात्मक स्मरणहरुले मेरो मनलाइ चिमोटिरहन्थ्यो ।
यद्यपी म गएको चारवर्ष देखि आध्यात्मवाद के हो ? र भौतिकवाद के हो भन्ने कुराको अध्ययनमा थिए“ । मैले वुझ्दै थिए“ – हामी आध्यात्मवादको दर्शनले दविएका छौं , हेपिइएका छौं र अन्यायमा परेका छौं । मैले समानताको लडाइमा आफुलाइ विजय गराउनको लागी आध्यात्मवादको विश्वासहरुलाइ तोड्नै पर्ने थियो र संस्कारको नाममा फैलिएको विकृतीहरुलाइ छोड्नै पर्ने थियो । हामी भन्थ्यौं र ठान्थ्यौं – एकदिन हामी हाम्रो विरताको दशैं मानौंला, हामी हाम्रो विजयको खुशियाली मनाउला र त्यो दिन पक्कै एकदिन आउने छ । जसकोलागी हामी हररात ननिदाएर, हरदिन थकाइ नमारेर महासमरको यात्रामा यात्रारत थियौं ।
फुलपाति भन्दा केहि दिन अघि मात्र हाम्रो लडाइको तार्जेट पक्का भएछ । दशैं जस्तो पर्वमा हामीले जनताको घरमा वसेर उनीहरुलाइ डिस्ट्रव गर्न ह“ुदैन भन्ने मा एउटा समझदारि सहित तयारिपनि भइरहेको थियो । तर अचानक ‘योजनाको लागी’ भनेर हाम्रो यात्रा तय भयो । हामी अझै पुर्वतिर लाग्यौं । लुम्तिपोखरिवाट हामीले ओखलढुंगा–सोलुतिरको यात्रा तय ग¥यौं । वाटोमा कुनै जातिले फु्ुलपातिको दिनमै राङाहरु काटेर भोग दिने रहेछन्, त्यसमा खासगरि मगरहरु थिए । उनीहरु भोग दिने भन्दापनि ‘दशैं मान्नुपर्छ’ भन्ने मानसिकतावाट मात्र उत्प्रेरित थिए । किनभने उनीहरु सवैले हिन्दु धर्म मान्दैनन् तर हिन्दु धर्मले उनीहरुको मनोविज्ञानमा यति गहिरो जरा गाडेको छ मानौं अव यो धर्म उनीहरुको पनि भइसक्यो । वाटोमा हामी जुन ठाउ“मा पुग्थ्यौं त्याहा“ उनीहरुको भा“डा र दाउरा मात्र प्रयोग ग¥यौं । खाने कुराको लागी हामी जहा“ पसल भेटिन्छ त्यहि किन्थ्यौं र वेलुकि छुट्टै पकाएर खान्थ्यौं । यसरि हामी रामेछापको भुजि हु“दै ओखलढुृंगाको रावादोलु पुग्यौं । दशैं सकिएसंगै तिहारको चहलपहल हुने नेपाली परम्परा छ“दैछ । हामी सोलुको गोली तिर उग्लियौं, जहा“ हाम्रो अन्तिम राजनैतिक एवं फौजी प्राविधिक तयारि हुने थियो । हाम्रो तार्जेट थियो ओखलढुंगाको रुमझाटार विमानस्थल ।
हर दशैंमा मेरो आमा र मेरा वावा मलाइ जसरि पर्खनु हुन्छ हर तिहारमा मलाइ मेरो दिदि ले पर्खिन्छे । एउटै वावाका हामी चार जना दाजु भाइहरु छौं तर तिहारको वेलामा ठुलावावा र अंकलहरुको छोराहरुपनि जम्मा भएर पन्द्र विस भाइ एकै ठाउ“मा टिका लगाउथ्यौं । टिका लगाएपछि दिदि वहिनीहरुलाइ पैसा दिने संस्कार हामी केटाकेटिको लागी निकै धौ धौ को विषय थियो । तैपनि यसलाइ पुर्ति गर्नलाइ हामी रातभर–रातभर