सेना समायोजन भन्ने शव्दलाइ सारतः अब नेपाली सेनाको संख्या वृद्धीकरणको अर्थमा भनेपनि फरक नपर्ने भइसकेको छ । ए.न.ेक.पा. (माओवादी) को स्थाइ समितिको पछिल्लो निर्णय र कन्टेनरको चाबी विशेष समितिलाइ हस्तान्तरण तथा माओवादीको तर्फवाट प्रस्तुत संभावित ‘समायोजनको मोडालिटि’ मा समेत आइपुग्दा अन्ततः जनमुक्ति सेनालाइ नेपाली सेनामा विभिन्न तहको ‘जागिर’को व्यवस्था गर्ने सिवाय सैद्धान्तिक हिसावले खासै बाšकि रहेको केहिपनि छैन । यद्यपी जनमुक्ति सेनाले पार्टिको यस निर्णलाइपनि सहजै स्वीकार गरेको छ । जनमुक्ति सेनाको यस स्वीकारोक्तिले जनमुक्ति सेनाका कतिपय शुभचिन्तकलाइ आश्चर्यमा समेत पारेका छ भने यसका विरोधीहरुलाइ फिसल्नको लागी मसला मिलेको छ । तर जनमुक्ति सेनाको शैक्षिक मनोविज्ञान के हो भन्ने बारे थाहापाउनु यस प्रति चासो राख्ने हरेक व्यक्तिको दायीत्व हो । नेपालको आमुल परिवर्तनको लागी भनेर उर्लेको जनयुद्धवाट जन्मेका हरेक जनमुक्ति सिपाइहरु, देशको भविष्यको लागी निर्माण गरिएको संस्था र स्वयं व्यक्तिमध्य एकलाइ चुन्नु प¥यो भने व्यक्तिले वलिदान गर्नुपर्छ र संस्थालाइ वचाउनुपर्छ भन्ने मान्यता राख्छन् । साथै संस्था र देश मध्य एकलाइ चुन्नु प¥यो भने संस्थालाइ त्याग गरेर भएपनि देशलाइ रोज्नुपर्छ भन्ने ठान्दछन् । उनीहरुले जनयुद्धमार्फत प्राप्त गरेको मूल शिक्षा यहि हो । जनयुद्धमा जनमुक्ति सेनाले आफ्ना उर्जा संस्थाको लागी खर्च गरेर माओवादी पार्टि, जनमुक्ति सेना र विभिन्न वृहत संगठनहरुको निर्माण गरेको थियो । यतिवेला जनमुक्ति सेना आफ्नो संस्थाको अस्तित्व धान्ने वा समग्र देशको निर्माणमा अगाडी वढ्ने भन्ने चुनावको घडीमा उभिन वाध्य भयो । उक्त वाध्यतालाइ आफ्नो कर्तव्य मान्दै उसले यो चुनावमा देशलाइ प्राथमिकतापूर्वक छानेको छ ।
यहि सन्दर्भमा निस्केको चाबी विवादले माओवादी भित्र भुकम्प नै ल्याए जस्तो भएको छ । यथार्थमा यो भुकम्प नभएर भाद्र महिनाको तिते फुल्नेवेला गर्जिने गड्याङगुडुङ मात्र हो भन्दा फरक पर्दैन । किनभने यो एउटा आवेगको ज्वालामात्र हो । राजनीतिमा हाम फालेका नेताहरु यथार्थवादी हुनुपर्छ । भावनावादी नेताले राजनीतिक उपलव्धीलाइ खाल्डोमा त हाल्छ हाल्छ, थाहै नपाइ देशलाइ समेत भष्म हुने वाटोतिरसमेत डो¥याउदै लैजान्छ । यसर्थ राजनीतिक नेतालाइ भावनावादी हुने छुट हुदैन । भावनाको कुरा गर्ने हो भने शान्ति प्रकृयामा जनमुक्ति सेनाको जति मुटु सायदै कसैको चुडिएको छ । जनमुक्ति सेनाको विषयलाइ लिएर पार्टिले गर्ने हर संझौतासंगै हुने दर्दका असिम व्यथाहरु जनमुक्ति सेनाले नै वोकिरहेका छन् । तर उनीहरुले यसलाइ पचाउनु परेको छ र देशको लागी निकाश दिनु परेको छ । साšचो विवाद गर्ने साथीहरुलाइ जनमुक्ति सेना र इतिहासको समेत सदा प्रश्न भइरहन्छ र भइरहेको छ – ‘तपाइहरुले किन त्योवेला प्रश्न उठाउनु भएन जुनवेला जनमुक्ति सेना लाम लागेर खैरेहरुको अगाडी आफ्नो इमान्दारिताको प्रमाण पेस गर्दै ‘अयोग्य’ को तक्मा पहिरीरहेका थिए ।