Sunday, September 25, 2011

नैतिकवान नेताको दायीत्व


निर्विवाद गएको चार वर्ष अघिसम्म अर्थात ६२÷६३ को आन्दोलन सकिएको एक वर्षसम्मपनि एनेकपा (माओवादी)का धेरै कार्यकर्ताहरु आफ्नो नेतृत्वको कुरा काट्ने जो कसैको विरुद्धमा मुख चलाउदैन थिए, बरु सिधै हात चलाउथे । त्योभन्दा अझ अगाडी फर्कने हो भने कुरा काट्नेको विरुद्ध घित्रै काट्न पछि नपर्ने कार्यकर्तापनि माओवादीमा थिएनन् भन्न सकिन्न । उक्त यथार्थलाइ मैले नकरात्मक नजिरको रुपमा याहा पेस गर्न चाहिरहेको छैन । यद्यपी यस प्रकारको शिक्षा सम्पुर्ण रुपले सहि थियो भनेर आउदो पिढींलाइ गलत सुचना दिने दुस्साहस पनि म गर्दिन । तर हामीले विगतलाइ स्मरण गरी मनन् गर्नुपर्ने कुराको वारेमा विवेचना गर्ने मेरो मुल उद्धेश्य हो ।
व्यक्ति, संस्था वा मान्यता प्रतिको श्रद्धा तवसम्म मनदेखि पैदा हुन्छ जबसम्म त्यसप्रति को विश्वास प्रगाढ हुन्छ । कट्टर धर्मालाम्वीहरु र कट्टर परम्परावादीहरुपनि जब शास्त्र र शास्त्रीहरुको वारेमा अध्ययनको गहिराइमा पुग्न थाल्छन् त्यसपछि सहि कुराको सट्टा गलत कार्यहरुको चाङ भेट्न थाल्छन् त्यसपछि विस्तारै आफ्नो विश्वासलाइ परिवर्तन गर्दै भौतिकवाद र परिवर्तनको मार्गमा अगाडी वढ्न थाल्छन् । यस्तै नेपालको राजनीतिमा पनि परिवर्तनकारि युवाहरुको हाल यस्तै कट्टरपंथीहरुको जस्तो भएको छ । पार्टिगत राजनीतिको साठि वर्ष लामो इतिहासमा युवाहरु परिवर्तनको अपेक्षित जोसमा राजनीतिमा होमिएका छन् र विस्तारै राजनीतिको आगोमा जलेर कि त खरानी भएका छन् कि त पलायन भएका छन् । अहिलेको परिवेशमा इमान्दार माओवादी कार्यकर्ताहरुको हालपनि यस्तै प्रकारको भएको छ । अन्य राजनैतिक दलको सन्दर्भमा यस प्रकारको सन्दर्भ महत्वको हुदैन तर माओवादी पार्टि र त्यसको जिम्वेदार कार्यकर्ताको लागी यो किनपनि महत्वपूर्ण छ भने माओवादी पार्टिको सपना यो देशको राजनैतिक अस्थिरता, राजनैतिक परनिर्भरता, राजनैतिक नीचता र गैरजिम्वेदार व्यक्तिवादी प्रवितिलाइ नष्ट गर्दै नयाš नेपाल निर्माण गर्ने हो । यहि नाराको आधारमा टेकेर जन्मेका, हुर्केका पंक्ति यथार्थमा माओवादी हुन् । तर हामी जम्मा ६० महिनापनि वित्न नपाउदै कुन मैदानवाट हिड्दै छौं ?, हामी हरेक माओवादी युवा कुन पोजिशनमा आफुलाइ क्रान्तिकारि देखाउने मुर्खता गर्दैछौं ? हामी काम गर्दै र्छौ वा नोकरि गर्दैछौं ? हामीले टेकेको खुट्टा आमाको कोखवाट हामीसंगै जन्मेको हो वा कसैले वनाइदिएको वैशाखि हो ? यो हरेक माओवादीले सोच्न पर्ने विषय हो तर सोच्नेको कुरा छाडौं अलिकति वास्ता समेत गर्न आवश्यक नठानिएको विषय समेत यहि हो ।
