मैले आदरणीय मेरा तीन नेताको नाममा केहि शव्द खर्चिदै गर्दा म भित्र दुविधायुक्त प्रश्न खडा भएको छ – “म यो हैसियत राख्छु कि राख्दिन ?” तर मलाइ के विश्वास छ भने हैसियत भन्दा इमान्दारिता निकै महान कुरा हो । आजसम्म त्यो इमानदारितावाट च्युुत नभएकोले म यो अधिकार स्वतः राख्छु । तपाईहरुमार्फत एमाओवादीका सबै नेता तथा युवावर्गलाइपनि म केहि भन्ने अनुमति माग्दछु ।
प्रकृतिको वसन्त हरेक वर्ष फेरिन्छ र विस्तारै वर्षाततिर लाग्छ । जीन्दगीका वसन्त यति चाडै वदलिन्छ र श्रावणको भेलले वनाएको अस्तव्यस्तता जस्तै हून्छ भन्ने कुरा मैले यसअघि सोचेको थिइन । तर वितेको पॉच वर्षलाइ फर्केर हेर्दा मलाइ हाम्रो जीन्दगीको वसन्तहरु छिटो छिटो वदलिएको भान हुन्छ । हुनत समय गतिशिल र परिवर्तनशिल छ, यसको गतिसंग हरव्यक्ति वा संस्थाले आफुलाइ वदल्न सकेनन् भने उनीहरुको अन्त प्राकृतिक सत्य हो । तर हर इतिहासले वर्तमान र भविष्यको लागी सकरात्मक संस्कारको विकाश गराएको हुन्छ । परिवर्तनको नाममा यस्ता परम्परालाइ त्याग गर्दै जाने हो भनेपनि उसको विनष्ट अनिवार्य छ ।
जनयूद्धका आधिमय १० वसन्तहरुमा माओवादी योद्धाहरुले जतिपनि सकरात्मक संस्कार र आदर्श सिके त्योप्रति कुनै क्रान्तिकारिहरुले दुखी मन गर्छन भने आफैंप्रति घोर अन्याय गरेको वरावर हुनेछ । म आफुलाइ अन्याय गर्दिन । तर वर्तमान परिवेशवाट वितेका दशबर्षलाइ संझदा, तपाइहरु लगाएत माओवादी केन्द्रीय नेताहरुलाइ संझदा, स्थानिय स्तरका नेता तथा म आफैं स्वयं समेत जनमुक्ति सेनाका कमाण्डरहरुलाइ संझदा इतिहास र तपाईहरुसंग हठात व्यांग्यात्मक प्रश्नहरु निस्कने गर्छ – हामीले किन यति ठुलो आदर्श वुझ्ने मुर्खता ग¥यौं ? वा हामीलाइ किन यत्रो आदर्शको भारि वोकाइयो ?, माओवादी नेता भनेको सर्वहारा वर्गका असलि र अग्रगामी नेता भएको कारण फुट्ने होइन जुट्ने गर्छन र प्रतिक्रियावादीको विरुद्धमा आगो ओकल्छन् भन्ने भान किन गराउनु भयो ?, कुनैपनि हालतमा नेपाली जनताको चाहना माथी कुठाराघात हुनेछैन भन्ने विश्वास दिलाएर हजारौं वीर योद्धाहरुलाइ वम जतिकै कठोर किन वनाउनुभयो र पड्काइदिनुभयो ?, यदाकदा जनताले ०७ साल, ०२८ साल र ०४६ सालको कटु इतिहास संझदै “अन्ततः माओवादी नेताहरुपनि कुर्शिको लागी लुछाचुडि गर्ने त हुन” भन्दा विचरा तिनले कति ठाउ‘मा त कति भाटा समेत खाए होलान ? तर वितेको पॉच वर्षमा हरेक दिन हाम्रो आदर्शको भारिवाट एकएक ओटा आदर्शका पानाहरु निकाल्दै किन आगोमा पोलिदै छ र विस्तारै हामी किन रित्तो हुदैछौं ?, किन हामी कुनै न कुनै वहाना वनाएर त्यहि मन्त्रीपदको हड्डीको लागी लडीरहेका छौं ? ती जनताहरुलाइ दिने हाम्रो जवाफ के हो ? हरेक रात सपनामा हामी जस्ता योद्धाहरुलाइ यहि प्रश्नले सताइरहन्छ । सायद यो प्रश्नले तपाईहरुलाईपनि सताउछ होला पक्कै, साथसाथै आफ्ना–आफ्ना मुडाग्रही तर्कले तपाइहरुको मनमा दिन रात घोचिरहेको समेत होला –“क्रान्ति र परिवर्तनका ठेकेदार म वाहेक कोहि हुनै सक्तैनन् र यदि अर्काको नाममा टेन्डर पर्यो भने सब वर्वाद हुनेछ ।” यो याहॉहरुको क्रान्ति प्रतिको चिन्ता नभएर व्यक्तिवादको अभिव्यक्तिमात्र हो ।