, तपाइहरुले किन त्यतिवेला प्रश्न उठाउनु भएन जतिवेला जनमुक्ति सेना आšखामा आšशु अड्याउदै आफ्ना हतियारलाई सेता कन्टेनरमा थन्क्याउदै थिए ।, तपाइहरु किन त्यतिवेला मौन वस्नुभयो जतिवेला आफ्ना हितैसि कमरेडहरु जनयुद्ध लडेको उपाहार स्वरुप अयोग्य भएको प्रमाण लिएर क्यान्टोनमेन्ट वाट गाउš फर्कदै थिए ।, तपाइहरुले त्यतिवेला किन तालि पड्काउदै खुट्टा हल्लाएर मन्चमा वस्नुभयो जतिवेला शक्तिखोरबाट आफ्नो जनमुक्ति सेनाको सिंगो फर्मेशन माधव नेपालको कठपुतलि सरकारको कमाण्डमा रहेको विशेष समितलाइ वुृझाइदै थियो ।, बावुराम भट्टराइ नेतृत्वको सरकार वन्नुभन्दा अघि वसेको स्थाइ कमिटिको वैठकवाट किन काइते भाषा प्रयोग गरी सर्वसहमतिले चावि वुझाउने निर्णय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्नुभयो । अनि, वेकारमा केको विलौना गर्नुहुन्छ, जुन निर्णयको कार्यन्वयन प्रचण्डले गरिदिए भनेर । यो वठ्याइको अर्थ क्रान्ति होइन बरु यो वठ्याइको अर्थ अरुनै केहि लाडेपना हो भनेर सबैले वुझिसकेका छन् । तथापी सिंगै जनमुक्ति सेनाको अन्तरमनले तपाई क्रान्तिका ठेकेदारहरुसंग प्रश्न गरिरहेको छ – तपाइहरुलाइ जनमुक्ति सेना र त्यस संस्थाको धेरै माया लाग्छ कि उनले वोक्ने केबल हतियारको धेरै ?
यद्यपी देख्नमा यो स्तरसम्मको लचकता भनेको माओवादी पार्टिको लागी असोभनिय समेत देखिएको छ । रुखो शव्दमा भन्ने हो भने यसलाइ आत्मसमर्पणकै अर्थ लगाउने पंक्ति पनि गणनिय संख्यामा छन् । जनमुक्ति सेनाले सहज रुपमा स्वीकार गरेका यस्ता निर्णयलाई सिथलताको संज्ञापनि दिइएको छ । तर जसले जे भनेतापनि देशमा परिवर्तन गर्ने वा नगर्ने, देशको आर्थिक उन्नती सहित छोटो अवधिमा जनताको जीवनस्तर अर्को उचाइमा उठाउने वा नउठाउने ?, ठोस परिस्थितको ठोस विश्लेषण गर्ने या आफनै मुडाग्रहविना र्पथ्वी घुम्दैन भन्दै हिड्ने भन्ने प्रश्नमा आएर विषय अड्कििएको छ । माओवादीको अन्तरसंघर्ष जतिसुकै उत्कर्षको भएतापनि उक्त विषयलाइ अड्काउने वा फुकाउनेमा मूलत माओवादी र कांग्रेस दुइ शक्ति हुन् । संख्यामा एमाले पार्टिको गणना गरिएतापनि यस्ता विषयहरुको निर्णय गर्ने वेलामा एमाले अन्ततः कांग्रेसको रिजर्भफोर्स वाहेक अरु केहि होइन । वितेको तीन वर्षमा शान्ति प्रकृया र संविधान निर्माणको वाधक