ननिदाएर देउसि खेल्थ्यों र एकजनाको भागमा १५÷२० रुपैया“ जम्मा गरेर दिदि वहिनीहरुलाइ कम्तिमा एक रुपैया“ सम्म हामी दक्षिणा दिन्थ्यौं । मेरो दिःदी, सायद भाइले दिएको त्यो एक रुपैया“को डवली आजपनि हेर्दै रु“दि हो वा आउछकि कतै भन्दै म आउने वाटोमा हेर्दी हो – म यस्तै सोच्थें । म तिहारमा नगएको चार वर्ष भएतापनि हरपटक उसले मलाइ पठाएको समाचारमा भनेकि छ – भाइ त“ आइज वा नआइज तर म हर तिहार त“लाइ पर्खिरहेकि छु । तर म घरभन्दा कयौं दिन टाढा एउटा भिषण मोर्चाको तयारि मा थिए“ । मेरो दिदिको हातवाट सप्तरंगि टिकाले रंगिने मेरो निधार त्यहि वर्ष दुश्मनको गोलीले लागेर रंगिन पनि सक्थ्यो । तर हामी यसैको तयारिमा खुशि हुन विवस थियौं ।
तयारि गर्दागर्दै प्राविधिक दुर्घटनामा दुइ कमरेडहरुको ज्यान गयो । उनीहरुले तिहार त के योजनाको मोर्चा पनि भेटेनन् । हाम्रो लडाईको मिति कात्तिक दश गते तोकिएको थियो । भाइटिका त्यस्तै तेह्र चौध गतेतिर थियो । मोर्चाको अन्तिम सम्प्रेषण हु“दै गर्दा मैले यी कविताका हरफहरु वाचन गरें ः–
दिदी †
पोहोर जस्तै
यसपाली पनि तिम्रो भाई
महासमरको महाअभियान मै छ......
तिमी
मेरो लागी जिमाहाको हड्डि नफोर,
वरु
एकदुइवटा वम वनाउ र
एम्वुस पड्काउ
मेरा लागीे सप्तरंगि सिन्दुर नघोल,
वरु
खुर्सानिका वोटहरु जम्मा गर र
दुइचार पाथी वारुद वनाउ................
......................
सवैका घरमा झिलिमिल वत्तिहरु जडान भइसकेको थियो । लक्ष्मी घरमा आउने विश्वासमा घरलाइ उज्यालो वनाउने होड जस्तै चलिरहेको थियो । सयपत्री फुलका मालाहरु ढोका मा झुण्डिसकेका थिए । तर हामी जस्तालाइ तस्तैको उत्तर दिएर परिवर्तन गर्ने उद्धेश्य सहित लडाईमा होमिएका थियौं । निर्धारित समयमा हामिले मोर्चा लड्यौंपनि । तर लडाई भनेजस्तोे विजयमा पुग्न सकेन । हामीले ठुलो क्षति वेहोर्नु प¥यो अर्थात २५ जना होनहार योद्धाहरुलाइ हामीले रुमझाटारको कोदोवारिमा छाडेर फर्कियौं । फेरिपनि ती दिःदि वहिनीहरु, जसले आफ्ना भाइको प्रतिक्षामा हरक्षणहरु गुजार्दै थिए उनीहरुको लागी आफ्नो भाईलाइ भेट्ने उनीहरुको सपना सदाको लागी यतिमै अन्त भयो, ती दाजुहरु जसले एकसाथ वसेर रमाइलो गर्ने सपना वुनेका थिए, ती सपनाको रुमझाटारको कोदोवारिमा शहादत भयो र जनयुद्धमा शहिदहरुकोे संख्या थपियो । हामी दर्जनौं घाइते भयौं, र गंभिर घाइतेको पंक्तिमा म पनि सामेल थिए“ । हाम्रो लक्ष ओखलढुंगा को सिंगाने हुदै रावादोलु तिर झरेर रामेछापको प्रिति, दोलखाको सहरे, र मालु खोला हु“दै