Sunday, September 25, 2011

सल्लेरि मा वगेको रगतको यादहरु


जब जनमुक्ति सेनाको पूर्वी अस्थाइ वटालियन सल्लेरी खोला तर्न शुरु ग¥यो त्यसपछि मोर्चा खुल्छ भन्ने विश्वास वढ्दै जान लाग्यो । दुइ रात अघि यहिं भन्दा अलिकतिमात्र माथी देखि फर्कनु परेको पिडामा सहानुभुति मिलेजस्तो अनुभुति हुदै गयो । रातको त्यस्तै ९ वज्दै थियो होला हामि छरिएको वस्ति छल्दै अगाडी अग्ला कान्लाहरु उग्लदै गयौं मानौं यो हाम्रो विजय चुम्ने उकालि हो । लाग्थ्यो, कुकुरहरु नभुकेदेखि हुने थियो । तर कुकुरले हाम्रो कुरा के वुझ्न सक्थ्यो र ? जब वस्ति देखिन्छ अनि लाग्थ्यो, उनिहरु केहिवेरको लागी आनन्दले निदाइदिउन । तर यावत चाहत मनको कल्पना वाहेका के हुन सक्थ्यो र ? वरु वस्तिवालाहरु को रहेछन भन्दै मुन्टो निकालेर चियाउन थाल्थे । कोहि कोहि त कराउने हिम्मत पनि गर्न खोज्थे । यदि अकस्मात उनीहरु चिच्याए भने हामि पनि भन्थ्यौं.‘........ ए चुप लागेर सुत् नत्र जालास स्वर्ग ।’ यहि नै सवभन्दा छिटो कन्भिन्स गर्ने उपाय थियो ।
यस्तै जनताका वा जनावरका अवरोधहरु छिचल्दै हामि सदरमुकामको क्याम्प तथा सरकारि कार्यालयहरु तीर अगाडी वढ्यौं । हाम्रो आर्क अर्थात आक्रमण गर्ने जिम्मा हामिलाइ सदरमुकामको माथिपट्टीवाट थियो । त्योवेला पश्चिम जनमुक्ति सेनाको वटालियनबाट एक प्लाटुन फोर्स पुर्वको मोर्चालाइ सहयोग गर्नको लागी भनेर आएको थियो । क. सन्तोसको कमाण्मा रहेको त्यो फोर्स त्यस्तै तिस पैंतिस जनाको थियो । एक सेक्सन सदरमुकाम तिर र दुइ सेक्सनलाइ सेना को व्यारेकतिर राखिएको थियो । मेरो फर्मेशन त्योवेला १ नं कम्पनिमा थियो । यद्यपी मोर्चामा सहभागि हुन म आइपुग्दा फर्मेशन सेटिङ मात्र होइन मुभ हुन शुरु भइुसकेको रहेछ । मलाइ तीन नम्वर कम्पनी कमाण्डर क.मुक्तिले आफ्ने कमाण्ड सहयोगीको रुपमा नियुक्त गर्नुभयो । मेरो जिम्मा माइकिङ गर्ने र क. मुक्ति को योजना लाइ एसाल्ट सम्म सम्प्रेषण गर्ने थियो । जव हामि क्याम्पको नजिक पुग्यौं त्यसपछि कुकुरहरु असाध्य अत्तालिएर भुुक्न थाले, भैंसि र गाइहरुपनि कराउदै र रनफनिदै किला दाम्ला उखालाउला जस्तो गर्न थाले । हामिलाइ समयको एक दुइ मिनेट पर्खनलाइपनि यस्तो कठिनको अनुभुति भइरहेको थियो कि त्यस्तो अधिरता सायदै मात्र हुन्छन । डर लागे जस्तो हुने, सास वढे जस्तो हुने , यस्तो लाग्थ्योकि छिटैनै गोलि पड्केर युद्ध शुरु भइगएहुन्थ्यो जस्तो लाग्ने ।
जनमुक्ति सेनाको यो अधिरतालाइ अन्त गर्दै फाएर शुरु भयो । वल्ल सोंचहरु सन्तुलनमा आयो । मैले हतारोमा माइकिङ गरें ‘ .......... शाहि सेनाका दाजुभाइहरु हो आत्म समर्पण गर्नुस र जनमुक्ति सेनालाइ हतियार वुझाउनुस , हाम्रो लडाइ तपाईहरुसंग होइन हाम्रो लडाइ हत्यारो ज्ञानेन्द्र संग हो, हाम्रो लडाइ यो व्यवस्था विरुद्ध हो । वरीपरी वाट जनमुक्ति सेनाले मज्वुत घेरा मारेको छ । तपाइहरु कुनै हालतमा जित्न सक्नुहुने छैन ....................।’
पहिले पहिले कम सुनिएका गोलिका आवाज र वमका धमकाहरु पड्कन थाले, केहि वेरसम्म त लडाइ ठिक ठिकै चल्दै थियो । हामि पनि अगाडी वढ्यौं । माइकको आवाज दुश्मनको क्याम्पवाट हामी विरुद्ध लड्ने सत्रुको विरुद्ध हुन्थ्यो म वेला वेला उनीहरुलाइ सम्झाउने भाषामा माइकिङ गर्थें र आफ्नो फोर्सलाइ योजना सम्प्रेषण स्वयं गएर गुर्न पर्ने हुन्थ्यो । म कमाण्डर मुक्तिलाइ छाडेर अलि अगाडी वढेको थिएš । जहा एसल्ट हुन पर्नै थियो त्याहा एसल्टनै थिएन । एसाल्टको कार्यविभाजन अनुसार त्याहाš क शुरेसको कमाण्मा रहेको एसाल्ट हुनपर्ने थियो तर त्यो आर्क खाली थियो । केहिवेरमा एकजना साथि चिच्यायदै आउनु भयो । वाहाšलाइ ग्रिनेडको छर्राले भेटेको रहेछ जताततै घाउ थियो । तत्कालत मैले वाहालाइ पश्चिमको एकजना कुनै कमरेड हो भन्ने मात्र पहिचान गर्न सकें । तर दुखको कुरा पछि रिटिड हुने वेला संयोगले वाहा छुट्नु भएछ । पछि थाहा भयो वाहा कमरेड शक्ति हुनुहुदो रैछ ।
