Monday, February 21, 2011

क.गौरिशंकरको नाममा

हे मृत्यु त किन गिड्छस टाउका तिनको
जसको टाउको अमूल्य छ
त किन लिन्छस जीवन तिनको
जसको हामीलाइ खाचो छ

वर्षौ देखि त यस्तै गर्दै आएको छस
चाहे युद्धको भुमरिमा होस
चाहे शान्तिको छहारिमा
जब हामीलाइ वीरको खाचो भयो
तैले त्यसैलाइ निल्ने मुर्खता गरिस
हामीलाइ जब कुशल नेताको खाचो भयो
तैले उसैलाइ चपाउने धृष्टता गरिस
त न्यायीक होइनस
मेरो नजरमा केबल अपराधि होस

मेरो देशमा उदाउदै गरेको सूर्यको
तैले फेरि हत्या गरिस
उज्यालो पुग्ने वाटो वनाउने
एउटा दक्ष ज्यामिको
तैले घाटि निमोठिस
यहि अभियोगमा
म तलाइ अपराधि धोषणा गर्छु
त न्यायीक होइनस
केबल अपराधि होस केवल अपराधि

No comments:

Post a Comment