तामाकोशि तरेर सैलुङ छिर्ने थियो । लडाईको भोलिपल्ट हामी राति अवेर सम्म हिड्यौं । त्यसरात सिंगाने भन्दा वारि गाउ“ (जुन गाउको नाम अहिले भुलें) मा वस्यौं । भोलीपल्ट रावादोलु झ¥यौं । त्याहा“वाट हाम्रो यात्रा सेभ गर्नलाइ रातीको समय उपयुक्त ठानियो । भिरको वाटो असाध्य सांघुरो थियो । म लगाएत हामी घाइतेहरु स्टेचरमा थियौं । औंशि आउदै गरेको रातको समय अमिलो पोखेजस्तै अंध्यारो थियो । खेतमा धानका वालाहरु लह लह झुलेका थिए । गाउ“मा झिलिमिलि वत्तिहरु वलिरहेका थिए । भैलेनिहरु स्वर मिलाएर गाउ–घरका आगनीहरुमा भैली खेलीरहेका थिए । घरवेटि आमै नाङलामा सिदा वोकेर र दियो वत्तिका साथ वाहिर आउथिन । तर म कालो रातको यात्रामा स्टेचरमा वसेर आकाश को तारा गन्दै थिए“ । भैलेनीको आवाजहरुमा मेरो दिःदीको आवाज मलाइ झल्को भइरहेको थियो । घरवेटि आमैको आगमनमा मैले मेरो आमालाई देखिरहेको थिए“ । तर मेरो आमाले यो खुशिमा कहा“ खुशि मिलाउन सकेकि होलीन र ? मेरि दिदि यो भैलेनीमा कहा“ पो सामेल भइन होला र ? वरु लडाईको खवर रेडियोले भनेको सुनेर तर्सदै वस्दै होलीन ।, म स्टेचरवाट खस्न सक्छु भनेर मलाई मुर्दा वा“धे जसरि तिन ठाउ“मा वाधिंइएको थियो । वाटोमा हिंड्दै गर्दा वोक्ने साथीहरु लडेर कयौं पटक म स्टेचरसंगै धान खेतमा पछारिन पुंगे । तर मैले एक पटक भन्दा धेरै आइयापनि भनिन । किनभने लडाउनु कसैको नीयत थिएन । माथिका भावनाहरुसंग केवल भावनाको साइनो वाहेक अरु कुनै अपसोच मान्नुपर्ने हामीसंग कारण पनि थिएन । किनकि यो लडाई कसैको वहकावको लडाई थिएन । यो कसैको व्यक्तिगत स्वार्थ पुर्ति गर्ने लडाइको हिस्सापनि थिएन । यो एउटा भातृत्व निर्माणको, एकता निर्माणको, र समानताको अभियानको यात्रा थियो । भाइटिकाको दिन म मेरा योद्धा वैनिहरुको का“धमा यात्रा गरिरहेको थिए“ र मेरा भाईहरुको सहयोगमा लडिरहेको थिए“ । त्यहि लडाई नै आजको जारि परिवर्तनको एक हिस्सा थियो । म आजपनि यहि आदर्शमा अडिक छु । मलाइ आजपनि दशैंमा लगाउने टिकाको कुनै मोह छैन । म मेरा आफन्तलाइ भन्छु – मलाइ वरु फागुनको एक गते टिका लगाइदिनु र आशिर्वाद दिनु । लक्षको जिम्वेवारिलाइ छोडेर जाने मेरो कमरेडहरुले भन्ने शव्दलाइ म फेरि दोहोर्याउछु – पक्कापनि एकदिन हामी हाम्रो विरताको दशैं मानौंला, हामी हाम्रो विजयको खुशियाली मनाउला र त्यो दिन पक्कै एकदिन आउने छ । र म, अमुक देवताको विजयमा आफ्नो अग्रजको हातको टिका थापेर कुनै महान नेताले गरे जस्तै ढोंग गर्ने छैन – यो राजनैतिक टिका पनि हो भनेर ।
