Tuesday, May 10, 2011

मूल्य चुकाऊ


तिमी जाऊ, जतासुकै जाऊ
समुन्द्रपारि जाउ या आकाशतिर जाऊ
तर वलिदान दिने मेरो आफन्तको मूल्य चुकाऊ

तिमी वोल्न स्वतन्त्र छौ वोल
तिमी हिड्न स्वतन्त्र छौ हिंड
उड्न स्वतन्त्र छौ उड
तर वेपत्ता मेरो आफन्तको खोजी गरिदेऊ

तिमी वहस गर्न स्वतन्त्र छौ गर
तिमी वन्धु कुट्न स्वतन्त्र छौ कुट
पार्टि छोड्न स्वतन्त्र छौ छोड
तर सागरसरि वगेको आशुको मूल्य खोजीदेऊ

तिमी जातिय अधिकार खोज्न पाउछौ, खोज
तिमी लिंगिय अधिकार खोज्न पाउछ्यौ खोज
आफ्नो लागी लड्न अधिकार छ लड
तर वर्गकोलागी वगेको रगतको अर्थ वताइदेऊ

तिमी कराउ मनलागी कराऊ
जताततै गएर वहुलाऊ वा छटाऊ
तर परिवर्तनको मार्गमा परेका लासहरुको मूल्य चुकाइदेऊ

मेरो मन


गर्जिदैन वादलपनि आकाश नहुदा
सुखि हुन्न मन मेरो तिमी नहुदा

समरको यात्रा गर्दा तिमी साथ थियौ
रगतको भेलमा डुव्दा आशु वगाउथ्यौ
एक्लो हुन्छ भन्थ्यौ सागर नदि नुहुदा
आखा सदा खोजीरहन्छ तिमी नहुदा

सहरको यात्रा गर्दा छैनौ तिमी साथ
लामो छ है यात्रा हाम्रो नछोडीदेउ हात
निरस हुन्छ जुनपनि औंशि नहुदा
फिक्का हुन्छ मुस्कान मेरो तिमी नुहदा

गर्जिदैन वादलपनि आकाश नहुदा
सुखि हुन्न मन मेरो तिमी नहुदा

अमर नेता

मैले किताब नपोलेको भए
मैले वन्दुक नवोकेको भए
नेताज्यू, तिमी आज मन्त्री हुने थिएनौ
मन्त्री पाइन भन्दै हरक्षण रुने थिएनौ

आकाशबाट बारुद झरेको बेला
धर्तिमा आगो बलेको बेला
मैले तिमीलाइ नअंगालेको भए
चल्ला छोपेझैं नछोपेको भए
नेताज्यू, आज तिमी बेइमान हुने थिएनौ
बेइमानी बानी तिमी छुने थिएनौ

उच्चोअग्लो यात्रा तिम्रो सत्रु बनिदिंदा
तुषारापातले तिमीमाथी ठाडै जाइलाग्दा
म तिम्रो पाटेघोडा नवन्देको भए
नांगै बसि मेरो कमिज नओडाको भए
नेताज्यू,आज तिमी गद्धार हुने थिएनौ
गद्धारीको पथमा पाइला राख्ने थिएनौ
वरु तिमी
अमर अजर शहिद वनेर
सयद  मनमा वसिराख्ने थ्यौ .