राजनीति एउटा दर्शन हो । यसमापनि माक्र्सवाद एउटा गतिशिल विज्ञान हो । यसलाइ हामी यो अर्थमा गतिशिल भन्छौं कि यसले सैद्धान्तिक धरातलमा टेकेर व्यावहारिक ज्ञान तथा सिद्धान्तहरुलाइ आफ्नो परिवेशमा लागु गर्न आफ्ना अनुयायीहरुलाइ अभिप्ररित गर्छ । गल्ती गर्नेहरुलाइ छुट दिन्छ तर दोहो¥याउनेहरुप्रति निर्मम वन्छ । याहाš के भुल्नु हšुदैन भने उक्त सिद्धान्त व्यक्ति विशेषको लागी समेत प्रयोग हुने भएतापनि मूलतः एउटा सिंगो सताव्दी वा पुस्ताहरुको लागी हो । माक्र्स÷एंगेल्सले गरेको गल्ती लेनिन÷स्टालिनलाइ दाहो¥याउने छुट थिएन, लेनिन÷स्टालिनले गरेको गल्ती माओलाई दाहो¥याउने छुट थिएन र माओले गरेको गल्ती प्रचण्डलाइ दाहो¥याउने छुट हšुदैन । र झण्डै पचास वर्ष लामो नेपालको राजनैतिक गत्यावरोधको अनुभववाट पाठ सिकेर नेपालको राजनीतिमा नयाš कुरा दिने प्रतिवद्धता सहित उठेको माओवादी आन्दोलनमा त्यहि गल्ती गर्ने अधिकार कुनैपनि नेता तथा कार्यकर्तालाइ छšदैछैन । हामी युवाहरुको पुस्ता माओवादीमा ज्यानको वाजी लगाएर लाग्नुको कारणपनि माओवादी नेपालको सिथिल राजनीतिको अनुभववाट पाठ सिकेर भरभराउदो सूर्यको रुपमा उदाउने एउटा शक्ति हो र यसका नेताहरु त्यसको प्रतिक हुन जो सजिलै ढल्न या गल्न सक्तैनन् ।
माओवादी आन्दोलनको नकरात्मक अनुभवको रुपमा ग्रहण गर्ने हो भने – आम माओवादी कार्यकर्ताले आफ्नो भविष्यको भरभराउदो सूर्य भनेको माओवादी दर्शन हो, जसलाइ ढल्ने वा गल्नेगरि कमजोर वन्न दिनु हुšदैन भन्ने कुरामा ख्याल गर्न सकेनन् । वरु उनीहरुले के कुरामा ख्याल गरेभने माओवादीका नेताहरु त्यस्ता प्रतिक हुन जसलाइ अलिकति मात्र काšडाले कोरेमा वा तिनको शरिरमा दाग समेत लागेमा माओवादी आन्दोलनमै दाग लाग्नेछ भन्ने वुझाइलाइ हावी हुन दिए । मूलतः यस्ता कुराहरुको दोष चेनअफ कमाण्डमा चल्ने पार्टिका कार्यकर्ताको कमै मात्र हुन्छ वरु त्यसका नेताहरु यसका मूख्य पात्र हुन्छन जसले मुल्य मान्यता माथी आफ्नो पैताला राखेर कार्यकर्तालाइ आफ्नो भक्त वन्न सिकाए । कार्यकर्ताको दोष यो भयो उनीहरुले वेलैमा यस्ता आडम्वरका थैलोहरु फुटाउन सकेनन् र कुटले भरिएका स्तम्भहरु ढाल्न सकेनन् । आज आएर पुरपुरोमा हात लाउनुको के अर्थ छ र ?
