सम्झन लायक थियो त्यो रात
विर्सन लायक थियो त्यो रात
त्यो रात सङ्गै याद गर्ने रंगिन कुनै रात वन्न सकेन
अधुरो स्पर्स वाहेक सामिप्यताको अर्को साथ वन्न सकेन
अभिजात कुनै शहीद जस्तै
एकमुरि फुलको* थुप्रोमाथी विशाल तिम्रो तस्विर राखी
झलमल मैनवत्ति वाल्ने चाह थियो
यो फुलपनि कहिले पो वर्गिय वनिसकेछ माया
मसंग त्यति गर्ने क्षमता वन्न सकेन ।
तिमीले प्रेम प्रस्ताव स्वीकार गरेपछि
म कल्पनाको सन्सारमा हराएर हाम्रो विवाहको सिधा रातमा पुगेको थिएँ
झुप्रो भएर के भो, एक भिन्न घरभित्र केवल हामी दुइ
मधुर धिप्रिको फिक्का रातो प्रकाशमा लजाएका मेरा आखा
र अनन्त तृष्णाले आकुल अकस्मात जुधेको तिम्रो नजर
साँच्चै त्यो रात खुशिले अत्मतिएको रात हुनेछ ।
रवी अनन्त एउटै हो, आभा उस्तै र पनि,
अनौठो लाग्ने क्षितिज हेरेर उदाउने हाम्रो पहिलो विहानमा
आकाश सफा हुनेछ,
आगनमा वहुरंगी फुल फुलेका हुनेछन्
नदिहरु केबल निलो रंगका
पन्क्षीका जोडि झनझन् स्वतन्त्र उड्नेछन्
र हरियो चौरको वीचमा हामी
प्रेम प्रस्तावको कठिन क्षणमा
शरिरका सम्पुर्ण रगत अनुहारमा जम्मा भएझैं
रातो पिरो क्षण सम्झदैं
मरिमरि खित्का छाड्दै हाँस्नेछौं ।
माया,
यो सव त मेरो कल्पना मात्र हो
त्यो सपनाको सट्टा हाम्रो विवाहको क्षण अर्कै थियो ।
गोधुली साँझले छोडि सकेको र झम्के साँझले छोपि नसकेको
आकाशमा टम्म वादलले ढाकेको र वर्षात झर्न नसकेको
पड्किएको एक भरुवा वन्दुक मेरो हातमा र तिम्रो हातमा पड्कि नसकेको
मेरो वन्दुक तिमीलाइ दिएपछि र तिम्रो वन्दुक मैले लिएपछि
एक–एक ओटा माला र दुइ शव्द मन्तव्य सहित
टुंगिएको थियो हाम्रो जनबादी बिबाह ।
त्यसरात
हामीलाइ उपाहार स्वरुप प्राप्त थियो एक सुकुल
र आलिसान तितेपाति घारि
कमरेडहरुको हुल भन्दा विस मिटर पर
प्राप्त थियो कान्लामुनिको अधेरि वगैचा
अर्थात हनिमुन पार्क ।
जेहोस
रातले कालो पोतेको मेरो ओठले छुन आटेको थियो तिम्रो ओठ
मृत ठेलाले कर्मठ मेरा हात चल्मलाउन खोज्दै थिए तिम्रो छाति माथी
वल्किन थालेका थिए एकसाथ ढकढक दुइमुटु
चिम्लिन खोजेको मात्र थियो चार आखा
अकस्मात गर्जिएको वारुदको धमकासंगै
तिमी एकातिर पछारिन पुग्यौ र म अर्कोतिर
लगत्तै शुरु भएको थियो कोलाहल, भागाभाग र दोहोरो फायरिङ
म जुरुक्कै उठे त्यस ठाउँवाट, जहाँ पछारिन पुगेको थिएँ
फरालें एकैसासमा तिमी पछारिएको ठाउँमा
तिमी त त्यहिं रहेछौं मेरो प्रतिक्षा गरेसरि
एक अवोध वालिका मस्त निदायसरि
र त्यसपछि कहिल्यै नव्युझने गरि ।
हो माया,
त्यो रात सङ्गै याद गर्ने रंगिन कुनै रात वन्न सकेन
अधुरो स्पर्स वाहेक सामिप्यताको अर्को साथ वन्न सकेन
शुरु शुरुमा तिम्रो विरता तिथीको दिन
एउटा राम्रो ढुंगो माथी मधुर फोटोमा माल्यर्पाण गर्दा
दुइचार मान्छे मात्र किन नहुन, उनीहरु तिम्रो अघि उभिदा
र एकमिनेट श्रद्धाञ्जलीमा शिर झुकाउदा
मलाइ असिम गर्व लाग्थ्यो
तर आजभोली त तिमीसंग चिन्ता माया
किनकि तिमी हराएकि छौ ती अभिजात शहीदहरुको हुलमा
ठुला ठुला तस्विर सामु थुप्रिने फुलको थुप्रोमा
बढेवढे मान्छेहरुको भिड घोर्रिने घोर्राइमा
तिमी वेपत्ता भएकि छौ ।
तर मेरो लागी
त्यो रात सङ्गै याद गर्ने रंगिन कुनै रात वन्न सकेन
अधुरो स्पर्स वाहेक सामिप्यताको अर्को साथ वन्न सकेन
त्यहि भएर
अभिजात कुनै शहीद जस्तै
एकमुरि फुलको थुप्रोमाथी विशाल तिम्रो तस्विर राखी
झलमल मैन वत्ति वाल्ने चाह थियो
यो फुलपनि कहिले पो वर्गिय वनिसकेछ माया
माफ गर
मसंग त्यति गर्ने क्षमता वन्न स
No comments:
Post a Comment