दोरम्भाको यादहरु
श्रावणमा भेल आओस या बाढी, असिना परोस वा झरि, आकाशमा कालै–कालो वादल लागेर हप्तौंसम्म सूर्यको अनुहार नदेखिएपनि कसैलाइ अनौठो लाग्दैन । प्रत्येक मिनेटमा काला वादलहरु एकआपसमा ठोक्किएर सुनिने चट्ट्याङको आवाजले पनि केहि प्रभाव पार्दैन । यहि शिलशिलामा हजारौं जीवनको अन्त हुन्छ र दैनिक समाचारको विषय वनेर टुंगिन्छ । तर हिउदको कुरा फरक हो र वसन्तको कुरा झन फरक हो । यो वेला पर्ने असिना होस वा झरि, वादल होस धमिलो नदी यी सव कुरा प्रकतिको अनिष्ठ हो । यस्तो अनिष्ठतामा हुनसक्ने थोरै जीवनहरुको मृत्युले पनि धर्तिमा कोलाहल मच्चिन्छ । यस्तै कोलाहल थियो दोरम्भा घटना ,यस्तै अनिष्ठता थियो ती निहत्था १९ जनाको निर्मम हत्या ।
प्रकृतिको भाषामा भन्ने हो भने देशमा दोस्रो पटक युद्धविराम हुšदाको परिवेश भिषण वर्षातको मौसम अर्थात मध्य श्रावण जस्तै थियो । हामीले ओखलढुंगाको रुम्झाटारमा लडाई लडेको तिन महिना हुँदै थियो । घायल भएका हामीहरु उपचारकै क्रममा थियौं । मनमा कुनै आसंका समेत थिएन – देशमा युद्धविराम हुन्छ भनेर । रातको समय थियो । हामी तिनचारजना साथहिरु मरिन खोलाको किनारै किनार नक्कली गाउको नजिकै पुग्दा विविसी नेपाली सेवाले सरकार र माओवादी हेडक्वाटरलाइ उद्रित गर्दै युद्धविराम घोषणा भएको समाचार सम्प्रेषण ग¥यो । हामी आश्चर्यचकित भयौं । मलाइ श्रावणमा खडेरि लागेको जस्तो महशुष भयो, वर्षातमा फुल फुलेको जस्तो अनुभुति भयो ।
माओवादीको तर्फवाट कमरेड वावुराम भट्टराइ र सरकारको तर्फवाट नारायण सिंह पुन संयोजक भएको वार्ता टोलीको गठन भयो । माओवादीले राखेको प्रस्तावहरुमा छलफल गर्दै वार्ता प्रकृया चलिरहेको थियो । सामान्यतः लडाइको नियम थाहा नपाउने हर सर्व–साधारण नागरिकहरुको लागी आशाका मुनाहरु पलाएका थिए । वार्ता भनेकै शान्तिपूर्ण प्रयास हो । यहि प्रयासको लागी अनिश्चित कालिन युद्ध रोकिएको थियो । युद्ध रोकिंदा लडाइको सिपाइलाइ समेत राहत हुन्छ भने अरुलाइ नहुने कुरा थिएन । माओवादी कार्यकतार्, सरकारि कर्मचारि, सेना, पुलिस, अन्य राजनैतिक कार्यकर्ता तथा आम जनताहरु केहि समयको लागी भएतापनि सामान्य जीवनमा थिए ।