माओवादी नै हो भनेर चारैतिर झ्यालि पिटाइएपनि अन्ततः‘.... विरालोले म्याउ गरिछाड्छ’ भन्ने उखानलाइ चरितार्थ गर्दै कांग्रेसले माओवादीले राखेको ‘जनमुक्ति सेनाको पुनवर्गिकरण’को प्रस्ताव समेत अस्वीकार ग¥यो । त्यसवाहेक का अडानमाथी अडानको त हिसाव नै नुहने भइसकेको छ । अब प्रष्ट भइसक्यो यदि माओवादीले प्रस्ताव राखेको पुनर्वगिकरणको त कुरै छाडौं कथंकदाचित ‘दुइ दुइ लाख दिएर जनमुक्ति सेनाको पुनस्थापना मात्रै गरौं !’ भन्ने प्रस्ताव ल्याइहाल्यो भनेपनि –कांग्रेसले आफ्नो अडान राख्ने छ– ‘.....हुšदैन वढिमा पचास हजार सम्म दिन सकिन्छ’ । यस्तै खालको वठ्याई नै अब नेपाली कांग्रसको पथ हुन सक्छ । कारण, कांग्रेसको वर्गविश्लेषण गर्ने हो भने उसलाइ राज्यको पुर्नसंरचनाले घाटा पु¥याउछ, शासकिय स्वरुपमा हुने परिवर्तनले उसको चलखेलमा प्रतिवन्ध हुन्छ । राज्यका हरेक अंगमा हुने परिवर्तनले उसको साख गिराउन सक्छ । तसर्थ सेनाको समायोजन अर्थात शान्तिप्रकृया टुंगिनु भनेको संविधान वन्नु हो र संविधान वन्नु भनेको नेपाली कांग्रसको अनुदार पंक्तिलाइ घाटा पर्नु हो । यद्यपी कांग्रेस भित्रपनि परिवर्तनशिल सचेत युवाहरु छन् जसको भुमिका अझ गहन हुदै गएको छ र उनीहरुको काšधमा कांग्रेसलाइ परिवर्तनको मार्गमा डो¥याउने वा परिवर्तनको वाधक वनाउने भन्ने चुनावमा मत व्यक्त गर्ने वेला भएको छ ।
अन्तमा, परिस्थितिले हामीलाइ निश्कर्षतिर लैजान पर्ने हो र सिंगो देशलाइ एकताको सुत्रमा वाध्दै लौजान पर्ने हो तर दुखको कुरा माओवादी भित्रका कथित क्रान्तिकारिहरु अन्ततः कांग्रेसको अनुदार गुटसंग एकता हुने साथै कांग्रेस–एमालेका परिवर्तनशिल युवाहरु माओवादी अभियानमा साथ दिने र भिन्न खालको ध्रुवीकरण भएर नया संघर्षको थालनी हुने संभावनालाइ पनि हामी नकार्न नसक्ने परिस्थितितिर लम्कदै छौं । ‘क्रान्तिकारि’ कमरेड तथा मित्रहरु, व्यक्तिका मुडाग्रह र महत्वाकांक्षा क्रान्ति होइनन् । ,क्रान्ति भनेको त्यो हो जुन कुरा अधिकांश जनतालाइ सहि लाग्छ रपनि त्यसलाइ रोक्न खोजिन्छ । त्यहि अवरोधलाइ तोड्नलाइ क्रान्तिको जन्म हुन्छ । हामीलाइ क्रान्तिको नाममा लडाइवाट लडाइ फेरि लडाइवाट लडाइमा जानु छैन । हामीलाइ क्रान्तिवाट परिवर्तनशिल शान्तिमा जानु छ । र नेपाललाइ विश्वको नमुना वनाउनु छ । आशा गरौं शान्ति र परिवर्तनका वाधकहरुको दिमागमा परिवर्तन आओस र देशका सपुतहरुले पुन रगत वगाउन नपरोस । सम्पूर्ण जनताको अपेक्षामाथी जब घात हुन्छ त्योवेला सपुतहरु रगत वगाउन पछि पर्दैनन् तर केबल कपुतहरुलाई कुर्शिमा वसाउन जनताका छोराहरुले कहिल्यै रगत वगाउन नपरोस ।

No comments:
Post a Comment