Sunday, September 25, 2011

माओवादी नेताको क्षमताको प्रश्न


यदि माओवादी आन्दोलनमा वुद्धिजीवी र विज्ञहरुको संख्या अधिक भएको भए जनयुद्धको उचाइ कुन लेभल सम्म पुग्ने थियो ? यो केबल कल्पना गरिने विषयमात्र हुन सक्छ । तर जसले कलमभन्दा वन्दुक ठुलो हो र कितावको अध्ययन भन्दा जीवन व्यवहार ठुलो हो भन्ने आदर्शलाइ आफ्नो लक्षमार्ग वनाए ती इमान्दार माओवादी कार्यकर्ताहरुको मनमा आजभोली बारबार उत्पन्न भइरहने प्रश्न यहि हो । यो प्रश्न सहजतामा उत्पन्न हुन जरुरी छैन, यो प्रश्न केवल चियागफको लागीपनि व्यक्त हुšदैन । जव आदर्शका स्मरणहरु झनझन ताजा वन्न थाल्छन् तब यी प्रश्न उर्जाशिल दशकहरु विताइएका इमान्दार मनहरुमा मडारिन थाल्छन् । यसभित्र गहिरो पिडा र आम सामान्य राजनैतिक कार्यकर्ताहरुको भावना जोडिएको छ साथै कौतुहलता जोडिएको छ । जनयुद्धको शिक्षा अन्तर्गतको एउटा भाग भनेको, ‘केबल विज्ञता हुनु भनेको अवसरवादी हुनु हो, र व्यवहारिक हुनु भनेको ज्ञानि हुनु हो भन्ने हो ।’ आजको परिस्थितिले ज्ञानी अर्थात व्यवहारिक व्यक्तिहरु र विज्ञ अर्थात अवसरवादी व्यक्तिहरुको बीचको फरक छुट्याउन वाध्य वनाइहरको छ । इमान्दारहरु अपहेलित र अवसरवादीहरु सम्मानित भइरहेका छन् । समयको यति छोटो अन्तरालमा माओवादी व्यवहारमा १८० डिग्रिको परिवर्तन आउनेछ भन्ने सोचाइराख्ने राजनैतिक योद्धाहरु माओवादीमा सायद कमै थिए होलान । तथापी हामी के वुझ्न सक्छौं भने द्धन्वादको नियमनै यस्तो छ, हरवस्तु पूर्ण हुšदैन यद्यपी वस्तुमा विपरित गुणहरु भने विद्यमान हुन्छन् । कुन पक्षलाइ अगाडी ल्याउने भन्ने सवालमा वाहिरी पक्षको भुमिका महत्वपूर्ण हुन जान्छ । तर माक्र्सवादी द्धन्दवादको विपरित आजको वाहिरि पक्षको चरित्र वदलिएको छ ।
माओवादी पार्टिको धरातल कम्युनिष्ट विचारको धरातल हो र माओवादी नेताहरुको धरातल शहिदहरुको लासले वनेको छ । शहिदहरु अपवादलाइ छाडेर तीनै योद्धाहरु छन् जसले पढ्ने कुरालाइ वुर्जुवा शिक्षाको उपमा दिए, आफ्ना शैक्षिक प्रमाणपत्रहरु आगोमा पोले र विज्ञता भनेको जनताको सेवा र पार्टिको आदेशको पालना गर्नु हो भन्ने ठाने । यसर्थ माओवादी नेताहरु फुलेको धर्ति विज्ञहरुको होइन, उनीहरु फुलेको धर्ती इमान्दार व्यवाहारिक व्यक्तिहरुको हो अर्थात साहासि र वीरहरुको हो, रगत आšशु र पसिनाको हो । तर समयको यस अन्तरालमा माओवादी नेताको सल्लाहाकारहरुको झुण्ड फेरिएको छ । उनीहरु जनयुद्धका प्रतिवद्ध व्यक्तिहरुको घेरावाट भाग्दैछन् । उनीहरुलाइ त्यस्ता व्यक्तिहरुको जरुरी भएको छ जसले आफ्ना हर व्यवहारलाइ ‘ओके’ भनिदिन्छन् । जनयुद्धका आधिमय दिनमा आफ्नो ज्यान जोगाउन भागेका र युद्ध छल्नलाइ कोठाभित्र अध्ययन गर्दै वसेका ‘एक्सपर्ट’हरुप्रतिको विश्वास चुलिएको छ ।