पैतालिस मिनेटपनि नहदै सदरमुकाम कव्जा भएको खवरले हामिलाइ उत्साहित वनएको थियो । सदरमुकाममा पुलिसको स्पेशल फोर्स भएतापनि कव्जा गर्न त्यति गाह्रो भएन । उता एयर पोर्टमा रहेको पुलिसहरु पहिलेनै अल आउट भएछन यसर्थ त्याहाš लड्न नै परेन । खास योजना अनुसार ४ नम्वर कम्पनी अर्थात एयरपोर्टमा लड्ने फोर्सले आफ्नो मिसन पुरा गर्नासाथ नारा लगाउदै सेनाको आर्कमा डिफेन्स दिनको लागी आउनु पथ्र्यो । तर त्यो आएन त्यतै कता वेपत्ता भयो । २ नं कम्पनिको कमाण्डर क. चिराग वाटै वाट कत्तिवेला भागेछ कसैलाइ पत्ता नै भएन । १ नं कम्पनि आउने भनेको त हो तर सदरमुकाममा प्रहरिसंग जितेपछि यताउता पन्छाउदा, पुलिसलाइ आत्म समर्पण गराउदा ढिला हुनेनै भयो । यता सेनासंगको लडाइ लम्विदै गएको थियो । घाइतेहरु धमाधम वढ्दै थिए । शहादत थपिंदै थियो । हामिले कुनै पनि मोर्चामा चारजना भन्दा धेरैको शहादत हेरेका थिएनौ यसैकारणलेपनि हामिलाइ लासको संख्या र घाइतेको संख्याले तर्साउन थाल्यो । लडाइ लड्ने साथिहरुको हालतपनि खराव बन्दै थियो । यसैमा जोडिएको महत्वपुर्ण पक्ष के थियो भने सेनासंग लडाइ लड्न विन्यास गरिएको फोर्स नितान्त नया फोर्स थियो । मूख्य कमाण्डरहरुको विष्लेषण अनुसार तत्कालिन सेनासंग लडाइको अनुभव नभएको कारण उनीहरु कमजोर छन् यसर्थ उसलाइ सजिलै पराजित गर्न सकिन्छ भन्ने निष्कर्ष असाध्य दयनिय देखिन्छ । साथै त्यतिवेलाका पूर्वी जनमुक्ति सेनाका मुख्य कमाण्डरहरुको हैसियत पनि मापन हुन्छ । यसको परिणाम के समेत देखियो भने सेनासंग लड्न भनेर छुट्ट्याइएका केहि कमरेडहरु सेनाको भेरी लाइट देखेर समेत भागे भन्ने रिपोर्ट एसाल्ट कमाण्डरहरुले दिए । यसको अलावा कयौं कमाण्डरहरु नै घाइते र लासहरु देखेर आफैंमा होपलेस समेत भए ।
मोर्चाको मध्यतिर मलाइ एउटा राइफल कत्तावाट आएको थियो । मैले माइकलाइ त्यहिं एकठाउमा राखिदिएš र अगाडी वढें । पश्चिमको दुइ सेक्सन मध्य तिनजना साथिहरुको शहादत भइसकेको थियो । धेरैजना घाइते भएको तथा घाइतेलाइ लिएर गएको साथि नफर्केकोे कारण लगभग आर्क खालि भएको थियो । एक्लो व्यक्ति दुइवटा एसाल्टको अभावलाइ पुरा गर्न सक्तिन थिएš । हामी लगभग सेनाको क्याम्पको तिन मिटर नजिक थियौं तर त्यस भन्दा अगाडी जान सक्ने अवस्था हाम्रो यो कारणपनि थिएनकि हामीसंग लड्ने हतियार थिएन । कम्मरमा भएको राइफलको गोली एकदमै कम भएको थियो । तर उता शाहि सेना तर्फ उनीहरुले लडाइलाइ व्यवस्थित वनाइसकेका थिए र उनीहरुसंग अटो हतियार थियो । हामीलाइ अव केबल प्रतिक्षा थियो १ नम्वर कम्पनीको जसले सदरमुकाममा पुलिस संग जितिसेकेको थियो र अनुभवि फोर्सको रुपमा मेरा सवै दौतरि तथा कमाण्डरहरु चिनिन्थे । हुनपनि पुर्वमा १ नम्वर कम्पनिले दर्जनभन्दा धेरै लडाइ लडिसकेको थियो र त्यसको सदस्य कम्तिमा पनि आधा दर्जन लडाइ लडेका थिए । हामी आफ्नो फायरलाइ वचाउदै एक नम्वर कम्पनिको प्रतिक्षामा वसिरहयौं .........................................

No comments:

Post a Comment