हुनत माओवादी पार्टिले राख्दै आएको गोलमेच सम्मेलन अन्तरिम सरकार र संविधान सभाको चुनावको मागलाइ सरकारले कुनैपनि रुपमा नस्वीकार्ने पक्का भइसकेको थियो । तिन पटक भएको वार्ता विना निस्कर्ष टुंगिएको थियो र चौथोपटक को वार्ता २०६० साल श्रावण ३२ गते दाङ जिल्लाको हापुरेमा चलिरहेको थियो । संयोग नै भनौं यहि दिन यता रामेछाप जिल्लाको दोरम्वा गाविसमा माओवादी पार्टि जिल्ला कमिटिको मिटिङ एकजना पार्टि कार्यकर्ता युवराज मोक्तानको घरमा वसिरहेको थियो । सेनाले अचानक गोली प्रहार ग¥यो र सेन्ट्रिमा वसेका टेक वहादुर थापालाइ घटना स्थलमै ढालिदियो । रामेछापस्थित नारायण दल गुल्मका मेजर राममणी पोखरेलको नेतृत्वमा गएको शाहिसेनाको टोलीले वैठक स्थललाइ लडाईको मोर्चाको रुपमा घेरा हालिसकेको अवस्थामा भित्र रहेका क.ललित वाहेक कोही पनि भाग्न सकेनन् । हतियार विहिन माओवादी जिलाका नेताहरुले ससस्त्र सेनासंग प्रतिरोध गर्न सक्ने अवस्था थिएन र उनीहरुले सामूहिक गिरफ्तारि दिए । हरेक मान्छे स्वतन्त्र र सम्मानित हुन पाउनुपर्छ अर्थात समान हुनुपर्छ भन्ने महान आदर्श वोकेर मानवताको लडाइमा होमिएका ती सवै नेता तथा कार्यकर्ताले गिरफ्तारि दिंदै गर्दा सकरात्मक सोंच राखे होलान र भन्ठाने होलान – पक्कापनि हतियार वोक्नेहरुपनि आखिर मान्छे हुन्, नेपाली जनताका छोरा हुन । उनीहरु केवल आतंकवादी होइनन् कम्तिमा अन्तराष्टिय मानविय कानुन पढाइएका सिपाइहरु हुन । उनीहरुले सोचे होलान – हिउदमा भेल वग्दैन होला, र वसन्तमा रगत पोखिंदैन होला । तर सुन्दर कल्पनाको एकाध घण्टापनि नवित्दै घोर विडम्वना भयो । केवल घरमा वस्न दिएकै भरमा गिरफ्तारीमा परे युवराज मोक्तान र उनका छोरा लिला मोक्तान । जनसरोकारका कामहरुलाइ कसरि लैजना सकिन्छ भनेर निहत्था वैठक वस्ने रामेछाप जिल्लाका माओवादी जिल्ला जनसरकार प्रमुख वावाुराम तामाङ (क.पुष्प), क्रान्तिको लागी भनेर ललितपूर इकुडोल देखि रामे्छाप पुग्नुभएकि अम्विका दाहाल (क.ललिका), वेथान गाविस ५ का प्रदिप दोङ (क.रक्तिम), डढुवा गाविस ४ की संगिता थामी, फुलामी गाविस ८ का हर्कवहादुर तामाङ क.यथार्थ, गेलु गाविस ५ का रवी चौहान (क.समिर), चंखु गाविस ३ कि उमा कार्कि (क.सहारा), चंखु गाविस ९ का श्याम तामाङ (क.इन्क्लाव), पुरानागाउš ८ का पदमराज गिरि (क.असल), दोरम्भा १ कि विष्णुमाया थापा (क.विमा), दोरम्भा गाविस ३ का ठुलोराम तामाङ (क.छोक्पा), सोनाराम तामाङ (क.विमल), लक्ष्मण तामाङ (क.छाया)š, हर्कलक्ष्मी राइ (क.विमला), चतुरमान थामी (क.