सुगा रटाए झैं आजसम्म याहॉहरुको मुखारविन्दुवाट सुन्दै आएको केहि द्धन्दवादको आदर्श हुन् एकता संघर्ष र रुपान्तरण, कठोरता र लचकता, आवश्कता र स्वतन्त्रता, निरन्तरता र क्रमभंगता, जनवाद र केन्द्रयता, र सिद्धान्त र व्यवहार........... । यी द्धन्दवादको प्रवर्गहरुवारे मैले घण्टौ घण्टासम्म प्रवचन सुनेको छु । कृपया अन्यथा नमानिदिनुहोला, फुलवुट्टा भरेर दर्शनको व्याख्या गर्ने कुरा एउटा कलाकारले आफ्नो कला व्यक्त गरे बराबर केहि होइन, म यसलाइ त्यति महत्वको ठान्दीन । तर सच्चा माक्र्सवादीको दायीत्व भनेको दर्शन अथवा सिद्धान्तको मर्म अनुसार त्यसलाइ व्यवहारमा लागु गर्नु वा गराउनु हो । पछिल्ला वर्षहरुमा के याहॉहरु द्धन्दवादी भएर काम गरिरहनु भएको छ ? के द्धन्दवादको आधारभुत मान्यतालाइ पक्रनु भएको छ ? यसको आधारभुत अर्थ हुदैन ? जसलाइ जे मन लाग्छ त्यहि गरिदिए वा गराइदिए हुन्छ ? यो माक्र्सवाद अन्तर्गत नपरेको अराजकताको भुत तपाइहरुको दिमागमा चढेको छ । तपाइहरु माक्र्सवादको कितावमा कुटभारतको तरिका पढीरहनु भएको जस्तो लाग्छ । यसैको परिणाम गुटवन्दी, अराजकता र अनेकता पार्टि भित्र हुर्किएको छ । परिणाम फुटको संघारमा उभिएर स्वार्थको “क्रान्ति” मन्त्र जप्दै हुनुहुन्छ ।
आफ्नो अहंमता, महत्वकांक्षा र स्वार्थको वादलले नेताज्यूहरुको संझनालाइ विस्मृत गराएको छैन भने विगतमा हामी विजय भएको तपाहरु कसैको एकल करिस्माले हुदै होइन । मलाइ लाग्छ तपाइहरु कहिं न कहिं यो भ्रमवाट गुज्रदै हुनुहुन्छ । जनयूद्धमा तपाइ नेताहरुको भुमिका अहं र अग्रगामी थियो । नेताहरुको अटुट एकता र दृढ विश्वासले गर्दा हजारौं हजार नेता कार्याकर्ता माओवादी पार्टिमा गोलवन्द भएका हुन जसको परिणाम हो संसारले चिनेको नेपालको जनयुद्ध । जसलाइ आजपनि हरेक माओावदी कार्यकर्ताले गर्वको रुपमा लिन्छन् । याहॉहरुकै महानताको कारण ५० वर्षको वामपंथी इतिहासमा सच्चा कम्युनिष्ट भनेको माओवादी हो भन्ने सवैले वुझ्न थालेको थिए । तर आज हामी यो दमसहितको कुरा गर्न सक्ने अवस्थामा छौं ? के हामी सच्चा कम्युनिष्ट छौं ? यदी मैले हामी दुधले नुहाएका कम्युनिष्ट हौं भनें भने वर्तमान यथार्थको धज्जी उडाइएको हुने छ । किनभने आज हामी माओवादी भित्रका फरक फरक गुटका माओवादीको नामले चिनिने गर्छौं । आदरणीय नेताज्यू, वास्तवमा जनयुद्धकालमा गुटवन्दी भन्ने कुरा श्रीमान श्रीमतिको वीचमा भयो भनेपनि कार्वाहि गरिएको इतिहास पुरानो छैन । माक्र्सवादको तिनगर र तिन नगर