, पत्रकारहरु जसले जुनसुकै तरिकाले आफ्ना नाम कमाएका छन् उनीहरुलाइ व्यापक ठान्नु र आफ्ना कार्यकर्ताहरुप्रति अविश्वास गर्नु नेताहरुको दैनिकी वन्दै छ, वुद्धिजीवीहरु जसको काम नै केवल पढ्ने र तर्क गर्नकै लागीमात्र पढ्ने हो उनीहरुसंगको अन्तरक्रियालाइ प्राथमिकता दिइन्छ तर एकजना कार्यकर्ता नेतासंगको भेटमा महिनौं व्यग्र प्रतिक्षामा वसेर दर्शन भेट समेत नपाइ गाउ फर्किंन्छ यो कार्यकर्ताको जीवन शैली वनेको छ । नेताहरु आफ्ना तल्लो स्तरका नेताहरुबाट सल्लाह लिन योग्य मान्दैनन् किनकी नेताका नजरमा आप्mना कार्यकर्ता विज्ञ होइनन्, जनमुक्ति सेनाहरु जसको सल्लाहको अर्थ छैन किनकि आज उनीहरुको न त भुमिका छ न त नेतालाइ सेनाको काम छ । यद्यपी योसंग जोडिएको अर्को नकरात्मक सत्यचाहिं के हो भने माओवादीका धेरै नेताहरुसंग आफुसंग भएको क्षमता प्रतिनै अविश्वास वढ्दै गएको छ । तर उनीहरुले विर्सेको सत्य के हो भने हिजोपनि नेताहरुको क्षमता सामूहिक क्षमताको केन्द्रिकृत अभिव्यक्तिमा व्यक्त भएको थियो र आजपनि उनीहरु कमजोर भएका छन् भने यहि सत्यलाइ विर्सेको कारण कमजोर भएका छन् । विगतमा माओवादी नेता शक्तिशालि, वुद्धिमान र परिस्थितिको ठिक आंकलन गर्न सक्ने आदर्श मानिन्थे तर आज उनीहरु यहि सत्यलाइ मतलव राख्दैनन् र एक्लै संसार जित्ने मुर्खतामा कुद्न खोज्छन् जसको परिणाम उनीहरु हल्का र क्षमताहिन सावित भइरहेका छन् । माओवादी नेताले थाहा पाउन सक्नुपर्छ आखिर विज्ञता भनेको के हो र त्यो परिवर्तनशिलतासंग र सर्वहारा संस्कृतिसंग कति हद सम्म जोडिएको छ ? यो कुरा खोज्न इमान्दार माओवादी कार्यकर्ताको पंक्तिभन्दा वाहिर कुद्नु भनेको कस्तुरि ले आफ्नै विनाको गन्ध खोज्दै सिकारिको सिकार हुनु जस्तै हो तपाई नेताहरुले यो कुरा मान्नु पर्छकि वर्षौवर्षसम्म दुख गरिएका अनुभवहरु नै यथार्थमा विज्ञता हुन् । वर्षौ वर्षको पिडा खेपेर र कर्यौ विषहरुको प्रयोग गरेर वनाइएको समाजीक मल्हमलाइ औषधि मान्नै पर्छ । हामी नेपाली जनताको पिर मर्का, आर्थिक रुपले नाजुक अवस्था, भोगैलीक विकटता, रोग, भोक, प्यास, अशिक्षा सारा कुरालाइ हामी गहिरो अध्ययन गर्न सक्छौं, महशुष गर्न सक्र्छौ र त्यसको समाधानको उपाय दिन सक्छौं भने हामी नै यो समाजका डक्टर हौं । तपाइहरु यसको अलावा अरु डक्टरको खोजी गर्दै हिड्नु हुन्छ भने तपाइहरुको महामुर्खता हो । हामी दावाका साथ भन्न सक्छौं हामीसंग भएको विज्ञता अरुसंग छैन र हुनसक्छ अरुसंग भएको विज्ञतापनि हामी संग नहुन सक्छ । जे होस माओवादी कार्यकर्तासंग भएको क्षमता तपाइ नेताहरुको हो । यो नै तपाइहरुको वास्तविक क्षमता हो । अन्यथा तपाइहरु केहि होइन । औंला र मुड्कि मध्य कुन शक्तिशालि हुन्छ भनेर तपाइ नेताहरुलाइ सोध्न जरुरी छैन । तर १० औला जोडेर मुठि वनाउने भन्दैमा आफ्ना औंला काटेर अरुको औला माग्ने हो भने सयओटा औला जोडेपनि कमजोर सिवाय केहि हुšदैन । माओवादी नेताहरु अहिले अरुका सयओटा औला जोडेर ठुलो न ठुलो मुठि वनाउने मुर्खतामा हुनुहुन्छ भने माओवादी कार्यकर्ताले आइन्दा मुर्ख कालिदासको किताव पढ्ने मन भए आफ्नै नेताको व्यवहार हेरे हुन्छ । यद्यपी कालिदाश मुर्ख भएतापनि अन्ततः वुद्धिमान वन्न सफल भए यो वुद्धि माओवादी पार्टिका नेताहरुमा छिट्टै पलाओस ।

No comments:

Post a Comment