समिर) र क. जमिनलाइ सेनाले सामूहिक नियन्त्रणमा लियो । मध्य दिउसोको समय थियो , डाँडामा वादलहरु मडारिरहेका थिए । दोरम्वाको वजारमा सेनाले पसलहरुवाट डोरि निकाले र हरेकको हातलाइ पछाडि लगेर वाšधीए । वजारवासिलाइ ढोका थुन्नको लागी वन्दुक तेर्साउदै आदेश गरे । मृत्यु लिएर आएको कालको वथान अगाडी निहत्था जनताहरु ढोका थुन्न विवस भए । वजार भन्दा एकघण्टा टाढा डढुवा गाविस ९ को डाँडा–कटेरि भन्ने ठाउमा पुगेपछि सवै जनालाइ डाँडा कटेरिको चौरमा लाइन वस्न लगाइयो र प्रत्येकलाइ पालै पालो गोली हान्दै चौरमा लडाइयो । छटपटाउदै छटपटाउदै उनीहरुले सोचे होलान– दुश्मन आखिर दुश्मननै हो चाहे त्यो आफ्नै रगतैपनि किन नहोस । दुइ खुट्टा टेक्दैमा मान्छे कहा मान्छे हुन्छ र सोच पशुको भएपछि त्यो पशु नै हो । हामीले सोचेको जस्तो हिउद हैन रहेछ यो, यो कालो वादलले ढाकेको श्रावणनै रहेछ । १९ जना महान मान्छेहरुको रातो र तातो रगतको आहाल देखेर हौसिएका मेजर राममणी पोखरेल रावण मणी को श्वरमा आफुलाइ विजय भएको हुंकार सहित हाँस्यो र निरिह उसका वन्दुकधारिहरु उसका हाšसोमा इच्छा नलाग्दा नलाग्दैपनि जवरजस्त सहयोगी वने ।
पश्चिमतिर दिगो शान्ति र आमूलपरिवर्तनको लागी भनेर शान्तिपूर्ण वार्ता चलिरहेको थियो र पूर्वतिर रगतको खोलो वगिरहेको थियो । दिगो शान्तिको लागी वन्दुकको खेल खेल्न विवस हामी पिडित जनताको तर्फवाट वनेका सिपाइहरु हुँ । हामी हरदिन हररात सेतो परेवा आकाशमा उडेको हेर्न चाहन्थ्यौं र हर नेपालीको ओठमा खुशिको अलिकति मुस्कान सल्वलाएको देख्न चाहन्थ्यौं । यहि कुरा पुराना सोचका शासकहरुलाइ मन परेन । सामन्तका दलालाहरुलाइ चित्त वुझेन र हाम्रा प्रत्येक आत्म–सम्मानमाथी प्रहार गरिरहयो । त्यसैको परिणाम २०५२ फागुन १ थियो । ५२ देखि ५८ को समय ५ वर्षको थियो । सामन्ती अहंकारवादवाट निस्किएको सोच माथी गरिएको प्रहार एउटा महान इतिहास वनेको थियो । जनतालाइ नपत्याउनेहरुले जनता ले चाहे भने जे पनि गर्न सक्ने रहेछन् भन्ने कुराको उदाहरण वनेको थियो । सायद शासकका दिमागमा जनताको लागी केहि घुस्यो होला भनेर गरिएको ५८ सालको वार्ता त्यतिकै टुटेको थियो । त्यसले प्रमाणीत गरेको थियो तिनको दिमागमा अझै गोवर भरिएकै छ । त्यसपछि उनीहरुले आफ्नो अन्तिम तागत शाहिसेनालाइ प्रयोग गरेर झण्डै डेढ वर्षसम्म जनताको आवाजलाइ दवाउने कोशिष गरे त्यसको जवाफपनि अन्तत जनसेना र आम जनताको पार्टि माओवादीले दिएपछि ५९ साल माघमा फेरि अर्को युद्धविराम भएको थियो । जनताको पक्षमा अगाडी सारिएका नाराहरुलाइ छ महिना सम्मको वार्ताले कुनैपनि तर लगाउन नसकेपछि राज्य स्वयं हिंसामा उत्रिएको थियो र वार्ता टोलीलाइ धम्क्याउने एउटा क्रुर खेलको लागी दोरम्वा घटना घटाइएको थियो । शान्तिको आशा गर्ने हामी वास्तविक शान्तिसेनाहरु दोरम्भाको