मध्य “नफुट एकजुट हौ” भन्ने नीतिलाइ आधार वनाएर याहाहरुले दिएको प्रशिक्षण हामीले अक्षरस पालना गरेकै छौं तर आज तपाइहरु स्वयं भर्खर राजनीतिको कखरा सिक्दै गरेको एकजना कार्यकर्ताको दिमागमा गुटवन्दीको बिस भरेर मुखवाट आरिसको आगो ओकल्न वाध्य वनाइराख्नु भएको छ । मलाइ ती विचरा कलम जेनतेन चलाउन सिकेका र राजनीतिका क ख भन्न सिकेकाहरुले याहॉहरुको पुच्छर समाते भनेर दुख लागेको छैन र माओवादी पार्टि कसरि वन्यो भन्ने समेत नजानी सकेका विचराहरुले पत्रिकामार्फत नामै तोकेर प्रचण्ड, किरण र वावुरामको खैरो खने भन्ने कुरालेपनि अनौठो लागेको छैन तर म यो दुखपुर्वक प्रश्न गर्छू कि मैले आजका तपाइहरु जस्ता गुटका नेतालाइ आफ्नो आदर्श वनाएर गल्ती गरेको हु‘ ? यस्तै दुर्भाग्यपूर्ण प्रश्न र याचना शहिद परिवार तथा वेपत्ता परिवारहरुले गरिरहेका छन् –“ के हामीले यस्ता नेताहरुलाइ विश्वास गरेर आफ्ना सन्तानलाइ वलिको वोको वनाएछौं ?” होस गर्नुस, आजसम्म यी शव्दहरु याचनामा सिमित छन् यदि यी याचना श्रापमा वदलियो भने आज सम्म वगेको रगत र ऑशु तेजाव वन्नेछ, चिहानबाट शहिदका लास नया ढंगले उठ्ने छ र तपाइहरुको घॉटि अठ्याउन आउनेछन् त्यतिबेला कसैले आफ्नो गल्ती सुधार्ने ठाउ‘ वॉकि वस्ने छैन ।
जल्दोवल्दो यथार्थ के हो भने २१ वर्ष अघि नेपालको वामपंथी आन्दोलनको फुटवादी नीति भन्दा फरक देखिएर तपाइहरुले पार्टि एकता गर्नुभयो, सम्पुर्ण प्रतिकुलताको वावजुद जनयुद्ध गर्ने ऑट गर्नुभयो, जनयुद्धका कठिन दिनहरुमा कार्यकर्ताको मनमा उठेका प्रश्नको स्वत उत्तर दिने खालको योजना निर्माण गर्नु भयो , वैज्ञानीक निर्णय गर्ने र संसारलाइ चुनौति दिएर आफ्नो मुक्तीको भविष्य आफ्नै मेहेनतद्धारा कोर्ने कुशल नेताहरुको एउटा समूहलाइ आम युवा वर्गले आफ्नो मुटुको ढुकढुकि ठान्यो । अझ आदर्शको एक जीवित भगवान को रुपमै ग्रहण गर्यौं हामी योद्धाहरुले । तपाइहरुको प्रत्यक्ष अनुहार नहेरि मरिन्छ कि भन्ने चिन्ता गर्दागर्दै शहिद भएका हजारौं मेरा सहयोद्धाले तपाइहरुप्रतिको अगाघ विश्वासको शन्देश हामी वॉचेकालाइ छोडेका छन् । म शव्दमा ती सब व्यक्त गर्न सक्तिन तर धोका भएको भोलिपल्ट हामी व्यवहारिक रुपमै त्यो शन्देश तपाइहरुका कन्चटमा ल्याइपु¥याने छौं प्रतिक्षा गर्नुहोला । अ‘, हामीलाइ आजपनि लाग्दैन हामीले याहॉहरुलाइ भाग्यविदाताको रुपमा ग्रहण गर्नु गल्ती थियो । त्यो त हाम्रो कर्तव्य मात्र नभएर अन्तरमनदेखि पैदा भएको सम्मान थियो । जसको परिणाम हामी एकपछि अर्को विजयको मोर्चा खोल्न सक्थ्यौं । दुश्मनले हामी वीचमा खेल्न सक्ने कुनै प्वाल समेत थिएन । कसैले एकशव्द मात्र गलत तरिकाले नेताको व्याकवाइटिङ गरेमा उसको लागी हामी अनुशासनको कार्वाहि तोकिदिन्थ्यौं । कृपया आज हामी “वन्दुके”हरुलाइ जवाफ दिनुस कि हामीले यो सब गर्नु हाम्रो