यहि आधारमा हामी कार्यकर्ताले गरेको अर्को गल्ति हो– नेताहरुलाइ उनीहरुकै शव्दमा ‘..... शहिद वन्ने सौभाग्य’ वाट वन्चीत गरेर ठुलो गल्ती गरिदियौं । उनीहरुले हामीलाइ के सिकाए भने हजारौं कार्यकर्ता जन्मन सक्छन् तर क्राीन्तको लागी एउटा नेता धेरै महत्वपूर्ण हुन्छ । चाहे यौन पिपासु होस, चाहे जाšडको ध्याम्पोमै डुव्ने खालको होस हामीले उसको जुत्ता वोकेर हिड्यौं र हजारौं कार्यकर्ता भन्दापनि माथी राखेर उसको शुरक्षा कै लागीमात्र पनि दर्जनौं दर्जन शहिद वन्ने मुर्खता ग¥यौं । अहिलेका नेताहरुमध्य साठि प्रतिशतलाइ ‘शहिद वन्ने सौभाग्य’ दिएको भए उनीहरु अहिले यो कुकुर र हडिको खेलवाट धेरै माथी हुने थिए र उनकै भाषाको ‘सौभाग्यशालि’ हुने थिए । रगतको सागर तरेर आएका र ज्यानको आशा विर्सेका धरै कार्यकर्ता नेता वन्ने अवसर पाउने थिए । मलाइ लाग्छ त्यसो भएको भए वाकि नेतालाइपनि मृत्युको अर्थ थाहा हुने थियो र पार्टिको हैसियत ओज र गरिमा आज भन्दा अलिक माथी नै हुने थियो ।
क.माओको भनाइमा राजनीति भोजभतेर होइन । यसर्थ मैले पार्टि र आन्दोलनमा केबल शालिनताको खोजी गरेको होइन । अझैपनि माओवादी एउटा भरभराउदो आशातित सुर्यको रुपमा उदाउदै छ । यसको भविष्यलाइ वचाउने जिम्मा केवल माओवादी र सच्चा माओवादीको हो । याहा यस्तै भरभराउšदो सूर्यको परिकल्पनामा समावेश हुने युवाहरुको संख्या अझैपनि कम छैन । तर शुरुका दिनमा अपेक्षाको पहाड देखेर पार्टिमा प्रवेश गर्नेहरु कुटको पहाड भेटेपछि निराश भइसकेकापनि छन् । यसको मूल कारण भनेको नै माओवादी नेताहरुको राजनैतिक स्खलन । माओवादी नेताहरु वितेका केहि वर्षमा आफ्ना नैतिकतावाट च्युत हुदै गएको कुरा तथ्यहरुले प्रमाणीत गरिसकेको छ । हिजो हामी आफ्नो लागी वार्गेनिङ नगर्ने, सामूहिक हित अर्थात सामूहिक लक्षको लागी त्याग गर्ने आदर्शलाइ नैतिकता भन्थ्यौं, आज त्यो पक्ष नेताहरुको सन्दर्भमा लगभग सकिएको छ । तेह्रदिनको लागीपनि मन्त्री हुन जाšदिन भन्ने नेता माओवादीमा पछिल्लो समय भेटिएका छैनन् । वरु तेहैं घण्टा होस झण्डा भएको गाडिमा आफ्नो चाक टेकाएर फर्किनको लागी आफ्नो अडान मुल्य र मान्यतालाइ सडकमा छरपस्ट छाडेर दगुरेका छन् । आफ्ना गुटमा भोट हाल्ने जो कोहि अपराधि, कुण्डले र मुण्डलेलाइ आफ्नो कार्यकर्ताको रुपमा स्वीकार गर्न र त्यसको रक्षा गर्न नेताहरु तयार छन् । माओवादीका नेताहरु आफ्ना गुटगत र स्वार्थको गोवरमा यसरि डुवेका छन् अब निस्कने संभावना विरलै मात्र छ । यसर्थ जुन नेताले यो दलदलवाट पार्टिलाइ वाहिर निकाल्न चाहन्छ त्यो यो शताव्दीको राजनीतिक नायक वन्ने छ । छिट्टो भन्दा छिट्टो पार्टिको नेतृत्व नयाš पुस्तामा पुस्तान्तरण गर्ने र नेताको टोली वलियो सल्लाहाकारको रुपमा एकतावद्ध भएर वस्ने हिम्मत गर्ने नेताहरु यदि माओवादीमा छन् भने उनीहरु प्रिवर्तनका हिायति हुन र उनीहरुले विश्वास गर्न सक्नुपर्छ – नयाš नेपाल अवको युवाहरुले वनाउने हो । आदरणीय नेता गणले माओको भनाइ लाइ कार्यन्वयन गरुन र भनुन् – ‘युवाहरु हे यो यो संसार तिमीहरुकै हो .........।’

No comments:

Post a Comment