विभत्स हत्याको वदलामा ज¥याक जुरुक उठ्यौं र पार्टिको आदेश अनुसार आ–आफ्नो मोर्चामा डट्यौं । दोस्रो युद्धविराम भंग भएपछिकोे झण्डै तिनवर्षको भिषण लडाइले सामन्ती राजतन्त्र र राजनैतिक दलहरुलाइ छुट्याइदियो, अन्तत राजनैतिक दलहरुलाइ माओवादीको कोर्टमा ल्याइपु¥यायो र सामन्ती राजतन्त्रको अन्त भयो । जस पश्चात भएको यो लामो युद्धविराममाा हामी कुदिरहेका छौं । यदि पहिलो युद्धविराम र दोस्रो युद्धविरामलाइ संझने हो भने यो न त हिउद हो न त वसन्तनै । निलो आकाशको पर्दाले छोपेको भिषण वर्षात हो । पहिलाको दुइवटा युद्धविराम भन्दा अहिलेको युद्धविराम अलि फरक छ । फरक यति हो अहिले हामी झण्डै पाšच वर्ष लामो युद्धविराम मा छौं । फरक यति हो हामीले केहि समय सरकार चलाएका छौं र फेरिपनि सरकार सम्म जान सक्ने संभावना छ । तर हाम्रो मंजील त्यतिमात्र हुदै होइन । यदि लक्ष छुने एक कुशल सिपाइको तरह हामीले सोच्ने हो भने हरपल युद्धविराम भंग हुन सक्छ । वास्तवमै भन्ने हो भने हामी आमूल परिवर्तन गर्न चाहन्छौं उनीहरु त्यसलाइ रोक्न चाहन्छन् । विषय धेरै छैन, थोरै छ तर सानो छैन ठुलो छ ।, उनीहरु दोरम्भा दाहो¥याउन चाहन्छन् हामी दोरम्भाहरुको वदला लिन चाहन्छौं । कुरा विशाल छैन सामान्य छ तर चानचुने छैन गंभिर छ । यदी हामी सचेत नहुने हो भने, एकतावद्ध नहुने हो भने र हरपल क्रान्तिकारि सिपाइको रुपमा आफुले आपैmंलाइ खरो व्यवहारमा नउतार्ने हो भने अवको दोरम्भा १९÷२० जनाको लागी भनेर आउदैन, अवको दोरम्भा रामेछाप जिल्लाको लागीमात्रपनि आउदैन र अवको दोरम्भा क.पुष्पहरुको लागीमात्रपनि आउदैन । वरु अवको दोरम्भा पुष्पकमल लगाएतकाहरुको लागी आउछ, अवको दोरम्भा नेपाल भन्ने सिंगो देशकोलागी आउछ र अवको दोरम्भा १९ लाखको मृत्यु लिएर आढाइ करोढ नेपाली जनताको लागी आउन सक्छ । । मेरो प्रिय साथीहरु ! एकपटक ती शुरुका दिनहरु लाइ चिसो दिमाग सहित एकसाथ संझौं ! जुन दिनहरुमा हामीे राजनीतिको कखरा पढ्दै गर्दा या पढाउदै गर्दा भन्ने गथ्र्यौ – बाबियोलाइ त्यान्द्रा त्यान्द्रा वनाएर छरिदिने हो भने जो कसैले सजिलै चुडाउन सक्छ तर एकठाउँमा ल्याएर दाम्लो वनाउन सके हात्तिलाइपनि नियन्त्रणमा लिन सकिन्छ । यो कुरा पढ्न या पढाउनको लागी श्रृजना भएका होइन, गर्न या गराउनको लागी नै हो । यहि श्रावण ३२ गते दोरम्भा घटना भएको अव आठ वर्ष पूग्दै छ । दोरम्भालाइ स्मरण गर्दै गर्दा क्रान्तिकोलागी र ती महान शहिदहरुको सपनाको लागी हर क्रान्तिकारि कमरेडहहरुसंग मेरो अहि आग्रह छ ।