गल्ती थियो ? होइन, हामी पक्काका इमान्दार कार्यकर्ता थियौं । तर विडम्वना ! आजसम्म आइपुग्दा माओवादीको लेप लगाइएका सामान्य चैतेहरुले हाम्रा ती आदर्शका नेताहरुलाइ “रअ” को मान्छे, “सिआइए”को मान्छे, “पोलपोट, खुस्चेभ, गोर्भाचोभ........” लगाएत तल्लो स्तरमा झरेर गाली गरिरह‘दा तपाइहरुले वनाएका गुटका अर्को नेता मख्ख परेर सुनिरहन्छ, हामी सुनिरहन वाध्य छौं । मलाइ लाग्दैन त्यो दोष ती चैतेहरुको हो । बरु त्यो दोष तपाईहरुको हो । किनकि तपाइहरुले तिनलाइ अनुशासनको पाठ पढाउन छाड्नु भयो र गुटको नाममा कुटभारतको इतिहास खोतल्दै त्यसको सवभन्दा नकरात्मक शिक्षा दिनुभयो । पैशा र धन भएका चैतेहरुको डिनरमा डकार्दै तिनैले अर्पेको रक्सिको सुरमा मातिएर आफ्ना कमरेडहरुको खिल्लि उडाउनु भयो । भुलेरपनि नविर्सनुस नेताज्यूहरु आज तपाइको गुटमा वसेर अर्को नेताको खिल्ली उडाउने चैतेहरुले भोली तपाईको ढाडमा छुरा धस्नेछन् ।
दुखको कुरा तपाइहरुले आम कार्यकर्तालाइ सामूहिकताको कुरा सिकाउनु भयो तर सामुहिकताको व्यवहार सिकाउनु भएन । सरलता, मितव्यहिता, पारदर्शिता र नैतिकताको कुरा सिकाउनुभयो तर यसको व्यवहार सिकाउनु भएन । आम कार्यकर्ताको श्रीमतिको कानमा लगाएको गहना फुकालेर पार्टिलाइ वुझाउनु लगाउनु भयो र आफ्ना नेताहरुको श्रीमतिलाई ती सब छुट दिनुभयो । रोल्पा र जाजरकोटमा कम्युन चलाएर जनताको सम्पूर्ण घरजग्गा कम्युनको मातहतमा ल्याउनुभयो तर आफु काठमाण्डौमा आएर कम्तिमा पार्टिको खर्चमा समेत एकैठाउ‘ अर्थात सामूहिक खर्चमा चल्न सक्नु भएन । आम कार्यकर्तालाइ कमाउन हुन्न भन्नु भयो तर जिविकोपार्जनको उपाय दिनु भएन । आज जतिपनि तस्करि चोर र डाकाका पछि लागेका छन् त्यसैको परिणाम हो । कार्यकर्ताले आफ्नो राजनैतिक इीतहासलाइ दाउमा राखेर खाने उपायको लागी वेइमानी गरिरहेका छन् यी सबको जिम्वेदारि तपाइहरुको पहिलो हुन आउछ त्यसपछिका अरु लुब्ध र स्वार्थी ¥याल काटेर गुट वनाउन उकास्ने कथित दोस्रो र तेस्रो पुस्ताको नेताहरुको ।
जनयूद्धका सम्पूर्ण दिनमा हामीले आफ्ना साथीहरुलाइ तिमी समेत भन्न हुदैन भन्ने संस्कार सिक्यौं । यसमा मलाइ असाध्य गर्व लाग्छ । हरमान्छे जातले, श्रमले, हैसियतले, शिक्षाले कुनैपनि कुराले सानो ह‘ुदैन भन्ने कुराले मलाइ साम्यवादको याद दिलायो । हामीलाइ लाग्थ्यो साम्यवादमा यो भन्दा अझ उच्च प्रकारको मानविय सम्मान र उच्च प्रकारको संस्कार हुनेछ । आफ्ना साथीमाथी भौतिक आक्रमण गर्नु भनेको त महा–अपराधको रुपमा सावित हुन्थ्यो । तर पॉच वर्षको यो दौरानमा आफ्ना आफ्ना गुट वीचको यदुवंशि लडाइ र व्यक्ति व्यक्ति वीचको स्वार्थमा टकराएको राजनैतिक लेपन सहितको लडाइ उच्च रुपमा देखिएको छ । राजधानीको अग्रीम र शसक्त मज्दुर संगठनलाइ आफ्नो अनकुलको गुटमा परिचालन गर्ने होडमा सवभन्दा निकृष्ठ प्रकारको हिंसात्मक घटनाहरु घटे । यसैको पछिल्लो उत्कर्षको रुपमा पार्टिका उच्च नेतालाइ मार्ने धम्कीको हल्ला देखि लिएर आफ्नै पार्टिका कार्यकर्तालाइ ज्यान मुद्धाको अभियोग सहित जेल हाल्ने र वचाउनेहरुको वीच भिषण टकराबको भद्धा अभिव्यक्त प्रतिक्रियावादीहरुले तालि पड्काएर हेरे ।
आदरणीय नेताज्यूहरु, के यस्ता कृयाकलापवाट निस्किएको परिणाम क्रान्ति हुनसक्छ ? यहि हो हजारौं हजार शहिदहरुले देखेको सपना ? तपाइहरुको मन नदि सरि वगेको रगतले पोल्दैन ? तपाइहरुको गलत यात्रालाइ शाहिदका लासहरुको पहाडले छेक्दैन ? अझै समय वॉकि छ । हाम्रो एकताले कुनैपनि प्रतिक्रियावादीलाइ पराजित गर्न सक्छ । हाम्रो फुटले उनीहरुलाइ फाइदै फाइदा छ । के हामी प्रतिक्रियावादीका हिमायति हौं ? तपाइ नेताहरुको सल्लाहाकारवारे पुर्नविचार गर्नुस । क्रान्तिको तिनओटा मोडलमा अभिप्रेरित गर्ने तपाइहरुका सल्लाहाकार अन्ततः एउटै संस्थाका प्रतिनीधि हुन सक्छन् । त्यो वेला तपाइको इमान्दारिता भड्खारामा पुग्ने छ । अन्तमा, मलाइ तपाइहरुसंग कुनै अनुनय छैन । एउटा कुरा स्मरण गराऊ तपाइहरु मध्य कसले जनमुक्ति सेनालाइ कव्जा गर्ने भन्ने होड पनि निकै चल्यो तर जनमुक्ति सेनाले मूलतः आफ्नो अनुशासनको पहिचान दिएर एकतामा नै विजय हुन्छ भन्ने कुराको उदाहरण वन्दै वैचारिक लेपनमा फुटेन । अब यो शक्तिपनि छिटै नै तपाइहरुको हातवाट पराइको हातमा जॉदैछ । यदि जेठ चौध गते कुनै विध्वंस भएन भने त्यो प्रायः निश्चित भइसक्यो । तपाइहरुको गतिविधि को सामान्य विश्लेषण गर्ने व्यििक्तलेपनि अव माओवादी पार्टि फुटको संघारमा देखिरहेका छन् । त्यतिवेला तपाइहरु मध्य जो कसैलाइ लाग्ला सवभन्दा क्रान्तिकारि गुट मेरै हुनेछ । र हामी विजय भएका छौं । तर यो विजय हामी कसैको हुने छैन । त्यो विजय उनीहरुकै हुने छ । हामी सकिने छौं र जनयुद्ध उच्च प्रकारको झापा विद्रोहमा गएर अन्त हुनेछ । यसर्थ यसलाइ वचाउन हामी युवाहरु एकठाउ‘मा हुन जरुरी छ । प्रिय युवा कमरेडहरु, यदि तपाइ आफुलाइ एउटा सवल सिंगो मान्छेको रुपमा खोज्नुहूनछ भने कसैको पुच्छरमा झुण्डीयर वैतरणी नदि तर्ने कायरता नदेखाउनुस र आफ्नो पहिचान आफै वनाउनुस । आउनुस वरु हामी सबै जना एकठाउमा वसेर यो पार्टिलाइ वचाउने अभियानमा लागौं । आफ्नो तागत वन्धुलाइ छप्काउनेतिर होइन प्रतिक्रियावादीलाइ धुलो चटाउन तिर लगाऔं । यसैमा तपाइ हाम्रो भविष्य छ र नेपाली जनताको भविष्यपनि ।
कलम वन्द गर्दै गर्दा मेरो प्रिया नेताज्यूहरु, तपाइहरुमा सदवुद्धि पलाओस र एकताको हात मिलोस । वरु कतिवर्षको लागी एकता गर्ने हो टाइमलाइन तोकेर देशको विकाशमा लाग्नुस । जब जनताको मुहारमा अलिकति मुस्कान निस्कन्छ बरु त्यसपछि तपाइको स्वार्थी तलवार झिकेपनि झिक्नुस ।
क्रान्तिकारि अभिवादन सहित विदा ।
No comments:
Post a Comment